ब्यवसायिक कुखुरापालन तालिम सम्पन्न

ब्यवसायिक कुखुरापालन तालिम सम्पन्न

काठमाडौं, पुस २० । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका २६ जना सदस्यहरुको सहभागितामा गत मंसिर २३ गतेदेखि २५ गतेसम्म बाँके जिल्लाको नेपालगञ्जमा ‘ब्यवसायिक कुखुरापालन तालिम’ सम्पन्न गरेको संस्थाका परसपुर शाखाका शाखा प्रमुख टोपबहादुर रास्कोटीले जानकारी गराएका थिए ।

गौरीनगर महिला स्वावलम्बस् समूहकी सदस्य अमरा चन्दको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिकका उपमेयर उमा थापामगर प्रमुख अतिथी रहेकी थिईन् । उनले सो अवसरमा तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न पनि आग्रह गरिन् । उनले तालिमको तथ्यांक हेर्दा अत्यन्तै धेरै भएपनि व्यवहारमा परिणत गरेको पाईदैन ।

यस तालिममा प्रशिक्षकहरु डा. हरिबहादुर कुंवर, डा.गणेशबहादुर पुन, कर्मध्वज छत्याल र लोकेन्द्र बुढा, शाखा प्रमुख टोपबहादुर रास्कोटी क्षेत्रीय प्रतिनिधि कार्यक्रम अधिकृत प्रेमप्रसाद सुवेदी रहेका थिए । एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरिरहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका क्षेत्रीय प्रमुख प्रेमप्रसाद सुवेदीले बताएका थिए ।

तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा संस्थाको परस्पुर शाखाका प्रमुख टोपबहादुर रास्कोटीले प्रकाश पारेका थिए ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा सञ्जाल रहेको नेपालको एकमात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो ।

संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याइरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पीडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आइरहेको छ ।

यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आइरहेको छ ।

साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आइरहेको छ ।

सो उद्घाटन कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्या शाखा परस्पुरद्वारा प्रवद्र्धित नेवाजी गाउँ स्वावलम्वी समूहकी मृतक सदस्य श्रीमती फूलरानी कान्दुको पति रामकीसुन कान्दुलाई ग्रामीण कर्जा विमा वापतको क्षतिपुर्ति रकम रु. ६९ हजार प्रमुख अतिथी उपमेयर उमा थापाद्वारा हस्तान्तरण गरिएको शाखा प्रमुख टोपबहादुर रास्कोटीले बताए ।

संस्थाले गत कात्र्तिक मसान्तसम्ममा ३ लाख २८ हजार ९०६ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले गत कात्र्तिक मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १६ अरब ११ करोड ८१ लाख रहेको छ भने ग्राहक सदस्यहरुका ९ अरब १३ करोड ६५ लाख बचत परिचालन गरेको छ ।

कुखुरापालन गरिरहेका संस्थाका सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाका परस्पुर शाखाका शाखा प्रमुख टोपबहादुर रास्कोटीले जानकारी गराएका थिए । तालिमको संचालन परस्पुर सहायक रमेश ठगुन्नाले गरेका थिए ।

कुखुरापालन ब्यवसाय एक परिचय, स्थानीय र उन्नत कुखुरापालन भिन्नता, महत्व, आवश्यकता र वर्तमान स्थिति तथा ब्रोईलर एवम लेयर्स कुखुराको जातिय परिचय र ब्रोईलर पाल्नको कारण तथा महत्व, कुखुरापालन विधि, खोरको महत्व, उन्नत वा सुरक्षित खोर निर्माण गर्न ठाउँको छनौट, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्र्रताको महत्व, सोतरको महत्व एवम् सोतरको लागि प्रयोग गरिने वस्तुहरु, चल्ला ल्याउन पूर्व गर्न पर्ने तयारीहरु, गुणस्तरीय चल्लाको पहिचान, ब्रुडिङ्गको परिचय, ब्रुडिङ्ग हाउसमा चल्ला राख्दा चल्लाको छनौट, जाडो तथा गर्मीयाममा चल्ला ब्रुडिङ्ग गर्ने तरिका एवम ब्रुडिङ्ग हाउसमा उपयुक्त तापक्रमको महत्व र ब्रुडिङ्ग गर्दा ध्यान दिनु पर्ने कुराहरु, ब्रुडिङ्ग गर्दाको अवस्थामा एण्टिबायोटिक, भिटामिन तथा ईलेक्ट्रोलाईटको महत्व, चल्लाको आहार, उन्नत दानाको महत्व, किसिम र स्थानीय श्रोत साधनको प्रयोग गरी सन्तुलित दाना बनाउने तरिका, चल्लाको जात, उमेर अनुसार भूँई क्षेत्र, दानापानी, भाँडाकुँडाको आवश्यकता र शारिरिक तौलमा वृद्धि, रोगको परिचय, कुखुरामा रोग लाग्नाको कारणहरु, रोगी तथा निरोगी कुखुराको पहिचान गर्ने तरिका र रोगबाट बच्ने उपायका साथै कुखुरापालन ब्यवसायमा बायोसेक्युरिटीको महत्व बारे जानकारी, रानीखेत, गम्बारो तथा ःबचभपक को पुल्लोरम, कुखुराको हैजा तथा कक्सिडियोसिस रोगको परिचय, लक्षण, उपचार तथा रोकथाम, खोपको महत्व, खोपहरु प्रयोग गर्ने तरिका, ब्रोईलर कुखुराको खोप कार्यक्रम र खोर संक्रमण मुक्त पार्ने तरिकाबारे जानकारी साथै कुखुरापालन कृषकको खोरमा अध्ययन भ्रमण, दुषित दानापानी तथा भिटामिन र खनिज तत्वको कमीबाट लाग्ने रोगहरु र आन्तरीक तथा वाह्य परजीवीबाट लाग्ने रोगहरुको परिचय, लक्षण उपचार तथा रोकथामका उपायहरु, कुखुरापालन ब्यवसायको योजना तर्जुमा र अभिलेख राख्ने तरिका तथा कुखुरापालन ब्यवसायको बजार ब्यवस्थापन, कुखुरापालनको स्किम, बचत परिचालन र बचतका फाईदाहरु संस्थाका सेवाहरुको आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको परस्पुर शाखाका प्रमुख टोपबहादुर रास्कोटीले बताएका थिए ।

विश्वका घुम्नपर्ने ठाउँमध्ये नवौं स्थानमा लुम्बनी

लुम्बिनी । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो ।  पत्रिकाले लुम्बिनीबारे संक्षिप्त व्याख्या गर्दै हजारौं वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पले देशलाई हल्लाएको १० वर्षपछि लुम्बिनीमा चित्ताकर्षक नयाँ नयाँ मन्दिर र ध्यान केन्द्र खुलिरहेको र नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को बढी व्याख्या गरिएको छ । महायानी सम्प्रदायको यो निकै चित्ताकर्षक र मनमोहक विहार हो । विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमसँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । आलेखमा ‘थाउजेन्ड टेम्पल’को माथिल्लो भित्ताका पेन्टिङ कलाको आकर्षक तस्बिर राखिएको छ ।

रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए।  अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्। 

चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया  सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा  बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।

स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।

लोकप्रिय