ब्रोकरबाट कसरी लिने मार्जिन कारोबार सुविधा ?

ब्रोकरबाट कसरी लिने मार्जिन कारोबार सुविधा ?

काठमाडौं, फागुन १७ । मार्जिन कारोवारका लागि नेपाल स्टक एक्सचेन्जले सबै शेयर दलाल व्यवसायीहरुलाई तयार रहन भनेपछि लगानीकर्ताहरुमा नयाँ उत्साह थपिएको छ। तर ब्रोकरहरुको मापदण्डहरु र मार्जिन सेवा दिन सक्ने कम्पनीको विश्लेषण गर्ने हो भने त्यति धेरै उत्साहित हुनुपर्ने अवस्था भने देखिँदैन।

यद्यपी मापदण्ड अनुसार मार्जिन कारोबार नपाईला भनेर यो विधिलाई नकारात्मक तरिकाले भने हेरिनु हुन्न । किनभने मार्जिन कारोबार लामो समयदेखि लगानीकर्ताले माग गरेको विषय हो । यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो। यसले पूँजी बजारको विकास र विस्तारमा सहयोग नै पुग्छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको मार्जिन कारोबार सम्बन्धी निर्देशिकामा कम्तीमा ५ करोड रुपैयाँ खुद सम्पत्ति भएका ब्रोकर कम्पनीकाले मात्र यस्तो सुविधा उपलब्ध गराउन पाउने छन् ।

यस्तै मार्जिन कारोबार हुने धितोपत्रवाला कम्पनीमा कम्तीमा १० हजार शेयरधनी भएको, चुक्ता पूँजीभन्दा खुद सम्पत्ति धेरै भएको हुनुपर्ने, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तीमा ८० प्रतिशत कारोबार दिनमा शेयर किनबेच भएको र आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य हुने उल्लेख छ ।

यदि यो मापदण्ड लागू हुने हो भने नेप्सेमा सूचीकृत २१८ वटा कम्पनीमध्ये करिब ३० प्रतिशत अर्थात तीन दर्जन हाराहरी कम्पनीको शेयरमात्र मार्जिन सेवाका लागि योग्य देखिन्छ। यो प्रावधान लागू भएपछि नेप्सेले मार्जिन कारोबार गर्न योग्य सूचीकृत कम्पनीको सूची प्रकाशित गर्ने छ।

लगानीकर्ताले कसरी लिने त मार्जिन सेवा ?

मार्जिन कारोबारको सुविधाको लागि लगानीकर्ताले शुरुमा ब्रोकरको कार्यालयमा गएर निवेदन दिनुपर्ने हुन्छ । त्यसपछि धितोपत्र बोर्डले तयार पारेको ढाँचामा लगानीकर्ताले ग्राहक विवरण (केबाइसी) भर्नुपर्छ । केवाइसी खाता खोलेको पन्ध्र दिनपछि मार्जिन काराबवारका लागि ब्रोकर र लगानीकर्ताका बीच छुट्टै सम्झौता हुन्छ । त्यसपछि मार्जिन कारोबारका लागि छुट्टै खाता खोलिन्छ र मार्जिन सेवा प्राप्त हुन्छ ।

ब्रोकरले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १८० दिनको औसत अन्तिम बजारमूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, सोको ५० प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग आदेश दिनुपूर्व नै सुरु मार्जिनका रुपमा लिनुपर्ने व्यवस्था कार्यविधि गरिएको छ ।

धितोपत्रको दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुनसक्ने निहित जोखिमलाई ध्यानमा राखी सदस्य दलाल व्यवसायीले ५० प्रतिशतभन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्नेछन्।

मार्जिन कारोबार सुविधाका लागि सम्भार मार्जिन ४० प्रतिशत हुने कार्यविधिमा व्यवस्था छ । दलाल व्यवसायीले बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्ताबाट मार्जिन खातामा प्रत्येक दिन कारोबारको अन्तिम मूल्यका आधारमा न्यूनतम ४० प्रतिशत वास्तविक मार्जिन कायम गर्नुपर्ने हुन्छ ।

मार्जिन कल आएपछि त्यसको भोलिपल्टै लगानीकर्ताले मार्जिन खातामा थप रकम या मार्जिनका लागि योग्य कम्पनीका शेयर राखी ४० प्रतिशत माथि राख्नु पर्दछ । सम्भार मार्जिन लगानीकर्ताका लागि यो सुविधालाई व्यवस्थित बनाउने औजारको रुपमा प्रयोग भएको देखिन्छ ।

यहाँ रोचक के छ भने शेयरमूल्य जतिसुकै माथि किन नहोस, त्यो कम्पनीको शेयर धनी दश हजार नभए, साधारणसभा अनियमित भए, ८० प्रतिशत कारोबार दिनमा कारोबार नभएको भए वा दुई वर्षमा पनि १० प्रतिशत लाभांश खुवाउन नसकेको कम्पनीको शेयर लगानीकर्ताले मार्जिन कारोबार लागि अयोग्य हुने छ।

मार्जिन कारोबारका लागि राखिएका कम्पनी मर्जर या एक्विजेशनमा गएमा वा २० प्रतिशतभन्दा बढी शेयर मूल्य घटे ब्रोकरले दिएको सात दिनको म्यादभित्र लगानीकर्ताले मार्जिन लोन चुक्ता गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि २०७५ विस्तृतमा यहाँबाट हेर्नुहोस्।।।।।।।।।।।।।।
मार्जिन सेवाका लागि व्याजदर निर्धारण लगानीकर्ता र ब्रोकरको सहमतिमा हुने बताइएको छ तर त्यसमा व्याजदरमा बदनियत देखिए धितोपत्र बोर्डले हस्तक्षेप गर्नसक्ने भनिएको छ । ब्याजदर नियन्त्रणको प्रमुख निमायक निकाय राष्ट्र बैंकले ब्याजदर कायम र नियन्त्रणमा धितोपत्र बोर्डलाई अख्तियारी दिएको हो या होइन भन्ने बिषयमा लगानीकर्ता अन्यौलमा छन् ।

उता ब्याजदरमा बिषयमा धितोपत्र बोर्डले हस्तक्षेप गर्ने भनेपछि ब्रोकरहरु मनोवैज्ञानिक त्रासमा छन् । कतै धितोपत्र बोर्डले सामान्य बहाना बनाएर पेल्ने त होइन ? केही समयदेखि बोर्ड र ब्रोकरबीचको सम्बन्ध चिसिएको अवस्था अहिले विद्यमान रहेको छ ।

ब्रोकरले पनि आफू जमानी बसेर बैंक मार्फत शेयर कर्जा दिने हुनाले प्रकृया लामै छ । ब्रोकर र लगानीकर्ताले निर्धारण गरेर तय भएको ब्याजदरमा बैंक कर्जा दिन राजी नभए मार्जिन सेवाले गति नलिन सक्छ। आफैँ ब्रोकर सेवाको लागि अगाडि बढेका बैंकहरुले ब्रोकरहरुलाई ऋण दिन कति उत्साहित हुन्छन्, प्रश्न त्यहाँ पनि छ ।

ब्रोकर कम्पनीहरुले आफ्नो खुद सम्पत्तिको दुई गुणासम्म मार्जिन सुविधा उपलब्ध गराउन सक्नेछ भने एकाघरको परिवारको लागि खुद सम्पत्तिको १० प्रतिशत भन्दा धेरै बढी प्रवाह गर्न पाउँदैन । यस्तै कम्पनी सञ्चालन र राफसाफका लागि दुई करोड रिजर्भ राखि बाँकी रकममात्र मार्जिन कारोबारमा उपयोग गर्न सक्नेछ ।

यस्तै लगानी विविधिकरण गर्दै मार्जिन कारोबार सुविधा प्रदान गर्दा मार्जिन सुविधा रकमको कूल दश प्रतिशत भन्दा धेरै एक कम्पनीको धितोपत्रमा नबढ्ने गरि उपलब्ध गराउनुपर्छ। यसरी मार्जिन कारोबार भएको धितोपत्र विवरण ब्रोकरले कारोबारको भोलिपल्छ नेप्सेलाई र नेप्सेले साप्ताहिक रुपमा धितोपत्र बोर्डमा उपलब्ध गराउनुपर्छ।

यस्तै शेयर दलाल व्यवसायीको संस्थापक, सञ्चालक र आधिकारीक प्रतिनिधिले आफ्नो कम्पनीबाट मार्जिन सुविधा लिन रोक लगाइएको छ। मेरोलगानीबाट

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय