भरतपुर महानगरमा जनप्रतिनिधिको शून्य बेरुजु

भरतपुर महानगरमा जनप्रतिनिधिको शून्य बेरुजु

चितवन । नेपालका छ वटा महानगरपालिका मध्ये भरतपुर महानगरपालिका आर्थिक पारदर्शीताको नमूना बन्न सफल भएको छ । प्रमुख पदमा पुनःउम्मेद्वारी दिएकी रेनु दाहालको अघिल्लो कार्यकाल जनप्रतिनिधिको व्यक्तिगत बेरुजु शून्य कार्यकाल बनेको छ ।

महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालकाअनुसार महानगर प्रमुखको आर्थिक इमान्दारिताका कारण महानगर व्यक्तिगत बेरुजुको समस्या नभएको हो । महानगर प्रमुख दाहालले आफु पनि आर्थिक क्रियाकलापमा स्वच्छता चाहने र अन्य जनप्रतिनिधिलाई पनि सोहीअनुसार काम गर्न निर्देशन दिने परिणामले उक्त समस्या सिर्जना नभएको लेखाप्रमुख अर्यालले दाबी गरे । आर्थिक पारदर्शीताको विषयमा जोड दिँदै उनले भने ‘अन्य महानगरपालिका जस्तो उम्मेद्वारले बेरुजु फछ्र्यौट गर्नु पर्ने अवस्था नै आएन् ।’ स्रोतका अनुसार भरतपुर महानगरपालिकामा जो जति जनप्रतिनिधिले पुनःउम्मेद्वारी दिएका छन् कसैको नाममा पनि बेरुजु भुक्तानी गरेर उम्मेद्वारी दिनुपर्ने अवस्था थिएन् । जवकी निर्वाचन आयोगले पुनःउम्मेद्वारी दिनको लागि पेस्की फछ्र्यौट गनुपर्ने, बेरुजु फछ्र्यौट गर्नुपर्ने प्रावधान राखेको थियो ।

भरतपुर महानगरपालिकाकी पूर्व प्रमुख रेनु दाहाल पाँचदलीय गठबन्धनको तर्फबाट पुनःनेकपा ९माओवादी केन्द्र०बाट प्रमुखमा र नेपाली कांग्रेस भरतपुर महानगर सभापति समेत रहेका चित्रसेन अधिकारी कांग्रेसबाट उपप्रमुख पदमा चुनावी प्रतिस्पर्धामा छन् । उम्मेद्वार दाहाल नेकपा (माओवादी केन्द्र)भरतपुर महानगर कमिटीको इञ्चार्ज समेत हुन् भने अधिकारी नेपाली काँग्रेस भरतपुर महानगर समितिको सभापति हुन् ।

निर्वाचन आयोगले व्यक्तिगत बेरुजु कायम रहे उम्मेदवारी नै रद्द हुने व्यवस्था गरेपछि निर्वाचनमा पुनःउम्मेदवारी दिने आकाँक्षी जनप्रतिनिधिले धमाधम बेरुजु फछ्र्यौट गरेका थिए । चार महानगर र पाँच उपमहानगरका जनप्रतिनिधिले मात्रै पाँच करोड बेरुजु फछ्र्यौट गरेको महालेखा परीक्षकको वेब साइटमा उल्लेख छ ।

महालेखा परीक्षकको कार्यालयकाअनुसार निर्वाचनआयोगले बेरुजु हुने जनप्रतिनिधिले पुनःउम्मेद्वारी दिन रोक लगाएपछि काठमाडौं, ललितपुर, विराटनगर र पोखरा महानगरपालिका तथा नेपालगन्ज, जनकपुर, इटहरी, कलैया र धरान उपमहानगरका जनप्रतिनिधिले चार करोड ९८ लाख ९८ हजार आठ सय ७८ रुपैयाँ व्यक्तिगत बेरुजु फछ्र्यौट गरेका थिए ।

काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्यसहितका जनप्रतिनिधिले बैशाख ७ र ८ गते गरि एक करोड २७ लाख ४२ हजार बेरुजु फछ्र्यौट गरेका थिए । आफुु उक्त पदमा पुनः दोहोरिने मनसायमा रहेका र एमालेको स्थानीय कमिटीले आफ्नो नामसहित केन्द्रमा सिफारिस गरेपछि उनले बेरुजु फछ्र्यौट गरेका थिए ।

२०७८ चैत ३ गते प्रकाशित नेपाल राजपत्र खण्ड ७१ संख्या ५० भाग ५ मा निर्वाचन आचारसंहिता सम्बन्धी व्यवस्था छ । उक्त राजपत्रकोे परिच्छेद ९ दफा ४६ र ४७ मा उक्त व्यवस्था गरेको छ ।

विश्वका घुम्नपर्ने ठाउँमध्ये नवौं स्थानमा लुम्बनी

लुम्बिनी । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो ।  पत्रिकाले लुम्बिनीबारे संक्षिप्त व्याख्या गर्दै हजारौं वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पले देशलाई हल्लाएको १० वर्षपछि लुम्बिनीमा चित्ताकर्षक नयाँ नयाँ मन्दिर र ध्यान केन्द्र खुलिरहेको र नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को बढी व्याख्या गरिएको छ । महायानी सम्प्रदायको यो निकै चित्ताकर्षक र मनमोहक विहार हो । विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमसँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । आलेखमा ‘थाउजेन्ड टेम्पल’को माथिल्लो भित्ताका पेन्टिङ कलाको आकर्षक तस्बिर राखिएको छ ।

रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए।  अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्। 

चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया  सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा  बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।

स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।

लोकप्रिय