भरतपुर महानगर र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम

भरतपुर महानगर र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम

भरतपुर । चितवनका दुई स्थानिय तह बीचमा भगिनी सम्बन्ध कायम गरिएको छ । बिहिबार माडीमा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम गरिएको हो ।

भरतपुर महानगर प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो बीचमा समझदारी पत्रमा हस्ताक्षर गरे ।दुई स्थानिय तहका प्रमुखले १० बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडि बढेको जनाए।

दुई स्थानिय तहको विकास र समन्यवयका लागि दुई स्थानीय तह बीचमा औपचारीक कार्यक्रम गरेर भगिनी सम्बन्ध कायम गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् ।

माडीसँग एक दमै सकरात्मक सोच र उदेश्यका साथ भगिनी सम्बन्ध कायम गरिएकाले यो सम्बन्धमा अझै प्रगाढ हुँदै जाने आशा एवम् अपेक्षा गरेको प्रमुख दाहालले बताइन् ।

माडीलाई पर्दा भरतपुरले र भरतपुरलाई पर्दा माडीलाई सहयोग गर्ने गरी विभिन्न समनताका विषयमा एक भएर अगाडि बढ्ने अठोट लिएको प्रष्ट पारिन्।छोटो समयमा अदारुपताका साथ भएको सम्झौता अनुसार कार्यन्वनमा पनि सबैको साथ र सहयोगको अपेक्षा लिएको उनले बताइन् ।

त्यस्तै माडी नगरपालिका प्रमुख महतोले माडी र भरतपुरको सम्बन्ध ५ वर्षमात्र नभइ सधै सधै अगाडि बढोस् भन्ने चाहाना राखेको बताइन्। यो भगिनी सम्बन्ध माडी नगरपालिकाको लागि पहिलो सम्झौता भएकाले ऐतिहासिक विषय बनेको जानकारी दिइन् ।

भगिनी सम्बन्धको अवधि पाँच वर्षको रहने छ । भरतपुर महानगरपालिका र माडी नगरपालिका जोडीएका स्थानिय तह हुन् । यसलाई चितवन राष्ट्रिय निकुञ्जले सिमा छुट्टाएको छ । यी स्थानिय तहको समस्या र सम्भावना समान प्रकृतिका रहेका छन् । त्यसैलाई मध्यनजर गदै यहाँका बिकास निर्माण तथा सेवा मुलक कार्यमा संयुक्त योजना बनाउने लक्षय लिईएको दाहालले बताईन् ।

भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ मनाउँदै छ । भरतपुरमा घुम्न आउने पर्यटकहरु माडीमा आउने वातावरण मिलाउन सहज हुने माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले बताईन् । उनले माडी र भरतपुरको बिकासका लागि भगिनी सम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने बताईन् ।

सो समझदारी पत्रमा भरतपुर महानगरपालिका र माडी नगरपालिकामा रहेका रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व र विशेषताका आधारमा दुवै स्थानिय तहबाट प्रचार प्रसार गरिने उल्लेख गरिएको छ । यस्तै कृषि, पशुपालन, उद्यमशीलता, शिक्षा, लगाएतका सेवामुलक कामहरुमा सहकार्य गर्ने बताईएको छ ।

दमकल र एम्बुलेन्स सेवाको सञ्चालन तथा वस्ती विकासका लागि भू उपयोग योजना तर्जुमा गरी अगाडी बढ्ने समझदारी पत्रमा उल्लेख छ ।कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमु्ख चित्रसेन अधिकारी, माडी नगरपालिकाका उपप्रमुख खेम महतो, भरतपुर महागनरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले मन्तव्य राखेका थिए।

आज देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।  विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् ।  विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो ।  यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ । 

अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम  सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो  ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।  उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब  ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।

लोकप्रिय