भारु सटहीबारे एक हप्ताभित्र निर्णय हुने

भारु सटहीबारे एक हप्ताभित्र निर्णय हुने

काठमाडौं, माघ २३ । नयाँ दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रतिबन्धित ५ सय र १ हजार दरका भारतीय नोटको सटही बारे एक हप्ताभित्र टुंगो लगाउने जानकारी पाएको बताएका छन् ।
उनले भने, ‘भारतमा बजेटको सन्दर्भ परेर उहाँहरुले त्यसमा हेर्न पाउनु भएन, बजेट आए लगत्तै सार्वजनिक विदाहरु परे, अब अर्को हप्तासम्ममा यो विषयले टुंगो पाउनुपर्छ भन्ने हाम्रो प्रयास छ।’

भारतीय अधिकारीहरुसंग भएको छलफलका क्रममा भारतमा कालो धनका रुपमा रहेका उक्त दरका नोट नेपालमार्फत आउने हुन कि भन्ने आशंका व्यक्त गरेको राजदूत उपाध्यायले बताए।
‘उहाँहरुलाई कालोधन होला भन्ने लागेको छ तर २५ हजार रुपैयाँसम्मको नगद राख्न मिल्ने सीमा हद भएकाले एउटा खातामा त्यो भन्दा बढी हुँदैन भनेर हामीले शंका गर्नुपर्दैन भनेका छौं,’ शनिबार विविसी नेपाली सेवासँग राजदूत उपाध्यायले भने ।
राष्ट्र बैंकका अधिकारीहरु पनि भारतीय बजेट आइसकेकोले अब नेपालका रहेको भारु नोट बारेको छलफलले गति लिने कुरामा आशावादी देखिएका छन्।
नेपालको ब्याङ्किङ प्रणालीमा करिब साढे तीन करोड रुपैयाँ जति भारु ५ सय र १ हजार दरका नोट रहेको तथ्याङ्क राष्ट्र ब्याङ्कसँग छ।

त्यसका अलावा भारतमा गएर काम गरेर आउने नेपालीहरु अनि व्यवसायीहरुसँग त्यो भन्दा निकै ठूलो परिमाणमा नोट रहेको अनुमान गरिएको छ।

लामो प्रयास गर्दा पनि साटिन नसेकेका ती रकमको सटही गर्नका लागि आफूले सक्दो प्रयत्न गरिरहेको र उक हप्ताभित्रमा टुङ्गो लाग्ने उनले बताए ।

भारतीय अधिकारीहरु बजेट ल्याउन केहि समय व्यस्त भएको तर अब त्यहाँ बजेट प्रस्तुत भइसकेकाले लामो समयदेखि अल्झिएको यो मुद्दाले समाधान पाउने उनले बताए ।

भारत सरकारले चलन चल्तीमा रहेका १ हजार र ५ सय दरका नोट माथि प्रतिबन्ध लगाएसँगै नेपालमा रहेका उक्त दरका नोटहरु साट्ने पहल शुरु भएको थियो।

भारतका नागरिकका लागि नोट साट्नका लागि दिइएको समय सीमा सकिएको महिना दिन भन्दा धेरै भइसक्दा पनि भारत सरकारले नेपालमा रहेका नोट साटिने वा नसाटिने बारेमा कुनै जवाफ दिएको छैन।
पटकपटक पत्राचार गर्दा समेत जवाफ नपाएपछि नेपाल राष्ट्र बैंकले छलफलका लागि प्रतिनिधि मण्डल भारत पठाएको थियो। उक्त टोली पनि रित्तो हात नेपाल फर्किएपछि दिल्लीस्थित नेपाली दूतावासले नोट सटहीको लागि अग्रसरता लिइरहेको हो।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२रुपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ६ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४७ रुपैयाँ ० पैसा र बिक्रीदर १४७ रुपैयाँ ६७ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८० पैसा र बिक्री दर १४३ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७०पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ११ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७८ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ शुन्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०८ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७९ पैसा र बिक्री दर १६६ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

लोकप्रिय