पत्रकारहरुसँग के भने प्रधानमन्त्री देउवाले ?

पत्रकारहरुसँग के भने प्रधानमन्त्री देउवाले ?

काठमाडौं, असार ५ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले भेट गरेको छ ।

उक्त भेटका अवसरमा सभापति देउवालाई नेपाली प्रेसले भोग्नु परेको समस्याका बारमो सभापति महेन्द्र विष्टले ध्यानाकर्षण गराएका थिए ।

श्रमजीवि पत्रकारको अधिकारदेखि प्रेसमाथि भइरहेका ज्यादती र हिंसाबारे विष्टले जानकारी गराए ।

महासंघ प्रतिनिधिहरुका कुरा सुनेपछि श्रमजीवी पत्रकारका समस्या समाधानका लागि यससँग सम्बन्धित ऐन–कानुन लागू गर्न आफ्नो नेतृत्वको सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता प्रधानमन्त्री देउवाले व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघको प्रतिनिधिमन्डलसँग आफ्नै कार्यालय सिंहदरबारमा सोमबार भेट गर्दै प्रधानमन्त्री देउवाले पत्रकारिता क्षेत्रसँग अथाह शक्ति रहेकाले मुलुकका समस्या समाधानमा केन्द्रित हुन पनि आग्रह गरे ।

उनले आसन्न निर्वाचनहरुमा नेपालको पत्रकारिता क्षेत्रको सकारात्मक सहयोगको अपेक्षा गरेको पनि बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र विष्टले नेपाली पत्रकारिता क्षेत्रमा सुरक्षा चुनौती अझै रहेको भन्दै श्रमजीवी पत्रकारहरुका समस्या समाधानका लागि पटक–पटक प्रयास भएपनि अझै समाधान हुन नसकेकोमा सरकारको ध्यानाकर्षण गराए ।

डा। विष्टले मुलुकलाई संवैधानिक ‘लिक’मा हिँडाउन पनि आसन्न निर्वाचनहरु गर्नैपर्ने भएकाले नेपाली पत्रकारिता जगत निर्वाचन सफल बनाउने पक्षमै केन्द्रित रहेको स्पस्ट पारेका थिए ।

मुलुकलाई ध्रुवीकृत हुन नदिने प्रधानमन्त्रीकारुपमा भूमिका खेल्न उनले प्रधानमन्त्री देउवाको ध्यानकर्षण पनि गराए ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय