मकवानपुरमा उत्कृष्ट १० महिला उद्यमी छनोट

मकवानपुरमा उत्कृष्ट १० महिला उद्यमी छनोट

मकवानपुर, मंसिर ५ । मार्खुमा मकवानपुर जिल्लाका ७ गाबिसमा उत्कृष्ट महिला उद्यमीहरुको नाम घोषणा गरिएको छ । २० महिला उद्यमी मध्येबाट १० जना उद्यमीलाई उत्कृष्ट छनोट गरिएको हो ।

अक्सफामको सहयोगमा नारी सीप सृजना केन्द्र, मकवानपुरले भूकम्प प्रभावित समुदायमा आयआर्जन तथा खाद्य सुरक्षा बढाउनका लागि मकवानपुर जिवन स्तर पुर्न्निर्माण कार्यक्रम अन्तर्गत १० उत्कृष्ट महिला उद्यमी छनोट गरिएको हो ।  मकवानपुरका भूकम्प प्रभावित क्षेत्रहरुमा नेपाल लिडरसीप एकेडेमी र नारी सीप सृजना केन्द्रको सहकार्यतामा दायित्व ग्रामिण उद्यम प्रर्वद्धन कार्यक्रमको अन्तर्गत महिला उद्यमी छनोट गरिएको हो ।

छनोट कार्यक्रममा नागरिक समाज, पत्रकार, उद्यमी, सरोकारवाला लगायतको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि इन्द्रसरोवर गाँउ पालिका वडा नं. १ का वडा अध्यक्ष जमन सिंह वाइवाले “ अहिले नेपालके धैरै जना युवा विदेशिएको अवस्थामा महिला दिदी बहिनीहरूले स्थानीय समुदायमा उद्यम चलाएको देःख्दा खुशी लागेको बताउर्दै उद्यमी महिलाहरूलाई उद्यम बढाएर लक्ष्य पूरा होस् भन्दै सुवेच्छा पनि दिनुभएको थियो ।

नेपाल लिडरसीप एकेडेमीले दायित्वको ग्रामिण उद्दम द्रुतिकरण कार्यक्रमको ढाँचा प्रयोग गरेर महिला तथा युवाहरुको नेतृत्व क्षमतामा वृद्धि गरी उनीहरुले आफ्नो जिवन र समुदायमा अधारभूत परिवर्तन ल्याउन, साथैं उनीहरुको प्राविधिक क्षमतामा वृद्धि गराई व्यवसायमा प्रगती गर्न मार्गनिर्देशन गर्दछ ।

दायित्वले विगत २०१४ साल देखि पाल्पा, गुल्मी र रामेछाप जिल्लामा ग्रामिण उद्यम प्रवर्दन कार्यक्रम कार्यन्वयन गर्दै आइरहेको छ ।   सेप्टेम्बर २०१७ मा नेपाल लिडरसीप एकेडेमीले मकवानपुरमा दायित्व ग्रामिण उद्यम प्रर्वद्धन कार्यक्रमको शुरुवात गरेको थियो ।

यस कार्यक्रममा चित्लाङ, फखेल, मार्खु, कुलेखानी, सिस्नेरी, नामटार र कालिकाटार गरी मकवानुरका सात गा.वि.स.का कृषि, पशु, ब्युटीपार्लर तथा सिलाईकटाई ब्यवसाय गरिरहेका ६८ जना महिला उद्यमीहरुले आवेदन बुझाएका थिए । प्रतियोगिताको पहिलो चरणमा उत्कृष्ट ४० उद्यमी छनौट गरियो र उनीहरुलाई वित्तिय साक्षरता तलिम प्रदान गरिएको थियो । दोस्रो चरण अन्तरगत उत्कृष्ट २० उद्यमीको छनौट गरि ब्यवसाय साक्षरता तालीम प्रदान गरिएको थियो ।

तेस्रो अथवा अन्तिम  चरण अरन्तर्गत तीन जनाको निर्णायक समूहले उत्कृष्ट २० उद्यमीको घर तथा उद्यममै गएर प्रत्यक्ष अवलोकन, निरिक्षण तथा मूल्यांकनको आधारमा उत्कृष्ट १० उद्यमीको छनौट गरिएको छ । छनौटमा परेमा उद्यमीहरुले प्रमाण पत्रको साथमा प्रोत्साहन स्वरुप नगद पनि प्राप्त गरेका थिए ।

यसको साथै छनौटमा परेका उद्यमीहरुलाई नेतृत्व विकासको तालीमको साथमा अन्य प्राविधिक तालिम र व्यवसायीक परामर्श पनि प्राप्त गर्ने दायित्वकी सञ्जु पौडेलले बताइन् ।नेपाल लिडरसीप एकेडेमीले यस कार्यक्रम मार्फत  विकासोन्मूख लघु उद्यमीहरुको पहिचान गरी उनीहरुको व्यवसाय प्रर्वदन गर्न आवस्यक प्राविधिक सहयोग प्रदान गर्नेछ ।

 उत्कृष्ट १० महिला उद्यमी यसप्रकार रहेका छन्-

१ कल्पना ठकुरी तरकारी खेती, फखेल ३

२ भिम माया रूम्बा गाई पालन, फखेल ४, इन्द्रसरोवर

३ बिमला बलामी टेलरिंग फखेल, सिमलांग, इन्द्रसरोवर

४ रिता गोपाली तरकारी खेती, थाहा नगरपालिका चित्लांग, १० टौखेल

५ रिता कुमारी ठकुरी बाख्रा पालन, गहते टोल, फखेल

६ समिता बलामी ब्यटीपार्लर थाहा नगर पालिका ९, चितलांग

७ रिता कुमारी ठकुरी कृषि तथा बाख्रा पालन व्यवसाय गहते टोल, फखेल

८ समिता बलामी ब्यटीपार्लर थाहा नगर पालिका ९, चितलांग

९ सरिता बलामी टेलरिंग थाहा नगरपालिका ९ चित्लांग

१० सरिता बस्नेत तरकारी खेती तथा पशुपालन व्यवसाय, फखेल

११  निर्मला लामा तरकारी खेती तथा बाख्रा पालन व्यवसाय, फखेल ५, इन्द्रसरोवर

११ पार्वती उप्रेती, कुखुरा पालन व्यवसाय नमटार, कैलाश

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय