माओवादी केन्द्रले अाफ्नाे संगठन अद्यावधिक गर्दै
काठमाडौं, पुस २४ । माओवादी केन्द्रले पार्टीका नेताकार्यकर्ताको अद्यावधिक तथ्यांक राख्न सुरु गरेको छ।
पार्टीको सर्वोच्च निकाय ‘हेर्डक्वार्टर’ देखि स्थानीय गाउँ कमिटीसम्म एकताका नाममा ‘भद्रगोल’ हुन थालेकाले नेताकार्यकर्ता र संगठनको अवस्था अद्यावधिक तथ्यांक राख्न थालिएको हो।
संगठन विभाग प्रमुख रामबहादुर थापा बादल नेतृत्वको समितिले अहिले संगठनात्मक व्यवस्थापनका लागि तथ्यांक अद्यावधिक गर्न थालेको माओवादीले जनाएको छ। १९ पुसमा माओवादी केन्द्रको हेडक्वार्टरको विस्तारित बैठकले संगठनात्मक व्यवस्थापन गर्न नेता थापाको संयोजकत्वमा संगठन व्यवस्थापन समिति गठन गरेको थियो।
समितिमा टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, सावित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल र सुनील मानन्धर सदस्य छन्। समितिको आइतबार बसेको बैठकले सात वटै प्रदेशबाट तथ्यांक संकलन गर्न नेताहरूको कार्यविभाजन गरेको छ। समितिले केन्द्रदेखि स्थानीयसम्म कमिटीको आकार (संख्या), नेताकार्यकर्ता जिम्मेवारी, दोहोरो भूमिकालगायत सबै तथ्यांक संकलन गरी प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउने छ।
०७३ जेठ मा विभाजित पार्टीका विभिन्न घटकसँग एकतापछि माओवादीको संगठनात्मक संरचना अस्तव्यस्त थियो। पार्टीको सबैभन्दा माथिल्लो निकाय केन्द्रीय समितिकै कति नेता अहिले कुन अवस्थामा छन् नेतृत्वलाई नै जानकारी छैन। केन्द्रदेखि जिल्लास्तरसम्म कहाँ कति संख्याको कमिटीसम्बन्धी तथ्यांक पनि केन्द्रीय कार्यालयसँग छैन। भद्दा र ठूलो संगठनात्मक संरचनामा जेलिएकाले केन्द्रीय कार्यालयमा पार्टी सदस्य संख्या, कमिटी, नेताहरूको जिम्मेवारी केही पनि अद्यावधिक छैन। एमालेसँग पार्टी एकता प्रक्रिया र आफ्नै पार्टीको संगठनात्मक संरचना प्रभावकारी बनाउन पनि अद्यावधिक तथ्यांक उपयोगी हुने भएकाले काम सुरु गरेको समिति तथा सचिवालय सदस्य लेखराज भट्टले जानकारी दिए।
‘पार्टी एकतामा आएका र त्यस क्रममा भएका संगठनात्मक निर्णय व्यवस्थित र अद्यावधिक थिएनन्’, भट्टले भने, ‘तिनलाई व्यवस्थित गर्न र पार्टी सदस्य र कमिटीसम्बन्धी तथ्यांक चुस्तदुरुस्त पार्ने काम सुरु भएको छ।’ माओवादीको पार्टी सदस्य साढे ३ लाखभन्दा बढी रहेको अनुमान छ। तथ्यांक संकलन गर्न समितिका सदस्यलाई प्रदेश स्तरबाटै कार्यविभाजन गरेर परिचालन गरिएको छ। एक साताभित्रै काम सक्ने गरी द्रुत गतिमा काम भइरहेको भट्टले बताए। प्रदेश १ मा काफ्ले, प्रदेश २ मा यादव, प्रदेश ३ मा पोखरेल, प्रदेश ४ र ५ मा रायमाझी, प्रदेश ६ मा बस्नेत र प्रदेश ७ मा भट्टलाई जिम्मेवारी दिइएको छ।
‘संगठनात्मक संरचनाको तथ्यांक संकलन गर्न कार्यदलको बैठक बसेर नेताको जिम्मेवारी बाँडफाँट गरिरहेका छौं, त्यसैअनुसार काम अघि बढिसकेको छ’, भट्टले भने। कार्यदलमा अहिलेसम्म भएका प्रगति र थप योजना निर्माण गर्न सोमबार अर्को बैठक बस्दै छ। कार्यदलका सदस्य सुनील मानन्धरले ३ तहमा संगठनात्मक संरचना अद्यावधिक गरिने बताए। उनका अनुसार पहिलो चरणमा नेता रामबहादुर थापालगायत १० माओवादी घटकको एकतापछि कमिटीको अवस्था, जिम्मेवारीलगायत पहिलो तथ्यांक संकलन हुनेछ। समितिले त्यसपछि पार्टी एकतामा आएका नेताकार्यकर्ताको जिम्मेवारी दोस्रो चरणमा अध्ययन गरिने र तेस्रो चरणमा एमालेसँग एकता गर्दा पार्टी कमिटीको तथ्यांक राख्ने छ।
माओवादीमा नेकपा संयुक्त, देवेन्द्र पौडेललगायत नयाँ शक्तिका नेतादेखि अन्य नेता आएपछि कमिटी भद्रगोल छ। पार्टी मूल नेतृत्वले कुनै कमिटीमा निर्णय नगरि जथाभावी जिम्मेवारी दिएपछि कुन नेताले कुन जिम्मेवारी पाए, कति नेता कार्यकर्ता जिम्मेवारीबाट विमुख भए माओवादीसँग कुनै अभिलेख छैन। मोटामोटी तथ्यांक तयार भएपछि संगठन परिचालन र जिम्मेवारी व्यवस्थित गर्न सहज हुने मानन्धरले बताए। -अन्नपूर्ण पोष्टबाट
अखिल क्रान्तिकारीको उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (नामावलीसहित)
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) २३ औँ राष्ट्रिय सम्मेलन, दोस्रो चरणको निर्वाचन–२०८१ उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले शुक्रवार केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्यहरूको नामावली प्रकाशन गरेको हो । शनिवार (भोलि) हुने निर्वाचनका लागि अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन् । अर्का दाबेदार विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तो छ उम्मेदवारका नामावली
जनतासमक्ष अध्यक्ष प्रचण्डको अपिल- 'हामी गल्ती सच्याउछौं, तपाईहरूले ८४ मा बहुमत दिनुहोस्'
दाङ। नेकपा (माओवादी केन्द्का) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गर्नुभएको छ ।माओवादी केन्द्रले तुलसीपुर नगरकमिटिले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो -'यो पटक म दशभर अपिल र अनुरोध गर्न म देशव्यापी अभियानमा गएको छु ।हामीलाई ६४ मा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ । आग्रह छ । हामीले हाम्रो गल्ती कमजोरी सच्याछौं । तपाईहरुले पनि आफ्नै छोराछोरी त हुन नी भनेर एकचोटी ६४ मा जस्तै माया गरिदिनुभयो भने बहुमत दिनुभयो भने ८४ मा हामी बहुमतमा आउनेछौं । त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने छ । सामाजिक विवेधको अन्त्य गर्नेछ । न्याय स्थापित गर्नेछ । आर्थिक समृद्धिमा देश अगाडि बढ्ने छ । तपाईहरुले जनयुद्धमा साथ दिनुभयो । शान्तिप्रक्रियामा साथ दिनुभयो । अब भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको यो अभियानमा साथ दिनुहोस् ।अब सुशासन सामाजिक न्याय र आर्थिक समृद्धिको लडाईमा तपार्इहरुको साथ चाहियो । तपाइहरुले त्यो साथ दिनुहुनेछ भन्ने विश्वास छ ।' तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफुले यसअघिका कमिकमजोरीलाई सच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको स्मण गर्दै अध्यक्ष प्रचण्डले सोही कारण जनतामा माओवादी पार्टी प्रति सकारात्मक धारणा बन्दै गएको बताउनुभयो । सो सकारात्मक परिस्थिति सरकारबाट बाहिर निस्केपछि आफुले देशभर गरेको अभियानमा जनताले देखाएको माया, पार्टी प्रवेशको बाट पुष्टि भएको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो -'सरकारबाट बाहिएपछि म जहाँ गएको छु । जनताको अपार माया पाएको छु । म यो माया र विश्वासले खुसी भएको छु । म ७० वर्षको भए । मैले देश र जनताको पक्षमा काम गर्ने संकल्प लिएको छु । जसका कारण अहिले माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर आएको छ। देशभर विभिन्न पार्टीका नेता कार्यकता पनि प्रवेश गर्ने तयारी गरिरहनुभएको छ ।' माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समिति बैठक र नेकपा एमालेको बैठकलाई जनताले तुलना गरेर हेर्ने गरेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो-'दुई ठुला कम्यिुनिष्ट पार्टीको केन्द्रीय समिति बैठक भरखरै सकियो जसमा माओवादी केन्द्रले फरक विचारलाई सम्मान गर्दै पार्टीलाई एकताबद्ध बनाएर लग्यो। त्यती नै बेला एमालेको बैठकले भने फरक मत राख्नेहरु भिम रावल, विन्दा पाण्डे, उषाकिरण लगायतलाई कारबाहिको डन्डा चलायो । जनताले दुई पार्टीको केन्द्रिय समितिको बैठकलाई तुलना गरेर हेरेका छन् ।' माओवादी केन्द्रले पार्टीलाई लोकतान्त्रिक रुपमा सञ्चालन गर्नुका साथै माओवादी धारा र कम्यिुनिष्टहरुलाई एकताबद्ध गर्दै लैजाने उहाँले बताउनुभयो । विप्लव लगायतका पूर्वमाओवादी धाराहरुसँग पार्टी एकताका लागि भैरहेका छलफललाई तर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले उत अभियानलाई छिट्दै पूर्णता दिने समेत जानकारी दिनुभयो ।'माओवादी पार्टीहरुलाई एकताबद्ध बनाउने अभियान चलाइएको छ । त्यो अभियानले छिट्टै पूर्णता दिनेछौं ।'उहाँले भन्नुभयो आफुले रोष्टमबाट यो सरकार शुसानको डरले बनेको भनेर भनेको स्मण गर्दै सरकार लोकतन्त्रको भावना विपरित अपादर्शी ढग्गले बनेको बताउनुभयो।उहाँले भन्नुभयो -'मैले जसलाई अनुसन्धानको दायरामा ल्याउने प्रयास गर्दै थिए । ती नै बिचौलियको घरमा रातको १२ बजे सरकार गठनको सहमति बन्यो ।जनताको पक्षमा, सुशासन र समृद्धिको पक्षमा काम गरिरहेको मेरो नेतृत्वको सरकार ढालेर यो सरकार सुशासनको डरका कारण बन्यो । मैले सरकारमा रहेर आफ्नो अर्काको नभनीकै कारबाहीको प्रक्रिया अघि बढाए । अनुसन्धान खटिएका अफिसरहरुलाई अनुसन्धान गर्दै जाँदा प्रचण्ड नै देखिएपनि कारबाही अगाडि बढाउनु भने । म चुनौतिका साथ भन्न चाहान्छु । अहिले सकारको नेतृत्व गर्नेले मैले झै आफैलाई अनुसन्धान गरेर देखाउनू '
क्रान्तिमा आन्दोलित वर्गमा फर्किने एउटा संकल्प गरेका गरेका छौं : अध्यक्ष प्रचड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा जुन वर्ग र समुदाय आन्दोलित बन्यो सोही वर्ग र समुदाय तर्फ फर्किने संकल्प लिएर अगाडि बढेको बताउनुभएको छ । दाङका नेताहरु सहितकातुल्सिपुर-८ बटोलपुरस्थित सहिद परिवार भगवती चौधरीको घरमा पुगेका अध्यक्ष प्रचण्डले परिवार र स्थानीयलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । सहिद परिवारसँगको बसाईको क्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो 'सबै सहिद र बेपत्ता परिवारमा मेरो तर्फबाट र पार्टीको तर्फबाट सम्मान व्यक्त गर्न चाहन्छु। एउटै परिवार छ छ जना ले सहादत प्राप्त गर्ने कुरा मार्मक रहेको कुरा हामीले महशुस गरेकै छौं।यहाँ उहाँका आमा बुवासँग भेट भयो । यस पटकको चाहिँ कार्यक्रमहरुमा पार्टीका साथीहरुले सहिद परिवारहरुसँग भेटघाट गराउने सहिदहरुलाई सम्मान गर्ने जो कार्यक्रम राख्ने गर्नुभएको छ । त्यसको लागि पनि म धन्यवाद दिन चाहान्छु । हिजो नेपागञ्जमा पनि सहिद परिवारकै घरमा खाना खाने व्यवस्था गरिएको थियो । हामीले क्रान्तिमा, जनयुद्धमा जुन वर्ग जुन समुदायको निम्ति भनेर क्रान्ति गर्यौ । आज त्यो वर्ग र समुदाय र तिनीहरुका माग तथा मुद्दाहरु अलिकति कमजोर जस्तो भएका छन् । अब सहिद परिवार, वर्ग समुदायका जे माग लिएर हामीले आन्दोलित गरेका वर्ग समुदाय र परिवार तर्फ फर्किने एउटा संकल्प गरेका गरेका छौं। अब हामी त्यही वर्ग र समुदाय तर्फ फर्किने अभियान अघि बढाएका छौं ।'
अध्यक्ष प्रचण्ड दाङमा
तुलसीपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कार्यक्रमलाई सम्बोधन दाङ पुग्नुभएको छ। उहाँले आज तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अहिले विहान तुलसीपुरको बटोलपुरमा सहिद परिवारसँग भेटघाट गरी त्यही खाना खाएर सभामा सहभागी हुने कार्यक्रम तय भएको छ। अध्यक्ष प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट तय भएको छ। अध्यक्ष प्रचण्ड भोलि घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौ फर्कनुहुने छ।