मापदण्ड लागू गर्ने सन्दर्भमा कुनै सम्झौता नगर्न मन्त्री पाण्डेको निर्देशन

मापदण्ड लागू गर्ने सन्दर्भमा कुनै सम्झौता नगर्न  मन्त्री पाण्डेको निर्देशन

काठमाडौँ,  माघ ६ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले दबाब र प्रभावमा परेर कुनै पनि निर्णय नगर्न उपत्यकाका २२ वटै नगरपालिकाका कार्यकारी प्रमुख र इन्जिनियरलाई निर्देशन दिएका छन् ।

भवन निर्माण मापदण्ड कडाइका साथ लागू गर्नेबारे मन्त्रालयले आज यहाँ आयोजना गरेको उपत्यकाका २२ वटै नगरपालिकाका कार्यकारी प्रमुख र इन्जिनियरसँगको छलफलमा उनले भवन निर्माण मापदण्डलाई वैज्ञानिक र व्यवस्थित गरिनुपर्ने बताउँदै मापदण्ड लागू गर्ने सन्दर्भमा कुनै सम्झौता नगर्न निर्देशन दिए ।

जनदबाब मात्र मुख्य विषयवस्तु भएको बताउँदै उनले भने– “नियममा लेखिएको, कानुनमा भएको विषयमात्र दबाब हो, राजनीतिक दबाब थेग्न सक्नुभएन भने देश बन्दैन ।”

“नियम पालना गराउने सरकारी निकायले नै आफ्नो भवन नक्सापास नगरी बनाइरहेका त छैनन् ?”– प्रश्न गर्दै उनले भने– “हामी अरुलाई नियम पालना गर्नुपर्छ भन्ने तर आफैँ नियम पालना नगर्ने ? नगर क्षेत्रभित्र मापदण्ड पालना नगरी संरचना निर्माण गर्ने कार्यालयलाई आजै पत्र लेख्नुस् ।”

मन्त्री पाण्डेले नगरपालिकाहरुले आफ्ना नगर क्षेत्रभित्रका सम्पूर्ण विषयको तथ्याङ्क चुस्तदुरुस्त राख्नुपर्ने बताए। कागजको संरचना र कार्यक्षेत्रमा निर्माण भएको संरचना फरक/फरक परेको पाइएको उल्लेख गर्दै उनले निरीक्षण, अनुगमन र अवलोकनलाई तीव्रता दिइनुपर्ने बताए। नगरपालिकाका प्रमुखले कार्ययोजना बनाएर आफ्नो नगर क्षेत्रको निरीक्षण भ्रमण गर्नुपर्ने उनको भनाइ थियो ।

प्रविधिको प्रयोग गरेर छिटोभन्दा छिटो जनताको काम सम्पन्न गर्न निर्देशन दिँदै उनले आफ्नो नगरपालिका क्षेत्रभित्र प्रविधिको प्रयोगलाई व्यापक बनाइनुपर्ने बताए ।

नगरपालिकाका कार्यालयबाट जनताले सेवा पाउन झन्झट व्यहोर्दै आएको पाइएको भन्दै उनले सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन आफ्नो नगरपालिका कार्यालयमा ‘चुस्तता, पारदर्शीता र विनम्रता’ लाई लागू गर्न निर्देशन दिए । सार्वजनिक सम्पत्तिको संरक्षण र संवद्र्धनमा पनि ध्यान दिन उनले आग्रह गरे ।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मापदण्डमा देखिएको असमझदारी कम गर्न नीतिगत निर्णय गर्नुपर्ने भएकाले पाँच दिनभित्र सबै नगरपालिकालाई सुझाव पेस गर्न आग्रह गरे ।

सो अवसरमा सहभागी कार्यकारी प्रमुख र इन्जिनियरहरुले भवन निर्माण मापदण्डमा एकरुपता भए कार्यान्वयन गर्न सहज हुने बताएका थिए । रासस

चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी

काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

लोकप्रिय