मिति सकिएको सामान बेच्नेलाई जेल सजाय हुनुपर्छ – मन्त्री बोहरा

मिति सकिएको सामान बेच्नेलाई जेल सजाय हुनुपर्छ – मन्त्री बोहरा

काठमाडौँ, माघ १। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको नैसर्गिक अधिकारको संरक्षण र सम्वद्र्धन गर्न उपभोक्ता संरक्षणसम्बन्धी कानुन संशोधन र एकीकरण गर्नुपर्ने भएको छ ।

अनुचित व्यापारिक क्रियाकलापलाई निवारण गरी स्वच्छ बजार संरक्षण गर्न, उपभोक्तालाई प्राप्त हकको प्रचलनका लागि न्यायिक उपचार तथा हानिनोक्सानीबापत क्षतिपूर्ति उपलब्ध गराउन सो कानुन संशोधन र एकीकरण गर्नुपर्ने भएको हो ।

नेपाल कानुन आयोगले  शुक्रबार आयोजना गरेको कार्यक्रममा ‘उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथिको छलफलमा आपूर्तिमन्त्री दीपक बोहराले अखाद्यय वस्तु बेच्नेका लागि कडा कानुनको व्यवस्था गर्नुपर्ने बताए ।

“व्यक्ति हत्या गरेबापत २० वर्ष जेल बस्नुपर्छ, मिति सकिएको सामान बेच्नेलाई पनि त्यस्तै सजाय हुनुपर्छ, त्यो पनि जेल सजाय हुनुपर्छ, त्यसपछि मात्र उत्पादक तथा बिक्रेता सचेत हुन्छन”– मन्त्री बोहराले थपे ।

मन्त्री बोहराले सामग्रीको छ महिना समय बाँकी रहँदा वस्तु आयात गर्न बञ्चित गर्नुपर्ने र तीन महिना बाँकी रहँदा सिलबन्दी गर्नुपर्ने व्यवस्था कानुनी रुपमा गर्नुपर्नेमा जोड दिँदै कानुनी रुपमै नियन्त्रण जरुरी भएको बताए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव टेकप्रसाद ढुङ्गानाले सातवटै प्रदेशमा उपभोक्ता अदालत खोल्नका लागि प्रधानमन्त्री कार्यालयमा छलफल भइसकेको बताए ।

आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईले कार्यान्वयन गर्न सकिने खालका कानुन निर्माण गर्नुपर्ने उल्लेख गर्दै अहिले निर्माण गरेका कानुन ३०÷४० प्रतिशत मात्र कार्यान्वयन भएको टिप्पणी गरे ।

आयोगका अध्यक्ष माधवप्रसाद पौडेलले सबै सुझावलाई समेटेर उपभोक्ताको विषयमा बृहत् छलफल गरी विधेयकलाई अन्तिम रुप दिइने जानकारी गराए । रासस

आज फाल्गुनन्द जन्मजयन्ती मनाइँदै, कोशीमा बिदा

काठमाडौं । आज फाल्गुनन्द जन्मजयन्ती मनाइँदैछ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १ सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । वि.सं. १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको हो । किराँत भाषा, लिपी, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गर्नु भएका फाल्गुनन्दको २००५ सालमा निधन भएको हो । किराँत समाज सुधारमा फाल्गुनन्दले पु¥याएको योगदानको कदर गर्दै उहाँलाई २०६६ साल मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । फाल्गुनन्दको योगदानको सम्मान गर्दै किराँती समुदायको बसोवास रहेका पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । यस अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

यु–१९ महिला विश्वकप क्रिकेट छनोट :  नेपालले आज यूएईसँग खेल्ने

काठमाडौं । आईसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्व खेल्ने भएको छ ।  नेपालले यूएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो । उक्त खेल आज बिहान ११ः१५ बजे सुरु हुनेछ ।  बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।  नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई १०८ आठ रनले हराएको थियो ।  प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदै छ । रासस

आजको मौसम पूर्वानुमान : केही स्थानमा हल्का वर्षा

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ। कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ शनिबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिंम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। यी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

नायणगढ-मुग्लिन सडक दुर्घटना : मृतक पाँचै जनाको सनाखत

नारायणगढ। नारायणगढ–मुग्लिन सडकको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटनामा मृत्यु हुनेमा गोर्खा आरुघाटका  राजबहादुर गुरुङ, विद्युतीय सवारी साधनका चालक चितवन खैरहनीका  अनोज अधिकारी,  नवलपरासी विनयत्रिवेणीका सन्तोष  भुषाल, सविना  भुषाल र भारत घर भएर पोखरा बस्ने  कुमार साह  हुनुहुन्छ। भरतपुर महानगर पालिका वडा नम्बर २९ सत्र किलोमा शुक्रबार बिहान विद्युतीय गाडी र बस ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा एक गम्भीर घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मुग्लिङबाट  नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको  विद्युतीय गाडी र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको को बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।

लोकप्रिय