मोदी भ्रमण एजेन्डाविहीन : कांग्रेस नेता

मोदी भ्रमण एजेन्डाविहीन : कांग्रेस नेता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण कुनै ठोस एजेन्डामा नभई स्वार्थमा केन्द्रित भएको बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदी शुक्रबार र शनिबार गरी दुईदिने राजकीय भ्रमणमा आउने तयारी भइरहेका बेला कांग्रेसी नेताहरूले भने भ्रमण कुनै ठोस एजेन्डामा भन्दा पनि स्वार्थमा केन्द्रित भएको बताएका हुन् ।

काग्रेस नेता डा रामशरण महतले सरकारले प्राथमिकताका विषयलाई ओझेलमा पारेर भ्रमणलाई स्वार्थमा केन्द्रित गर्ने तयारी गरेको बताए । ‘भ्रमण एजेन्डा बेसमा हुनु पर्छ तर यस भ्रमणमा न कुनै ठोस एजेन्डा देखिएको छ, न तत्कालीन आवश्यकतालाई पूर्ति गर्ने विषयहरू छन्, केवल दुवै पक्षको स्वार्थमा भ्रमण केन्द्रित हुने तयारी देखिन्छ,’ नेता महतले भने ।

उनले मोदी भ्रमण नाकाबन्दीको पीडा भुलाएर नेपालीलाई रुझाउने भारतीय रणनीति र वर्तमान प्रधानमन्त्री केपी ओलीमाथि लागेको भारत विरोधी ट्याग हटाउने मूल मार्ग भएको समेत दाबी गरे ।

नेता महतले नेपाली जनताको नागरिक अभिनन्दनका नामबाट भारतमा आउँदै गरेको निर्वाचनमा मोदीले नेपालीमार्फत सहानुभूति बटुल्ने रणनीतिसमेत लिएको प्रस्ट पारे ।

उनले भ्रमणका बखत तत्कालीन आवश्यकताका विषयहरू सीमा नाका विवाद, व्यापार घाटा तथा एयर रुटलगायतका एजेन्डागत विषयलाई नेपाली पक्षले उठान गर्नुपर्नेमा जोड दिए ।नेता एनपी साउदले भ्रमण तीर्थाटनबाट प्रारम्भ गरेर तीर्थाटनमा नै सकिने तयारी हुनु सरकारी पक्षको कमजोरी भएको बताए ।

‘भारतीय प्रधानमन्त्रीको भ्रमण तीर्थाटनबाट सुरु भएर तीर्थाटनमा नै सकिँदै छ भन्ने कुरा आएको छ, यस भ्रमणमा कुनै एजेन्डा नै छैनन्, सरकार भ्रमणबाट नेपालले लिने लाभका विषयमा संवेदनशील देखिएन,’ नेता साउदले भने ।

उनले भारतीय प्रधानमन्त्रीको भ्रमण सुरक्षाका विषयमा सरकार गम्भीर बन्नुपर्ने भए पनि विदेशी सुरक्षाकर्मीको जम्बो टोली नै नेपाल आउनु भने गलत भएको समेत बताए ।

‘सुरक्षाका विषयमा सरकारले संवेदनशील र उच्च चासो लिनुपर्छ तर जसरी नेपाली सुरक्षा संयन्त्रको विश्वशनीयता नै घटाउने गरी विदेशी सुरक्षा फौज ल्याइएको छ, यो गलत हो,’ साउदले थपे । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मोदी भ्रमणका विषयमा सामाजिक सञ्जाल ट्वीटरमार्फत धारणा सार्वजनिक गरेका छन् ।

नेपाली सुरक्षा संयन्त्रको विश्वशनीयता नै घटाउने गरी विदेशी सुरक्षा फौज ल्याइएको छ, यो गलत हो, प्रवक्ता शर्माले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई लिएर ‘हाम्रा प्रमको राष्ट्रवाद कुन मञ्चमा सुकुला ?’ भनेर व्यंग्यात्मक प्रश्न गरेका हुन् ।

भारतीय प्रधानमन्त्री काठमाडौं नआई सिधै जनकपुर जाँदा केन्द्र सरकारभन्दा प्रदेशलाई प्राथमिकता दिएजस्तो देखिएको प्रवक्ता शर्माको ट्वीटको आशय छ । उनले जनकपुर र काठमाडौं गरी दुई स्थानमा नागरिक अभिनन्दन किन भन्ने प्रश्नसमेत गरेका छन् ।

मोदीको भ्रमणका लागि भारतीय सैनिकको बाक्लो उपस्थिति अतिक्रमण कि अविश्वास भन्दै शर्माले नेपाली सुरक्षा निकायमाथि अविश्वास रहने अवस्था सिर्जना गरिएको प्रति असन्तुष्टिसमेत व्यक्त गरेका छन् ।

शर्माले मोदीको भ्रमणका क्रममा नाकाबन्दी लगाउनु गलत थियो भन्ने बोध आउँछ कि आउँदैन भन्नेमा समेत संशय रहेको उल्लेख गरेका छन् । राजधानी

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २४४ पुग्यो

काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ । 'बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ,' प्रवक्ता तिवारीले भने । सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता १६० परिवारले पाइसकेका छन् । बाढीपहिरोमा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७७ जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए ।

आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड

काठमाडौं, १९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले आज आयोजना गरेको भेटघाट तथा अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो । विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उल्लेख गर्दै उहाँले अब देशब्यापीरुपमा एकल प्रतिष्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताउनुभयो । आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा एक्लै विजय प्राप्त गर्ने तयारी थाल्ने बताउनुभयो। पछिल्लो समय टानलगायतका कतिपय संस्थामा कांग्रेस एमाले मिल्दा पनि माओवादी एक्लैले चुनाव जितेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले देशब्यापीरुपमा देखिएको जनताको आशा र आकर्षणलाई संगठन निर्माण र जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने बताउनुभयो । पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको जानकारी दिंदै उहाँले जनताको सेवा गर्ने अधिकारलाई कसैले खोस्न नसक्ने बताउनुभयो । जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ नराख्ने उल्लेख गर्दै उहाँले अहिले सरकार कहाँ छ भनेर जनताले नभेटाइरहेको बेला बाढीपहिरोका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेको बताउनुभयो ।   सबैतिरका समस्या केन्द्रित गरेर चाँडै सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसलाई जनताको बीचमा पनि यथार्थ जानकारी दिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो वर्ष दसैं तिहारमा शुभकामना आदानप्रदानभन्दा संकटमा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । अहिले धेरै बुद्धिजीवी र अन्य दलका नेता कार्यकर्ताहरुले पनि जनताको अधिकार अझ सुदृढ गर्न माओवादी नेतृत्व अगाडि आउनुपर्छ भन्ने आग्रह गरिरहेको उल्लेख गर्दै उहाँले मुलुक र जनताको नेतृत्व गर्नु भनेको प्रधानमन्त्री हुनु मात्र होइन, जनताको साथमा रहेर जनताको पक्षमा आन्दोलनको नेतृत्व गर्नु भएको बताउनुभयो । जनताप्रतिको निष्ठाका कारण पार्टी नेतृत्वमा आत्मविश्वास पैदा हुँदै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विनाशकारी भूकम्पको बेलामा होस् वा संविधान निर्माण र कार्यान्वयनको बेलामा सत्तापक्ष र बिपक्षको आँखाले नहेरी पुनर्निर्माण, संविधान निर्माण र कार्यान्वयनको कुशलतापूर्वक नेतृत्व गरेकाले पनि माओवादी केन्द्र र यसको नेतृत्वप्रति जनताको विश्वास रहेको बताउनुभयो । सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, समाजवाद निर्माणको पक्षमा पार्टीले नयाँ संकल्प गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उहाँले जनताका अधिकार सुदृढ गर्न नयाँ आन्दोलनको आवश्यकता रहेको र त्यसको वैचारिक, सांगठनिक र सांस्कृतिक नेतृत्व आफ्नो पार्टीले गर्ने बताउनुभयो । पार्टीप्रति नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उहाँले माओवादी केन्द्रको नेतृत्व र विचारलाई फेरि एकपटक साथ दिन जनता तयार हुँदै गएको बताउनुभयो । देशभित्र मात्र होइन, इटलीको खाद्य सम्मेलन, संयुक्त राष्टसंघको महासभा र कोप २८ सम्म सरकारको नेतृत्वको रुपमा माओवादी केन्द्रको नेतृत्व गरेको कुशल नेतृत्व तथा भारत र चीनसँग निर्वाचन गरेको सन्तुलित कूटनीतिका कारण माओवादी केन्द्र र यसको नेतृत्व विश्वसमुदायसामु ऐतिहासिक रुपमा स्थापित भएको बताउनुभयो ।  कार्यक्रममा पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीको सिंगो केन्द्रीय समिति अध्यक्ष प्रचण्डको नेतृत्वमा गोलबन्द र एकताबद्ध रहेको उल्लेख गर्दै आगामी केन्द्रीय समितिको बैठकले संगठन निर्माण र जनपरिचालनका कार्यक्रम अघि सार्ने बताउनुभयो । उहाँले सबै दलका नेताहरुको विवेक र चेतनाको परीक्षण भएको उल्लेख गर्दै आफ्नो पार्टी सबैभन्दा अग्रगामी र परिवर्तनकारी भएकाले माओवादी केन्द्रका हरेक सदस्य मुलुक र जनताको हितमा गम्भीर हुनुपर्ने बताउनुभयो ।  

दाउन्नेमा एकतर्फी यातायात खुल्यो

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी खुलेको छ। बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो। सडकको मर्मतपछि  आज बिहान साढे ९ बजेदेखि बाटो एकतर्फी खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।  उनले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको बताए। तर सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताए। 

पूर्वपश्चिम राजमार्गको यात्रामा निरन्तरको चुनौती बन्दै दाउन्ने

नवलपरासी । नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेको खुर्सानी खोला नजिकै भासिएको सडक मर्मत गरेर खुलाउने प्रयास जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार शुक्रबार साँझ करिब २० फिट लम्बाइ र ५ फिट चौडा सडक भासिएको थियो । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने–जाने सवारी रोकिएका छ्न् । सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारी साधन लाइनमा रहेका छन् । प्रहरीले अझै सडक सुचारु हुन केही समय लाग्ने बताएको छ । यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । दाउन्ने क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ । चाडबाडको समयमा पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले हैरानी खेप्न परिरहेको छ ।

लोकप्रिय