यसरी फिर्ता भए वामगठबन्धन विरुद्धका वागी उम्मेदवारी

यसरी फिर्ता भए वामगठबन्धन विरुद्धका वागी उम्मेदवारी

काठमाडौं, कात्तिक ८ । वामगठबन्धन विरुद्ध परेका सबै वागी उम्मेदवारी फिर्ता भएका छन । दुबै पार्टीको शीर्ष नेतृत्व तहमा आन्तरिक छलफल गरेर विवाद समाधान भएको बताइएको छ ।

केन्द्रको निणर्य विपरित मुगु, जाजरकोट र रामेछापमा वागी उम्मेदवारी परेको थियो । आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि र प्रदेशसभाका लागि गएको आइतबार मनोनयन दर्ता भएको थियो ।

एमाले र माओवादीका तर्फबाट जिल्लामा केन्द्रको सहमति र सिफारिस विपरित उम्मेदवार परेपछि केही जिल्लामा विवाद भएको थियो । केन्द्रको सहमति अनुसार एउटा र त्यसको विरुद्धमा अर्को उम्मेदवार परेपछि वाम गठबन्धनमा केही समस्या भएको थियो ।

दबै पार्टीले आ–आफ्नोतर्फका असन्तुष्ट नेताहरुसँग छलफल गरेर वागी उम्मेदवारी फिर्ता लिन लगाएका हुन । यदि वागी उम्मेदवार फिर्ता नलिए दवै पार्टीले कडा कारबाही गर्ने चेतावनी पनि दिएका थिए ।

आगामी चुनाबमा दुई तिहाई स्थानमा वामगठबनधनलाई विजयी बनाउने उद्देश्यका साथ जुटका एमाले माओवादी लगायतका वामपन्थी पार्टीहरु केन्द्रको निणर्य विपरित जिल्लामा वागी उम्मेदवारी परेपछि गठबन्धन के हुने हो भन्ने शंका पैदा भएको थियो ।

तर दवै दलले बडो सुझबुझका साथ पहिलो चरणको निर्वाचनका लागि प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवारी विवाद टुंग्याएका छन । अव वाम गठबन्धनमा वागी उम्मेदवारी समस्या समाधन भएको छ । वठबन्धन थप मजबुत भएको छ ।

जाजरकोट जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं (क) बाट वाम गठबन्धनको कार्यदलले गरेको भागबण्डा अनुसार नै उम्मेदवारी दर्ता गरेका एमालेका निरज आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। भागबण्डामा हेरफेर भएपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन्।

कार्यदलले गरेको भागबण्डाअनुसार जाजरकोटमा प्रतिनिधिसभा सदस्य माओवादी र प्रदेशसभाका दुवै सिट एमालेले पाउने र हुम्लामा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिट माओवादीले पाउने सहमति भएको थियो।

तर, एमाले हुम्लाले आफूहरुले एक सिट पनि नपाए वाम गठबन्धन नमान्ने भन्दै बिरोध गरेपछि जाजरकोटबाट प्रदेशमा एक सिट पाउने गरी हुम्लाबाट माओवादीले एमालेलाई प्रदेशसभाको एक सिट छाडेको थियो। सोही सहमति पालना गर्न केन्द्रले निर्देशन दिएपछि एमालेका आधिकारिक उम्मेदवार आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन्।

रामेछापमा प्रतिनिधिसभाका लागि वागी उम्मेदवार लक्ष्मी गुरुङ, प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट हेमन्त पौडेल र २ बाट मैनकुमार मोक्तान (मदन) ले पनि आफ्नो उम्मेदवारी फिर्ता दिएका छन ।

मुगुमा बाम गठबन्धनविरुद्ध प्रदेश र प्रतिनिधिसभाको लागि मनोनयन गराएको उम्मेदवारी फिर्ता लिएको पोलिटब्यूरो सदस्य मंगलबहादुर शाहीले एभरेष्टदैनिकलार्य बताए ।

पार्टी केन्द्रीय समितिले ५ वर्षसम्म कारबाही गर्ने चेतावनीपछि उम्मेदवारी फिर्ता लिएको शाहीले बताए ।

एमाले माओवादीबीच सिट बाँडफाँडमा मुगुमा प्रतिनिधि र प्रदेशसभाका लागि एमालेको भागमा परेको थियो । त्यसैको विरोधमा केन्द्रको निणर्य विपरित माओवादीका तर्फबाट उम्मेदवारी परेको थियो ।

बालेनको कटाक्ष -'टुँडिखेल र खुल्लामन्च पनि एमाले-कांग्रेसका कार्यकर्तालाई दिने अध्यादेश पास भएछ'

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भूमिसम्बन्धी अध्यादेश जारी भएकोमा सत्तारू दल एमाले र कांग्रेसप्रति तिव्र असन्तुष्टि जनाएका छन्।  राष्ट्रपतिले भूमि सम्बन्धी अध्यादेश जारी गरेको केही समयपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बालेनले असन्तुष्टि जनाएका हुन्। शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ। बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई।’ यसअघि राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गर्न अस्वीकार गरेका थिए ।  तर राष्ट्रपति पौडेलले बुधबार साँझ भूमिसम्बन्धी अध्यादेश प्रधानमन्त्रीको अनुरोधमा जारी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सच्याउने प्रतिबद्धता जनाएपछि राष्ट्रपति पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका हुन्।

देउवाले किन बोलाए कांग्रेसका मन्त्रीहरु बुढानीलकण्ठ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई आज बुढानीलकण्ठस्थित निवास बोलाएका छन् ।  मन्त्रीहरुसँग सामूहिक छलफल गर्न  उनले विहीबार (आज) बिहान ८ बजे बुढानीलकण्ठस्थित निवासमा मन्त्रीहरुलाई बोलाएका हुन् । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काम प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई दुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो । सोही तालिका अनुसार देउवाले मन्त्रीहरुसँग छलफल गर्न लागेको बताइएको छ । बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरुलाई पनि बोलाइएको छ ।

समाजवादी मोर्चाले माघ १६ गते वृहत कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले  माघ १६ गते वृहत् कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधवार आलोकनगरमा बसेको मोर्चाको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै कार्यदल सदस्य खड्गबहादुर विश्वकर्माले यो कार्यक्रमले बाहिर सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे ।  समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने जानकारी गराए । कार्यदलले माघ १० गतेदेखि १२ गतेभित्र प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नितालाई बुझाउने विश्वकर्माले जानकारी दिए । यसैगरी सरकारको गतिविधिबारे गम्भीर छलफल भएको उनले बताए । ‘ओली सरकारले ल्याएको अध्यादेशबारे गम्भीर छलफल भएको छ । जननिर्वाचित संसद् छ । तर सरकारले संसद् छलेर भटाभट अध्यादेश ल्याएको छ । यसबारे गम्भीर छलफल भएको छ’, उनले भने ।  आजको बैठकमा सुरुमा मोर्चाको गतिविधि आम जनतामा निकै उत्साहजनक रहेको तर  पछिल्लो समय अगाडि बढाउन गति धिमा भयोबारे समीक्षा भएको उनले बताए ।

सरकारले संसद्को नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने विपक्षी दलहरूको तयारी

काठमाडौं । सरकारले संसद्को नियमित संसद् अधिवेशन नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय कार्यालय सिंहदरबारमा बसेको विपक्षी पाँच दलको बैठकले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेको हो ।  बैठकको निर्णयबारे जानकारी दिँदै माओवादीको उपमहासचिव वर्षमान पुनले सरकार संसद् छलेर अलोकतान्त्रिक तरिकाले अध्यादेशबाट शासन गर्न लागेको आरोप लगाए । पुनका अनुसार संसद्को नियमित अधिवेशन बोलाउन सरकारलाई दबाब दिने नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय भएको जानकारी  दिए ।  ‘सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक गरिरहेको छ ।  ओलीमा स्वेच्छाचारी ढङ्गले शासन गर्ने विगतको प्रवृत्ति थियो । अलिकति सच्यो कि भनेको फेरि त्यही दोहोरिएको छ । महँगी बढेको छ । अनियमितता बढेको छ । यस्तो अवस्थामा नियमित अधिवेशन बोलाउन विपक्षी दलले माग गरेको छ । नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्नेर्छौं’, पुनले भने ।  बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरू पछिल्लो राजनीतिक अवस्था, संसदमा विपक्षी दलहरूको भूमिका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

लोकप्रिय