यस्तो छ वामगठबन्धनसंग मधेसकेन्द्रित दलको अडान

यस्तो छ वामगठबन्धनसंग मधेसकेन्द्रित दलको अडान

काठमाडौं, माघ २० । वाम गठबन्धन र मधेसकेन्द्रित दलबीच नजिकिँदै गएको दूरी ‘सैद्धान्तिक सहमति’पछि अविश्वासमा परिणत भएको छ ।

दुवै पक्षबीच संविधान संशोधन गर्ने सैद्धान्तिक सहमतिपछि लिखित सहमतिपत्रमा हस्ताक्षर हुनै लाग्दा भाँडिएकाले पछिल्लोपटक नजिकिँदै गएको दूरी अविश्वासमा परिणत भएको हो ।

गठबन्धनका तर्फबाट एमाले र माओवादी केन्द्रका नेताहरू र संघीय समाजवादी फोरम र राजपाका नेताहरूबीच माघको पहिलो साता निर्णायक छलफल भएको थियो । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ मा तालमेल गर्ने, संविधान संशोधन गर्ने र गठबन्धन सरकार बनाउने गरी भएको छलफल कुन विषयमा संविधान संशोधन गर्ने भन्ने निष्कर्षमा नपुग्दा भाँडिएको हो ।

वार्ता भाँडिएलगत्तै मधेसकेन्द्रित दलले कांग्रेससँग तालमेल गरेर प्रदेश २ मा उम्मेदवार उठाउने समझदारी गरेका थिए । एमालेबाट वाम कार्यदलका नेता सुवास नेम्बाङ, रामबहादुर थापा बादल, नेता अग्नि खरेलसहित कार्यदलका सदस्यहरू तथा मधेसकेन्द्रित दलबाट महन्थ ठाकुरलगायतका नेता छलफलमा सहभागी थिए ।

सैद्धान्तिक सहमति भाँडिएको खुलासा

एमाले नेता अग्नि खरेलले सैद्धान्तिक सहमति भाँडिएको जानकारी दिए । ‘हामीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधनको बाटोमा बढ्न सक्छौँ भन्ने कुरा मस्यौदामा राखेर समझदारी गर्न सकिन्छ भनेका थियौँ । सैद्धान्तिक सहमति पनि भयो,’ फोरम र राजपासँगको छलफलमा सहभागी नेता खरेलले भने, ‘प्रस्ट पार्न केही लेख्ने कुरा हुँदाहुँदै राष्ट्रिय सभामा कांग्रेससँग तालमेल गर्नुभएकाले उहाँहरूले संविधान संशोधन चाहनुभएको रहेनछ भन्ने प्रस्ट भएको छ ।’

गठबन्धनसँग मिल्दा मात्र संविधान संशोधनको माग पूरा हुनसक्ने तथ्यविपरीत राष्ट्रिय सभा निर्वाचनमा फोरम र राजपा कांग्रेससँग मिलेका कारण प्रश्न उठेको उनको भनाइ छ । ‘जोसँग स्ट्रेन्थ छ, जसले चाहँदा संशोधन हुनसक्छ त्योसँगको कुरालाई निष्कर्षमै नपु¥याई अन्तै किन जानुभो, स्वाभाविक प्रश्न उठेको छ,’ खरेलले भने ।

यस्तो छ मधेसकेन्द्रित दलको अडान

गठबन्धनसँग चलिरहेको पछिल्लो छलफलमा मधेसकेन्द्रित दलले भने राज्य पुनःर्संरचना आयोगको रिपोर्टका आधारमा संविधान संशोधन गर्ने विषयलाई सम्बोधन गर्नुपर्ने अडान राखेका थिए । ‘उहाँहरू माग पूरा गर्न तयार नभएपछि थप छलफलको आवश्यकता देखिएन,’ राजपा नेता महेन्द्र राय यादवले भने, ‘ओलीजी सरकारमै हुँदा उहाँले ननपेपरका रूपमा तयार पार्नुभएको बुँदा पूरा गर्न तयार हुनुभयो भने हामी गठबन्धनमा सामेल भएर सरकारमा पनि सहभागी हुन सक्छौँ ।’

वाम गठबन्धनले भने करिब दुईतिहाइ बहुमत रहेको र पार्टी एकता करिब अन्तिम बिन्दुमा पुगिसकेका कारण मधेशकेन्द्रित दललाई धेरै प्राथमिकतामा राखेको छैन । यद्यपि, कांग्रेसलाई एक्ल्याएर भोलिको दिनका सम्भावित असहजतालाई सरकार बन्नुअगावै सम्बोधन गर्न उनीहरूसँगको छलफललाई पनि गठबन्धनले जारी राखेको छ । गठबन्धनले संविधानअनुसार सीमांकन हेरफेरका लागि संशोधन हुन नसक्ने भएकाले बाँकी विषयमा छलफल जारी राख्न सकिने गरी मधेसकेन्द्रित दलका नेताहरूलाई जवाफ फर्काएका छन् ।

ओलीसँग निरन्तर सम्पर्कमा उपेन्द्र र राजेन्द्र

संविधान संशोधनका लागि सैद्धान्तिक सहमतिले मूर्त रूप लिन नसके पनि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका नेता राजेन्द्र महतोलगायतका नेता एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर सम्पर्कमा छन् ।

‘यादव र महतो नयाँ सहमति गरेर गठबन्धनमा सहभागी हुने मुडमा देखिनुभएको छ, उहाँहरू ओलीजीसँग मात्र होइन, एमालेका नेताहरूसँग निरन्तर संवादमा देखिनुभएकाले छिट्टै ब्रेकथ्रु हुनसक्ने सम्भावना पनि देखिन्छ,’ एमालेका एक नेताले भने । यादवले यसबीचमै ओलीसँग पटकपटक ‘वन अन वन’ संवाद जारी राखेका छन् ।  – नयाँ पत्रिकामा खबर छ ।

जनगणतन्त्र चीनको स्थापना दिवसमा अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना दिनुभएको हो ।  ‘जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको शुभ अवसरमा म महामहिम राष्ट्रपति सी जिनपिङ, चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनतालाई निरन्तर सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘हाम्रा दुई देश र पार्टीहरूबीचको मित्रताको सम्बन्ध आगामी वर्षहरूमा अझ बलियो हुनेमा म विश्वस्त छु।

बाढीपहिरो अपडेटः २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाको मृत्यु भएको छ । विपदमा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपदमा १४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । विपदमा परि काभ्रेमा सबैभन्दा बढीको मृत्यु भएको छ । काभ्रेमा ६५ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा ३९, धादिङमा ३९, ललितपुरमा १७, सिन्धुपाल्चोकमा १०, दोलखामा र मकवानपुरमा ७–७, पाँचथरमा ६, भक्तपुर र सोलुखुम्बुमा ५–५, झापा, धनकुटा, महोत्तरी, रौतहट, सिन्धुली र रुपन्देशीमा २–२ तथा उदयपुर, इलाम, ओखलढुंगा, सप्तरी र रामेछापमा १–१ जना गरी २१७ जनाको ज्यान गएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । उनले अहिलेसम्म ४ हजार ३३१ जनाको उद्धार गरिएको बताए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,मधेश र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका केही ठाउँ, वाग्मती र गण्डकी प्रदेशका पहाडी ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी ३ दिनको मौसम पूर्वानुमान २०८१ असोज १५ गते (मंगलबार) दिउँसोː कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिː कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १६ गते (बुधबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १७ गते (बिहीबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश ,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिद्वारा दश लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ। नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले सहयोग हस्तान्तरण गरेको हो। समितिका सचिव तिलक केसी र प्रवास कार्यालयका मुख्य सचिव टिबी पाठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो। सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले पश्चिम उपमहादेशीय संगठन समितिलाई धन्यवाद दिनुभयो। उहाँले हिजो बसेको पदाधिकारी बैठकको निर्णयअनुसार आज केन्द्रीय राहत कोष स्थापना गरिएको उल्लेख गर्दै यसमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलगायत इच्छुक सबैलाई सहयोगका लागि आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले घटनालगत्तै सम्बन्धित क्षेत्रमा रहेका नेता कार्यकर्ता उद्धारमा परिचालित भएको जानकारी दिंदै सबै जवस र मोर्चाहरुलाई संस्थागतरुपमा नै उद्धार, राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन गर्न निर्देशन दिइएको बताउनुभयो । प्रसावमा रहेका पार्टी कमिटीहरुले पनि सहयोग पठाउने कार्य सुरु गरकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले जनताको दुःखपीडालाई सम्बोधन गर्नु नै राजनीतिको मुख्य अभिष्ट भएकाले संकटको बेलामा जनताको सेवामा जुट्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो। यसअघि हिजो माओवादी केन्द्रको एसिया संगठन समितिले पाँच लाख सहयोग हस्तान्तरण गरेको थियो । त्यस्तै आज माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युरोप कमिटीले दुई लाख लाख रुपैयाँ सहयोग नेपाल पठाएको जनाएको छ । मञ्चका अध्यक्ष चित्र सुवेदी र महासचिव धर्मराज खतिवडाले विज्ञप्तिमार्फत सहयोग पठाएको जानकारी गराउँदै राष्ट्रिय कमिटीहरू, पदाधिकारी, सल्लाहकारलगायतलाई स्वैच्छिक रूपमा आर्थिक सङ्कलनका लागि अपिल गर्नुभएको छ ।

लोकप्रिय