यी हुन् स्वराजले प्रचण्डसमक्ष राखेका जिज्ञासा

यी हुन् स्वराजले प्रचण्डसमक्ष राखेका जिज्ञासा

काठमाडौं, माघ २० । विदेशमन्त्री स्वराजले शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोल्टी होटेलमा भेटवार्ता गरेकी थिइन् ।

प्रचण्ड–स्वराजबीच पौने घन्टा ‘वन अन वन’ वार्ता भएको थियो । भेटमा स्वराजले अब नेपालको प्रक्रिया कसरी अघि जाला भनेर जिज्ञासा राखेको प्रचण्डले जानकारी दिए । आजको नयाँ पत्रिकामा खबर छ । निर्वाचनपछिको परिस्थिति र नयाँ सरकार गठनबारे सकारात्मक र रचनात्मक कुराकानी भएको प्रचण्डले सञ्चारकर्मीलाई जानकारी दिए । ‘चुनावपछिको परिस्थिति र नयाँ सरकार गठनबारे सकारात्मक र रचनात्मक कुरा भएको छ,’ उनले भने, ‘उहाँले अब देश कसरी जाला भन्ने जिज्ञासा राख्नुभयो र हामी (वाम गठबन्धन) लाई बधाई र शुभकामना दिनुभयो ।’

स्वराजको नेपाल आगमनलाई आफूले सद्भाव भ्रमणका रूपमा बुझेको प्रचण्डको भनाइ छ । उनले नेपालको राजनीतिक स्थायित्व र विकास आवश्यक रहेको र आफूहरू छिमेकीसँग राम्रो सम्बन्ध बनाएर जाने पक्षमा रहेको जानकारी गराएको बताए । ‘मैले नेपालमा राजनीतिक स्थायित्व र विकास आवश्यक रहेको र हामी छिमेकीसँग राम्रो सम्बन्ध बनाएर जाने पक्षमा रहेको उहाँलाई जानकारी गराएँ,’ प्रचण्डले भने, ‘उहाँले पनि वाम गठबन्धन सरकारले नेपालको स्थायित्व र विकासमा चाल्ने कदमप्रति भारतको पूरै सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ ।’ भारतीय विदेश मन्त्रालयले प्रचण्डसँगको भेटमा स्वराजले मंसिरमा सम्पन्न चुनावमा माओवादीले पाएको परिणामका लागि बधाई दिएको उल्लेख गरेको छ ।

स्वराज–प्रधानमन्त्री आधा घन्टा ‘वन अन वन’ वार्ता

स्वराजसँगको भेटबारे प्रधानमन्त्री देउवाले भने,

‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई स्वागत गर्न पाउनु हाम्रो सौभाग्य हो । नेपाल–भारत सम्बन्धका बहुपक्षीय विषयलाई थप मजबुत बनाउन हाम्रो छलफल केन्द्रित थियो ।’

राष्ट्रपति भण्डारीसँग भेटेपछि विदेशमन्त्री स्वराज प्रधानमन्त्री देउवालाई भेट्न सीधै बालुवाटार पुगेकी थिइन् । पौने १ बजे बालुवाटार पुगेकी उनले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गरेकोमा प्रधानमन्त्रीलाई बधाई दिएको उनका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले जानकारी दिए । ‘निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिनुभयो,’ उनले नयाँ पत्रिकासँग भने, ‘नेपाल र भारतबीच रहँदै आएको राजनीतिक, सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्धलाई कसरी प्रगाढ बनाउने र सुदृढ गर्ने भन्ने विषयमा भेटवार्ता केन्द्रित भयो ।’

प्रधानमन्त्री देउवाले नेपाल–भारत सम्बन्धका बहुपक्षीय विषयलाई थप मजबुत बनाउन छलफल केन्द्रित भएको बताएका छन् । देउवाले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई स्वागत गर्न पाउनु हाम्रो सौभाग्य हो । नेपाल–भारत सम्बन्धका बहुपक्षीय विषयलाई थप मजबुत बनाउन हाम्रो छलफल केन्द्रित थियो ।’

विदेशमन्त्री स्वराजले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन भारत सदैव तयार रहेको र आगामी दिनमा पनि रहिरहने बताएको डा. भट्टराईले जानकारी दिए । औपचारिक भ्रमण नभएकाले दुई देशबीच सहयोग आदानप्रदानको विषयमा कुराकानी नभएको उनको भनाइ छ । प्रधानमन्त्री देउवा र विदेशमन्त्री स्वराजबीच करिब आधा घन्टा ‘वन अन वन’ वार्ता भएको थियो ।

२३ घन्टे नेपाल बसाइमा सात भेटवार्ता

२३ घन्टे नेपाल बसाइका क्रममा भारतीय विदेशमन्त्री स्वराजले ‘वान अन वान’ र सामूहिक गरी सातवटा भेटवार्ता गरेकी छिन् । बिहीबार साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएपछि सीधै सोल्टी होटेलमा पुगेकी स्वराजले सबैभन्दा पहिला पौने घन्टा एमाले अध्यक्ष केपी ओलीसँग ‘वन अन वन’ वार्ता गरेकी थिइन् । त्यसपछि उनले एमाले नेताहरूसँग सामूहिक वार्ता गरिन् । लगत्तै उनले एमाले अध्यक्ष ओलीले आफ्नो सम्मानमा दिएको रात्रिभोजमा भेटवार्ता गरेकी थिइन् । शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष यादवलाई सोल्टीमै भेटिन् । मध्याहन् राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास र प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगिन् ।

जनगणतन्त्र चीनको स्थापना दिवसमा अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना दिनुभएको हो ।  ‘जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको शुभ अवसरमा म महामहिम राष्ट्रपति सी जिनपिङ, चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनतालाई निरन्तर सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘हाम्रा दुई देश र पार्टीहरूबीचको मित्रताको सम्बन्ध आगामी वर्षहरूमा अझ बलियो हुनेमा म विश्वस्त छु।

बाढीपहिरो अपडेटः २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाको मृत्यु भएको छ । विपदमा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपदमा १४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । विपदमा परि काभ्रेमा सबैभन्दा बढीको मृत्यु भएको छ । काभ्रेमा ६५ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा ३९, धादिङमा ३९, ललितपुरमा १७, सिन्धुपाल्चोकमा १०, दोलखामा र मकवानपुरमा ७–७, पाँचथरमा ६, भक्तपुर र सोलुखुम्बुमा ५–५, झापा, धनकुटा, महोत्तरी, रौतहट, सिन्धुली र रुपन्देशीमा २–२ तथा उदयपुर, इलाम, ओखलढुंगा, सप्तरी र रामेछापमा १–१ जना गरी २१७ जनाको ज्यान गएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । उनले अहिलेसम्म ४ हजार ३३१ जनाको उद्धार गरिएको बताए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,मधेश र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका केही ठाउँ, वाग्मती र गण्डकी प्रदेशका पहाडी ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी ३ दिनको मौसम पूर्वानुमान २०८१ असोज १५ गते (मंगलबार) दिउँसोː कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिː कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १६ गते (बुधबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १७ गते (बिहीबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश ,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिद्वारा दश लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ। नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले सहयोग हस्तान्तरण गरेको हो। समितिका सचिव तिलक केसी र प्रवास कार्यालयका मुख्य सचिव टिबी पाठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो। सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले पश्चिम उपमहादेशीय संगठन समितिलाई धन्यवाद दिनुभयो। उहाँले हिजो बसेको पदाधिकारी बैठकको निर्णयअनुसार आज केन्द्रीय राहत कोष स्थापना गरिएको उल्लेख गर्दै यसमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलगायत इच्छुक सबैलाई सहयोगका लागि आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले घटनालगत्तै सम्बन्धित क्षेत्रमा रहेका नेता कार्यकर्ता उद्धारमा परिचालित भएको जानकारी दिंदै सबै जवस र मोर्चाहरुलाई संस्थागतरुपमा नै उद्धार, राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन गर्न निर्देशन दिइएको बताउनुभयो । प्रसावमा रहेका पार्टी कमिटीहरुले पनि सहयोग पठाउने कार्य सुरु गरकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले जनताको दुःखपीडालाई सम्बोधन गर्नु नै राजनीतिको मुख्य अभिष्ट भएकाले संकटको बेलामा जनताको सेवामा जुट्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो। यसअघि हिजो माओवादी केन्द्रको एसिया संगठन समितिले पाँच लाख सहयोग हस्तान्तरण गरेको थियो । त्यस्तै आज माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युरोप कमिटीले दुई लाख लाख रुपैयाँ सहयोग नेपाल पठाएको जनाएको छ । मञ्चका अध्यक्ष चित्र सुवेदी र महासचिव धर्मराज खतिवडाले विज्ञप्तिमार्फत सहयोग पठाएको जानकारी गराउँदै राष्ट्रिय कमिटीहरू, पदाधिकारी, सल्लाहकारलगायतलाई स्वैच्छिक रूपमा आर्थिक सङ्कलनका लागि अपिल गर्नुभएको छ ।

लोकप्रिय