यौन सम्पर्क गर्दा पीडा हुन्छ ? कारण यस्ता छन्

यौन सम्पर्क गर्दा पीडा हुन्छ ? कारण यस्ता छन्

काठमाडौं । केही यौन जोडीले यौन क्रीडा गर्दा पीडा हुने गुनासो गर्ने गर्छन् । यसको मुख्य कारण यौन जोडी बीचमा यौन शिक्षाको अभाव तथा कमी हुनसक्छ । यौन शिक्षाको ज्ञान भए स्वस्थ जोडीबीच यौन सम्पर्क गर्दा पीडा हुने सम्भावना भने कमै हुन्छ ।

उमेर नमिल्दा पीडा
यौन सम्पर्क गर्ने जोडीको उमेर मिल्दो हुनु पर्छ । ३०÷३५ वर्षको उमेरमै यौन सम्पर्क गर्दा पीडा हुन्छ भने उमेर नमिलेको पनि हुन सक्छ । उमेरको बढी फरक भएका यौन जोडीबीचमा यौन क्रीडा, सम्पर्क तथा सम्बन्धमा गाँसिदा यौन अनुभव र अभ्यास फरक हुन्छ । भावना नमिल्न सक्छ ।

जसका कारण यौन सम्पर्क गर्दा पीडा हुनसक्छ । उमेरको धेरै अन्तर हुँदा यौन जोडीमध्ये एक अनुभवी तथा यौनक्रीडा गर्न जान्ने हुन्छ भने अर्को कम अुनभवी तथा अनभिज्ञ हुन सक्छ ।

यौन जोडी बीचको उमेरको बढी अन्तरका कारणले यौन क्रीडा तथा यौन सम्पर्क गर्दा एक आपसमा असन्तुष्टि पैदा हुन्छ । एकलाई पीडाको भाव र अर्कोलाई सोचेअनुरुप यौन इच्छा पूरा नहुँदा असन्तुष्टि पैदा हुन्छ ।

यौन जोडी बीचको उमेर अन्तरका कारणले वैकल्पिक जोडीसँग (अरुसँग) आकर्षण भई सहवास हुने सम्भावना बढी हुन्छ । त्यस कारणले यौन जोडीबीच एकअर्काको भावना बुझेर यौन सम्पर्क गर्न जरुरी हुन्छ । एक आपसका भावना अन्तरमनमा राख्नु आवश्यक हुन्छ ।

वैकल्पिक जोडीले पीडा
वैकल्पिक यौन जोडी छ भने पनि स्थायी यौन जोडीसँग यौन सम्पर्क गर्न रुचाइँदैन । स्थायी जोडीसँग यौन सम्पर्क गर्न मन नलाग्न सक्छ । यौन सम्पर्क गर्दा पनि पीडा हुन्छ । व्यक्तिको स्वभाव र व्यवहार बडो परिवर्तनशील हुन्छ ।

स्वभाव र व्यवहार परिवर्तनशील हुने भएकाले एक व्यक्तिसँग मात्रै यौन सम्पर्क गर्न मन नलाग्न सक्छ । जुन व्यक्तिको नैसर्गिक स्वभाव पनि हो ।

धार्मिक प्रशिक्षण, सामाजिक तथा राजनीतिक बन्देजले भने यौन र यौन क्रीडालाई साँघु¥याएको छ । जति नै साँघुरो बनाए पनि सक्षम खेलाडीले वैकल्पिक यौन जोडीसँग यौन सम्पर्क राख्न सक्छन् । यौनलाई नाटकको पात्रको रुपमा नाटकीय रुपमा खेलेकै हुन्छन् । सकेसम्म परस्त्री वा परपुरुषसँग यौन सम्पर्क र सम्बन्ध नराख्नु नै उचित हुन्छ । परस्त्री वा परपुरुषसँग यौन सम्पर्क राख्दा सम्बन्ध विच्छेद हुने जोखिम हुन्छ ।

यौन सोच, अभ्यास, क्रियाकलाप र व्यक्ति अनुसार फरक—फरक हुन्छ । त्यसैले यौन बानी व्यवहारलाई गृहस्थ जीवनसँग जोडेर नकारात्म रुपमा लिनु हुँदैन । गृहस्थ जीवन पवित्र जीवन हो । यौनको विषयलाई लिएर पारिवारिक विच्छेदन पनि हुने भएकाले जोडीले बुद्धिमतापूर्वक व्यवस्थापन गर्नुपर्छ ।

यौन चाहना हुँदा र सम्पर्कमा सरिक भएपछि महिलामा यौन रसादी निस्किन्छ । यौन चाहना भएपछि ९९ प्रतिशत भन्दा बढी महिलामा योनिबाट रसादी निस्किन्छ । त्यसैले महिलाको योनिबाट रसादी निस्किएको छ भने यौन चाहना भएको मान्न सकिन्छ । योनिबाट रसादी निस्कँदा पनि यौन सम्पर्कको समयमा पीडा हुन्छ भने शारीरिक तथा मानसिक समस्या भएको हुन सक्छ ।

यौन चाहना हुँदैमा यौनाङ्गबाट रसादी निस्कन्छ भन्ने पनि हुँदैन । यौन रसादी ननिस्किए पनि यौन चाहना हुन सक्छ । यौन रसादी निस्कनका लागि केही मिनेट यौन क्रीडा गर्न जान्नु पर्छ । यौन क्रीडाबाट यौन जोडीको (दुवैको) यौनाङ्गबट यौन रसादी निस्कन्छ नै भन्ने पनि जरुरत हुँदैन ।

अधिकांश जोडीमा फरक–फरक समयमा यौन रसादी निस्कन्छ । जोडीले यौन रसादी निस्किएको वा ननिस्किएको स्वअध्ययन गर्न जरुरी छ । रसादी निस्के÷ननिस्के बारेमा थाहा पाउन पनि जरुरी छ ।

अभ्यास र अनुभवले रसादी निस्किएको वा ननिस्किएको बारेमा थाहा हुन्छ । १÷२ पटकको अनुभवले थाहा हुँदैन । थोरै अनुभवले धेरै ज्ञान छ भन्ठान्दा यौन जोडीका लागि जोखिम पनि हुन सक्छ ।

यौनाङ्गबाट रसादी निस्कने तर पुरुषलाई पीडा हुने परिस्थिति भयो भने पुरुषको व्यक्तित्वमा मानसिक ह्रास हुन्छ । जसका कारण पुरुषको असक्षमताको पीडा असह्य हुन्छ । पुरुषको असक्षमताको परिणामस्वरुप कतिपय पुरुष महिलाबाट टाढा हुने, मानसिक रुपमा विक्षिप्त हुने र आत्महत्या गर्न समेत पछि पर्दैनन् ।

रोगको खतरा
यौन सम्पर्कमा समस्या र पीडा हुने धेरै कारण हुन्छन् । यौन सम्पर्क गर्दा पीडा हुने मुख्य कारण यौनाङ्गको संक्रमण हो । जोडीमध्ये एकलाई वा दुवैलाई यौनाङ्गको संक्रमण भएको छ भने यौन सम्पर्क गर्दा पीडा हुन्छ ।

पुरुषको लिंग सानो हुने, बाहिरी छाला नसुर्किने, पुरुषको लिंगमा संक्रमण हुने, अन्य घाउ खटिरा लगायतका कारणले यौन सम्पर्क गर्दा समस्या तथा पीडा हुुन्छ । पुरुषको लिंग पूर्ण रुपमा विकसित भएको छैन भने पनि यौन सम्पर्क गर्दा यौन जोडीमा मानसिक रुपमा पीडा हुन्छ । विशेष गरी महिलामा तल्लो पेट दुख्ने, यौनाङ्गको सर्भिक्समा सर्भिक्स सोथ (दुख्ने, पोल्ने, सुन्निने) भएको खण्डमा पनि यौन सम्पर्क गर्दा पीडा हुन्छ ।

लिंग वा योनिमा रातो, तातो, दुख्ने, सुन्निने र यौनाङ्गले काम नगर्ने अवस्था आए सम्बन्धित चिकित्सककहाँ यथासम्भव चाँडै गएर सल्लाह र उपचार गर्न जरुरी हुन्छ ।यौन सम्पर्कको समयमा पीडा भयो वा यौनाङ्गमा कुनै किसिमको समस्या छ भने हेलचेक्राईँ गरेर बस्नु उचित हुँदैन । यस्तो अवस्था आकस्मिक भने हैन ।

यौनाङ्गमा कुनै किसिमको समस्या तथा संक्रमण छ भने एकअर्कामा सर्ने सम्भावना बढी हुन्छ । संक्रमण तथा जन्मजात कारणले पनि यौनाङ्गमा समस्या हुन सक्छ । जन्मजात अवस्थाका अधिकांश यौन समस्या शल्यक्रिया गरेर समाधान गरिन्छ ।

यौन जोडीमध्ये कुनै एक वा दुुवैमा कुनै किसिमको रोग छ भने पनि यौन सम्पर्कको समयमा पीडा हुन सक्छ । यदि रोग छ भने कुन किसिमको, कस्तो अवस्थाको रोग छ सम्बन्धित चिकित्सककहाँ गएर परामर्श लिनुका साथै उपचार गर्नुपर्छ ।

उत्तेजना नमिल्दा पीडा
विशेषगरी महिलाभन्दा पुरुष चाँडै उत्तेजित हुनु पनि पीडाको एउटा कारण हो । पुरुष चाँडै र महिला सुस्त उत्तेजित हुनाले पनि यौन सम्पर्क गर्दा पीडा हुन सक्छ ।

महिला भन्दा पुरुष चाँडै उत्तेजित हुनु स्वभाविक पनि हो । अधिकांश पुरुष यौन मामलामा सक्रिय हुन्छन् भने महिला निष्क्रिय हुन्छन् ।

हरेक पुरुष तथा महिलामा मौसमअनुसार शरीरका अङ्गको सक्रियता र निष्क्रियता हुन्छ । जसका कारण पनि यौन सम्पर्क गर्दा पीडा हुन सक्छ । त्यसको व्यावस्थापन एक आपसमा यौन जोडीले नै गर्नुपर्छ ।

हरेक असहज परिस्थितिलाई वातावरण अनुकूल गर्ने दायित्व जोडीको हो । मौसमका कारण यस्तो पीडा हुन्छ भन्ने पनि हुँदैन । गर्मीमा पीडा हुन् वा जाडोमा नहुने वा जाडोमा पीडा हुने र गर्मीमा नहुने भन्ने हुँदैन ।

नकारात्मक धारणा नराख्ने
विगत केही वर्षयता शैक्षिक पाठ्यपुस्तक, पत्रपत्रिका र सामाजिक सञ्जालको प्रयोगले मानिसमा यौनसम्बन्धी वैज्ञानिक जिज्ञासा बढ्दै जान थालेको छ र यो स्वाभाविक पनि हो ।

त्यसैले नेपालका सामाजिक अगुवा, धार्मिक गुरु, राजनीतिक कार्यकर्ताले यौन र यौन शिक्षालाई ज्ञानको भण्डारको रुपमा लिँदा समाज अगाडि बढ्न सक्छ । यौनसम्बन्धी नकारात्मक धारणा र अफवाह न्यूनीकरण गर्दै जान जरुरी छ ।

हरेक व्यक्तिका आ–आफ्नै किसिमका मानवीय अधिकार हुन्छन् । अधिकारभित्र आफूलाई चहलपहल गर्न स्वतन्त्र हुन्छन् । व्यक्तिले व्यक्तिगत तथा सामजिक उत्तरदायित्व भने भुल्नु हुँदैन । पीडा तथा असन्तुष्टि भयो भन्दैमा वैकल्पिक यौन जोडी रोज्नु उचित हैन । व्यवस्थापन गर्नु उपयुक्त हुन्छ । शुक्रबार साप्ताहिकबाट

ब्राजिल सरकारको आग्रहः विवाह अघि यौनसम्पर्क नगर्नुहोस्

एजेन्सीः ब्राजिलको सरकार आजकाल आफ्ना देशका किशोर किशोरीका लागि निकै चिन्तित छ । वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने दर अत्यधिक बढिरहेको र एचआईभी संक्रमणमा पनि वृद्धि भइरहेका कारण युवालाई यौन सम्बन्धका लागि विवाहसम्म प्रतिक्षा गर्न सन्देश दिइरहेको छ । ब्राजिलकी मानवाधिकार तथा बालबालिका मन्त्री डामारेस एल्वेस युवालाई संयमता अपनाउन सल्लाह दिँदै भन्छिन्, ‘हाम्रा देशका युवा सामाजिक दबाबमा आएर शारीरिक सम्बन्ध स्थापित गरिरहेका छन् । तपाईं सेक्स बिना पनि पार्टीमा विभिन्न तरिकाले मज्जा लिन सक्नुहुन्छ ।’ डामारेसका अनुसार आफ्नो नीति बनाउनका लागि उनले ‘आई चुज टू वेट’ नामको एउटा अभियान सुरु गरेकी छिन् । उक्त अभियानमा उनले ती चर्चका फादर्सबाट सल्लाह लिएकी छिन् जसका सोसल मिडियामा ठूलो मात्रामा फलोअर्स छन् । यसका साथै डामारेसले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलमा प्रजनन अधिकार र यौन शिक्षाबारे निकै ठूलो बहस सुरु गरेकी छिन् । लेफ्ट पार्टी र आलोचकका अनुसार सेक्समा संयमता अपनाउन भन्दै युवालाई सेक्सबारे गलत तरिकाले सिकाइँदैछ जुन उनीहरुको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । ब्राजिलमा कानूनका प्राध्यापक र सामाजिक कार्यकर्ता देबोरा डिनिजले सेक्समाथि अहिलेसम्म बनेका सबै संयम नीति त प्रभावशाली हुन सकेको न नै किशोर गर्भावस्था तथा यौन रोगबारे जानकारी दिन सफल भएको बताएका छन् । डिनिजले आफूहरुले धार्मिक मान्यतालाई आधार मानेर सरकारी नीति बनाउने कोसिस गरिरहेको जानकारी दिएका छन् । राष्ट्रपति जेयर बोलसोनारो र उनका सहयोगीले उनका वामपन्थी प्रतिद्वन्द्वीले कम उमेरमा नै यौन सम्बन्ध स्थापित गर्नका लागि किशोरलाई प्रोत्साहित गरेको आरोप लगाएका छन् । यस्तै विशेषज्ञले सरकारको यो अभियानले किशोर गर्भावस्थामा अंकुश लगाउने अहिलेसम्मकै कोसिसलाई हानी पुर्याउन सक्ने बताएका छन् । ब्राजिलको किशोर गर्भावस्था दर संसारभरी सबैभन्दा धेरै छ । जहाँ अन्तर्रा्ष्ट्रिय स्तरमा किशोर गर्भावस्था दर ४४ प्रतिशत छ भने ब्राजिलमा यो दर लगभग ६२ प्रतिशत छ । ब्राजिलमा यौन संक्रमण पनि तीब्र रुपमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१८ मा यौन सम्बन्धि रोगमध्ये ४३ हजार ९ सय ४१ नयाँ घटना सार्वजनिक भएका छन् जुन सन् २०१४ को तुलनामा ४१ प्रतिशत बढी हो । क्याबिनेट मन्त्री एल्विसका अनुसार सरकारले त्यहाँ भएका गर्भ्निरोधकबाहेक अन्य उपाय पनि अवलम्बन गर्नेबारे जोड दिइरहेका छन् । एल्विसका अनुसार सरकारको उद्देश्य मानिसहरुमा आफ्नो नीति थोपर्नु नभई उनीहरुलाई सूचित र शिक्षित गर्ने हो । ब्राजिलमा १५ वर्षका थुप्रै किशोरीहरुको बच्चा छन् र यी किशोरी आमाहरुका लागि विभिन्न प्रकारका होम स्कूलिङ कार्यक्रम चलाइँदै छ । यसमार्फत् उनीहरुले आफ्नो बच्चाको लालनपोषणका साथै पठन पाठन पनि गर्न सक्छन् । १५ वर्षकी लारिसा परेराले गत वर्ष एक बच्चा जन्माएकी थिइन् । लारिसाका अनुसार किशोरावस्थामा सरकारको गर्भ्निरोधक सन्देश निकै काम लाग्दो छ । यति हुँदा हुँदै पनि मानिसहरु यो मान्न चाहँदैनन् । लारिसाका अनुसार उनका स्कूलका लगभग सबै साथी गर्भवती छन् । लारिसाका अनुसार जन्मदरमा नियन्त्रणका लागि यहाँका मानिसहरुमाझ गर्भ्निरोधक औषधी तथा सामग्री सहजताका साथ पुर्याउन आवश्यक छ । ब्राजिलमा सेक्समाथि संयमता अपनाउने अभियान अर्को महिनादेखि सुरु हुनेछ । क्याबिनेट मन्त्री एल्विसका अनुसार संयुक्त राज्यमा यस्तो प्रकारको संयम अभियान प्रभावकारी भएको छ ।

किन हरेक महिलामा फरक यौन चाहना हुन्छ ? कसरी सन्तुष्ट पार्न सकिन्छ ?

काठमाडौंः महिलाहरु के चाहन्छन् ? सदियौँदेखि आम मानिसदेखि लिएर मनोवैज्ञानिक सम्मलाई यो प्रश्नले दिक्क पार्ने गरेको छ । सिगमन्ड फ्राएड जस्ता महानतम मनोवैज्ञानिक देखि लिएर हलिउडका अभिनेता मेल गिब्सन सम्म यो सवाललाई लिएर हैरान छन् । यो रहस्यका बारेमा हजारौँ किताब, लेख, ब्लग पोष्ट लेखिइसकेका छन् । लाखौँ पटक यो मसलामाथि बहस भएका छन् । लोग्ने मानिस मात्र होइन, महिलाहरु समेत अक्सर यो विषयमा चर्चा गरिरहन्छन् । तथापि यसमा लामोचौडा चर्चा, हजारौँ किताब, वर्षौँको अनुसन्धानका बाबजुत पनि महिलाहरुको इच्छाको कुनै एक परिभाषा तथा कुनै दायरा तय हुन सकेको छैन । महिलाहरुको मनभित्र कस्तो इच्छा जाग्दछ भन्ने कुरा पत्ता लाग्न पनि सकेको छैन । साथै महिलाहरुलाई कसरी सन्तुष्ट पार्न सकिन्छ भन्ने पनि थाहा पाउन सकिएको छैन । के त्यसो भए वर्षौँसम्म यस विषयमा भएका अध्ययनहरु बेकम्मा भएका हुन् त ? होइन । अहिले यिनै अध्ययनहरुका कारण हामीले महिलाहरुको सेक्स सम्बन्धी चाहनाको बारेमा धेरै हदसम्म बुझ्नसक्ने भएका छौँ । महिलाहरुको कामेच्छाको चर्चा यसअघिको संकुचित विचारको दायरा भन्दा बाहिर आएको छ । पहिले भनिन्थ्यो की महिलाहरुको चाहना कहिल्यैपनि पूरा गर्न सकिँदैन । उनीहरु सेक्सका भोका हुन्छन् र उनीहरुमा जबरजस्त कामवासना हुन्छ । तर अहिले वैज्ञानिकहरुले यो मान्न थालेका छन् की महिलाहरुको यौन चाहनालाई कुनै एक परिभाषाको दायरामा समेट्न सकिँदैन । यो विभिन्न महिलामा फरक फरक हुन्छ । र कहिलेकाहीँ त एउटै महिलामा पनि यौन चाहना फरक फरक पाइन्छ । अमेरिकाको रटगर्स विश्वविद्यालयका प्राध्यापक बेवर्ली व्हिपल भन्छन्ः हरेक महिलाहरु केही फरक चाहन्छन् । तमाम नयाँ अनुसन्धानबाट यो प्रष्ट भएको छ की सेक्सको मामिलामा महिला र पुरुषहरुको चाहना तथा आवश्यकतामा खासै फरक हुँदैन । जबकी पहिले पुरुषमा महिलामा भन्दा बढि यौन इच्छा हुन्छ भन्ने धारणा थियो । क्भहपहिले जब कसैलाई महिनामा तपाइँलाई कति पटक यौन सम्पर्कको आवश्यकता महसुस भयो ? भनेर सोधियो तब त्यसबाट प्राप्त हुने जवाफबाट निकालिने निष्कर्षले पुरुषहरुलाई यौन सम्पर्कको बढि आवश्यकता महसुस हुने देखायो । तर जब यो प्रश्नलाई घुमाएर सोधियो र खास बेलामौकामा, साथीसँग नजिक भएको बेलामा, कुराकानीका बेलामा तपाइँलाई सेक्सको चाहना कत्तिको हुन्छ ? भन्ने प्रश्न गरियो तब त्यसबाट आउने उत्तरले महिला र पुरुषमा लगभग उस्तै खाले यौन चाहना रहने गरेको देखायो । ब्रिटिस कोलम्बिया विश्वविद्यालयका प्राध्यापक लोरी ब्राटोका अनुसार यसबाट महिलालाई सेक्समा कम रुची हुन्छ भन्ने धारणा गलत सावित भएको छ । हो, महिलाहरुको यौन चाहना फरक प्रकारको हुन्छ । त्यस्तै महिलाहरुमा पलाउने यौन चाहना उनीहरुको रजश्वला चक्रसँग पनि सम्बन्धित हुन्छ । रजश्वला सुरु हुनुभन्दा केही दिन पहिले उनीहरुको यौन चाहना बढ्दछ । अमेरिकाको भर्जि्निया विश्वविद्यालयका मनोवैज्ञानिक एनिटा क्लेटन भन्छिन्ः सेक्स हाम्रो आधारभुत जिम्मेवारी अर्थात् बच्चा पैदा गर्ने कुरासँग सम्बन्धित छ । त्यसैले जब महिलाहरुको सरीरभित्र डिम्ब परिपक्व बन्न सुरु गर्छ उनीहरुमा यौन चाहना बढ्दछ । आजकल सेक्स तथा बच्चा जन्माउने कार्यलाई फरक फरक ढंगले विश्लेषण गर्ने गरिएको भएपनि प्राकृतिक रुपमा यी दुई एउटै कार्यको रुपमा रहेको उनी बताउँछिन् । कतिपय महिलाहरुमा यौनइच्छा नै उत्पन्न नहुने समस्या पनि हुन्छ । विज्ञहरुका अनुसार महिलाहरुमा भित्रैदेखि कामेच्छा पैदा गराउनका लागि मनोवैज्ञानिक रुपमा पहल गर्नु आवश्यक हुन्छ । उनको आसपासको माहौललाई राम्रो बनाउनु पर्छ र तनावको कारक तत्वलाई हटाउनु पर्दछ । जसका कारण उनले राम्रो महसुस गर्दछन् र भित्रैबाट यौनइच्छा जाग्दछ । कभह षिभयद्यपि महिलाहरु आफुमा यौनइच्छा कम भएको कुराबाट तबसम्म दुखित हुँदैनन् जबसम्म उनीहरु कोही पुरुषसँग सम्बन्धमा गाँसिन्छन् । यौन पार्टनरको सेक्सको मागको दबाबका कारण उनीहरुमा आफ्ना न्यून कामेच्छाको पीडाको अनुभुति हुन थाल्दछ । जरुरी छैन की पार्टनरको इच्छा बराबर नै महिलामा पनि उत्तिकै यौन इच्छा हुनुपर्छ भन्ने । राम्रो त यो हुन्छ की दुबैजना पार्टनर सँगै बसेर यो विषयमा कुराकानी गर्ने र एक अर्काको आवश्यकता तथा इच्छालाई बुझ्ने । जहाँसम्म यौन इच्छाको कुरा छ यसको कुनै सिमाना नै हुँदैन । फरक फरक मानिसमा मात्र होइन कहिलेकाहीँ त एउटै मानिसमा पनि परिस्थिति अनुसार यौन इच्छामा फरकपना आउँदछ । कसैमा कम हुन्छ र कसैमा बढि हुन्छ भन्नु पनि गलत हुन्छ । किनकी कतिलाई कम भन्ने र कतिलाई बढि भन्ने भन्ने कुरा नाप्ने कुनै स्केल हुँदैन । बीबीसीको सहयोगमा

कुनै–कुनै महिला यौनसम्पर्कपछि किन रुन्छन्?

जीवनलाई सबैतिरबाट सफल र सुन्दर बनाउन चाहनुहुन्छ भने तपाईको यौन जीवन पनि सफल हुनैपर्छ । यौन जीवन ठिक नभए विविध किसिमका तनावबाट गुज्रिनुपर्ने हुन्छ । मानव जीवनको एउटा महत्वपूर्ण पाटो नै हो ‘यौन जीवन’ । यौन सम्पर्कले शारीरिक रुपमा फाइदा हुनुका साथै मानसिक खुशि पनि प्राप्त हुन्छ । यौन सम्पर्कले सम्बन्धलाई बलियो मात्र बनाउँदैन, हाम्रो स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ । तर तपाईलाई थाहा छ, यौन सम्पर्क पछि महिलाहरु किन निराश हुन्छन् ? हालैमात्र एउटा अनुसन्धानले यौन सम्पर्क पछि महिलाहरु निराश हुनुका कारण पत्ता लगाएको छ । क्वीन्सलैण्ड यूनिवर्सिटी अफ टेक्नोलोजीले गरेको अनुसन्धान अनुसार यौन सम्पर्कको क्रममा चरमसुख, अत्यधिक आनन्दको अनुभुतिसंगै निराशा पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो । सहमतिमा यौन सम्बन्ध राखिसकेपछि पनि धेरै महिलाहरुमा निराशाको भावना जन्मिन्छन् र यो ‘मनोवैज्ञानिक समस्या भएको अनुसन्धानकर्ताहरुको भनाई छ । २ सय ३० महिलाहरुमाथि गरिएको अनुसन्धानमा धेरै महिलाहरुले सेक्सपछि तनाव र निराश महसुस गरेका थिए । कयौं महिलाहरु यौन सम्पर्कपछि बाथरुममा रुने पनि गरेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । कुनै–कुनै महिलाहरुमा यो समस्या धेरै रहेको र कुनैमा थोरै रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तो अवस्थामा यौन सम्पर्क पछि आफ्ना साथीलाई निकै ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । तपाई जति सेक्समा रमाउन खोज्नु हुन्छ त्यति नै सेक्स पछि पनि आफ्ना पार्टनरसंग समय विताउन जरुरी छ । यसले मात्र तपाईको जीवन सबैतिरबाट सफल र सुन्दर बन्न सक्छ । –एजेन्सीको सहयोगमा

Bedtime Mistake: सेक्स गर्दा पाद त आउँदैन ?

कतिपय अवस्थामा आफ्नो यौन जीवन आफूलाई पूर्ण लागे पनि भित्र भित्रै यसमा केही जटिलताहरू रहेका हुन्छन् । धेरै जसो अवस्थामा शयन कक्षमा गरिने सामान्य गल्तीले पनि यौन जीवन बिस्तारै बिस्तारै तहस नहस पारिरहेको हुनसक्छ । सामान्यतया शयनकक्षमा सामान्य जस्ता लाग्ने केही गल्तीका कारण लज्जित मात्रै हुन पर्दैन बरु यसले यौनसाथीको हेलाको समेत शिकार बन्नु पर्ने हुनसक्छ । आज हामीले यस्तै केही सामान्य गल्तीहरूबारे चर्चा गरेका छौं जसलाई शयन कक्षमा गर्नाले समस्याहरू आइलाग्न सक्छन्: यौनक्रियाकै क्रममा शौच आउनु शौचलाई अंग्रेजीमा ‘नेचर्स कल’ पनि भन्ने गरिन्छ । शायद यो हाम्रो भन्दा पनि प्रकृतिको वशमा बढी हुने भएकाले यसो भनिएको होला । यौनक्रियाको क्रममा पिसाप लाग्नु सामान्य कुरा हो । विशेष गरेर महिलाहरूलाई ‘चरम आनन्द’ हुने अवस्थामा या त्यसभन्दा केही अगाडि पिसाब लागेजस्तो हुने गर्दछ तर यो पिसाब नै लागेको भने होइन । खासमा योनीभित्र लिङ्गको रहेका बेला मूत्रथैलीमा पर्ने दबाबका कारण यसो महसुस हुने हो । तर धेरै महिलाहरूले यसलाई पिसाब लागेको ठानेर शौचालय जाने गर्दछन् । जसले उनको यौन साथीलाई नराम्रो महसुस हुनसक्छ । यौन विशेषज्ञहरूका अनुसार यस्तो दबाबका कारण कतिपय अवास्त्थामा त केही थोपा तरलपदार्थ चुहिए जस्तो पनि लाग्न सक्छ तर त्यसलाई पिसाब नै मान्नु भने भूल हुने उनीहरू बताउँछन् । यस्तो समस्याबाट मुक्ति पाउन यौन सम्पर्क राख्नुभन्दा पहिले पिसाब फेर्ने गर्नु राम्रो हुन्छ । पुरुषका तर्फबाट पनि हुनसक्छन् यस्ता गल्ती यौनलाई कुनै पनि जोडीका बीच स्वास्थ्य सम्बन्धको आधार मान्ने गरिन्छ । यसले महिला र पुरुषबीच शारीरिक सामीप्यता मात्र बढाउँदैन बरु यसले भावनात्मक सम्बन्ध समेत सुद्रिध हुने गर्दछ । यौनको मामिलामा पुरुषहरू महिलाहरू भन्दा धेरै नै प्रयोगवादी हुने गर्दछन् । यसो गर्दा उनीहरूले थुप्रै यस्ता गल्तीहरू गर्न सक्छन् जसले उनीहरूको यौन जीवनलाई मात्र होइन आफ्नो महिला साथीसँगको सम्बन्धलाई समेत प्रभाव पार्न सक्छ । पुरुषहरूले यौनक्रियाको क्रममा निम्नानुसार गल्ती नगर्नु नै राम्रो हुन्छ: चरमसुखबारे सोध्नु: नारी शरीरको संरचना निकै जटिल हुने भएकाले हरेक महिलालाई चरमसुखको अनुभूति नहुन सक्छ । त्यसैले सेक्सको दौरान बारम्बार आफ्नो महिला साथीलाई ‘चरमसुख’को बारेमा प्रश्न गर्नाले उनी चिढिने सम्भावना हुन्छ । कतिपय पुरुष सेक्सका क्रममा निकै आक्रामक हुने गर्दछन् र उनीहरू आफ्नो आक्रामक खालको यौन क्रियाकलापले आफ्नो यौन साथीलाई बढी चरमसुख प्राप्त होला भन्ने भ्रममा रहेका हुन्छन् । यसो गर्दा कतिपय अवस्थामा महिला घाइते हुने अवस्था समेत आउन सक्छ । स्तन टोक्नु कतिपय मानिस यौनक्रियाको क्रममा महिलाको स्तन तोकेमा उनलाई बढी सन्तुष्टि हुन्छ भन्ने भ्रममा हुन्छन् तर यसो सोच्नु नितान्त गलत हो । यस्तो अवस्थामा आफैं निर्णय लिनुभन्दा आफ्नो महिला साथीको राय लिनु उचित हुने गर्दछ । पुरुषहरू स्वभावले नै बढी प्रयोगवादी हुन्छन् तर यसबारे महिला साथीको धारणा के छ भनेर बुझ्नु नै राम्रो हुन्छ । प्राक्क्रीडा नगर्नु यौन सम्बन्ध थाल्नुपूर्व प्राक्क्रीडा अत्यावश्यक भएपनि कतिपय पुरुष यसलाई अनावश्यक ठान्ने गर्दछन् । तर यसले यौन इच्छा बढाउने मात्र होइन दुबैलाई पूर्ण रूपमा चरमसुखको अवस्थामा पुग्न मद्दत गर्छ । सेक्सको दौरान पाद्नु कहिले काहीं यौन सम्पर्कका क्रममा दुवैमध्ये कुनै एक जनाले अपानवायु छोड्छ अर्थात पाद्छ यसले अर्को यौनसाथीको मनमा घृणाको भाव उत्पन्न हुन्छ र यसले यौनक्रियाप्रतिको समर्पण कम हुन जान्छ । त्यति मात्र होइन यदि यौनक्रियाको क्रममा पेट हुँडलिएर आउँदा पनि एकै छिनमा उत्तेजना समाप्त हुनसक्छ । यसको सबै भन्दा सरल समाधान भनेको यस्ता प्रक्रियालाई सामान्य प्राकृतिक प्रक्रिया मानेर अघि बढ्नु नै हो । यसैमा केन्द्रित भएर सोच्न थाले यौन जीवन नै बर्बाद हुन सक्छ । कण्डम भित्रै छुट्याे भने यौन सम्पर्कको क्रममा कण्डम चिप्लिएर भित्र छुट्न सक्छ । यदि यो बाहिर नै छ भने त यसलाई सजिलै झिक्न सकिन्छ तर यदि ‘पेनेट्रेसन’ निकै गहिरो थियो भने लिङ्ग बाहिर झिक्दा कण्डम भित्रै अड्केको हुनसक्छ । यो जटिल अवस्था पनि हुनसक्छ । यस्तो बेला महिलाले आत्तिएर योनीलाई झनै कसिलो बनाइन भने कण्डम झनै भित्र फस्न सक्छ । यसका लागि टुक्रुक्क बसेर औंला योनीभित्र पसालेर त्यसलाई झिक्न सकिन्छ । यदि यसो गर्दा पनि त्यो निस्किएन भने कुनै स्त्री रोग विशेषज्ञको सहायता लिनु पर्ने हुनसक्छ ।

लोकप्रिय