रकेट हमलापछि इजराइलले गर्‍यो इरानका दर्जन बढी स्थानमा एकै पटक जवाफी आक्रमण

रकेट हमलापछि इजराइलले गर्‍यो इरानका दर्जन बढी स्थानमा एकै पटक जवाफी आक्रमण

काठमाडाैं । इजरेलले भनेको छ एउटा इरानी रकेट आक्रमणको जवाफमा उसले सिरियास्थित लगगभ सबैजसो इरानी सैन्य संरचनामा हमला गरेको छ।

इजरेली सेनाका अनुसार अधीनस्थ गोलन हाइट्स क्षेत्रमा रहेका उसका विभिन्न ठेगानामा गए रात बीस वटा रकेट हमला भएका थिए।

एकजना इजरेली प्रवक्ताका अनुसार उनको देशले “हालैका वर्षहरूमा गरिएकामध्ये सबैभन्दा विस्तृत प्रकृतिको हवाई कारबाही” गरेर प्रतिक्रिया जनाएको छ।

इजरेली लडाकु विमानहरूले “दर्जनौँ इरानी लक्ष्यहरू”मा आक्रमण गरेको इजरेल डिफेन्स फोर्सेस (आईडीएफ)ले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ।

इजरेली लडाकु जेटहरूले यिनलाई निशाना बनाए:

इरान र ‘र्‍याडिकल एक्सिस’सँग सम्बन्धित गुप्तचरी केन्द्रहरू । इजरेली पक्षले इरान, सिरिया, लेबनानको हेजबुल्ला आन्दोलन र हमासजस्ता प्यालेस्टाइनी लडाकु समूहहरूलाई ‘र्‍याडिकल एक्सिस’ भन्ने गरेको छ।

कड्स फोर्सको सम्भार मुख्यालय
दमास्कसबाट दक्षिणतिर रहेको किस्वाह नगरमा रहेको सैन्य सामग्री राखिएको हाता
दमास्कसको उत्तरतिर रहेको इरानी सैन्य हाता
दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका कड्स फोर्सका हातहतियार गोदामहरू
कड्स फोर्ससँग आबद्ध गुप्तचरी संयन्त्र र पोस्टहरू
गोलानको डिमिलिटिराइज्ड क्षेत्रमा भएका निगरानी एवम् सैन्य पोस्टहरू र हतियार भण्डार
रकेट प्रहार गर्ने प्रयोग भएको इजरेली लन्चर

इरानबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन।

आईडीएफका अनुसार चेतावनी दिँदादिँदै पनि सिरियाली पक्षले इजरेली लडाकु जेटहरूमा आक्रमण गरेपछि सिरियाका विभिन्न हवाई सुरक्षा प्रणालीलाई पनि निशाना बनाइएको थियो।

इजरेली रक्षा मन्त्री अभिग्दोर लीबर्मानले आईडीएफले “सिरियामा रहेका लगभग सबै इरानी संरचनाहरू’मा आक्रमण गरिएको बताएका छन्।

“यहाँ (इजरेलमा) वर्षा हुन्छ भने त्यहाँ ठूलो वर्षा हुन्छ भन्ने उनीहरूले बुझ्नुपर्छ,” उनले भने, “मलाई लाग्छ हामीले यो अध्याय यहीँ सकेका छौँ र सबैले सन्देश पाएका पनि छन्।”

इजरेलले तनाब बढाउन नचाहेको तर जस्तोसुकै परिस्थितिका लागि पनि तयार रहेकोमा टिप्पणी गर्दै लीबर्मानले भने, “इरानले प्रत्यक्ष रूपमा इजरेलमाथि आक्रमण गरेको छ एवम् इजरेली सार्वभौमसत्ता र अधीनस्थ भूभागमाथि आघात गर्ने प्रयास गरेको छ।”

इजरेलले किस्वाहमा आक्रमण गरेको एक दिनपछि यो सङ्घर्ष भएको हो। सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार इजरेलले एउटा इरानी हतियार भण्डारलाई निशाना बनाउँदा रिभ्युल्युश्नरी गार्ड्सका आठसहित सिरियाली सरकारलाई समर्थन गर्ने १५ सैनिकहरू मारिएका थिए।

गोलानमा के भयो?

सन् १९६७ मा भएको मध्यपूर्व युद्धमा गोलान हाइट्सको अधिकांश भाग इजरेलले सिरियाबाट आफ्नो अधीनमा पार्‍यो र पछि आफूमा गाभ्यो।

तर त्यो कदमले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन।

इजरेल डिफेन्स फोर्सेसका अनुसार बिहीवार बिहान उसका चौकीहरूमा इरानको रिभ्युल्युश्नरी गार्डसको कड्स फोर्सले २० वटा रकेट प्रहार गर्‍यो।

गोलान हाइट्स

आईडीएफका एक जना प्रवक्ताका अनुसार चार वटा रकेटहरूलाई इजरेली प्रतिरक्षा प्रणालीले छेकिदिएको थियो। अरू रकेटहरू भने निशानामा पुगेनन्।

आक्रमणमा कोही हताहत भएको विवरण प्राप्त भएको छैन।

यूकेस्थित पर्यवेक्षण समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार ‘दर्जनौँ रकेटहरू’ दक्षिणपश्चिमी दमास्कसको कुनेइत्रा प्रान्तबाट इजरेल अधीनस्थ गोलानतिर प्रहार गरिएका थिए।

को जिम्मेवार हुन् भन्ने नखुलाई उसले इजरेली फौजले सिरियाली नियन्त्रणमा रहेको गोलोनस्थित बाथ नगरमा बम आक्रमण गरेपछि रकेटहरू प्रहार गरिएको बताएको छ।

किन इजरेलले इरानी स्वार्थमा आक्रमण गर्छ?

इरान इजरेलको शत्रुराष्ट्र हो। इरानले बारम्बार यहुदी राज्य इजरेलको अस्तित्व मेटाउन आग्रह गर्ने गरेको छ।

इरानले सिरियाका राष्ट्रपति बशार अल असदलाई सहयोग गर्न सयौँ सैनिक पठाएको छ। इरानका अनुसार उनीहरू सिरियाली सेनाका लागि सल्लाहकारका रूपमा गएका हुन्।

इरानले हतियार, तालिम र आर्थिक सहयोग दिएका हजारौँ लडाकुहरू सिरियाको गृहयुद्धमा सरकारी सेनासँग मिलेर लडिरहेका छन्।

असदलाई सहयोग गर्दा इरानले सिरियामा आफ्नो सैन्य उपस्थित बढाएको छ। त्यसलाई इरानले खतरा मानेको छ।

केही अघि इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरानलाई आक्रमण रोक्न नभए युद्ध हुन सक्ने भनेर चेतावनी दिएका थिए।

इरानसँग पश्चिमा देशहरूले गरेको परमाणु सम्झौताबाट अमेरिकालाई बाहिरिन नेतन्याहुले उल्लेख्य भूमिका खेलेको मानिन्छ। बीबीसी

इजरायली आक्रमणमा मारिएका हिजबुल्लाहका प्रमुखको शव फेला

काठमाडौं । यही सेप्टेम्बर २७ मा इजरायलको हवाई आक्रमणमा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको शव फेला परेको छ। इजरायलले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयमा आक्रमण गर्दा उनी मारिएका थिए।  यसैबीच इजरायलले लेबनानसँगको सीमामा ट्यांकहरू तैनाथ गरेको छ। लेबनानका प्रधानमन्त्री नजिब मिकातीका अनुसार इजरायली आक्रमणका कारण झन्डै १० लाख मानिस घरबारविहीन भएका छन्।  न्युयोर्क टाइम्सका अनुसार इजरायललाई नसरल्लाह लुकेको ठाउँ केही महिना पहिले नै थाहा थियो। उनी केही दिनमा अर्को ठाउँमा सर्ने डर इजरायललाई थियो। त्यसकारण यही सेप्टेम्बर २७ मा इजरायलले ८ लडाकु विमान लेबनानको राजधानी बेरुत पठायो र हिजबुल्लाहको मुख्यालयमा २ हजार पाउन्ड वजनका १५ वटा बम खसाल्यो। जहाँ नसरल्लाह थिए र मारिए। यो अपरेसनलाई ‘न्यु अर्डर’ नाम दिइएको छ। 

श्रीलङ्कामा आम निर्वाचनका लागि संसद विघटन

काठमाडौं । श्रीलङ्काको नयाँ राष्ट्रपतिले आकस्मिक आमनिर्वाचनको मार्ग प्रशस्त गर्न संसद विघटन गर्नुभएको छ ।  अनुरा कुमारा दिसानायकेले आफ्नो वामपन्थी राष्ट्रिय जनशक्तिगठबन्धनको संसदमा तीन सीट मात्रै रहेको २२५ सदस्यीय संसद विघटन गर्नुभएको हो ।  सरकारी गजेटमा प्रकाशित सूचनाका अनुसार निर्वाचन १४ नोभेम्बरमा हुने छ, जुन तालिकाअघि नै लगभग एक वर्षअघि हुनेछ। राष्ट्रपतिले आफ्नो सहयोगी हरिणी अमारासुरियालाई प्रधानमन्त्री चयन नियुक्त गर्नुभएको छ, जसले देशको इतिहासमा तेस्रो पटक एक महिलालाई प्रधानमन्त्री बनाइएको छ।  निर्वाचित भएलगत्तै संसद् विघटन गर्ने संकेत दिएका दिसानायके आफ्नो नीति कार्यान्वयनका लागि नयाँ जनादेशमा जान थाल्नुभएको हो ।  श्रीलङ्कामा सांसदहरू पाँच वर्षका लागि निर्वाचित हुने अन्तिम आम निर्वाचन अगस्ट २०२० मा भएको थियो। 

चीनमा कथावाचन साझेदारी यात्राको आकर्षण

चीनको ग्वाङ्डोङ प्रान्तले चीन कथावाचन साझेदारी यात्रा कार्यक्रम आयोजना गरेको छ। बिभिन्न दशवटाच देशका मिडिया संवाददाताहरू र इन्टरनेट प्रभावशाली व्यक्तिहरूको उपस्थितमा यही सेप्टेम्बर २२ देखि झांझियाङमा सहरमा कार्यक्रम सुरु भएको हो । चाइना डेली वेबसाइट र झांझियाङ नगरपालिका सरकारको सूचना कार्यालयद्वारा "म्याङ्ग्रोभहरूको सहर" भनेर चिनिने सुन्दर झांझियाङ सहरमा संयुक्तरूपमा आयोजित कार्यक्रम सेप्टेम्बर २६ मा समापन हुनेछ । चाइनाडेलीले जनाए अनुसार कार्यक्रममा संयुक्त राज्य अमेरिका, क्यानडा, डेनमार्क, स्विडेन, रूस र टर्कीबाट १० जना सहभागी रहेका छन् । चीन कथाकार साझेदारीका सदस्यहरूका रूपमा उनीहरुले झांझियाङको समुद्री सौन्दर्य र सांस्कृतिक धरोहरको अन्वेषण यात्रा सुरु गरेको डेलिले जनाएको छ।  वैश्विक दर्शकहरूलाई झांझियाङको विशिष्ट आकर्षण प्रस्तुत गर्ने मञ्चको रूपमा  यस कार्यक्रममा विदेशी मिडिया सहभागीहरूले आफ्नो शब्द र लेन्स मार्फत सहरको सारलाई समात्ने अवसर पाएका छन्। आधुनिक कथावाचनलाई व्यक्तिगत, अन्तर्राष्ट्रिय स्पर्शसँग सम्मिश्रण गर्दै यो कार्यक्रमले झांझियाङको उच्च गुणस्तरीय विकास र चीनको समग्र आधुनिकीकरण प्रयासहरूमा यसको भूमिकालाई उजागर गर्ने लक्ष्य राखेको थियो।  चिनियाँ मुख्य भूमिको सबैभन्दा दक्षिणी भागमा अवस्थित झांझियाङ, ग्वाङ्डोङ-हङकङ-मकाओ ग्रेटर बे एरिया, हेनान स्वतन्त्र व्यापार बन्दरगाह र ग्वाङ्शी बेइबु खाडी आर्थिक क्षेत्रलाई जोड्ने रणनीतिक केन्द्रको रूपमा चिनिन्छ। www.chinadaily..cn  बाट साभार

इजरायली आक्रमणका कारण हजारौंले लेबनान छाडे

काठमाडौं । बेइरूततर्फको सडकमा ठूलो जाम छ । सहरको नजिकै बम्परदेखि बम्परसम्मको ट्राफिक, मोटरवेमा लामो दूरीसम्म फैलिएको छ। धेरै मानिसहरू अझै दक्षिणबाट भागिरहेका छन्, जहाँ इस्रायली बमबारी रातभरि जारी छ।  सामान्य एक घण्टामा पुगिने सडकमा हजारौं गाडी सत्र घण्टादेखि जाममा छन् । एउटै मोटरसाइकलमा चार जनासम्म चढेर भागिरहेका छन् । इजरायले मुख्य सडकका ठाउँहरूमा बमबारी गरेका कारण यात्रा पनि असुरक्षित बन्दै गएको छ । केही व्यवसाय खुलेका छन्, तर अरू बन्द छन्, भने विद्यालयहरू बमबारीबाट भाग्ने मानिसहरूलाई आश्रय दिने केन्द्रको रूपमा प्रयोग गरिएको छ। केही बासिन्दाहरूले इजरायली सेनाबाट आफूहरूलाई इरानद्वारा समर्थित समूहको स्थानहरू नजिक रहेका क्षेत्रहरू छोड्न एसएमएस र भ्वाइस मेसेजहरू पठाइरहेका छन् ।  टायरको दक्षिणी सहरमा मानिसहरू समुद्रकिनारमा हिँडिरहेका छन् भने आन्तरिक गाउँहरूमा हवाई आक्रमणबाट धुवाँ उठिरहेको छ । 

लोकप्रिय