रक्तचन्दनको कारोबार बन्द भयो त ?

रक्तचन्दनको कारोबार बन्द भयो त ?

बनेपा । बहुचर्चित रक्तचन्दनको नाम आजकल सुन्न छाडेपनि अहिले पनि आमजनतामा जिज्ञासा छ, यसको अवैध कारोबार बन्द भएको हो त ? रक्तचन्दनबारे स्थानीय प्रशासन र प्रहरीको आ–आफ्नै तर्क छ ।

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्रिने रक्तचन्दन अरनिको राजमार्ग हँुदै काठमाडौँं प्रवेश गर्न लाग्दा धेरै पटक प्रहरीले पक्राउ गरेपनि केही वर्षयता यसको अवैध कारोबार भए नभएको बारे प्रहरी समेत अनविज्ञ छ ।

केही वर्षअघि रक्तचन्दनको अवैध ओसारपसार हुँदा प्रहरीले काभ्रेपलाञ्चोकको पाँचखाल, दोलालघाट, उग्रचण्डीनाला, धुलिखेल लगायतका क्षेत्रबाट विभिन्न व्यक्तिलाई पक्राउ गरेको थियो । सिन्धुपाल्चोकको विभिन्न ठाउँबाट रक्तचन्दन बरामत हुनुका साथै तस्कर समेत समातिएका थिए ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंम्खडाले सिन्धुपाल्चोकको तातोपानी नाका अवरुद्ध भएको र चीनमा पनि उत्पादन शुरु भएका कारण यसको कारोबार नभएको अनुमान लगाउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ – “सुनको अवैध कारोबार फाट्टफूट्ट सुनिन्छ तर यसको कारोबार सुन्नमा आएको छैन ।”

रक्तचन्दनमा धेरै कडाइ भएपछि तस्करले शैलीपरिवर्तन गरेर रक्तचन्दनको तेलको अवैध धन्दा पनि चलाएका थिए । काठमाडौंँमा केही वर्षअघि ९० लिटर रक्तचन्दनको तेलसहित केही व्यक्ति फेला परेपछि तेलको पनि कारोबार भएको कुरा खुलेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले चीनको मुख्य नाका तातोपानी बन्द भएका कारण रक्तचन्दको कारोबार नभएको हुनसक्ने आशंका गर्नुहुन्छ ।

रक्तचन्दन साइटिस सन्धिको अनुसूची– २ मा सूचीकृत छ । अनुसूची–२ मा सूचीकृत भएकाले व्यापार– व्यवसाय गर्न पाइने भए पनि भारत सरकारले व्यापार– व्यवसायमा पूर्णरुपले प्रतिबन्ध लगाएको छ । सन्धि बमोजिम बरामद भएका वस्तु जुन देशमा उत्पादन भएको सोही ठाउँमा पठाउनुपर्ने कानूनी प्रावधान छ । चीनमा रक्तचन्दनको मूल्य प्रतिकेजी रु १६ हजारसम्मपर्छ ।

सिन्धुपाल्चोकमा रहेर पत्रकारिता गरिरहेका पत्रकार दिनेश थापा रक्तचन्दनको अवैध कारोबार गर्ने व्यक्तिले भारतबाट नै कारोबार गरेका कारण नेपालमा यसको नाम कम सुनिएको जानकारी दिँदै तातोपानी नाका बन्द भएपछि कारोबार नभएको बताउनुहुन्छ ।

नाका केही समय खुल्दा फाट्टफूट्ट कारोबार समेत भएको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, रसुवा नाकाबाट रक्तचन्दनको कारोबार सम्भव नभएकाले तस्करले भारतबाट नै रक्तचन्दन चीन पठाउछन् ।

काभ्रेपलाञ्चोक क्षेत्रबाट केही वर्षअघि झण्डै ९०० किलो अवैध रक्तचन्दन बरामद भएको जिल्ला वन कार्यालयका अधिकृत अर्जुन खड्का जानकारी दिनुहुन्छ । उहाँका अनुसार बरामद भएका सबै रक्तचन्दन वन विभागलाई बुझाइएको र रक्तचन्दनको अवैध ओसारपसार सम्बन्धी– ८ वटा मुद्दा दायर भएकोे छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय