राजविराज बजारमा आगलागी, एक करोडको क्षति

राजविराज बजारमा आगलागी, एक करोडको क्षति

राजविराज, फागुन २६ । राजविराज बजारमा शनिबार बिहान भीषण आगलागी हुँदा चार तल्ले पक्की घरसहितको पसल जलेर नष्ट भएको छ। राजविराज नगरपालिका–७ हटियाका जुत्ता, चप्पल व्यवसायी नौसाद खातुनको पसलमा बिहान २ः३० बजे सुरु भएको आगोले ठूलो क्षति भएको छ। आगोले खातुनको भुइतल्लामा रहेको नौसाद शु सेन्दर तथा तेस्रो तल्लासम्म राखिएको गोदामका सम्पूर्ण जुत्ता, चप्पल जलेर नष्ट भएको छ। मालसामानसमेत गरी करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको उनले बताइन्।

आगो नियन्त्रणका लागि राजविराज, शम्भुनाथ, लहान र इनरुवाबाट आएको दमकलले बिहान ६ः३० बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनायो। दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउन सहयोग गरेका थिए। दमकलहरु आइपुगेकाले तथा स्थानीयवासी र प्रहरी जुटेकाले आगोले घनाबस्ती र पसलहरु भएको मुख्य हटियाको अर्को घरमा पुग्न नपाएर थप क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।

आगलागीको कारण नखुले पनि बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्। खातुनका श्रीमान नसिब खानले भने परिवारकै आफन्तले रिसइबीले आगो लगाएको बताए। पसलमा आगलागी भएको सुनेर हटिया आएका बेला उनको राजविराज ४ स्थित घरमा समेत आगजनीको प्रयास भएको उनले बताए।

राति खातुनको भाईसँग उनीहरुको विवाद हुँदा कुटपिट भएको थियो। श्रीमती र छोराछोरीलाई राति कुटपिट गरेका साला जुबेदले आगजनी गरेको खानले आंशका गरेका छन्। जुबेदले भने आपसमा विवाद भएपनि आगजनी जस्तो जघन्य घटना गराउने कल्पना समेत गर्न नसकिने बताए।

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै

काठमाडौं । सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा जान लागेको छ ।सरकारले पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागेको हो। सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीबाट रकम झिक्दा रास्वपाका सभापति रवि लामिछानेको भुमिका नदेखिएको भन्ने प्रतिवेदन तयार गरेको छ । तर सो रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको छ ।  स्रोतका अनुसार सभापति रवि लामिछानेलाई सहकारी मुद्दामै कसरी जोड्न सकिन्छ भनेर सरकारी पक्ष लागेको बताइएको छ । हालसम्मको छानविन प्रतिवेदेनका आधारमा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गर्न नमानेपछि सरकारले सीआईबीलाई पुनः अनुसन्धानको लागि पठाउन लागेको बताइएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

लोकप्रिय