रारा आउने पर्यटकलाई गाउँमै बास

रारा आउने पर्यटकलाई गाउँमै बास

मुगु, चैत २९ । आगामी वैशाख १ गते उद्घाटन हुने रारा कर्णाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ ।

रारा तालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेना गृह (डाँफे होटल) र अर्को पाहुना घर (भिलेज हेरिटेज रिसोर्ट) ले रारा आउने पर्यटकलाई खाने बस्नेलगायत व्यवस्था धान्न नसक्ने भएकाले उनीहरुलाई जिल्ला समन्वय समितिले गाउँमै बासको व्यवस्था मिलाउने भएको छ ।

रारा वरिपरि रहेका झघट्ट, मुर्मा, झयारी, सल्लेरी, पिना, टोप्ला, ताल्च, माथीतुम, तलितुम र लामाचौरमा घरबासको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । ती गाउँमा वर्षभरि आउने पर्यटकलाई गाउँमै बास र स्थानीय खाना खुवाउने गरी घरबास (होमस्टे) सञ्चालन गर्ने गाउँलेले सहमति जनाएको र शुल्क पर्यटकको इच्छाअनुसार लिने समझदारी भएको उहाँले बताउनुभयो ।

प्रजिअ अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकाया, छायाँनाथ रारा नगरपलिकाका प्रमुख हरिजंग शाही, उपप्रमुख सुल्तला रोकाया र पत्रकार महासंघको टोलीले १० वटै गाउँमा पर्यटकको बासका लागि पहल गरेका हुन् ।

गाउँलेकै सक्रियतामा प्रत्येक गाउँमा युवा समिति गठन गरिएको छ । ती समितिमा रहेका युवाले गाउँमा आउने पर्यटकलाई रारा घुमाउने, गाउँघरमा मदिरा नियन्त्रण गर्नेलगायत सामाजिक कार्य गर्नेछन् । वैशाख १ गते रारा तालबाट रारा कर्णाली पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरी उद्घाटन गर्ने कार्यकक्रम रहेको छ । प्रधानमन्त्रीले उद्घाटन गरेपछि कर्णाली प्रदेशमा वर्षभरी विभिन्न कार्यक्रम गरेर पर्यटन वर्ष मनाइनेछ ।

पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आउने आन्तरिक तथा बाह्य पर्यटकको चापको आँकलन गरी व्यवस्था मिलाइएको छ । उक्त दिन सञ्चार सेवा नियमित र इन्टरनेट सेवा तीव्र गतिको दिने नेपाल टेलिकम र वल्डलिंकले प्राविधिकलाई तयारी अवस्थामा राखेका छन् । प्राकृतिक सौन्दर्यको खानी रारामा फोहोरमैला व्यवस्थापनका लागि नेपाल टेलिकमले प्लास्टिक डस्बिन राखिसकेको छ, भने फोहर उठाउन तथा व्यवस्थापन गर्न सरसफाइ युवा स्वयंसेवक तयार पारेको छ ।

उद्घाटन कार्यक्रमको तयारीका लागि विभिन्न उपसमिति गठन गरी कार्य भइरहेको र सबै काम अन्तिमचरणमा पुगेको जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाले बताउनुभयो । वैशाख १ गते रारामा जिल्लामा रहेका चार स्थानीय तहले स्थानीय लोक झाँकी, देउडा, ढाल नाच, चुम्फा नाच, झोडा र बालो प्रदर्शन गर्ने कार्यक्रम छ ।

उक्त दिन पर्यटकलाई तालमा डुङ्गगामा घुमाउन डुङ्गा र ताल वरिपरी घुमाउन घोडाको व्यवस्था मिलाइएको छ । रारा आउने पर्यटकलाई सहजताका लागि सडक डिभिजन कार्यालय जुम्लाले मुगुको सिमाना बुलबुलेदेखि सल्लेरी र रारा विमानस्थलसम्म सडक बनाउन थालेको छ । हवाई यात्राका लागि नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान गर्न सबै विमान कम्पनी सहमत भएका छन् ।

पर्यटन वर्षको उद्घाटनसँगै देशवासीको नाममा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएकाले मुगु जिल्लावासीले प्रधानमन्त्रीको सम्बोधनमा मुगु नाग्चेलाग्ना तिब्बत् सडक, कणाली राजमार्ग, छायाँनाथ रारा पर्यटकीय पदमार्ग, रारा हिल्सा पदमार्ग, रारा सेफोक्सुण्डो पदमार्ग तथा रारा खप्तड पदमार्गबारे विषेश सम्बोधन हुने आशा गरेका छन् ।

नेपाल र चीनको आतंकवादविरोधी संयुक्त सैन्य अभ्यास सुरु

चीन र नेपालले आतंकवाद विरोधी संयुक्त सेना अभ्यासको सुरुवात गरे, जसमा एक प्रकारको बलाकार अन्वेषण ड्रोनको पहिलो प्रदर्शन गरिएको छ। चिनियाँ समाचार एजेन्सी शिन्हुआका अनुसार, चोंगकिङ नगरपालिका, दक्षिण-पश्चिम चीनमा एक प्रशिक्षण आधारमा सगरमाथा मित्रता-२०२४ संयुक्त सेना अभ्यासको उद्घाटन समारोह आयोजना गरिएको थियो। यो चीन र नेपालका सैन्य बलबीचको सगरमाथा मित्रता श्रृंखलाका अभ्यासहरूको चौथो संस्करण हो, अघिल्लो अभ्यास २०१९ मा पाँच वर्ष पहिले गरिएको थियो। शहरका खण्डमा संयुक्त आतंकवाद विरोधी अपरेशन्सको विषयमा, संयुक्त प्रशिक्षणमा हल्का हतियार प्रहार, आतंकवाद विरोधी समूहका रणनीतिहरू, ड्रोन अपरेसन, आपतकालीन उद्धार र एक समग्र आतंकवाद विरोधी अभ्यास समावेश हुनेछ, जसको उद्देश्य बहुआयामिक खोज, मोबाइल प्रवेश र संयुक्त अपरेसनमा सशस्त्र उद्धारको क्षेत्रमा क्षमताहरूलाई वृद्धि गर्नु हो, शिन्हुआका अनुसार। अभ्यास अक्टोबर १ सम्म जारी रहनेछ, रिपोर्टमा भनिएको छ। उद्घाटन समारोह पछि, चिनियाँ पक्षले तीन श्रेणीमा २० भन्दा बढी उपकरण प्रदर्शन गर्यो, जसमा हल्का हतियार, आतंकवाद विरोधी मिशनका लागि अन्वेषण गियर र उपकरणहरू समावेश छन्, चीन सेंट्रल टेलिभिजनले रिपोर्ट गरेको छ। बुद्धिमान अन्वेषण उपकरणले विशेष ध्यान आकर्षित गर्यो, जसमा एक प्रकारको रोबोट कुकुर, एक प्रकारको भित्ता चिर्ने रडार र एक प्रकारको आत्म-प्रेरित बलाकार अन्वेषण ड्रोन समावेश छन्, रिपोर्टमा भनिएको छ। साना ड्रोनको लागत कम हुने अपेक्षा गरिएको छ, तर यसले खतरनाक वातावरणमा जनशक्ति उजागर हुने जोखिमलाई महत्वपूर्ण रूपमा कम गर्न सक्छ, विशेषज्ञले भने। अभ्यासको दौरान, दुवै पक्षले प्राकृतिक विपदहरू जस्तै भूकम्प, हिमपात र ढुंगा बग्ने घटनाहरूमा राहत अपरेशन्सको बारेमा आदान-प्रदान पनि गर्नेछन्, साथै आपसी विश्वास र बुझाइलाई सुदृढ गर्नका लागि विभिन्न सांस्कृतिक आदानप्रदानको श्रृंखला पनि हुनेछ, शिन्हुआले रिपोर्ट गरेको छ।

विद्यार्थी नेता केसीको स्मृतिमा माओवादी केन्द्रले बनायो एक लाखको अक्षयकोष

प्युठान । प्यूठान ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी जिल्ला समिति प्युठानका सदस्य तथा झिम्रुक गाउँपालिकाका अध्यक्ष सन्दिप केसीको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति प्युठानले रु.एक लाखको अक्षयकोष स्थापना गर्ने भएको छ। दिवंगत केसीको सम्झनामा उहाँले  अध्ययन गर्नुभएको  झिमरुक गाउँपालिका-७ स्थित श्री सत्य मावी तुषारामा पार्टी,अखिल (क्रान्तिकारी) प्युठान र घरपरिवार संरक्षक रहनेगरी अक्षयकोष स्थापना गरिने पार्टीले घोषणा गरेको नेकपा (माओवादी केन्द्र) प्युठानका अध्यक्ष प्रभात केसीले जानकारी दिनुभयो।साथै यहि शैक्षिक शत्रभित्रमा अक्षयकोष स्थापना गरिसक्नुपर्ने अध्यक्ष केसीले बताउनुभयो। केसीको मृत्यु भएको नवौं दिनमा उहाँको निवासमा नेकपा (माओवादी केन्द्र) प्युठान, अखिल (क्रान्तिकारी)प्युठान, वाईसीएल प्युठान,दलित मुक्ति मोर्चा लगायतको संयुक्त आयोजनामा गरिएको शोक सभामा नेकपा (माओवादी केन्द्र)प्युठानका अध्यक्ष प्रभात केसीले शोक मन्तव्य राख्दै दिवंगत सन्दिप केसीको विद्यार्थीहरुमाझ लोकप्रियता र विद्यार्थी राजनीतिमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो। अध्यक्ष केसीले दिवंगत केसीको घरपरिवारको सुखदुःखमा सिंगो जिल्ला पार्टी समिति एकताबद्ध भएको बताउनुभयो। अखिल (क्रान्तिकारी) प्युठानको कार्यवाहक अध्यक्ष सुशिला घर्ती मगरको अध्यक्षतामा भएको उक्त शोक सभामा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा प्युठान ईन्चार्ज नारायण प्रसाद अधिकारी,नेकपा (माओवादी केन्द्र) प्युठानका अध्यक्ष प्रभात केसी,प्रदेश सदस्य उमा शर्मा,प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगी, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश समितिका अध्यक्ष पुष्कर शर्मा,पार्टी झिमरुक गाउँ समितिका अध्यक्ष झक बहादुर जिसी,वाईसिएल प्युठानका अध्यक्ष मोहन परियार,दलित मुक्ति मोर्चा प्युठानका अध्यक्ष केशव बिक,अखिल क्रान्तिकारीका नेता बालाजी जिसी र प्रेमबहादुर विश्वकर्मा लगायत ३४ जना बढी पार्टी नेता एवम् विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो। दिवंगत सन्दिप केसी लामो समयदेखी हृदय रोगले ग्रसित हुनुहुन्थ्यो। विगत ३ महिना अघि स्वास्थ्यमा जटिल समस्या देखिएपछी अस्पतालपछि आफ्नै निवासमा बेड रेस्टमा हुनुहुन्थ्यो।केसीको गत भाद्र २९ गतेका दिन २४ वर्षको अल्पायुमै आफ्नै निवासमा देहावसान भएको थियो। सन्दिप केसी विं.सं २०५७ चैत २३ मा आमा बेला केसी र बुबा फत्य बहादुर केसीको कोखबाट  प्युठानको झिमरुक गाउँपालिका -७ तुषारामा जन्मिनुभएको थियो।सानै उमेरमा हृदय रोग देखिएपछी उहाँ परिवारको मायाले भरिपूर्ण हुनुभएको थियो।समय बित्दै जाँदा विभिन्न विद्यालयमा अध्ययन गर्ने क्रममा विभिन्न साथि संगिहरुसँग राम्रो सम्बन्ध स्थापना गर्न माहिर हुनुहुन्थ्यो। दिवंगत सन्दिप केसीले अखिल क्रान्तिकारी स्वर्गद्वारी बहुमुखी क्याम्पस,झिम्रुक गाउँपालिकाका अध्यक्ष हुँदै  जिल्ला कमिटि सदस्यको जिम्मेवारी समेत कुशलता पुर्वक निर्वाह गर्नु भएको थियो। स्वर्गद्वारी बहुमुखी क्याम्पसको जेहेन्दार विधार्थीको रुपमा मानविकी संकाय अन्तर्गत स्नातक तेस्रो वर्षमा अध्ययनरत उहाँ उक्त क्याम्पसको रेडक्रस सर्कलको उपसभापति समेत हुनुन्थ्यो भने विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय हुनुन्थ्यो। 

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

लोकप्रिय