राष्ट्र बैंकको पछिल्लो नियमप्रति सेवा प्रदायक र उपभोक्ताको आपत्ति

राष्ट्र बैंकको पछिल्लो नियमप्रति सेवा प्रदायक र उपभोक्ताको आपत्ति

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई निरुत्साहित गर्ने गरी नयाँ नियम जारी गरेको छ । डिजिटल कारोबारको सीमा साँघुरो बनाउने सो नयाँ नियमले मोबाइल बैंकिङ र अन्य सेवा प्रदायकबाट सञ्चालित भुक्तानी सेवाबाट हुने कारोबारको सीमा अस्वाभाविक रूपमा खुम्च्याएको छ ।

यसै साता जारी भएको विद्युतीय कारोबार सीमासम्बन्धी परिपत्रमा मोबाइल बैंकिङबाट हुने कारोबार एक पटकमा ५ हजारसम्म मात्रै गर्न भनिएको छ । एक दिनमा सो कारोबार १० हजारसम्म मात्रै गर्न पाइने व्यवस्था सो नयाँ नियमले गरेको छ । परिपत्रमा भुक्तानी सेवा प्रदायकबाट सञ्चालित ई–वालेट, मोबाइल वालेट वा डिजिटल वालेटको माध्यमबाट हुने कारोबारलाई पनि सोही दायरामा खुम्च्याइएको छ ।

हाल डिजिटल कारोबारको सेवा दिइरहेका सेवा प्रदायक र उपभोक्ताले भने राष्ट्र बैंकको पछिल्लो नियमप्रति आपत्ति जनाएका छन् । सजिलै निगरानी गर्न मिल्ने र कारोबारको अवस्था थाहा पाउन मिल्ने इन्टरनेट र मोबाइल बैंकिङलाई अंकुश लगाउने राष्ट्र बैंकको उक्त कदमलार्इ ‘ढुंगेयुगमा फर्काउने’ कदम भनी आलोचना गरेका छन् । राष्ट्र बैंकको सो कदम समयानुकूल नभएको भन्दै उनीहरूले डिजिटल कारोबारलाई ढुंगे युगमा फर्काएको बताएका हुन् ।

राष्ट्र बैंकद्वारा जारी परिपत्रमा डिजिटल माध्यमबाट एक पटकमा ५ हजारसम्मको मात्रै कारोबार गर्न पाउने नियम भए पनि सरकारी अन्य केही कारोबारमा सीमा नलगाइएको उल्लेख छ । नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक संस्थाहरू, खानेपानी सेवा, शिक्षण संस्था, स्वास्थ्य संस्था, यातायात सेवा, होटल, सामाजिक सुरक्षा भत्ताजस्ता सेवाहरूमा सीमा नतोकिएको परिपत्रमा उल्लेख छ ।

परिपत्रको अर्को बुँदामा मोबाइल वालेटमा बैंक तथा वित्तीय संस्थाबाट सीमाभन्दा बढी रकम ट्रान्सफर गर्न बन्देज लगाइएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट भुक्तानी सेवा प्रदायक संस्थाले सञ्चालन गरेको वालेटमा वा वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफर गर्दा प्रतिकारोबार ५ हजार र प्रतिदिन १५ हजारसम्म मात्रै ट्रान्सफर गर्न सकिने नियममा उल्लेख छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२रुपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ६ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४७ रुपैयाँ ० पैसा र बिक्रीदर १४७ रुपैयाँ ६७ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८० पैसा र बिक्री दर १४३ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७०पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ११ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७८ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ शुन्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०८ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७९ पैसा र बिक्री दर १६६ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

लोकप्रिय