नेपालको भूगोलबारे लोकसेवामा सोधिने सम्पूर्ण प्रश्नहरू

नेपालको भूगोलबारे लोकसेवामा सोधिने सम्पूर्ण प्रश्नहरू

खरिदार तथा नायब सुब्बाको तयारी गरिरहेकाहरुको लागि अति उपयोगी लोकसेवा तयारी प्रश्न–उत्तरहरु–

नेपालको क्षेत्रफल कति छ ? – १,४७,१८१ वर्ग किमि

नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ?– ८८५ किमि

नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ?– १९३ किमि

नेपाल कुन महादेशमा अवस्थित छ ?– एशिया

नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ?– ०.३५

नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ?–०.०३५

नेपाल कुन देशान्तरमा पर्दछ ?– पूर्वी देशान्तर

नेपाल कुन अक्षांसमा पर्दछ ?– उत्तरी अक्षांस

नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ?– ६ वटा

चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ? –३६

भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ?– २६ वटा

क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ?–डोल्पा

क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? –कर्णाली

क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – शे फोक्सुण्डो

क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ?– भक्तपुर

नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ?– ५घण्टा ४५ मिनेट

नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ?– गौरीशंकर हिमाल

कुनकुन अञ्चलका ५ र ५ वटा जिल्लाहरु रहेकाछन् ?– नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका

नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ?– २०१८ बैशाख १ गते

नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ?– २०२९ साल

८ वटा जिल्ला हुने अञ्चल कुन हो ?– वाग्मती

६र६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ?– लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी

महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ?– चाँदनी र दोधारा

गंगासागर पोखरी कहाँ पर्दछ ?– जनकपुरधाम, धनुषा

सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?–सिमिकोट

चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् रु – २ वटा, ताप्लेजुङ्ग र दार्चुला

सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?– जलेश्वर

४ र ४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ?– ३ वटा, मेची, महाकाली, धवलागिरी

सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ?– सिन्धुली

अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ?– सल्यान

नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ?– हुम्ला

नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ?– लोदावारी, झापा

भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन् ? – २४

चीनसँग मात्र सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ?– १५ वटा

दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ?– धादिङ्ग

काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ?– ६४२ वर्ग किमि

नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ?– नेपालगञ्ज

नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ?– कास्की

नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ?– मुस्ताङ्ग

नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ?– ८ वटा

मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ?– महालंगुर

सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा पर्दछ ?– इलाम

महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ?– कास्की

हेलम्वु कुन जिल्लामा पर्दछ ?– सिन्धुपाल्चोक

महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ?– खुम्वु

भोजपुर केका लागि प्रसिद्ध छ ?– खुकुरी

काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ?– जुगल

काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ?– थिम्पु

काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ?– माले

चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ?– कञ्चनपुर

झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ?– बाग्लुङ्ग

कसरा ताल कुन जिल्लामा पर्दछ ?– चितवन

महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ?– पर्सा

सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ?– महालंगुर (खुम्वु)

दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ?– भक्तपुर्य कफि खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ?– गुल्मी

नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ?– इन्द्र सरोवर

अरुण उपत्यका कुन जिल्लामा पर्दछ ?– संखुवासभा

क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल कुन हो ?– महाकाली

नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ?– मुस्ताङ्ग

नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ?– पोखरा

च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ?– दोलखा

म्याग्नेसाइट (खरिढुंगा) को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ ?– दोलखा

नेपालमा सोडा कहाँ पाइन्छ ?– सल्यान र डोटी

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ?– ८,५८६ मिटर

पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ?– ३९ वटा

हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ?– १६ वटा

तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ?– २० वटा

भक्तपुर

नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ?– ५ घण्टा ४५ मिनेट

नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ?– गौरीशंकर हिमाल

कुनकुन अञ्चलका ५र५ वटा जिल्लाहरु रहेकाछन् ?– नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका

नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ?– २०१८ बैशाख १ गते
नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ?– २०२९ साल
८ वटा जिल्ला हुने अञ्चल कुन हो ?– वाग्मती
६ र ६ वटा जिल्ला हुने अञ्चलहरु कुन कुन हुन् ? – लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी

महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ?– चाँदनी र दोधारा

गंगासागर पोखरी कहाँ पर्दछ ?– जनकपुरधाम, धनुषा

सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?– सिमिकोट

चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ?– २ वटा, ताप्लेजुङ्ग र दार्चुला

सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?– जलेश्वर

४र४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ?– ३ वटा, मेची, महाकाली, धवलागिरी

सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ?– सिन्धुली

अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ?– सल्यान

नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ?– हुम्ला

नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ?– लोदावारी, झापा

भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन् ?– २४

चीन सँग मात्र सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ?– १५ वटा

दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ?– धादिङ्ग

काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ रु – ६४२ वर्ग किमि

नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ?– नेपालगञ्ज

नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ?– कास्की

नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ?– मुस्ताङ्ग

नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ?– ८ वटा

मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ?– महालंगुर

सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा पर्दछ ?– इलाम

महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ?– कास्की

हेलम्वु कुन जिल्लामा पर्दछ ?– सिन्धुपाल्चोक

महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ?– खुम्वु

भोजपुर केका लागि प्रसिद्ध छ ?– खुकुरी

काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ?– जुगल

काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ?– थिम्पु

काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ?– माले

चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ? – कञ्चनपुर

झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ?– बाग्लुङ्ग

कसरा ताल कुन जिल्लामा पर्दछ ?– चितवन

महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ?– पर्सा

सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ?– महालंगुर (खुम्वु)

दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ?– भक्तपुर, कफि खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ?– गुल्मी

नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ?– इन्द्र सरोवर

अरुण उपत्यका कुन जिल्लामा पर्दछ ?– संखुवासभा

क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल कुन हो ?– महाकाली

नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ?– मुस्ताङ्ग

नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ?– पोखरा

च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ?– दोलखा

म्याग्नेसाइट ९खरिढुंगा०को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ रु – दोलखा

नेपालमा सोडा कहाँ पाइन्छ ?– सल्यान र डोटी

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ?– ८,५८६ मिटर

पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ?– ३९ वटा

हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ?– १६ वटा

तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ?– २० वटा

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिए । शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन समेत शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

लेखा प्रणालीमा अत्यन्तै आवश्यक वासलात (Balance Sheet) भनेको के हो ?

कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ । वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु तिर्नुपर्ने बिल (Bills Payable) बैंक ओभरड्राफ्ट ( Bank Overdraft) साहु ( Creditor) ऋण ( Loan) सुरक्षित कोष (Reserve Fund) पुँजी ( Capital) पुँजी फिर्ता (Drawings) खुद नाफा (Net Profit) खुद नोक्सान (Net Loss) वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु नगद मौज्दात (Cash in Hand) बैंक मौज्दात ( Cash at Bank) भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable) आसामी (Debtor) फर्निचर (Furniture) मोटर ( Motar) लगानी (Investment) भवन, हाता र पर्खाल (Business Premises) अदृश्य सम्पतिहरु (Intangible Assets) सामानको अन्तिम मौज्दात (Closing Stock) वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु अन्तिम मौज्दात (Closing Stock) पेस्की खर्च ( Prepaid Expenses) भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses) ह्रास ( Depreciation)   बेंकिङखबरबाट साभार गरिएको

एसईईको परिक्षा तालिका सार्वजनिक(तालिका सहित)

  काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी वैशाख ९ गते शुक्रबारबाट हुने कार्यालयले जनाएको थियो । परीक्षाको प्रथम दिन अनिवार्य अंग्रेजी परेको छ । सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा छ । त्यस्तै, दोस्रो दिन अनिवार्य गणितको परीक्षा राखिएको छ । परीक्षार्थीहरुले ११ वटा विषयको परीक्षा दिनुपर्नेछ । कार्यालयका अनुसार परीक्षा वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो एक सुचना जारि गर्दै वैशाख ९ गतेबाट परिक्षा संचालन गर्ने बताएको थियो ।

एसईई परीक्षा आगामी वैशाख ९ गते देखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कार्यलयले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी गराएको छ । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो  । परीक्षा २० वैशाखमा सकिने छ । परीक्षाको विषयगत समयतालिका भने बिहीबार सार्वजनिक हुने छ । कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।

लोकप्रिय