लोभले लाप ,लापले बिलाप भने झैँ, धेरै कमाउने लोभ नगर्नुस् !

लोभले लाप ,लापले बिलाप भने झैँ, धेरै कमाउने लोभ नगर्नुस् !

काठमाण्डौ, बैशाख ०३ । तपाईँ कतै थोरै दिएर धेरै कमाउने लोभमा त पर्नु भएको छैन ? यदि त्यस्तो लोभमा पर्नुभयो भने ठगिन सक्नुहुन्छ । बेलैमा सचेत हुनुहोला । काठमाण्डौ उपत्यकामा अहिले यस्ता गिरोहको सक्रियता बढेको छ ।

कुनै पनि चिजको वास्तविक मूल्यभन्दा कममा पाइएको छ भनेर खरिद गर्दा उपत्यकाका धेरै व्यक्ति अहिले पीडित बन्न पुगेका छन् । सामान्यभन्दा भिन्न गतिविधि देखिएमा पनि तत्कालै प्रहरीलाई खबर गरी ठगी हुनबाट जोगिन महानगरीय प्रहरी परिसर काठमाडौँले सबैमा आग्रहसमेत गरेको छ । यस्ता घटनाका बारेमा गुनासा प्रशस्त अइरहेकाले अहिले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर खोजीकार्य भइरहेको परिसरका निमित्त प्रमुख अशोक सिंहले जानकारी दिए ।

ुबढी महत्वकांक्षा राखेर छिटो आर्थिक उपार्जन गर्न खोज्दा फसेको पाइयो, कुनै असामान्य क्रियाकलाप देखियो र सस्तो मूल्यमा सामान बिक्री गर्न खोजेको पाइयो भने होसियार हुनुहोस्, प्रहरीलाई तुरुन्त खबर गर्न नभुल्नुहोलाु, सिंहले सबैलाई आग्रह गरे ।

रातारात धनी बन्ने सपनामा सुनको टुक्रा किन्न खोज्दा फलामको टुक्रा किनेर लाखौँ रुपैयाँ गुमाएका एक व्यक्ति अहिले प्रहरीको शरणमा पुगेका छन् । सुन भनेर फलामको टुक्रा किनेका काठमाण्डौका राजेश विक १९ लाख ठगीमा परेका छन् । यद्यपि ठगीका गिरोह पक्राउ गरिरसकेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए ।

विकले सामाखुशीस्थित रानीबारीमा गएको पुसमा सुनको टुक्रा भनेर १९ लाख रुपैयाँमा खरिद गरे । फलामको टुक्रालाई सुनको गहना राख्ने प्याकेटमा पहेँलो कपडाले बेरेर आकर्षक तरिकाले राखेको अवस्थामा उनले किनृका थिए । पछि खोलेर हेर्दा चार वटा फलामको टुक्रा भेटिएपछि मात्रै ठगीमा परेकोे चाल पाए । उनको उजुरीकै आधारमा खोजी गर्दा वैशख १ गते ठगी गर्ने व्यक्ति सुन्धाराबाट पक्राउ परेको प्रवक्ता बोगटीले जानकारी दिए ।

बा २ ज १८४१ नम्बरको ट्याक्सीसहित पक्राउ परेका उनीहरुले ठगेको पैसा विभिन्न व्यक्ति मिली बाँडेर खाएको पाइएकाले रकम फिर्ता ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ । नुवाकोट दुप्चेश्वरका पूर्णबहादुर तामाङले नौ लाख ५० हजार र काभ्रे चौरी देउरालीका चन्द्रबहादुर श्रेष्ठले तीन लाख ५० हजार, प्रवीन श्रेष्ठले तीन लाख, सुवास श्रेष्ठले तीन लाख बाँडेर लिएका थिए । उनीहरुलाई पक्राउ गरी घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यस्तै महंगोमा डलर साट्न पाइने लोभमा समेत सर्वसाधारण ठगीमा परेको अर्को उदाहरण छ । ठगीका गिरोहले काठमाण्डौको नयाँ बसपार्क, बालाजू, माछापोखरी, सामाखुशी र गौशाला क्षेत्रलाई मुख्य आधार बनाइ विदेशबाट फर्किएकालाई डलरलगायत अन्य विदेशी रकम बढीमा साट्ने लोभ देखाइ ठगी गर्ने गिरोहसमेत पक्राउ परेका छन् ।

उनीहरुले बीचमा कागज राखी अगाडि र पछाडि सक्कली पैसा राखेर ठगेको अनुसन्धानमा खुलेको छ । ठगीमा एकै परिवारका दाजुभाइ संलग्न छन् । उनीहरुले अगाडि पछाडि बण्डलमा सक्कली नोट राखेर भित्र कागज राखी ठग्ने गरेका थिए । सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङले स्वयम्भूबाट पाँच तोलाको औँठी, सामाखुशीबाट ४६ हजार रुपैयाँ, गौशालाबाट चार लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।

लुटेरा र चोर पक्राउ

महानगरीय प्रहरी परिसर काठमाण्डौले लुटपाटमा संलग्न भारतीय नागरिकलाई पक्राउ गरेको छ । परिसरले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी बरामद सामग्रीसहित उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारत मोतीहारीका दीपकप्रसाद जैसवाल, बैसालीका बिजु साह र सितामढीका राजकुमार रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट क्यामरा नौ थान, मोबाइल १० थान, घडी नौ थान, मनी पर्स सात थान, क्यामरा एक, एउटा मिनी प्रोजेक्टर, जेनेरेटर र नगद रु एक लाख ९८ हजार बरामद भएको छ । उनीहरुले मादक पदार्थ सेवन गरेका मानिसलाई पिछा गर्ने र सामान लुट्ने गरेको खुल्न आएको छ ।

यसैबीच नागार्जुन नगरपालिका–९ दुर्गा नगर कोलेनीस्थित चोरी गरेर भाग्दै गर्ने दोलखा घर भई काठमाण्डौ –१४ कलङ्की बस्ने सुनिल श्रेष्ठ र सोही ठाउँका अर्जुन श्रेष्ठ पक्राउ परेका छन् । उनीहरुले स्थानीय तर्कबहादुर कुँवरको घरको तेस्रो तलाको ताल्चा फुटाएर पसलमा चोरी गरेको प्रहरीले जनाएको छ । चोरी गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरुबाट मोबाइलसहित २८ हजार नगद र ताल्चा फुटाउन प्रयोग भएको फलामे रड बरामद भएको छ । रासस

विश्वका घुम्नपर्ने ठाउँमध्ये नवौं स्थानमा लुम्बनी

लुम्बिनी । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो ।  पत्रिकाले लुम्बिनीबारे संक्षिप्त व्याख्या गर्दै हजारौं वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पले देशलाई हल्लाएको १० वर्षपछि लुम्बिनीमा चित्ताकर्षक नयाँ नयाँ मन्दिर र ध्यान केन्द्र खुलिरहेको र नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को बढी व्याख्या गरिएको छ । महायानी सम्प्रदायको यो निकै चित्ताकर्षक र मनमोहक विहार हो । विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमसँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । आलेखमा ‘थाउजेन्ड टेम्पल’को माथिल्लो भित्ताका पेन्टिङ कलाको आकर्षक तस्बिर राखिएको छ ।

रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए।  अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्। 

चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया  सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा  बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।

स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।

लोकप्रिय