विश्वकप फुटबलः कुन खेलाडीको कुन पक्ष मन पर्छ ? सेलिब्रेटीका राेजाइ यस्ता छन्

विश्वकप फुटबलः कुन खेलाडीको कुन पक्ष मन पर्छ ? सेलिब्रेटीका राेजाइ यस्ता छन्

मलाई मेसीको बल छलाउने कला मन पर्छ ।
सीपी पुडासैनी, अभिनेता

अर्जेन्टिना, किनभने म्याराडोना मलाई आफ्नै ठूलोबा जस्ता लाग्छन् ।

सन्दिप क्षेत्री, हास्यकलाकार

ब्राजिलका सबै खेलाडी मन पर्छन् ।

विनोद सिंह, मोडल तथा इभेन्ट म्यानेजर

मलाई ब्राजिलका नेयमार मन पर्छन्, म नेयमारको जस्तोसुकै चुनौती सामना गर्न सक्ने क्षमताको फ्यान हुँ ।

आर्जन पाण्डे, मोडल तथा गायक

मलाई मेसी मन पर्छन् । किनभने उनी एकदमै भद्र खेलाडी हुन् । उनको पृष्ठभूमि पनि निकै प्रेरणादायक छ ।

प्रदीप बास्तोला, अभिनेता

मलाई मेसीको स्टाइल मन पर्छ ।

पृथ्वीराज प्रसाईं, अभिनेता

मलाई नेयमारको खेल्ने तरिका र लुक्स साह्रै मन पर्छ ।

ऋषिराज आचार्य, निर्देशक

मलाई मेसी मन पर्छन् । उनको अनुशासन र शान्तिपूर्ण ढंगले प्रस्तुत हुने अनि काउन्टर एट्याक गर्ने शैली राम्रो लाग्छ ।

विशाल भण्डारी, निर्देशक

मलाई ब्राजिलका नेयमार मन पर्छन्, किनभने उनी अनुशासित रूपमा खेल्छन् र उनको टिमवर्क पनि एकदम राम्रो छ ।

सञ्चिता लुइँटेल, अभिनेत्री

मलाई पोर्चुगलका रोनाल्डो मन पर्छन्, किनभने उनी खेलमा कडा मेहनत गर्छन्, त्यस्तै रोनाल्डो फुटबलका लागि ऐतिहासिक खेलाडी पनि हुन् ।

पूर्णिमा लामा, अभिनेत्री

मलाई मेसीको ड्रिब्लिङ साह्रै मन पर्छ ।

दीपकराज गिरी, अभिनेता

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो एकदम मन पर्छन् । उनको पावर कन्फिडेन्स र एटिच्युडको म लास्टै फ्यान हुँ ।

प्रकाश सपूत, गायक

मलाई मेसी मन पर्छन्, किनभने उनी हरेक खेलमा अनुशासनको पालना गर्छन् ।

केदार घिमिरे, हास्यकलाकार

मलाई मेसीको छरितोपन तथा क्विक ड्रिब्लिङ एकदमै मन पर्छ ।

विनोद न्यौपाने, अभिनेता

मलाई रोनाल्डोको सीप अनि गोल गर्ने क्षमता असाध्यै मन पर्छ ।

याम क्षेत्री, लोकगायक

मलाई मेसीको धैर्यता मन पर्छ ।

नरेश रेग्मी, विद्यार्थी नेता

मलाई नेयमार मन पर्छन्, किनभने उनले हरेक खेल अनुशासित रूपमा खेलिरहेका हुन्छन् ।

निखिल उप्रेति, अभिनेता

मलाई मेसी मन पर्छन्, किनभने उनी चतुर खेलाडी हुन्, उनले अरूले पास दिएको बल कहिल्यै मिस गर्दैनन् । अर्को कुरा, मेसी फुटबलका हिरो नै हुन् ।

जितु नेपाल, हास्यकलाकार

मलाई क्रिष्टियानो रोनाल्डो मन पर्छन्, उनी साह्रै मेहनती छन् । मेहनतकै कारण उनले यो स्थान प्राप्त गरेजस्तो लाग्छ ।

प्रदीप भट्टराई, निर्देशक

मलाई मेसीको गोल गर्ने स्टाइल मन पर्छ ।

पूजा शर्मा, अभिनेत्री

मलाई नेयमारले विपक्षीको पोस्टमा द्रुत गतिमा गरेको प्रहार साह्रै मन पर्छ ।

उर्मिला थपलिया, नेतृ, नेविसंघ

मलाई सबै खेलाडीको कुनै न कुनै पक्ष राम्रो लाग्छ । अर्को कुरा विश्वकपमा मेरो आशा के हुन्छ भने दुवै पक्षको बराबर गोल होस्, त्यसपछि पेनाल्टी होस् र फेरि पनि बराबरी होस् अनि अन्तिममा टस होस् र त्यसैबाट हार–जितको टुङ्गो लागोस् ।

राजनराज शिवाकोटी, गायक तथा संगीतकार

मलाई ब्राजिलका नेयमारको हरेक पक्ष मन पर्छ ।

वर्षा राउत, अभिनेत्री

धेरैजसो मानिस अघिल्ला विश्वकपमा जुन देशले जित्यो अथवा जुन खेलाडीले राम्रो खेल्यो त्यसकै समर्थनमा हुन्छन्, तर मचाहिँ जुन चाहिँ टिम कमजोर छ त्यसको समर्थन गर्छु । त्यसैले खेल नहेरी कुन खेलाडीलाई सपोर्ट गर्छु अथवा उसको राम्रो–नराम्रो पक्ष के हो भन्न सक्दिनँ ।

करिश्मा मानन्धर, अभिनेत्री

मलाई इजिप्टका खेलाडी सलाहको हरेक पक्ष मन पर्छ, यसपालिको विश्वकपमा उनले राम्रो खेलेर चर्चा कमाउँछन् भन्ने लाग्छ ।

विपिन कार्की, अभिनेता

मलाई रोनाल्डोको मेहनत मन पर्छ ।

टंक बुढाथोकी, संगीतकार तथा गायक

यो सामग्री कान्तिपुर साप्ताहिकबाट लिएका हौं ।

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय