वैशाख ७ देखि १३ गतेसम्मको राशिफल

वैशाख ७ देखि १३ गतेसम्मको राशिफल

मेष
नयाँ वर्षसँगै विशेष उपलब्धि हात पार्न सकिनेछ । विदेशी साथीभाइसँगको सम्बन्ध थप प्रगाढ हुनेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । फाइदामूलक व्यवसाय सञ्चालनमा आउन सक्छ । खराब आचरण हुनेहरूले जालझेल गर्न सक्छन्, सचेत रहनुहोला । प्रलोभन देखाउनेहरूबाट टाढै रहनुमा भलो छ ।

वृष
परिश्रम मुताबिक राम्रै फल पाइनेछ । पुरुषार्थ अनुरूप नाम र दाम स्वतस् बढ्नेछ । अरूलाई वचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ । जीवनशैलीमा परिवर्तन ल्याउन दृढ संकल्पको खाँचो छ । बोलीको मधुरताको बलमा आर्थिक संकटलाई परास्त तुल्याउन गर्न सकिनेछ । पहिलेदेखिको योजना कार्यान्वयनमा ढिलाइ गर्दा पछि परिएला ।

मिथुन
परिणाममुखी कार्य सम्पन्न गर्न अझ केही समय कुर्नुपर्ने हुन्छ । हरियो रंगको प्रयोगले विशेष फाइदा दिलाउनेछ । परिस्थिति विचार गरी भावना मिल्ने साथीहरूसँग संयुक्त लगानीमा काम गर्न ढिला नगर्नुहोला । प्रेम प्रस्ताव प्राप्त हुनसक्छ । परिवारको सुझावअनुरूप निर्णय गर्नुहोला ।

कर्कट
मित्रहरूले विभिन्न जिम्मेवारी दिलाउनेछन् । दुविधापूर्वक गरिएको काममा अपजस आइलाग्ने हुनाले सरोकार नभएका विषयमा ध्यान दिनु उचित हुँदैन । आफ्ना गोप्य सूचनाहरू बाहिरिनाले मर्यादामा आँच आउन सक्छ । प्रेममा अविश्वासको वातावरण सिर्जना हुनसक्छ ।

सिंह
टाढा भ‘एका मित्रहरूले विश्वास गर्ने वातावरण बन्दैछ । केही नम्र भएर कार्य सम्पन्न गर्नुहोला । पूर्व योजनाबिना आकस्मिक यात्रा गर्नाले अतिरिक्त खर्च गराउनेछ । प्रेमिकाले उपहार प्रदान गर्दै थप प्रस्ताव राख्न सक्छिन्, छिट्टै निर्णय गर्नुमै आफ्नो भलो छ ।

कन्या
आलोचना गर्नेहरूले स–साना त्रुटि औल्याइदिँदा आफू अझ उचाइमा पुगिनेछ । भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरले बनिसकेको काममा दुविधा उत्पन्न गराउन सक्छ । सूर्य देवको आराधनाले भयमुक्त हुन सहयोग पुर्‍याउनेछ । बाहिरी खानपान एवं भोजभतेरमा संयम अपनाउनुहोला ।

तुला
प्रयास दोहोर्‍याउन सके अप्ठ्यारो कार्य पनि सम्पन्न हुनेछ । प्रेमी–प्रेमीकाबीचको ठाकठुक विश्वासमा परिणत होला । समयलाई बेवास्ता गर्दा पछि परिनेछ । साझेदारी व्यवसायमा उथलपुथल देखा परे पनि विहीबारपछि स्वतस् उचाइमा पुगिनेछ । मेहनत गर्न सके षड््यन्त्रकारीहरूलाई परास्त गर्न सकिनेछ ।

वृश्चिक
भ्रमणका क्रममा अपेक्षाभन्दा बढी खर्च गर्नुपर्ने बाध्यता आइलाग्न सक्छ, जसले आर्थिक संकट सिर्जना गर्न सक्छ । स्वास्थ्यको ख्याल नगरी खानपानमा रमाउँदा पेटसम्बन्धी समस्याले पिरोल्ने सम्भावना छ । रातो रंग प्रयोग गर्दा आफ्नो मेहनत खेर जानेछैन । काममा सफलता प्राप्त गर्न केही ढिलाइ हुनसक्छ ।

धनु
व्यवसाय आरम्भ गर्न पारिवारिक मत मिल्नेछ । लगानी सही ठाउँमा होला । प्रेमिकाले विभिन्न दोषारोपण गर्दै गुनासो गर्ने छिन्, भावना बुझ्ने प्रयत्न गर्नुहोला । साताको अन्त्यमा शारीरिक थकान महसुस हुनेछ । जुस तथा फलफूलको सेवनमा जोड दिनुहोला ।

मकर
लक्ष्य प्राप्त गर्न थप मेहनतको आवश्यकता छ । परिवारजनको भावनालाई बेवास्ता गर्दा समस्या सिर्जना हुनसक्छ । गल्ती सच्याउनाले सामाजिक क्षेत्रमा महत्वपूर्ण अवसर प्राप्त भै टाढिएका साथीभाइहरू नजिकिनेछन् । नयाँ अवसरका लागि शक्तिशाली व्यक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ने हुनसक्छ ।

कुम्भ
तपाईंको सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा वृद्धि गराउनेछ । स्वरोजगार हुँदा हर्षले गद्गद भइनेछ । चियोचर्चा गर्नेहरूबाट सावधान रहनुमै आफ्नो भलो छ । आफन्त तथा प्रशंसकहरूलाई फरक अनुभूति प्रदान गर्न सकिनेछ । केही दिनको अन्तरमा अन्य अवसर समेत फेला पर्ने छन् ।

मीन
प्रेमिकाले मठ–मन्दिरमा भेट्ने प्रस्ताव राख्न सकिन्छ, उनको अनुरोधलाई स्वीकार गर्दा दुवैको भलो हुनेछ । मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ । नाफामूलक व्यवसाय सुरुवात गर्न साझेदारहरूबीच मत मिल्नेछ । चियोचर्चा गर्नेहरूबाट सावधान रहनुहोला । रामप्रसाद सिटौला

नेपाल र चीनको आतंकवादविरोधी संयुक्त सैन्य अभ्यास सुरु

चीन र नेपालले आतंकवाद विरोधी संयुक्त सेना अभ्यासको सुरुवात गरे, जसमा एक प्रकारको बलाकार अन्वेषण ड्रोनको पहिलो प्रदर्शन गरिएको छ। चिनियाँ समाचार एजेन्सी शिन्हुआका अनुसार, चोंगकिङ नगरपालिका, दक्षिण-पश्चिम चीनमा एक प्रशिक्षण आधारमा सगरमाथा मित्रता-२०२४ संयुक्त सेना अभ्यासको उद्घाटन समारोह आयोजना गरिएको थियो। यो चीन र नेपालका सैन्य बलबीचको सगरमाथा मित्रता श्रृंखलाका अभ्यासहरूको चौथो संस्करण हो, अघिल्लो अभ्यास २०१९ मा पाँच वर्ष पहिले गरिएको थियो। शहरका खण्डमा संयुक्त आतंकवाद विरोधी अपरेशन्सको विषयमा, संयुक्त प्रशिक्षणमा हल्का हतियार प्रहार, आतंकवाद विरोधी समूहका रणनीतिहरू, ड्रोन अपरेसन, आपतकालीन उद्धार र एक समग्र आतंकवाद विरोधी अभ्यास समावेश हुनेछ, जसको उद्देश्य बहुआयामिक खोज, मोबाइल प्रवेश र संयुक्त अपरेसनमा सशस्त्र उद्धारको क्षेत्रमा क्षमताहरूलाई वृद्धि गर्नु हो, शिन्हुआका अनुसार। अभ्यास अक्टोबर १ सम्म जारी रहनेछ, रिपोर्टमा भनिएको छ। उद्घाटन समारोह पछि, चिनियाँ पक्षले तीन श्रेणीमा २० भन्दा बढी उपकरण प्रदर्शन गर्यो, जसमा हल्का हतियार, आतंकवाद विरोधी मिशनका लागि अन्वेषण गियर र उपकरणहरू समावेश छन्, चीन सेंट्रल टेलिभिजनले रिपोर्ट गरेको छ। बुद्धिमान अन्वेषण उपकरणले विशेष ध्यान आकर्षित गर्यो, जसमा एक प्रकारको रोबोट कुकुर, एक प्रकारको भित्ता चिर्ने रडार र एक प्रकारको आत्म-प्रेरित बलाकार अन्वेषण ड्रोन समावेश छन्, रिपोर्टमा भनिएको छ। साना ड्रोनको लागत कम हुने अपेक्षा गरिएको छ, तर यसले खतरनाक वातावरणमा जनशक्ति उजागर हुने जोखिमलाई महत्वपूर्ण रूपमा कम गर्न सक्छ, विशेषज्ञले भने। अभ्यासको दौरान, दुवै पक्षले प्राकृतिक विपदहरू जस्तै भूकम्प, हिमपात र ढुंगा बग्ने घटनाहरूमा राहत अपरेशन्सको बारेमा आदान-प्रदान पनि गर्नेछन्, साथै आपसी विश्वास र बुझाइलाई सुदृढ गर्नका लागि विभिन्न सांस्कृतिक आदानप्रदानको श्रृंखला पनि हुनेछ, शिन्हुआले रिपोर्ट गरेको छ।

विद्यार्थी नेता केसीको स्मृतिमा माओवादी केन्द्रले बनायो एक लाखको अक्षयकोष

प्युठान । प्यूठान ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी जिल्ला समिति प्युठानका सदस्य तथा झिम्रुक गाउँपालिकाका अध्यक्ष सन्दिप केसीको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति प्युठानले रु.एक लाखको अक्षयकोष स्थापना गर्ने भएको छ। दिवंगत केसीको सम्झनामा उहाँले  अध्ययन गर्नुभएको  झिमरुक गाउँपालिका-७ स्थित श्री सत्य मावी तुषारामा पार्टी,अखिल (क्रान्तिकारी) प्युठान र घरपरिवार संरक्षक रहनेगरी अक्षयकोष स्थापना गरिने पार्टीले घोषणा गरेको नेकपा (माओवादी केन्द्र) प्युठानका अध्यक्ष प्रभात केसीले जानकारी दिनुभयो।साथै यहि शैक्षिक शत्रभित्रमा अक्षयकोष स्थापना गरिसक्नुपर्ने अध्यक्ष केसीले बताउनुभयो। केसीको मृत्यु भएको नवौं दिनमा उहाँको निवासमा नेकपा (माओवादी केन्द्र) प्युठान, अखिल (क्रान्तिकारी)प्युठान, वाईसीएल प्युठान,दलित मुक्ति मोर्चा लगायतको संयुक्त आयोजनामा गरिएको शोक सभामा नेकपा (माओवादी केन्द्र)प्युठानका अध्यक्ष प्रभात केसीले शोक मन्तव्य राख्दै दिवंगत सन्दिप केसीको विद्यार्थीहरुमाझ लोकप्रियता र विद्यार्थी राजनीतिमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो। अध्यक्ष केसीले दिवंगत केसीको घरपरिवारको सुखदुःखमा सिंगो जिल्ला पार्टी समिति एकताबद्ध भएको बताउनुभयो। अखिल (क्रान्तिकारी) प्युठानको कार्यवाहक अध्यक्ष सुशिला घर्ती मगरको अध्यक्षतामा भएको उक्त शोक सभामा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा प्युठान ईन्चार्ज नारायण प्रसाद अधिकारी,नेकपा (माओवादी केन्द्र) प्युठानका अध्यक्ष प्रभात केसी,प्रदेश सदस्य उमा शर्मा,प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगी, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश समितिका अध्यक्ष पुष्कर शर्मा,पार्टी झिमरुक गाउँ समितिका अध्यक्ष झक बहादुर जिसी,वाईसिएल प्युठानका अध्यक्ष मोहन परियार,दलित मुक्ति मोर्चा प्युठानका अध्यक्ष केशव बिक,अखिल क्रान्तिकारीका नेता बालाजी जिसी र प्रेमबहादुर विश्वकर्मा लगायत ३४ जना बढी पार्टी नेता एवम् विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो। दिवंगत सन्दिप केसी लामो समयदेखी हृदय रोगले ग्रसित हुनुहुन्थ्यो। विगत ३ महिना अघि स्वास्थ्यमा जटिल समस्या देखिएपछी अस्पतालपछि आफ्नै निवासमा बेड रेस्टमा हुनुहुन्थ्यो।केसीको गत भाद्र २९ गतेका दिन २४ वर्षको अल्पायुमै आफ्नै निवासमा देहावसान भएको थियो। सन्दिप केसी विं.सं २०५७ चैत २३ मा आमा बेला केसी र बुबा फत्य बहादुर केसीको कोखबाट  प्युठानको झिमरुक गाउँपालिका -७ तुषारामा जन्मिनुभएको थियो।सानै उमेरमा हृदय रोग देखिएपछी उहाँ परिवारको मायाले भरिपूर्ण हुनुभएको थियो।समय बित्दै जाँदा विभिन्न विद्यालयमा अध्ययन गर्ने क्रममा विभिन्न साथि संगिहरुसँग राम्रो सम्बन्ध स्थापना गर्न माहिर हुनुहुन्थ्यो। दिवंगत सन्दिप केसीले अखिल क्रान्तिकारी स्वर्गद्वारी बहुमुखी क्याम्पस,झिम्रुक गाउँपालिकाका अध्यक्ष हुँदै  जिल्ला कमिटि सदस्यको जिम्मेवारी समेत कुशलता पुर्वक निर्वाह गर्नु भएको थियो। स्वर्गद्वारी बहुमुखी क्याम्पसको जेहेन्दार विधार्थीको रुपमा मानविकी संकाय अन्तर्गत स्नातक तेस्रो वर्षमा अध्ययनरत उहाँ उक्त क्याम्पसको रेडक्रस सर्कलको उपसभापति समेत हुनुन्थ्यो भने विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय हुनुन्थ्यो। 

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

लोकप्रिय