प्रचण्डले फेरी भने ‘शासकीय स्वरुप बदलौँ ‘

प्रचण्डले फेरी भने ‘शासकीय स्वरुप बदलौँ ‘
काठमाडौं, भदौ ११ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  माओवादी केन्द्र प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा अडिग रहेको स्पष्ट पारेका छन्। सुर्खेतबाट धनगढी जाने क्रममा गाभर भ्यालीमा पत्रकारहरुसँगको कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रण्चडले सो कुरा बताएका हुन् ।
‘देशमा विद्यमान राजनीतिक अस्थिरताको अन्त्य गर्न, आर्थिक सम्बृद्धिको वातावरण बनाउन र राष्ट्रलाई एकताबद्ध गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक छ,’ अध्यक्ष प्रचण्डले भने ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनको प्रस्ताव फेरी दर्ता गराउन सकिने भन्ने दिएको अभिव्यक्ति असान्दर्भिक भएको उनले बताए । प्रचण्डले नेपालको आन्तरिक समस्या नेपालमै समाधान गर्न सकिने पनि बताए ।

उनले प्रधानमन्त्री देउवाको भारत भम्रण समग्रमा सफल रहेको निष्कर्ष निकालेका छन् । प्रचण्डले भने,‘विगतमा भएका सहमति कार्यान्वयनमा बढी जोड दिनु र विवाद नभएको विषयमा मात्र प्रधानमन्त्री प्रवेश गरेकोले भम्रण सार्थक भएको मैले बुझेको छु ।’

अध्यक्ष प्रचण्डले   प्रदेश र केन्द्रको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन् ।दुवै निर्वाचन एकैसाथ सम्पन्न गरी संविधान कार्यान्वन सुनिश्चित गर्नका लागि सरकार र माओवादी केन्द्रको ध्यान केन्द्रीत भएको पनि प्रचण्डले बताए ।

उनले नं. २ प्रदेशमा असोज २ मा हुने स्थानीय तह निर्वाचन सफल हुने बताए । दुवै चरणको निर्वाचनपछि देश राजनीतिक स्थिरता र आर्थिक सम्बृद्धि तिर अगाडि बढ्ने प्रचण्डको विश्वास छ ।

प्रदेश र केन्द्रको निर्वाचनमा संविधान संशोधन पक्षधरको दुई तिहाई बहुमत भए फेरी प्रस्तुत गर्न सकिने बताए । उनले भने,‘संविधान संशोधनको विषय अहिलेलाई टुंगिएको छ, दुई तिहाई वहुमत आएपछि प्रस्ताव फेरी ल्याउन सकिन्छ ।’

बालेनको कटाक्ष -'टुँडिखेल र खुल्लामन्च पनि एमाले-कांग्रेसका कार्यकर्तालाई दिने अध्यादेश पास भएछ'

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भूमिसम्बन्धी अध्यादेश जारी भएकोमा सत्तारू दल एमाले र कांग्रेसप्रति तिव्र असन्तुष्टि जनाएका छन्।  राष्ट्रपतिले भूमि सम्बन्धी अध्यादेश जारी गरेको केही समयपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बालेनले असन्तुष्टि जनाएका हुन्। शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ। बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई।’ यसअघि राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गर्न अस्वीकार गरेका थिए ।  तर राष्ट्रपति पौडेलले बुधबार साँझ भूमिसम्बन्धी अध्यादेश प्रधानमन्त्रीको अनुरोधमा जारी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सच्याउने प्रतिबद्धता जनाएपछि राष्ट्रपति पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका हुन्।

देउवाले किन बोलाए कांग्रेसका मन्त्रीहरु बुढानीलकण्ठ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई आज बुढानीलकण्ठस्थित निवास बोलाएका छन् ।  मन्त्रीहरुसँग सामूहिक छलफल गर्न  उनले विहीबार (आज) बिहान ८ बजे बुढानीलकण्ठस्थित निवासमा मन्त्रीहरुलाई बोलाएका हुन् । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काम प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई दुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो । सोही तालिका अनुसार देउवाले मन्त्रीहरुसँग छलफल गर्न लागेको बताइएको छ । बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरुलाई पनि बोलाइएको छ ।

समाजवादी मोर्चाले माघ १६ गते वृहत कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले  माघ १६ गते वृहत् कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधवार आलोकनगरमा बसेको मोर्चाको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै कार्यदल सदस्य खड्गबहादुर विश्वकर्माले यो कार्यक्रमले बाहिर सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे ।  समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने जानकारी गराए । कार्यदलले माघ १० गतेदेखि १२ गतेभित्र प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नितालाई बुझाउने विश्वकर्माले जानकारी दिए । यसैगरी सरकारको गतिविधिबारे गम्भीर छलफल भएको उनले बताए । ‘ओली सरकारले ल्याएको अध्यादेशबारे गम्भीर छलफल भएको छ । जननिर्वाचित संसद् छ । तर सरकारले संसद् छलेर भटाभट अध्यादेश ल्याएको छ । यसबारे गम्भीर छलफल भएको छ’, उनले भने ।  आजको बैठकमा सुरुमा मोर्चाको गतिविधि आम जनतामा निकै उत्साहजनक रहेको तर  पछिल्लो समय अगाडि बढाउन गति धिमा भयोबारे समीक्षा भएको उनले बताए ।

सरकारले संसद्को नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने विपक्षी दलहरूको तयारी

काठमाडौं । सरकारले संसद्को नियमित संसद् अधिवेशन नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय कार्यालय सिंहदरबारमा बसेको विपक्षी पाँच दलको बैठकले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेको हो ।  बैठकको निर्णयबारे जानकारी दिँदै माओवादीको उपमहासचिव वर्षमान पुनले सरकार संसद् छलेर अलोकतान्त्रिक तरिकाले अध्यादेशबाट शासन गर्न लागेको आरोप लगाए । पुनका अनुसार संसद्को नियमित अधिवेशन बोलाउन सरकारलाई दबाब दिने नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय भएको जानकारी  दिए ।  ‘सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक गरिरहेको छ ।  ओलीमा स्वेच्छाचारी ढङ्गले शासन गर्ने विगतको प्रवृत्ति थियो । अलिकति सच्यो कि भनेको फेरि त्यही दोहोरिएको छ । महँगी बढेको छ । अनियमितता बढेको छ । यस्तो अवस्थामा नियमित अधिवेशन बोलाउन विपक्षी दलले माग गरेको छ । नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्नेर्छौं’, पुनले भने ।  बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरू पछिल्लो राजनीतिक अवस्था, संसदमा विपक्षी दलहरूको भूमिका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

लोकप्रिय