संक्रमणकालीन न्याय छिटो भन्दा छिटो टुंग्याउन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

संक्रमणकालीन न्याय छिटो भन्दा छिटो टुंग्याउन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय छिटो भन्दा छिटो टुंग्याउनु जरुरी रहेको भन्दै राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंगो लगाउने बताएका छन् । आइतबार गम्भीर मानवअधिकार उल्लंघनका पीडितको राष्ट्रिय सञ्जालद्वारा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट टुंग्याउने अन्तिम प्रयास गर्ने तर राष्ट्रिय सहमति हुन नसके बहुमतको आधारमा टुंग्याउने बताए ।

उनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को मध्यपहाडी लोकमार्ग यात्रा पुस पहिलो साता सकिने र त्यसपछि संसद अधिवेशन आह्वान हुने बताए। उनले अब बस्ने सदनमा पहिलो एजेण्डाको रुपमा संक्रमणकालीन न्यायलाई प्रवेश गराउने प्रतिबद्धता जनाए ।

गम्भीर मानवअधिकार उल्लंघनका पीडितको राष्ट्रिय सञ्जालद्वारा बालुवाटारमा आयोजित कार्यक्रम

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धाबा बोल्ने कोशिस भइरहेको छ। त्यसकारण पनि हामी अझ बढी एक भएर अघि बढ्न जरुरी छ । यसलाई छिटो भन्दा छिटो सकारात्मक ढंगले टुंग्याउनु जरुरी छ। त्यसो गर्न सकेनौँ भने अफ्ठ्यारा आउँछन्। मैले ५र७ दिनअघि केही सम्पादकलाई बोलाएर कुरा गरेको थिएँ, यो संसारमा मानव जातिले विकास गरेको राजनीतिक प्रणाली अहिलेसम्मको सबैभन्दा राम्रो के हो भन्दा लोकतान्त्रिक गणतन्त्र नै हो। विभिन्न रुपमध्ये एउटा लोकतान्त्रिक गणतन्त्र हामीले प्राप्त गरेका छौँ। यो सबैभन्दा राम्रो प्रणालीमाथि धाबा बोल्नुको अर्थ नराम्रोमा जाने हो। यो भन्दा राम्रो त समाजवाद हो। अहिलेको परिस्थिति हेर्दा हामी झनै एकजुट हुनुपर्ने अवस्था छ। यो प्रक्रिया टुंग्याउनुपर्नेछ। म सरकारमात्रै होइन, शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता पनि हुँ। मेरो जिम्मेवारी छ, यसलाई टुंग्याउने र तपाईंहरुलाई खुशी बनाउने हो। मरिसकेकोलाई फिर्ता ल्याउनसक्ने कुरा भएन, बेपत्तालाई पनि फिर्ता ल्याउनसक्ने अवस्था छैन। तर हामी बाँचेकाले गर्नसक्ने कुरा जति गर्नेछौँ। एमालेको अभियान चलिरहेको छ, पुस पहिलो सातासम्म त अभियान नै छ, त्यो बेलासम्म संसद बोलाउने कुरा भएन। सम्भवतः त्यसपछि सदन बोलाउने सोचिन्छ। तै पनि अब बस्ने सदनमा पहिलो एजेण्डाको रुपमा यसलाई प्रवेश गराइन्छ। राष्ट्रिय सहमति गराउने अन्तिम प्रयास हुनेछ। भएन भने प्रजातान्त्रिक प्रक्रियाबाट टुंग्याइन्छ। ’’

प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने कोशिस भइरहेको पनि त्यसो हुन नदिइने बताए ।

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

लोकप्रिय