सन्दीपलाई नखेलाउनु के दिल्लीको गल्ती?

सन्दीपलाई नखेलाउनु के दिल्लीको गल्ती?

काठमाडौं, चैत १४ । इन्डियन प्रिमियर लिगमा मंगलबार राति दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्ससँग पराजय भोग्यो । दिल्लीको पराजयका विभिन्न कारणमध्ये नेपाली लेगस्पिनर सन्दीप लामिछानलेलाई टिममा समावेश नगराउनु पनि हो त ? क्रिकेट विश्लेषक ब्राड हज दिप दासगुप्तासँग इएसपिएन क्रिकइन्फोले छलफल गरेको छ ।

सन्दीपलाई टिममा समावेश नगरेर दिल्लीले कमजोरी गरेको हो त ? भन्ने कार्यक्रम सञ्चालकको प्रश्नमा हजको जवाफ छ, ‘दिल्लीको मैदानमा सन्दीपले खेल जिताउन सक्थे ।’ अमित मिश्रासँगै सन्दीपलाई पनि मौका दिइएको भए चेन्नाइका ब्याट्सम्यानलाई समस्या पर्ने उनको विश्लेषण छ । उनले सन्दीपलाई टिममा समावेश नगरेकोमा आफू आश्चर्यमा परेको बताए ।

अर्का विश्लेषक दिपदास गुप्ताले पनि दिल्लीको मैदानमा सन्दीपले राम्रो प्रदर्शन गर्न सक्ने बताए । ‘यहाँ बल राम्रो टर्न हुन्छ, जडेजालेसमेत बल राम्रो टर्न गराए भने सन्दीपले पक्कै राम्रो गर्ने थिए,’ उनले भने ।

सन्दीपले गत सिजनमा पनि आइपिएलमा अन्तिमका केही खेलमात्र खेल्ने अवसर पाएका थिए । त्यसपछि वर्षैभरी उनी विभिन्न लिगमा व्यस्त भए । क्यारेबियन प्रिमियर लिग, क्यानडा प्रिमियर लिग, अष्ट्रेलियाको विगबास लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग, टी१० लिग लगायतका लिगमा उनले आफ्नो उत्कृष्ट प्रदर्शन कायम राखे । तर, दिल्लीले यसपटक पनि उनलाई किन मैदानमा उतारिरहेको छैन त ?

प्रस्तोतको प्रश्नमा हजको जवाफ छ, ‘थाहा छैन, उनले राम्रो गरेका छन् तर अवसर पाएका छैनन् । थाहा छैन, टिमको नेतृत्वले के सोचिरहेको छ ।’

यो सिजनमा दिल्लीले दुई खेल खेल्दासम्म सन्दीप बेञ्चमा नै छन् । पहिलो खेलमा मुम्बइविरुद्ध जित हात पारेको दिल्ली मंगलबारको आफ्नो दोस्रो खेलमा घरेलु मैदानमा नै चेन्नई सुपर किंग्ससँग पराजित भयो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

अमेरिकालाई सुपर ओभरमा जितेर नेपाल सिरिजमा नाम लेखाउन सफल

नेपालले आइतबार अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल सुपर ओभरमा जितेको छ । यससँगै नेपाल तीन खेलको सिरिजमा २–० ले अगाडि रह्यो र त्यसलाई आफ्नो नाममा लेखाउन सफल रह्यो । हारको संघारमा रहेर नेपाल यो खेलमा विजयी रहेको हो । अब सोमबार हुने अन्तिम खेल औपचारिक हुनेछ । डलासमा भएको खेलमा नेपालको जितका नायक सोमपाल कामी रहे । उनले सुपर ओभरमा दुई रन मात्र दिएर दुई विकेट लिए । उनले चार बलमा दुई विकेट लिए । अन्तिम दुई बलमा लगातार विकेट हात परेको थियो । त्यसमा सयन जहाँगीर र एरोन जोन्स चार बल मात्रै टिके । त्यसपछि सौरभ नेट्राभाल्करको बलमा नेपालका लागि कप्तान रोहित पौडेल र कुशल भुर्तेलले चार बलमा तीन रन बनाए । यसअघि जितका लागि १ सय ७१ रन पछ्याएको अमेरिकाले आठ विकेटमा १ सय ७० रन मात्र बनाउन सक्यो र यस्तोमा खेल टाई भएको थियो । जसदीप सिंह अन्तिम बलमा रनटआउट भएपछि अमेरिका विजयी रन बटुल्न असफल रह्यो । अमेरिकालाई आन्द्रेस गुसले सर्वाधिक ६२ रन बनाए । उनले ४३ बलमा तीन चौका र चार छकका प्रहार गरे । अमेरिकालाई अन्तिम ओभरमा जित्नलाई सात रन चाहिएको थियो । अझ अन्तिम बलमा दुई रन चाहिने स्थिति बनेको थियो, तर त्यसलाई हात पार्न सकेन । अमेरिकाका लागि ओपनर साइतेजा मुखमलले ४१ बलमा ४७ रन बनाए । उनले दुई चौका र तीन छक्का प्रहार गरे । नेपाली बलरमध्ये करण केसीले तीन र सोमपाल कामीले दुई विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । नेपालको इनिङ्स कुशल भुर्तेलमा टिकेको थियो र उनले नटआउट रहेर ५४ बलमा ९२ रन बनाए । त्यसमा सात चौका र छ छक्का सामेल थियो । नेपालको सुरुवात भने राम्रो रहेन र ११ रनको स्थितिमै ओपनर आसिफ सेखले विकेट गुमाए । उनले एक रन मात्र बनाए । अर्का ओपनर अनिल साहले भने २५ रनको योगदान गरे र त्यसमा दुई चौका र एक छक्का सामेल थियो । त्यसपछि गुल्सन झाले १२ बलमा १९ रन बनाए । उनको ब्याटबाट दुई चौका र एक छक्का निस्केको थियो । कप्तान रोहित पौडेलले भने १४ बलमा १८ रनको योगदान गरे । उनले दुई चौका प्रहार गरे । दीपेन्द्रसिंहले दुई रन मात्रै बनाए । अर्का नटआउट ब्याटर करण केसीले ६ रन बनाए । अमेरिकी बलरमध्ये नोसथुस केनजिगे र जसदीप सिंहले दुई/दुई विकेट लिए । नेपाल पहिलो ट्वान्टी-२० १७ रनले विजयी रहेको थियो ।

भारतसँग ८२ रनले पराजित भएसँगै नेपालको एसिया कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो । नेपालबाट ओपनर सीता रानामगरले १८ रन बनाइन् । विन्दु रावलले १७, रुविना क्षेत्रीले १५ र कप्तान इन्दु वर्माले १४ रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । राधा यादव र अरुनधती रेड्डीले समान दुई विकेट लिए । रेनुका सिंहले एक विकेट हात पारिन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको थियो ।  भारतकी ओपनर सिफालीले १ रन बनाइन् । आक्रामकरूपमा प्रस्तुत भएकी सिफालीले ४ बलमा १२ चौका र एक छक्का प्रहार गरिन् । सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । हेमालथले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७  रन प्रहार गरिन् ।  जेमिमाह रोड्रिगेजले २८ र सजिवन सजनाले १० रन जोडिन् । रिचा घोस ६ रनमा अविजित रहिन् ।नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । कविता जोशीको नाममा एक विकेट रह्यो । महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ ।समूह ‘ए’बाट भारत यसअघि नै दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । नेपाललाई भने सेमिफाइनल प्रवेशका लागि आज फराकिलो जितको आवश्यकता थियो । समूह एको तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको नेपालले तीन खेल खेल्दा दुई अंक जोड्यो । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । समूहबाट भारत भने विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतले यसअघि पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ७८ रनको जित निकालेको थियो 

महिला एसिया कप : दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

काठमाडौँ। एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।  श्रीलङ्काको डम्बुला स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दिएको १०९ रनको चुनौती पाकिस्तानले मात्र १ विकेट गुमाएर भेट्टाएको हो ।  पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतक पूरा गरिन् । उनले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७ रन जोडिन् । उसका लागि मुनिबा अलीले नटआउट ४६ रन जोडिन । नेपाली बलरसामू हाबी भएको पाकिस्तानले ११.५ ओभरमै एक विकेट गुमाएर ११० रन बनाएको हो । नेपालका लागि एक विकेट कविता जोशीले लिइन् । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३१ रन जोडिन। सीता रानामगर २६ र पूजा महतोले २५ रन जोडिन। कविता कुँवरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो ।  नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिदा फातिमा सानाले एक विकेट लिन सफल भइन् ।  समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि जित निकाल्दै दुई अंक जोडेको छ । एसिया कपको समूह ‘ए’को भारतले चार अंक जोडेको छ भने नेपाल र पाकिस्तानले समान दुईदुई अंक जोडेका छन् । समूह चरणको अन्तिम खेलमा अब नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने पाकिस्तानले यूएईको सामना गर्नेछ । समूह ‘ए’मा दुई खेल खेलेको यूएई अंकबिहीन छ ।  समूह ‘बी’मा रहेका श्रीलंका र थाइल्याण्डले समान दुईदुई अंक जोड्दा मलेसिया र बंगलादेश अंकबिहीन छन् ।

महिला एसिया कपमा नेपालको ऐतिहासिक जित

काठमाडौं । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङसँगै नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । पूजा महतो ७ रनमा नट आउट रहिन् । सीता रानामगर ७, कविता कुँवर २, इन्दु बर्मा ६ र रुविना क्षेत्री १० रनमा आउट भइन् । यूएईकी कविसा कुमारीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् । त्यसअघि श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यूएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् । कप्तान ईशा ओझा १०, रिनिथा रजिथा ६ थीर्थ सतिश ९ रनमा र समिरा धर्निधर्क १३ रनमा आउट भइन् । यूएई ७.२ ओभरमा ४६–४ को अवस्थामा पुगेको यूएईलाई पाँचौं विकेटका लागि खुसी शर्मा र काविशा कुमारीले ४१ बलमा ३२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । काविशा २६ बलमा २ चौकासहित २२ रनमा आउट भइन् । नेपालकी कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । स्पिनर कृतिका मरासिनीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । सबनम राइले ३ ओभरमा २७ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीको नाममा १ विकेट रह्यो । अब नेपालले दोस्रो खेल ६ साउनमा पाकिस्तान र ८ साउनमा भारतसँग खेल्नेछ ।

लोकप्रिय