सन् २०१८ मा सर्वाधिक कमाउने ‘टप फाइभ’ खेलाडी

सन् २०१८ मा सर्वाधिक कमाउने ‘टप फाइभ’ खेलाडी

काठमाडौं । सन् २०१८ को आज अन्तिम दिन । यो वर्ष समग्रमा ठिकै रह्यो । २०१८ मा थुप्रै एतिहासिक घटना भए । खेलकुदमा पनि धेरै स्मरणयोग्य घटना भए । यसैबीच, आज सन् २०१८ मा सर्वाधिक कमाई गर्ने खेलाडीको बारेमा जानकारी दिदैंछौ ।

फ्लोयड मेवेडर

विश्व खेलकुदमा सबैभन्दा बढी धन आर्जन हुने खेलमा पर्छ— बक्सिङ । यसकै उदाहरण हुन्, अमेरिकी बक्सर प्mलोयड मेवेडर । हेभिवेट बक्सर नभए पनि उनी उत्तिकै नाम र दाम कमाउने खेलाडी हुन् । फोब्र्सका अनुसार उनले सन् २०१८ मा २७ करोड ५० लाख डलर भन्दा बढी कमाए । त्यसमा व्यापारिक प्रायोजनबाट प्राप्त १० करोड डलर जोडिएको छैन । मेवेडर लगातार सर्वाधिक कमाउने खेलाडीको सूचीको शीर्ष स्थानमा छन् ।

लियोनल मेसी

विश्व फुटबलले हेर्न पाएका सबैभन्दा राम्रो खेलाडीमा पर्छन्, अर्जेन्टिनाका लियोनल मेसीले । उनले यो वर्ष पारिश्रमिकका रूपमा ८ करोड ४० लाख डलर बुझे । त्यस्तै उनले २ करोड ७० लाख डलर अनुबन्धबाट प्राप्त गरे । बार्सिलोनाका खेलाडीको रूपमा उनका लोकप्रियता बढी छ र उनी सर्वाधिक कमाउने खेलाडीको सूचीको दोस्रो स्थानमा छन् ।

क्रिस्टियानो रोनाल्डो

आधुनिक फुटबलमा लियोनल मेसीसँगै जोडिएर आउने नाम हो, क्रिस्टियानो रोनाल्डो । सन् २०१८ मा सर्वाधिक कमाउने खेलाडीको दोस्रो स्थानमा छन्, यी पोर्चुगाली खेलाडी । वर्षको आधा समय रियल म्याड्रिडका लागि खेलेका रोनाल्डो अहिले इटालीको युभेन्ट्ससँग आबद्ध छन् । उनले यो वर्ष ६ करोड १० लाख डलर पारिश्रमिक प्राप्त गरे भने अनुबन्धबाट ४ करोड ७० लाख डलर ।

कोनर म्याकग्रेगर

हाम्रा लागि कोनर म्याकग्रेगर धेरै सुनिने नाम होइन, तर उनी सन् २०१८ मा सर्वाधिक कमाउने खेलाडीको सूचीको चौथो स्थानमा छन् । आयरल्यान्डका म्याकग्रेगर खासमा मिक्ड मार्सल आर्टसका खेलाडी हुन् । उनी सहभागी हुने भिडन्त निकै वीभत्स हुन्छन् । उनका यस्तै खेलका प्रशंसक पनि उत्तिकै छन् । कोनरले यो वर्ष खेलेरै ८ करोड ५० लाख डलर कमाए । उनले व्यापारिक प्रायोजनबाट थप १ करोड ४० लाख डलर प्राप्त गरे ।

नेयमार

सर्वाधिक कमाउने खेलाडीको सूचीको पाँचौं स्थानमा छन्— नेयमार । ब्राजिलीयन फुटबल खेलाडी नेयमार आजभोलि फ्रान्सेली लिग वान टिम पेरिस सेन्ट जर्मेन ९पीएसजी० बाट खेल्छन् । उनले सन् २०१८ मा पारिश्रमिकबाट ७ करोड ३० लाख डलर प्राप्त गरे भने व्यापारिक अनुबन्धबाट १ करोड ७० लाख डलर । साप्ताहिकबाट साभार

चीनमा मार्क्सवादको नयाँ विकासमा निरन्तर बहस

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (CPC) केन्द्रीय समितिका महासचिव, चिनियाँ राष्ट्रपति, र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी जिनपिङले हालसालै नयाँ युगमा मार्क्सवादी सिद्धान्त अध्ययन र विकास गर्न कार्यक्रमबारे महत्त्वपूर्ण निर्देशन दिएका छन्। सीले मार्क्सवादी सिद्धान्तको अध्ययन र विकासलाई पार्टीको विचारधारात्मक र सैद्धान्तिक विकासको आधारभूत र रणनीतिक कार्यक्रमको रूपमा परिभाषित गरेका छन्। पछिल्लो २० वर्षमा, यस कार्यक्रममा संलग्नहरूले सधैं मुख्य कार्यहरूमा केन्द्रित रहँदै समग्र परिस्थितिलाई सेवा दिएका छन् र उच्च-गुणस्तरका अनुसन्धान परिणामहरू उत्पादन गरेका छन्। यस कार्यक्रमले पार्टीको नवीनतम सिद्धान्तहरूको अध्ययन, अनुसन्धान, र प्रचारमा महत्त्वपूर्ण भूमिका खेलेको छ र विचारधाराको क्षेत्रमा मार्क्सवादको मार्गदर्शक स्थानलाई सुदृढ बनाएको छ। सीले नयाँ युगको यात्रामा, आधारभूत सिद्धान्तहरूलाई कायम राख्दै नयाँ दिशाहरू खोल्न, चिनियाँ विशेषताहरू भएको समाजवादी विचारको अध्ययन, प्रचार र कार्यान्वयनमा ध्यान दिन, प्रणालीगत र सैद्धान्तिक अनुसन्धानलाई गहिरो बनाउन, र पार्टीको नवीनतम सिद्धान्तहरूलाई जनताबीच लोकप्रिय बनाउन थप प्रभावकारी बनाउन जोड दिए। उनले मार्क्सवादका आधारभूत सिद्धान्तहरूलाई चिनियाँ यथार्थ र परम्परागत संस्कृति संगसँगै एकीकृत गर्नुपर्ने कुरा पनि उल्लेख गरे। नभेम्बर २९ मा बेइजिङमा यस कार्यक्रमको कामसम्बन्धी बैठक सम्पन्न भयो। सीका महत्त्वपूर्ण निर्देशनहरू बैठकमा अध्ययन गरियो। बैठकमा स्थायी समितिका सदस्य र सचिवालयका सदस्य काइ चीले सम्बोधन गरे। काइले आफ्नो सम्बोधनमा सीका निर्देशनहरूले मार्क्सवादी सिद्धान्त अध्ययन र विकासका कार्यक्रमको स्थिति र भूमिकाबारे गहन व्याख्या गरेको र आधारभूत सिद्धान्तलाई कायम राख्दै नयाँ दिशाहरू खोल्नका लागि आवश्यकताहरू स्पष्ट पारेको बताए। उनले पार्टीको नवीन सिद्धान्तहरूलाई मार्गदर्शकको रूपमा राखेर चिनियाँ परम्परागत संस्कृतिको मूल्य र सामग्रीलाई अझ गहिरो रूपमा अन्वेषण गर्न जोड दिए। बैठकमा पार्टीको प्रचार र सांस्कृतिक कामका लागि केन्द्रीय नेतृत्व समूहका सदस्य, कार्यक्रमको जिम्मेवारीमा रहेका विभागका उच्च अधिकारीहरू, केन्द्रीय सञ्चारमाध्यमका प्रतिनिधिहरू, विज्ञ र विद्वानहरू, स्थानीय पार्टी समितिहरूका प्रचार विभागका प्रमुख अधिकारीहरू, र प्रमुख विश्वविद्यालयका अधिकारीहरूको सहभागिता थियो। यस्ता छन् सीले जोड दिन खोजेका महत्वपूर्ण पक्षः विविध संस्कृतिहरूलाई एकल एकरूप संस्कृतिले प्रतिस्थापन गर्नेभन्दा, चिनियाँ सभ्यताले विभिन्न संस्कृतिहरूलाई साझा संरचनामा एकीकृत गर्ने प्रयास गर्छ। हाम्रो सम्मानित ५,००० वर्ष पुरानो सभ्यताका गहिरो जगका आधारमा, चिनियाँ समाजवादलाई अग्रगामी र विकास गर्ने एक मात्र बाटो भनेको मार्क्सवादका आधारभूत सिद्धान्तहरूलाई चीनको विशेष यथार्थ र यसको परम्परागत उत्कृष्ट संस्कृतिसँग एकीकृत गर्नु हो (‘दुई एकीकरण’)। यो निष्कर्ष चिनियाँ समाजवादको हाम्रो व्यापक अन्वेषणबाट प्रणालीगत रूपमा निकालिएको हो। हामीले सधैं मार्क्सवादका आधारभूत सिद्धान्तहरूलाई चीनको विशेष यथार्थसँग एकीकृत गर्न जोड दियौं र अहिले आधिकारिक रूपमा यसलाई चिनियाँ परम्परागत उत्कृष्ट संस्कृतिसँग पनि एकीकृत गर्ने कुरा अघि सारेका छौं। जसरी मैले एकपटक भनेको थिएँ, ‘यदि ५,००० वर्ष पुरानो चिनियाँ सभ्यता नै नभएको भए, चिनियाँ विशेषताहरू कहाँबाट आउने थिए? ‘दुई एकीकरण’ कुनै असम्भाव्य प्रस्ताव होइन। आफ्ना विशिष्ट उत्पत्तिका बावजुद, मार्क्सवाद र परम्परागत चिनियाँ संस्कृतिमा असाधारण सुसंगति प्रकट हुन्छ। उदाहरणका लागि, सबैका लागि समान कल्याणको खोजी गर्ने र विश्वास र मित्रता देखाउने सामाजिक सिद्धान्तहरू साम्यवादी र समाजवादी आदर्श र विश्वाससँग सुमधुर रूपमा मेल खान्छन्; राज्यको आधारको रूपमा जनतालाई मान्ने र सद्गुणद्वारा शासन गर्ने शासकीय अवधारणाहरू जनताको प्राथमिकता राख्ने राजनीतिक सिद्धान्तसँग पूर्णतया मेल खान्छन्; र पुरानो कुरा त्यागेर नयाँको पक्षमा उभिने र निरन्तर आत्म-सुधार गर्ने अभ्यासहरू कम्युनिष्टहरूको क्रांतिकारी आत्माको साथ मेल खान्छ। मार्क्सवादले मानिसको सारलाई सामाजिक सम्बन्धहरूको दृष्टिकोणबाट हेर्छ भने, चिनियाँ संस्कृतिमा मानिसलाई परिवार, देश र संसारसँगको सम्बन्धबाट परिभाषित गरिन्छ। दुवै मानवीय अस्तित्वलाई पृथक अस्तित्वको रूपमा हेर्नु अस्वीकार गर्छन्। चिनियाँ समाजवादको बाटो आधारभूत रूपमा समाजवादी छ, जुन मार्क्सवादमा आधारित छ। चिनियाँ संस्कृतिमा रहेको आवश्यक समाजवादी तत्त्वहरूले चीनमा मार्क्सवादलाई अँगाल्नका लागि बौद्धिक आधार प्रदान गर्दछ। चिनियाँ समाजवादको बाटो निरन्तर फैलिरहेको छ, र यस बाटोमा हाम्रा दृढता अडिग रहेको छ।  

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुसँगै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। जसको प्रभावले यतिबेला (सोमबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। काठमाडौँ उपत्यकोको आकाश भने बिहानैदेखि बादलले ढाकेको छ। तर, पानी भने परेको छैन।  आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा  दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पनि कोसी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। कोसी र गण्डकी  प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एकदुई स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कस्तो होला मंगलबार र बुधबारको मौसम? २०८१ असोज १५ गते मंगलबार दिउँसोː कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। २०८१ असोज १६ गते बुधबार दिउँसोː कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी प्रदेशका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

चलचित्र लालसलामकी नायिकालाई सांस्कृतिक रुपान्तरण पुरस्कार

काठमाडौं । चलचित्र लालसलामकी नायिका प्रेमा अधिकारी गैरेलाई चलचित्र विकास बोर्डले सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१ प्रदान गर्ने भएको छ । बोर्डको सोमबार बसेको बैठकले चलचित्र मार्फत सामाजिक एवं सांस्कृतिक रुपान्तरणमा योगदान पु¥याए वाफत गैरेलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले बताउनु भयो ।  प्रवक्ता बुढाथोकीका अनुसार संविधान दिवसको अवसरमा आगामी असोज ४ गते एक समारोहबीच कलाकार गैरेलाई २५ हजार नगद र ताम्रपत्रसहित पुरस्कृत गरिनेछ । कलाकार गैरेले चलचित्र लालसलामा लगायत थुप्रै नाटक, ओपेरा र म्यूजिक भिडियोमा अभिनय गर्नु भएको छ ।  त्यस अवसरमा निर्देशक तुलसी घिमिरे, नीर शाह, हरिवंश आचार्य, ऋद्धिचरण श्रेष्ठ, देशभक्त खनाल, लोचन भट्टराई, रमेशरञ्जन झा, श्याम तमोट, माओत्से गुरुङ, विकास चौधरी र कविता आलेलाई पनि सांस्कृतिक रुपान्तरण पुरस्कार प्रदान गरिने प्रवक्त बुढाथोकीले बताउनु भयो ।

चलचित्र विकास बोर्ड अध्यक्षद्वारा पदभार ग्रहण

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी)ले पदभार ग्रहण गरेका छन्। सोमबार बोर्डको कार्यालय पुगेर डिसीले कार्यभार सम्हाल्नुभएको छ । सोमबार बिहान उनलाई बोर्डका सदस्य र कर्मचारीले फूलमालाले स्वागत गरेका थिए।  बोर्डको  हलमा आयोजित बधाई तथा शुभकामना अर्पण कार्यक्रममा नेपाल चलचित्र संघ, चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ लगायतका फिल्मसँग सम्बन्धित संस्थाका पदाधिकारीसहित अन्य फिल्मकर्मी समेत पुगेका थिए ।  पदभार ग्रहण गर्दै डिसीले आफू काम गर्न बोर्डमा आएको बताउनुभयो । उहाँले नेपाली फिल्म क्षेत्रको समस्या समाधानका लागि आफूले सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गत बिहीबार मन्त्रिपरिषदको बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। डिसी लामो समयदेखि फिल्म र सञ्चार क्षेत्रमा सक्रिय हुनुहुन्छ।

लोकप्रिय