सबै पाहुनाको गलामा सयपत्री फूलको माला

सबै पाहुनाको गलामा सयपत्री फूलको माला

पोखरा, कात्तिक १८ ।

कुनै पनि औपचारिक कार्यक्रममा अतिथिका लागि माला तथा खादा लगाउने प्रचलन सामान्य हो । तर, यहाँस्थित एक पर्यटकीय गाउँमा आयोजित कार्यक्रममा उपस्थित सबै पाहुनाको गलामा सयपत्री फूलको माला लागाएर समानताको व्यवहार देखाइएको छ ।

कास्की जिल्लाको मादी गाउँपालिकाको पर्यटकीय गाउँ ताङतिङमा शनिबार आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, गण्डकी प्रदेशको पहिलो अधिवेशन उद्घाटन कार्यक्रममा सबैलाई समानरूपमा माला लगाइएको हो । बाटोदेखि सभा हलसम्म मौलिक पोशाकमा सझिएका पङ्तिबद्ध स्थानीय फूल उत्पादन आमा समूहले आगन्तुक पाहुनालाई निधारमा टीका र गलामा सयपत्री फूलको मालाले स्वागत गरेपछि कार्यक्रमस्थल फूलैफूलको पर्व तिहारमय जस्तै देखिएको थियो ।

विभिन्न तीन वटा फूल उत्पादन आमा समूहका ६१ जनाले बारीमा उत्पादन गरेको फूल टिपेर आगन्तुक अतिथिको स्वागत र सम्मानका लागि माला तयार पारेका र एउटा मालाको रू ५० का दरले खरिद गरिएको उक्त गाउँकार्यपालिका वडाध्यक्ष कल्पना गुरुङले बताए ।

उनका अनुसार कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाका ५८ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको स्वागतका लागि स्थानीय फूल उत्पादन आमा समूहमा आवद्ध ६२ जनाले ८५० वटा सयपत्री फूलका माला तयार गरेका थिए । आमा समूहमध्ये क समूहले दुई सय ७०, ख समूहले दुई सय ५० र ग समूहले दुई सयवटा थप माला सभाहल सजाउनका लागि तयार गरेका र यसबाट उनीहरूले रु ५० हजार आम्दानी गरेको सदस्य गुरुङले बताए ।

व्यावसायिक फूलखेतीका लागि कुनै ब्याड बनाउन र महङ्गो बीउ किन्नु परेन, गाउँमा उमे्रको स्थानीय जातको फूलको हाँगा काटेर साउनमा बारीमा रोपेको डाँठमा मुजुरा पलाएर यतिखेर फूल फूलेको हो ।

फूल टिपेपछि हाँगा फेरि रोप्ने गरिएको उत्पादन समूह (ग) का कुलदेवी गुरुङले जानकारी दिए ।

सो फूल पाँच वर्षअघि मात्र गाउँ प्रवेश गरेको हो । तीन समूहले कूल १० रोपानी जमीनमा पहिलो पटक व्यावसायिक फूलखेती शुरु गरेका थिए । एउटा माला बनाउँदा लगभग ४५ वटा फूलका थुङ्गा प्रयोग गरिएको थियो । फूल उत्पादनको लागत न्यून रहेको र बजार पनि राम्रो भएका कारण उत्पादित फूल बिक्री हुँदैन कि भन्नुपर्दैन अहिले गाउँपालिकाभित्रका साथै पोखराबाटसमेत मालाको माग आएको उनले बताए ।

नकुहिने भएकाले वातावरणमा समेत असर नपर्ने आयातित खादा र रसायनयुक्त माला गाउँमा प्रवेश निषेध गरिनुका साथै गाउँपालिकाभित्र हुने सम्पूर्ण कार्यक्रममा स्थानीय उत्पादन जैविक माला नै प्रयोग गर्ने निर्णय भएको उक्त गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले बताए ।

गाउँपालिकाले व्यावसायिक फूलखेतीका लागि पहिलो पटक रु एक लाख बजेटसमेत विनियोजन गरेर ताङतिङ आमा समूहलाई प्रेरित गरेको बताउँदै उहाँले आगामी दिन फूल उत्पादनलाई सबै वडामा विस्तार गर्दै जाने योजना रहेको जानकारी दिनुभयो ।पोखरादेखि ताङतिङसम्म सिधैँ बस सञ्चालन हुने हुँदा सो क्षेत्रमा उत्पादित जैविक फूललगायत विभिन्न किसिमका तरकारी बजारसम्म पु¥याउन र स्थानीय बासिन्दालाई आवतजावतमा समेत सुविधा पुगेको छ । बजारबाट सो स्थानमा पुग्न बसमा लगभग दुई घण्टा लाग्दछ ।

अधिवेशनमा सहभागी बन्न ताङतिङ पुग्नुभएका कास्कीकै रुपमा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले स्थानीय आमा समूहले गरेको मेहतन र स्वागत अविस्मरणीय रहेको बताउनुभयोे । मञ्चमा बस्नेले खाँदा तथा माला लगाउने तर दर्शकदीर्घामा बस्ने टुलुटुलु हेर्ने हाम्रो पररम्परागत संस्कारको विरुद्ध सभाहलमा उपस्थित सबैका गलामा एउटै प्रकारको फूलको मालाले स्वागत गर्न पाउँदा समानताको अनुभूति हुनाका साथै नयाँ परिसिथतिको शुरुवात भएको अन्य सहभागीहरूले बताए । रासस

पार्टी फूट्ने हल्लाका पछाडि नलाग्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुट्ने हल्ला नियोजित रूपमा चलाइएको भन्दै त्यसका पछि नलाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समसामयिक राजनीति र पार्टीको अवस्थाबारे ब्रिफिङ गर्दै यस्तो हल्लाका पछि नलाग्न नेता कार्यकर्तालाई भनेका हुन् । ‘हाम्रो पार्टी फुट्दै छ भनेर हल्ला चलाइएको मैले पनि सुनिरहेको छु । यो हल्ला नियोजित रूपमा कसैले चलाएको हो । यसमा कुनै सत्यता नभएकाले यसका पछि नलाग्न आग्रह गर्न चाहन्छु’, अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै सो पार्टीको प्रचार विभागले भनेको छ ।  बैठकमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेताहरू डा बेदुराम भुसाल, प्रमेश हमाल लगायत छन् । यसैगरी बागमती प्रदेश इन्चार्ज गंगालाल तुलाधर र प्रदेश अध्यक्ष सरिता भुसाललगायत प्रदेश कमिटीका सदस्यहरू पनि सहभागी छन् ।

सभामुखले संसदको अधिवेशन बोलाउन लागेका हुन ?, बोलाए समिति सभापति र सचेतकको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको दफावार छलफलका लागि विधेयक रहेका समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकसँगको बैठक सुरु भएको छ । सभामुखको सचिवालयका अनुसार बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन् । त्यस्तै दफावार छलफलका लागि विधेयक रहेका समितिहरूमा राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समिति छन् । संसद्को‍ आगामी अधिवेशनमा बिजनेस अभाव हुन नदिन सभामुखले यो छलफल गर्न लागेको बताइएको  भएपनि आगामी अधिवेशन कहिले बोलाउने भन्ने बारे भने टुंग्गो छैन । अध्यादेश मार्फत साना पार्टी फुटाएर एमालेलाई पहिलो दल बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा सत्तारुढ दलकै नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाधक बनेपछि सभामुखले यस किसिमको बैठक बोलाएका हुन् । विपक्षी दलहहरुले सरकारले अध्यादेश मार्फत दलहर विभाजनको प्रस्ताव ल्याउन लागेका कारण विशेष अधिवेसनको माग गर्ने बारे छलफल चलाएका बेला सभामुखले सो बैठक बोलाएका हुन् ।

सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको टिप्पणी गर्दै आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको बताउनुभएको छ । पार्टीले कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारीका लागि आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । माओवादी केन्द्र कांग्रेस एमालेभन्दा भिन्न रहेको स्पष्ट गर्दै उहाँले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारवाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको बताउनुभयो । हिजो मात्रै बिपक्षी दलहरुको तर्फबाट बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएको बेला प्रधानमन्त्रीसँग भएको संवाद सुनाउँदै उहाँले भन्नुभयो– ‘मैले स्पष्टसँग भनेको थिएँ, तपाइँ र हामीमा फरक के भयो भने हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौं तर तपाइँहरुले कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङै देख्दा पनि बचाउनुभएको छ र आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देख्नुभयो भने खोजीखोजी हान्नुभएको छ ।’ सरकारले गर्नुपर्ने काम नगरेको तर गर्न नहुने काममा बढी ध्यान दिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकारको ‘हनिमुड पिरियड’लाई ध्यान दिंदै अहिलेसम्म सडकमा नआएको तर अब सरकारको सय दिन पुगेकाले सडक प्रदर्शनमा कार्यक्रम अघि सार्न थालेको बताउनुभयो । आफ्नो पार्टी नेतृत्वको सरकारले १८ महिनामा गरेका कामले जनतामा उत्साह थप्दै गएको बेलामा भ्रष्टाचारीलाई बचाउन नयाँ समीकरण बनेको जनताले राम्ररी बुझेको उल्लेख गर्दै उहाँले यसलाई थप स्पष्ट गर्दै अब सरकारका गलत कार्यको भण्डाफोर गर्दै लैजानुपर्ने बताउनुभयो । सरकारले एकपछि अर्को नाजाजय हर्कत गर्दै जाँदा जनतामा सरकारविरोधी भावना बढ्दै गएको उहाँले स्पष्ट गर्नुभयो । उद्योगहरुबाट बक्यौता महसुल उठाउन खोज्दा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र एउटा सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्ने, बाढीपहिरोपछि उद्धार, राहत र पुनर्स्थापनामा ध्यान नदिनेदेखि जग्गा दान प्रकरणसम्म आउँदा सरकार आफैले भ्रष्टाचारीको संरक्षकको रुपमा प्रस्तुत गर्दै गएको बताउनुभयो । अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित राजनीतिक उपलब्धिमाथि प्रहार हुन थालेकाले अब सडकबाट जनतालाई अपिल गर्न ढिलाई गर्न नहुने ठानेर नै पार्टीले जनप्रदर्शनको कार्यक्रम तय गरेको बताउनुभयो । ‘सरकार गठन गर्नेबेला नै दुई दलीय व्यवस्थाको वकालत गरिएको थियो, त्यो निरंकुश सोंच हो । अहिले पनि कतै न कतै गठबन्धनभित्र यसखालको सोंच हटेको छैन’– उहाँले भन्नुभयो– ‘यसलाई अघि बढाउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने षड्यन्त्र जारी नै छ, यी सबै षड्यन्त्रका विरुद्ध सशक्त खबरदारी जरुरी छ ।’  

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ ।  सरकारका गलत कदमको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराउनुभएको हो । उहाँले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशन पनि दिनुभएको छ। माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनस्र्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिबिधिलाई निष्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ । त्यस्तै सामाजिक न्यायका मुद्दाहरुप्रति सरकारको गम्भीर ध्यानार्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिको पक्षमा अभिमत प्रकट गर्न, नेपाल विद्युत प्राधिकरण लगायत सार्वजनिक संस्थाहरु, विश्वविद्यालयसहित शिक्षण संस्थाहरु र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न र बढ्दो बजारभाउ र कालाबजारी नियन्त्रणका लागि पहल गर्न खबरदारी सभा थालिएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले सहकारीपीडित, मिटरब्याज र लघुवित्तपीडितहरुको समस्या समाधानका लागि आवाज बुलन्द गर्न, मुलुकलाई दुई दलीय तानाशाही प्रणालीमा लैजाने उद्देश्यसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न, राष्ट्रिय हितको रक्षा र प्रवर्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिबिधिविरुद्ध खबरदारी गर्न थालेको जनाएको छ ।

लोकप्रिय