सहिदगेटकी आमा
हरिहर खनाल । पछाडितिर निलो नदी त्यसको निरन्तर गतिशील प्रवाहमा बगिरहेको थियो । वारिबाट पारितिर जाने र पारिबाट वारितिर आउने मानिसहरूले भरिएका स्वचालित यन्त्रजडित मध्यमखाले डुङ्गाहरू नदीमा ओहोरदोहोर गरिरहेका थिए । बिहान सबेरैदेखि बेलुकी साँझसम्म नदी किनारमा स्नान गर्ने, लुगा धुने र दृश्यावलोकन गर्ने बहानामा टहलिँदै हिँड्ने मानिसहरूको उपस्थितिले त्यस वरपरको वातावरणमा जीवन्ततालाई प्रदर्शन गरिरहेको थियो ।
निकै परतिर नदीको बीच भागतिर माछा समात्न तल्लीन मछुवारहरू तिनीहरूका ससाना डुङ्गाबाट जाल हानिरहेका देखिन्थे । त्यसरी नै अझ परतिर जलविहारमा रमाइरहेका पर्यटकहरूलाई बोकेर ससाना छत्तर भएका रङ्गीचङ्गी डुङ्गाहरूपानीको सतहमा सुलुत्त बग्दै बिस्तारै तैरिइरहेका देखिन्थे । नदीपारिको हरियो जङ्गल सघन रूपमा आँखाको विस्तारित दृष्टिभित्र नअटाउने आयतनमा फैलिएको देखिन्थ्यो ।
वारि, नदीको सतहभन्दा पाँच मिटरजति पूर्व, उत्तर र दक्षिणतिर फैलिएको कतै काँसघारी र कतै सिसौका ससाना बोटहरूले ढाकिएको विशाल मैदान र त्यसको पूर्वी किनारबाट उत्तर–दक्षिण दौडिएको प्रशस्त फराकिलो कालोपत्रे सडकको सतहमा दौडिइरहेका सार्वजनिक सवारी साधनहरू केही समयको अन्तरालमा लगातार आउने जाने क्रम चलिरहेको थियो । फुटपाथमा मानिसहरू ओहोरदोहोर गरिरहेका थिए । केही मानिसहरू साइकलमा समेत कुदिरहेको देख्न सकिन्थ्यो ।
मूल सडकको पश्चिम किनारमा फुटपाथसँगै ढुङ्गाको पर्खालले घेरिएको, पर्खालको माथिल्लो खण्डमा तारबार लगाइएको करिब डेढ हेक्टर क्षेत्रफलको एउटा सानो भूभाग थियो जसको बिचोबिचमा षट्कोण आकारमा जमिन सतहबाट एक मिटरजतिको उचाइमा सिङ्गमर्मर बिछ्याइएको लगभग १५ स्वायर मिटरको चौकोजस्तो एउटा उच्च भाग थियो जसको मध्यभागमा झण्डै ६ फिट अग्लो चारपाटे स्तम्भ थियो र त्यसका चारै पाटामा अनगिन्ती मानिसका नाम लेखिएका ग्रेनाइटका लाम्चो आकारका स्लेटहरू टाँसिएका थिए ।
उच्चस्थल तल जमिन सतहमा चारैतिर दुई मिटरजतिको भूभागमा मसिनले मिलाएर काटेका चिटिक्कका ससाना चारपाटे ढुङ्गाका छपनीहरू बिछ्याइएका थिए र त्यस समतलको सतहबाट पूर्व पश्चिम, उत्तर दक्षिण चारैतिर दुई फिट चौडाइका, त्यस्तै ढुङ्गा छापिएका ससाना सफा बाटा कम्पाउन्डको किनारसम्म पुगेर जमिनको त्यस क्षेत्रफललाई घेरेर लगाइएको पर्खाल नजिकैबाट त्यति नै चौडाइ भएको, पर्खालसँगै चारैतिर घुमेको ग्य्राभल बाटामा मिसिएका थिए ।
पार्कको बिच भागबाट बाहिर मूल सडकसँगै जोडिएको सहिदगेटमा निस्कने बाटो उत्तर, दक्षिण र पश्चिमतिर गएका फुटपाथभन्दा तुलनात्मक रूपमा केही फराकिलो थियो । बाहिर मूलगेटमा पुग्नैलाग्दा देब्रेतिर सानो एउटा प्रतीक्षालय देख्न सकिन्थ्यो । सहिदपार्क नामले सुपरिचित त्यस ठाउँमा बिहान बेलुकाका समयमा त्यस वरपरका बालबालिका, युवायुवती, वृद्धवृद्धासहित सबै उमेर समूहका मानिसहरूको पातलो उपस्थिति देख्न सकिन्थ्यो । खुट्टा तन्काउनका लागि त्यस ठाउँमा पुग्ने जो कोही पनि तिनै ससाना फुटपाथको बाटो बाहिरको घेरामा दुईचार फेरो लगाएर बाहिरिन्थे । फुटपाथ वरपरका खाली ठाउँँमा कतै कतै फाट्टफुट्ट रूपमा थरिथरिका पूmलका बोटबिरुवा पनि देखिन्थे, तर बिना गोडमेल र हेरचाहका ती बिरुवा कुपोषणले थलिएका बालकालिकाजस्तै शुष्क र निरस देखिन्थे ।
बिहान बेलुकी त्यसरी त्यहाँ घुम्न जाने मानिसहरूका बीचमा झन्डै ५५ वर्षकी एउटी महिला पनि देखिन्थिन् । अरू आगन्तुकहरूको कुनै नियमितता थिएन । मन लागे जाने, नलागे नजाने गर्थे कतिपय मानिसहरू तर ती महिलाको कुरा भने अलिकति फरक थियो । बाह्रैमास नित्य निरन्तर, हरेक साँझबिहान तिनी त्यहाँ पुग्थिन् र माटाको दियोमा तेल थप्थिन्, सलाई कोरेर बत्ती बाल्थिन्, वेदना र पीडाले थिलोथिलो भएको मुटु अँठ्याउँदै उठ्थिन् र सहिदस्तम्भको सिरानमा कँुदिएको उनको छोराको नाम लेखिएका अक्षरतिर हेरेर एकछिन टोलाउँथिन् । साउनमासको पानी पर्न थालेको आकाशजस्तो बोझिलो अनुहार बनाएर पछाडि फर्किन्थिन् अनि विस्तारै सिँढी ओर्लेर तल झर्थिन् र बाहिरको मूलगेटतिर लाग्थिन् ।
शरदऋतुको एक साँझ, एकजना २३÷२४ को युवक सहिदगेटमा पुगेपछि फुटपाथबाट देब्रेतिर मोडिएर सरासर पार्कभित्र पस्यो । दाहिनेतिर ससानो एउटा प्रतीक्षालय थियो । त्यस विश्रामस्थलमा ती महिला आफ्नै तन्मयतामा हराएर त्यहाँ एक्लै बसिरहेकी थिइन् । उसले तिनीतिर एक झलक हे¥यो र सरासर अगाडि बढ्यो । ऊ लमक लमक गर्दै पार्कको बिच भागसम्म पुग्यो र छपनी बिछ्याइएको सानो बाटो हुँदै अगाडि बढ्यो । सामान्यभन्दा अलिकति छिटो पाइला चाल्दै उसले त्यस पार्कको चारपाँच फेरो लगायो ।
अघिसम्म पारि डाँडाको चुचुरोमा भएको सूर्य पहाडबाट कोल्टे परेर पछाडितिर लुक्न लागिसकेको थियो र यतापट्टिको भागमा डाँडाको छाया खसिसकेको थियो ।
पार्क वरपर आधा घण्टाजति जगिङ गर्दै दौडेपछि अलिकति थाकेजस्तो भएको ऊ बाहिरतिर निस्कँदै गर्दा प्रतीक्षालय जस्तो त्यस विश्रामस्थलनेर पुगेपछि त्यसका गोडा त्यसै रोकिए । उसले देख्यो, प्रतीक्षालयमा बसिरहेकी ती महिला त्यति बेलासम्म पनि त्यहीँ नै थिइन् । दुःख, दर्द र अनन्त वेदनाको पहाडले थिचिए जस्तो लाग्ने तिनको अनुहार निकै क्लान्त देखिन्थ्यो । तिनको काँधमा एउटा पुरानु भइसकेको रातो रङको नेपाली घरेलु तानमा बुनेको झोला झुन्डिइरहेको थियो । ऊ भित्र पस्ता जुन ठाउँमा जसरी बसिरहेकी थिइन् तिनी त्यति बेलासम्म पनि त्यही ठाउँमा त्यसरी नै बसिरहेको देखेपछि त्यसका मनमा ती महिलाबारे अनेक जिज्ञासा उत्पन्न भए । नजिकै पुगेपछि त्यस युवकलाई त्यत्तिकै कुरा नगरिकन, एक शब्द पनि नबोलिकन बाहिर जान मन लागेन । त्यसपछि ऊ प्रतीक्षालयका खुट्किला चढेर माथि उक्ल्यो र दक्षिणतिरको छेउको आसनमा बस्यो । तिनी मानाै उसको आगमनले समेत कुनै प्रकारको असर नगरेसरि पूर्ववत् चुपचाप निःशब्द कुनै विचारमा डुबेर बसिरहेकी जस्ती देखिन्थिन् । युवकका मनमा तिनका विषयमा जान्ने अलिकति जिज्ञासा पलाएर आयो । उसले देख्यो, यति बेला उनी काँधको झोलालाई काखमा च्यापेर बसिरहेकी थिइन् । मानिसहरू पार्कतिर आउने क्रम लगभग रोकिएको थियो । ती सबै कुरामा उनको कुनै ध्यान थिएन । असहायजस्तै लाग्ने ती वृद्धाको अवस्था देखेर उसको मन कुँडियो । उसका मनमा विविध प्रकारका अनगिन्ती प्रश्नहरू उठे ।
“साँझ परिसक्यो, यति बेलासम्म किन एक्लै यहाँ बसिरहनुभएको आमा ?” उनीतिर हेर्दै उसले सोध्यो । सुरुमा उनले कुनै जवाफ फर्काइनन् । आँखा अलिकति उठाएर ऊतिर केवल हेरिन् मात्र ।
“बिरामी हुनुहुन्छ आमा ?” पहिलो प्रश्नको उत्तर नपाएपछि उसले पुनः सोध्यो । उसको दोहोरिएको प्रश्नले थोरै मात्रामा उनको ध्यान ऊतिर खिचिए जस्तो महसुस गर्यो उसले । त्यसपछि उनले सुस्तरी यसो भनेको सुन्यो ।
“सन्चै छु बाबु, काल आएन, यसै मर्न सकिनँ । बाँच्ने चाल पनि छैन । अरू खै के भनूँ बाबु ?” तिनको कपाल खजमजिएको थियो र अनुहार निकै मलिन देखिन्थ्यो । ऊतिर हेर्दाहेर्दै तिनका आँखा रसाए । उनले लुगाका फेरले आँसु पुछिन् ।
“नरुनुस् आमा, रोएर दुःख जाँदैन ।” उसले भन्यो । तिनी निकै बेरसम्म गम्भीर मुद्रामा बसेको देखेर युवकका मनमा अनेक प्रकारका तर्कना चल्न थाले । तर धेरै कुरा गरेर उनको मन दुखाउन चाहेन उसले ।
“आमा, साँझ पर्न थाल्यो, हिँड्नोस्, म तपाईँलाई तपाईँको घरसम्म पुर्याइदिन्छु ।” युवकले उनको अनुहारतिर हेरेर यसो भन्यो ।
तर उनले त्यसको कुनै प्रतिक्रिया दिइनन् । बरू तिनले मलिन स्वरमा भनिन्,– “बाबु, तिमी को हौ ? तिमी जो भए पनि मैले तिम्रो अनुहारमा मेरो छोराको मुहार प्रतिविम्बित भएको देखेँ बाबु !”
उनको भनाइ सुनेर युवकको मन एकदम स्तव्ध भयो । “तपार्इँका छोरा कहाँ हुनुहुन्छ र आमा ?” त्यसले विनम्र स्वरमा भन्यो ।
“छैन बाबु त्यो । दैवले चुँडेर लग्यो उसलाई ।” उनले यति भनेपछि उसको पूरै जिउ बिलकुलै शीताङ्ग भयो ।
“कहिले ? कसरी आमा ?” अलिकति विह्वल स्वरमा उसले सोध्यो ।
“भयो बाबु, पाँच वर्षजति । हराम न बिराम, राजाका सेनाले त्यसको प्राण हरे । देश युद्धमा फसेको समयमा तिनीहरूले मेरो मुटुको टुक्रा चुँडेर लगे बाबु । युद्ध सकियो, त्यसपछि नेताहरूले यहाँ ल्याएर थन्क्याए उसलाई ।” तिनको कुरा सुनेर युवक एकदम स्तब्ध भयो । तिनले फेरि थपिन्, “मर्ने चोला हो । एकचोटि सबै मर्नुपर्छ । तर तिनीहरूले मेरो छोरालाई अकालमै मारे । मेरो छोरालाई मारेर के पाए तिनीहरूले ? मेरो छोराजस्ता हजारौँ युवा युवतीलाई मारेर के उपलव्धि हासिल ग¥यो सरकारले ? मेरो छोराको बलिदानले के पायो देशले ? मेरा खसमको समर्पणले कहाँ के भयो दुनियाँदारका लागि ?” यस्तो लाग्थ्यो, तिनको हृदयको अतल गहिराइबाट प्रश्नहरूको मूल फुटिरहेको छ, तर ती सबै प्रश्नहरू अनुत्तरित छन् । युवक त्यो सबै सुनेर स्तव्ध भयो । के गर्ने होला भन्ने कुनै उपाय सुझेन त्यसलाई । त्यसको अनुहार झन् गम्भीर देखियो ।
“बुबा पनि हुनुहुन्न ?” युवकको प्रश्न सुनेपछि तिनले अलिकति धैर्यधारण गरेर भनिन्, “हो बाबु, मेरा खसम पनि उही बाटो लाग्नुभयो । जनताको सेवा गर्छु, जनताकै लागि मर्छु भन्नुहुन्थ्यो, त्यस्तै हुनगयो ।”
“कसरी त्यस्तो हुन गयो आमा ?” किंकर्तव्यविमूढ त्यस युवकले ती वृद्धाको अनुहारतिर हेरेर भन्यो ।
“छोराको बीभत्स हत्या ग¥यो सेनाले । उसको अवसानपछि हामी दुबै निकै लामो समयसम्म एकदम असहायजस्ता, एक प्रकारले भन्दा विक्षिप्त नै भयौँ । धेरै मानिसहरूले हामीलाई आतङ्ककारी करार गरे र हामीसित बोल्न समेत छोडे । पार्टीका एकाध मानिसहरू कहिलेकाहीँ लुकिछिपी हामीकहाँ आउँथे र हामी छौँ, नरुनुस् भन्थे । तर त्यो त केवल सान्त्वना दिने प्रयत्न मात्र रहेछ । हाम्रो छोराको ठाउँ लिन त कसैले पनि सक्ने थिएन । सक्ने कुरा पनि भएन ।” तिनी एकछिन रोकिइन् र सोचमग्न भइन् । त्यसपछि पुनः उनले भनिन्, “धेरै धैर्यवान र स्वाभिमानी हुनुहुन्थ्यो मेरा खसम । भन्नुहुन्थ्यो– ‘पीर नगर । के गर्ने त ? यस्तै हो हाम्रो जीवन । हाम्रो छोराको रगत देश र शोषित पीडित जनताको मुक्तिको खातिर बगेको हो । त्यो त्यसै खेर जाने छैन । एक दिन मुक्तिको बिहानी पनि देख्न पाउने छौँ हामीले । उसको बलिदानले तिम्रो कोख महान् हुन पुग्यो । तिमी देश र जनताका लागि आफ्नो प्राण आहुति दिने महान् वीरकी जननी हौ । तिमी महान् छौ ।’ छोरालाई सम्झेर कहिलेकाहीँ म आपूmलाई समाल्नै नसकेर बेसरी रुन्थेँ । त्यति बेला मलाई सम्झाउँदै उहाँ यसो भन्नुहुन्थ्यो मलाई । उहाँका कुरा सुनेपछि म बिस्तारै चित्त बुझाउँथेँ र आफैलाई समाल्थेँ । तर दैवको लीला बुझिनसक्नु रहेछ बाबु । एक दिन उहाँ पनि जानुभयो मलाई यो दुःखैदःुखले भरिएको संसारमा एक्लै छाडेर ।” उनी यति भनेर रोकिइन् । युवक एकछिनसम्म केही बोल्न सकेन । झमक्क साँझ परिसकेको थियो । वृद्धा उठिन् र झोला काँधमा भिरिन् ।
“आमा, झोला म बोकिदिन्छु, दिनुस् मलाई ।” युवकले आदरपूर्वक भन्यो ।
“भयो बाबु, पर्दैन । तिम्रो सदाशयताका लागि धन्यवाद । यो मेरा खसमको नासो हो । म आफैँ बोक्छु ।” सिँढीबाट तल झर्दै उनले भनिन् ।
“कस्तो नासो आमा ?” जिज्ञासावश उसले सोध्यो ।
“यसमा उहाँका अप्रकाशित कृतिहरू छन् ।” उनले छोटो उत्तर दिइन् ।
“के तपाइँका श्रीमान् लेखक हुनुहुन्थ्यो ?” युवकले अलिकति सहज हुने प्रयत्न गर्दै सोध्यो ।
“हो बाबु । उहाँले लेखेका केही कृतिहरू प्रकाशित भइसकेका छन्, तर अप्रकाशित कृतिहरू पनि सबै कति छन् त्यो मलाई राम्ररी थाहा छैन । उहाँ बितेपछि खोजी गर्दा मैले जे जति पाण्डुलिपि भेटेँ, ती यिनै हुन् । तिनलाई मैले यहीँ राखेकी छु ।
“अनि ती कृतिहरू प्रकाशित गर्न कसैले चाख देखाएनन् ?” युवकले जिज्ञासा राख्यो ।
“इच्छा भएको भए सक्ता हुनन् बाबु । उतिबेला पार्टीका तर्फबाट श्रद्धाञ्जली दिनका लागि उहाँको पार्थिव शरीर पार्टी कार्यालयको प्राङ्गणमा राखेर त्यसमाथि पार्टीको झण्डा ओढाएर फूलमाला र अबिरले पुरेपछि मलिन तर गम्भीर स्वरमा नेताहरूले गरेका भाषण मेरा कानमा अझै पनि गुन्जिरहेका छन् । उहाँको बलिदानको प्रशंसामा भाषण गर्दै उनीहरूले भनेका थिए, “हामी उहाँको बलिदानलाई यसै खेर जान दिने छैनौं । उहाँका अप्रकाशित सबै कृतिहरू प्रकाशित गरेर जनजनका दैलामा पुर्याउने व्यवस्था मिलाउने छौँ ।” पार्टीका सबै ठुला नेताहरूले यसै भनेर कसम खाएका थिए । त्यसपछि पनि पूर्वबाट घाम उदाउने र पश्चिमको आकाशमुनि लुकेर अस्ताउने काम निरन्तर भइरह्यो । त्यस बाहेक अरू केही भएन बाबु । आम जनताको दुःख हिजो जेजस्तो थियो आज पनि उस्तै छ । नेताहरू एक आपसमा आरोप प्रत्यारोप लगाएर आपूmमात्र सही छु भन्ने देखाउन तल्लीनतापूर्वक लागिरहेका छन् । त्यस बाहेक केही हुन सकेन बाबु ।” यति भनेर वृद्धा चुप लागिन् ।
“अनि यो झोला सँगै बोकेर किन हिँड्नुहुन्छ आमा ?” छुट्टिने बेलामा युवकले थप एउटा जिज्ञासा राख्यो ।
“उहाँका कृतिका पाण्डुलिपि बोकेर हिँड्दा म सधैँ उहाँ सँगसँँगै हिँडिरहेको आभास हुन्छ बाबु मलाई । सुरुसुरुमा असजिलो लागे पनि अब त बानी प¥यो मलाई । यो झोला मेरो साथीजस्तै भएको छ यति बेला ।” उनले यसो भनेर उत्तर दिइन् ।
मूल सडकको पेटीबाट हिँडिरहेका ती दुई जना निकै पर पुगेपछि महिला उत्तरतिर लागिन्, युवक भने पूर्वको बाटो समातेर लगातार अघि बढ्दै गयो । त्यति बेलासम्म सडक किनारका सोलार बत्तीबाट निस्केको प्रकाशले अँध्यारोको कालो पर्दा चिर्दै यत्रतत्र सर्वत्र उज्यालो प्रकाश बर्साइरहेको थियो । (स्रोतः कथालय–अङ्क १–साउन–असोज, २०७४)
कथाः भूतलाई हेर्ने आँखा
दिपक तिमल्सिना तपाईंहरूको बाल्यकालमा आत्मा, भूतप्रेत, तर्साउने आत्मा भन्ने विषयमा विभिन्न कथाहरू सुन्नुभएको होला । मृत्युपछिको यात्रा प्रायः नर्क र स्वर्गमा पुग्ने कल्पना गरिन्छ। जसले मृत्यु देख्यो, त्यो फर्केर धर्तीमा आउदैन यो ध्रुवसत्य कुरा हो। वास्तवमा आज तपाईहरू माझ यस्ता केही तथ्यपरक एवम् विश्लेषणात्मक रूपका कथा प्रस्तुत गर्ने छु। एकदिनको कुरा हो, करिब रातको सात बजेतिर म घरबाट टिभि हेर्न भनी गाउँको घरमा लागे। घरमा पुग्न करिब ३० मिनेट लाग्थो। बाटो पूरा गोरेटो अनि अप्ठ्यारो थियो। बुढापाकाका अनुसार करिब ७८ वर्ष पहिले त्यहाँ एक जनाको भिरमा खर काट्ने क्रममा खसेर मृत्यु भएको रहेछ। म विस्तारै ओरालो लाग्दै गए, कत्तैबटा खस्राक खुस्रूक आवाज आयो। मेरो मन अत्तालियो। भूतप्रेत हाम्रो खेवाली पुलाउ हो भनी हिम्मतका साथ अझ अगाडि बढें। फेरि सोचे आज साँच्चै भूतको अनुहार हेर्ने हो। मसँग हिन्दु धर्मकर्म अनुसारको जन्यौ छदै छ भनी टर्च निभाएँ। टर्च निभ्नासाथ एउटा जुनकीरीलाई देखे । त्यसाई छुन खोजे तर एक्कासी हरायो। अलि परतिर जुनकीरीहरूको जत्था थियो। एकछिन चुप लोर बसें सबै हरायो। मेरो मन अच्चानक बहक्किन थाल्यो। त्यसपछि टर्च लाइट तलतिर बालेर दायाँतिर अनुहार मोडें, त्यहाँ सेतो बोरा जस्तो केही चिज थियो । बिस्तारै टर्च लगें, त्यही ठाउमा नै । मान्छे मरेको कथा मेरो मनमा झलझलि आइनैरहेको छ। एक्कासि हेरेको त त्यहाँ त रूख मात्र छ। म अत्ताल्लिए छिटोछिटो पाइला चालेंं । हतार हतार अघि बढे मुटुको धड्कन बढिरहेको थियो तर पनि अब कहिले पुग्ने हो गन्तव्य भनी सोचिरहें। त्यहा माथि लामाहरूको झाँक्री मन्त्र लगाउछन् भन्ने सुनेको थिएँ । कसैलाई राति देख्यो भने बनझाँक्रीले लग्छन भनी बच्चादेखि नै हामिलाई तर्साइएको थियो। मेरो होस हवास गुम्यो । पहिलोपटक आउदा त बुबा सँगै हुनुहुन्थो र डर पनि लागेको थिएन। आज अचानक यो सब चिज हुँदा अब भोलिदेखि यहाँबाट नआउने प्रण लिएँ। मससँग भएको ॐ नमः सिवाय मन्त्र फुक्दै अघि बढे। यसरी भोलिपल्ट घरमा सबै कुरा सुनाएपछि आमाले भन्नुभयो कि खुर्सानीको एक दाना गोजीमा राख्नुपर्छ वा अगुल्टो बोकेर डिड्नुपर्छ तब मात्र तर्साउदैन। म जहिल्यै एक खुर्सानीको खिल्ली बाकेर जान थालेपछि केही भएन। मलाई म निकै शक्तिशाली भएको अनुभव हुन थाल्यो। म त्यतिखेर कक्षा ७ मा पढ्थे । मैले एक एक घटना आफ्ना साथीहरूलाई सुनाउन थालें । त्यसै क्रममा एक साथीले भन्यो त्यसो भए हजार हजारको बाजी ल त रातको १२ बजे आर्यघाट पुगेर आइजो अनि तलाई म मान्छु । मलाई लाग्यो आज बाजी जितिने भो, एकदमै उत्साहित भएर फोनमा मम्मीलाई आज म घर आउदिन साथीकोमा बस्छु भनें। त्यसपछि रातको ११ः३० बजे आर्यघाट पुगें, त्यहा धेरै मलामीहरू रहेछन्। एउटी आमाको लाश जलाएर अन्तिम चरणको हड्डीहरू ठोस्दै थिए। यसरी म सर्त अनुसार त्यहा पुगेर करिब आधा घण्टापछि फर्किए। म खुसी हुँदै आउदै थिए घर नजिक फर्किएर आइपुग्नै लाग्दा गोजी छामे खुर्सानी नै छैन रैछ। त्यसपछि म हतार हतार साथीको कोठामा गई हेर्छु त मेरो पाइन्ट साथीले नै लगाईरहेको रहेछ। उसलाई उठाएर उसको गोजीको खुुर्सानी निकाल्दै भनें– यार तैले यो के गरेको ? उसले भन्यो– ‘तैले नै मेरो पाइन्ट पहिले लगाएको होस्।’ ‘पुगेर आइस’– उसले सोध्यो । ‘अँ आए’– जवाफ फर्काएँ । उसले नरम स्वरमा भन्यो त्यो मेरो गोजीको चोर गोजीमा छ हजारको नोट निकालेर लैजा । म विस्तारै उसको नजिक गई सुते। अनि सोच्न थालें ओहो ! यो सब कसरी सम्भव भयो। असरी समस्या समाधान गर्ने त खुर्सानी थिएन, मेरो हिम्मत र आत्मविश्वास नै थियो । यो भूत प्रेत, आत्मा, धामी झाक्री त सबै भ्रम न रहेछन, जुन हाम्रो समाजले हाम्रो अवचेतन मनमा बाल्यकालदेखि नै विभिन्नका कथाका माध्यमले हालेका रहेछन्। आत्मविश्वास, हिम्मत र साहसले मानिसको डरलाई पनि मेटाउने रहेछ। यो सब त भ्रम पो रहेछ, मेरो मनको डर। अहिले मेरो भूतलाई हेर्ने आखा यसरी फेरिएको छ।
त्यसपछि उनी कहिले फर्किनन् !
शान्ति पनेरु मौसम धमिलो । चारैतिर सन्नाटा थियो । शिशिर ऋतुको आगमन मनमा बेचैन तर जीवन प्रतिको उज्जल सपनाको अदृष्य आकृति एक साथ मस्तिष्कमा कैद थियो । हाम्रो यात्रा अटुट माया दृढ बिश्वास अनि दृढ सङकल्प यात्रा अबिचलित थियो । अचम्म छ, नियम भनौ या कर्तव्यनिष्ट जिम्मेवारी बोध हाम्रो दैनिकी जस्तै भयो । कतै उद्देश्य नभेटिएर अलमलिएको यात्री जस्तै थियौं हामी । भुगोलको अनज्ञिता, विकेन्द्रित कार्ययोजना हाम्रा लागि फलामकै चिउरा सरह थियो । तर मित्रतामा आत्मियभाव हामीमा अझै प्रगाढ थियो । हामीलाई दिएको जिम्मेवारी जति सुकै चुनौती मोलेर भए पनि पुरा गर्नुपर्छ भन्ने कुरामा अडिग थियौं हामी । नेतृत्वले गर्ने बिश्वासलाई कहिल्यै पनि कमि हुन दिएनौं । समयले पनि कहिलेकाँही जिन्दगीकै ठूलो परीक्षामा अनायसै सामेल गराईदिन्छ । तेस्तै थियो र भयो हामीमा पनि । एक अथक यात्री, कलिलो मस्तिष्क, कडा जिन्दगीका अग्नि परिक्षाहरु । सायद, पास भईन्छ या फेल । जीवनका भोगाईले बारबार परीक्षा दिईरह्यो । उ बारबार भन्थी, ‘हामी महासमरका यात्री हौं । बीचमा को कहाँ छुटिन्छौं, कसैलाई पत्तो छैन ।’ लाग्थ्यो, जीवनका हाम्रा सपना, साझा जिम्मेवारी फरक उद्देश्य अबिचलित तर यात्रा सँगै, पार्टीकै योजनामा थियौं । मिठा अनुभुतिका स्मृति, शुभचिन्तकहरुको जो देशको मायामा आफ्ना हरेक ब्यक्तिगत ईच्छालाई तिलान्जली दिएका हुन्छन् । उनिहरुका अनुभव, अतीत र वर्तमान हाम्रा लागि एक पाठशाला जस्तै थिए । हामी सुनिरह्यौं । उनिहरुका भोगाई । म बिचैमा जिज्ञासु बन्दै बोल्न पुगें । ‘सजिना, हाम्रा गन्तव्य सोझ्याउनु पर्ने होईन र ? मेरा अनुत्तरित प्रश्न निर्भिकताका साथ प्रस्तुति हुने उसको स्वभाव प्रति म सधैं नतमस्तक थिएँ । समय आफ्नै रफ्तारमा दौडदै थियो । हामी कसैको पर्खाईमा बेलुकीको मिरमिर साँझ हाम्रा धैर्यतालाई छिचोल्दै थियौं । त्यही बखत् कोही परिचित आवाज ठोकिदै आउछ र सम्मानमा बदलिदै जान्छ । ‘साथीहरु हामी एउटा महत्वपुर्ण मिसनमा सहभागी बन्दै छौं ।’ सेन्सिटिभ ईलाका हाम्रो लागि कम चुनौतिपूर्ण थिएन । सामान्य छलफल पछि हामी अर्को पोईन्ट जानु थियो । हाम्रो अन्तिम बिन्दु त्यही ठाउँ भेट्ने गरि छुटियौं । काम र कर्तव्य प्रतिको उत्सुकतामा रमाउदै हामी त्यतै हानियौं । बाटामा अनगिन्ति तिता मिठा कुरा गर्दागर्दै उसका भावना पोखिएको पत्तै पाईन उसले । जिन्दगीले परीक्षा पनि कस्तो कस्तो लिन्छ । अनायसै मेरो मन चिप्लियो । भन्न म ताकेता गर्दै थिए । हामी वर्गीय लडाईमा छौं । उ भन्दै गई ‘मृत्युलाई पचाउदै महासागरमा हेलिएका छौं । जीवन कहाँ कति खेर के हुन्छ, कसलाई के थाहा ?’ अनकन्टार जङ्गलको बाटो छिचोल्दै गन्तव्य छोट्याउँदै थियौं । फेरि उ बोली ‘मैले उसको जिम्मेवारी पनि पुरा गर्नु छ अनु ।’ म जिज्ञासु भावमा सोधें । उ लजिलो भाबमा बोली ‘सेबक, म उसलाई धेरै माया गर्थे र उ पनि मलाई । तर अचम्मको उसको प्रम स्नेह कसरी सम्झनु जस्को जीवित वा मृत कुन अबस्थामा छ सुईको सम्म छैन, तर उसकै लागि हर रात दिन स्मृतिमा जीवित राख्नु, यो कस्तो प्रेमभाव ।’ मनमा कतिपय उसका प्रेमिल शब्दहरुका प्रस्न मेरा मन भित्रै कैद भए । आज सम्म पनि उत्तर छैन र थिएन । कैयौं, भावना जीवित हुँदाहुदै गन्तव्य आईपुग्यो । हामी पुग्दा सबै जम्मा भईसक्नु भएको रहेछ । पोखरा उसका लागि अनुकुल हाम्रा लागि प्रतिकुल । प्रतिकुलतालाई छिचोल्दै हामी योजना कार्यान्वयनको पक्षमा दृढताका साथ सहभागी भयौं । कार्य बिभाजन पछिका कार्यन्वयन पनि उतिकै जटिल थियो हाम्रा लागि । कहिलेको मिलन कहिलेको बिछोड जीवन रफ्तारमा नै थियो । ‘राम्रो सँग होसियारी अपनाउनु’ मैले बोलें । उ भाबुक अनि आत्मा बिश्वासका साथ बोली –‘म कहिँ ढलें भने मेरो शन्देश पु¥याईदिनु र भन्नू, क्रान्तिमा अबिचलित लागि रहनु ।’ हामी फेरि भेट्ने मीठो आशामा छुटियौं । युद्धको नियम तेस्तै नै छ । भावना भन्दा निर्ममता प्यार जस्तो । बेलाबेलामा झस्काई दिने मृत्यु पनि कति मीठो ,आन्नदको । अफसोच, उसका अबोध भावना कसैको पर्खाईमा तड्पिएकी पूरा हुन नपाईनै अधुरै रहने त्रासले हरपल सताईरह्यो । उज्यालोलाई पाखा लगाउँदै रातहरुको सन्देश पाएको आभास भयो । मनमा त्रास सँगै फुल जस्तै मुस्कुराएको आस, मिसन जसरी नि पुरा गर्नु पर्ने चुनौती थियो हाम्रा लागि । दिन रात जस्तै थियो तर रात हाम्रा दिनमा परिणत हुन्थ्यो । हामी नजिकै सेल्टरमा थियौं । हाम्रा गतिबिधिले उनिहरुका उपस्थिति सिबिलमा परिचालन गरेछ । हाम्रा गतिबिधिलाई उ सम्म पु¥याउने । हाम्रो आन्दोलन प्रतिको तिक्तता जो सँग थियो उसले पु¥यायो । रातीको समय अँधेरी रातलाई चिर्दै मिरमिर उज्यालोको सङ्केत दिदै गर्दा कसैका राक्षसी बुट बज्रियो । घरै छेउमा आवाज आयो ‘ठोक ’ । थोरै पनि दया नभएका राक्षसी हात उसका कोमल शरिरमा बज्रिन पुग्छ । भाग्दै गरेको योद्धा पटक पटक लडेर पनि खुनी पञ्जा बाट उम्किन सफल रह्यो । शिव र आकास छिनभरमै बर्साएको गोलीले गिज्याउदै पछ्याउँथ्यो । तर एक निरीह महिला जो हजारौ बुट उसका शरिरमा बज्रिदा पनि आफुलाई मृत्युसँग हस्ताक्षर गरिनन् । क्रान्तिको बाधक बन्दै बनिनन् । हामी नजिकै बाट उसका गतिबिधि नियाल्दै थियौं । सयौं बर्दिधारीहरुका बिचमा एक निरीह नारीलाई हातमा फलामे जँजिरले बाधेर पनि आफ्नो कायरतामा बहादुर ठान्दै थियो उ । हामी नजिकै एक अबोध अन्जान जस्तै थियौं । पर्ख र हेर हाम्रा लागि यहि अन्तिम उपाय । एकछिनमा अर्काे दानब भाब झल्काउँदै आयो र भन्यो ‘यसले हामीले भनेको मानिन, यसलाई जङ्गलमा लगेर तड्पाई तड्पाई मार्नुपर्छ ।’ कति क्रुर छ । निरङ्कुशता भित्र रहेका दानवहरुलाई हामी केही पर जङ्गलबाट नियालिरह्यौं । उसका निरीह अनुहार । तर उसमा कुनै निरिहता थिएन । थियो त बदलाभाव । भन्दै थिई ‘तँ एक मार्दैमा उ हजार जन्मिदैछ, क्रान्तिको यात्रा हो रोकिन्छ र कहाँ ?’ कतै उ मृत्युलाई सहज ठान्दै थिई । लाग्थ्यो उनि हरेक क्रान्तिका अधुरा सपना पुरा गर्न हामीलाई निर्देश गर्दै थिई । समय हाम्रा लागि अनुकुल पटक्कै थिएन । एउटा सहयोद्धा छिनभरमै खुनी पिपासुको पन्जामा परेको क्षण । मनमा बेचैन छाउँदै आयो । आशा म¥यो । उ बिना हजारौ सहयात्रीहरुको भिडमा एक्लो महसुस गरायो । धेरै रातहरु निदाउन सकिन । कयौं दिनहरु रातजस्तै भए मेरा लागि । आफुलाई सम्हाल्दै फेरि एक पटक उठ्ने कोशिस गरेँ र दुश्मनलाई भनें ‘तिम्रो बदला पनि त लिनुछ !’उनलाई सम्झिएर प्रण गरें ‘तिम्रो सपना पुरा गरेरै छाड्नेछु ।’
शिल्पीमा नेपालको शिक्षा प्रणाली दर्शाउने नाटक ‘ज्ञानको चिहान’
काठमाडौं ।नेपालको शिक्षा प्रणाली दर्शाउने ‘ज्ञानको चिहान’ नामक नाटक गोठाले नाटक घरमा मञ्चन भैरहेको छ । जुन युवा विद्यार्थी अविभावक तथा शिक्षा क्षेत्रसँग सरोकार राख्ने सबैले हेर्नुपने नाटक रहेको छ । पुस १३ देखी शिल्पीको गोठाले नाटकघर बत्तिसपुतलीमा मञ्चन सुरु भएको उक्त नाटक ‘ज्ञानको चिहान’ ले विभिन्न राजनीति दलका विद्यार्थी संगठन र क्षमता योग्यताका आधारमा भन्दा पनि राजनीतिक नियुक्ति र भागबण्डामा विश्व विद्यालयका पदाधिकारी तथा प्राध्यापक छनोट हुने चंगुलमा फसेको शिक्षा प्रणालीलाई दर्शाउने काशिस नाटकले गरेको छ । शिक्षामा व्यापारिकरण मौलाएको, विश्वविद्यालयका भवनहरू खण्डहर हुँदै गएको, विश्वविद्यालयकको गुणस्तर खस्किँदै गएको, वैज्ञानिक शिक्षा प्रणालीको विकासमा ध्यान नपुगेको जस्ता कुराहरु जोडदारसँग नाटकमा उठाइएको छ । विश्वविद्यालयमा विद्यार्थी संगठनको आवरणमा हुने गुण्डागर्दी, प्राध्यापकमाथिको अनावश्यक आरोप, सार्वजनिक शिक्षा सुधार गर्न चाहानेहरु एक्लै बनेको जस्ता विषयवस्तु कथाले जीवन्त रुपमा उठान गरेको छ । नाटकले राजनीति आफैमा खराब नहुने कुरालाई जोड दिएको देखिन्छ । विद्यार्थी राजनीतिका केही पात्र र प्रवृतिमा समस्या रहेको उल्लेख गर्दै नाटकले सचेत मान्छेहरु राजनीतिलाई सहि बाटोमा हिडाउन आफैं सक्रिय हुन प्रेरित समेत गरेको छ । साथै, विश्वविद्यालयमा ज्ञानको उत्पादन नभई सप्लाई हुने गरेको भन्ने भाष्य मार्फत नेपालको शैक्षिक प्रणाली माथि निकै तिखो प्रहार गरीएको छ नाटकमा । राष्ट्रिय इस्युहरुमा विश्व विद्यालय बोल्नुपर्ने र देशको मस्तिष्कको रुपमा विश्वविद्यालयले काम गर्नसक्नुपर्ने जस्ता विषयले आम विद्यार्थीको आफ्नै नाटक जस्तो बनेको छ ज्ञानको चिहान । विद्यार्थी संगठनहरूको भागवन्डामा होइन् विभिन्न खोज तथा अनुसन्धानमा केन्द्रित भएर देश निर्माणका लागि मुख्य भूमिका खेल्नुपर्ने नाटकले सन्देश दिन खोजेको छ । अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहको परिकल्पनामा र अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय शैक्षिक विभागको सहकार्यमा कलासी प्रोडक्सनले नाटक मञ्चन गरेको हो । संगीत सापकोटाले निर्देशन गरेको नाटक ‘ज्ञानको चिहान’लाई पूर्णबहादुर गन्धर्व, नरेश रेग्मी र आशिष घिमिरेले लेखेका हुन् । नाटक पुस ३० गतेसम्म मञ्चन हुने प्रोडक्सन म्यानेजर सगुन पोख्रेलले जानकारी दिइन् ।
कथा: जनकार्वाही
पुण्यप्रसाद खरेल ‘उदानेलाई आज पनि मातेर रल्लिंदै, सडकमा तथानाम बोल्दै गरेका बेलैमा भेट्टाएछन् नि क्रान्तिकारीले ⁄’ यो हल्ला बस्तीमा चैतको हावासरी हुनहुनाएर पस्यो । केटाकेटीदेखि बुढाबुढीसम्म सबैका आ“खा तल्तलाए । ‘फलानालाई सय भाटा र ढिस्कानालाई डेढ सय भाटा’का हल्ला त प्लेगझै“ फैलिएको थियो । सबैको विश्वास थियो– ‘आज उदानेले पनि कतिसय भाटा भेट्छ । मार्न चाहि“ पक्कै पनि मार्दैनन्’ भन्नेमा ढुक्क थियो बस्ती । धर्ममा विश्वास गर्नेहरू भन्थे– ‘कलीले व्याप्त भ’र सर्वनाश हुन आ“टेको छ मान्छे जति ⁄ यस्ता बेला कल्की औतार लिएर आएजस्ता छन् यी …’ कोही भन्थे– ‘रक्स्याहालाई, बाह्रमासेलाई यिनीहरूले मात्र तह लाउने परे । पुलिस त पैसा उठाउ“छ, अझै खाऊन् अझै खेलून् झैं ठान्छ ।’ कोही भन्थे– ‘घरमा सा“ढे भए । अनि अर्काका छोरीचेलीमा आ“खा लाउ“दै हिंडे । ठीक पारे है क्रान्तिकारीहरूले ⁄’ अथवा गाउ“लेहरू सबै नै ल्याप्चे ठोक्थे क्रान्तिकारीहरूका यस्ता कामहरूको खबरमा । ‘ठीक पारे ⁄ .. ठीक छ ⁄ … ठीक छ ⁄⁄⁄ …’ भन्थे गाउ“लेहरू । कसले दुईटी स्वास्नी ल्याएको छ, कसले घरमा स्वास्नीलाई अलिक दमन गरेको छ, कसले लुकीचोरी अर्काका छोरी–चेली, स्वास्नीमा आ“खा लगाएको छ, कसले तासमा समय बर्बाद गरेको छ, को रक्सी–रण्डीमा लाग्छ, को गाउ“का सोझासिधा किसानलाई मह“गो ब्याजमा पैसा लगाएर शोषण गर्छ, को जाली–झेली कीर्ते काम गरेर गाउ“बासीलाई रुवाउ“छ, त्यस्तालाई क्रान्तिकारीले कार्बाही गर्दै जिल्लै–देशै थर्कमान पारेको बेलामा यहा“ यस सानो बस्तीमा पनि त्यसको प्रभाव आउनु कुनै अचम्म थिएन । उदानेकी स्वास्नी त बेला–बेला दुःख पोख्थी– ‘आउनू नि हौ हाम्रा गाउ“मा पनि तिनेरु ⁄ …. यस … लाई दसबीस भाटा लाउनू ⁄ अलिक त यो ‘कुकुरको मुत’ खान छाड्थ्यो कि ⁄ ….’ तर उदाने स“गस“गै जवाफ लाउ“थ्यो– ‘हात लाउन् त मेरा जिउमा ? तिनेर्को के खाइद्या छ ? … धेर बक्बक् नगर कालुड्डेकी आमा ⁄ … तेरा ड“ढेल्नाले दुःख पाउला ⁄ …’ भन्दा नभन्दै एक महिना जति अघि आएर– कान समाउन लाएर, आइन्दा खान्न भन्ने पारेर गएथे उदानेलाई । तर उसले फिटिक्कै टेरेन । एकदिन पनि छाडेन । उसरी नै खाइरह्यो । आज फेरि पक्राउ प¥यो । अब आज साह्रो पार्छन् । छाला उक्काउन बेर लाउ“दैनन् । क्रान्तिकारीले गाउ“लेलाई भेला गराए चौरमा । उदान सिंलाई हात पछाडि बा“धेर उभ्याए बीचमा । घेरा लाए छापामारहरूले वरिपरि र बाहिर बसाए गाउ“लेलाई र सोधपूछ गर्न लागे– ‘एक महिनाअघि चेतावनी दिएको बेला आइन्दा नखाने भनेर मानेको होइन ? …’ छापामार युवाले प्रश्न गरे । ‘हो ⁄ …’ पक्राउ परेको उदानेले न दप्कीकन उत्तरमा भन्यो । ‘किन फेरि खाएको त ?’ … छापामारले फेरि प्रश्न गरे । ‘खाउ“ खाउ“ लाग्यो ⁄ … खाए“ ⁄ … हामी खाने नै जात हो ⁄ … आनै पैसाले खाए“ ⁄ …’ उदानेले कुनै ख्याल नगरीकन जवाफमा बोल्यो । उदाने अन्नाजी पैंतीस छत्तीस वर्षको जस्तो देखिन्थ्यो । उसलाई चौरका माझमा हात पछाडि डोरीले बाँधेर उभ्याइएको थियो । उसका आँखा राताराता देखिन्थे । उभिएको ठाउँमा जिउ थाम्नका लागि सन्तुलन मिलाउन गरेको कोसिस हेर्दा ऊ मातेको कुरामा कुनै शंका थिएन । तीन चार बलिया बलिया अठार बीस वर्षे युवाहरू उसलाई बयान लिइरहेका थिए । सय, सवा सय जति त गाउ“लेहरू पनि भेला भएका थिए । तर उनीहरू कसैले ती युवालाई को हुन् ? कहा“बाट आएका हुन् ? चिनेका थिएनन् । सोधेका पनि थिएनन् । गाउ“लेहरूले चिनेका एकैवटा युवा पनि त्यहा“ थिएनन् । ‘उनीहरू क्रान्तिकारी हुन्’ सबैको अनुमान यत्ति हो । अहिलेको व्याप्त हल्लाले यस्तो दृश्य देख्नेबित्तिकै मान्छेहरू ठोकेर भनिहाल्थे– ‘ती क्रान्तिकारी हुन् ⁄’ गाउ“लेहरू बाहिरपट्टि घेरा हालेर उभिएका थिए । ‘अब के गर्ने हुन् नि ⁄ … सबैका अनुहारमा यही त्रास थियो । टाढा टाढाबाट करिब एक वर्ष अघिदेखि नजिकिंदै नजिकिंदै आएको हल्लाको प्रभाव यस्तो थियो कि त्यहा“ कसैले बोल्नु, प्रतिवाद गर्नु हु“दैन । ‘बोल्यो कि ज्यान गयो’ हुन्छ । ‘क्रान्तिकारी’हरू यस्तो शिकार हान्छन् मानौं उनीहरू बाघ हुन् । बाघले झम्टिएपछि शिकार मार्न उसले दोहो¥याउनु पर्दैन रे ⁄ उनीहरू चुनीचुनीकन पक्रन्छन् । पक्रिएपछि पक्रिए पक्रिए । अब दुःख–पुकाराका, माफीका कुनै शब्दकोष छैनन् उनीहरूस“ग । प्रभाव यही हो हल्लैहल्लैमा आएको । उदाने बीचमा थियो । उसलाई बयान लिइ“दै थियो । बयान लिने छापामारका साथमा गाउँलेहरूबाट अपरिचित तीन चार युवाहरू थिए । त्यस बाहिर घेरा लाएर बीस पच्चीस जति रुमालले मुखनाक छोपेका कम्ब्याट लुगा लगाएका मिलीटरी जस्ता देखिने आँखामात्र देखाएका केटाहरू–केटीहरू थिए । धेरैजसो घ“गारुका लाठी र खुकुरी बोकेका, दुई जनाले राइफल बोकेका, दुई जनाले पिस्तोल भिरेर लाठी बोकेका थिए । त्यस यता दुईचार हात जमिन छोडेर गाउँलेहरू वरिपरि थिए । पक्राउ परेको मान्छेकी श्रीमती पनि थिइन् जमातमा । भन्दैथिन्– ‘दुईचार भाटा लाएर छोडिदिए अलिक तह लाग्थे कि ⁄ दिनहु“ रक्सी खाएर हामीलाई नर्र्कैमा हाले ⁄ …’ ‘अबदेखि खाने कि नखाने ? …’ छापामारले सोधे । ‘खाउ“ खाउ“ लाग्यो भने खाने । लागेन भने नखाने…’ उसले भन्यो । ‘खान्छु ⁄ … खान्छु ⁄ … आनै पैसाको खान्छु ⁄ कसैको लुट्तिन, कसैस“ग भिक्षा माग्दिन ⁄ …’ रक्स्याहाले पनि ठा–ठाडो उत्तर ग¥यो । उसको उत्तर गराइ हेर्दा लाग्थ्यो मानौं क्रान्तिकारीहरूसँग ठा–ठाडो बोल्न उमात्रै सक्छ । मानौं उसले न अध्यात्म जानेको छ, न कुनै राजनीतिक सिद्धान्त या दर्शन । उसले त पिउन जानेको छ र पिउ“ँछ । मानौं ऊ घरकी श्रीमतीलाई दास समान सम्झन्छ, गाली गर्छ, अझ मुखमुखै लागी भने दुईचार घुस्सा मार्छ । उसको परिश्रम र उसको भोटबाट के के तिगडम् भए, को को राजामहाराजा भए उसले देखेको छ । ती महाराजहरूलाई अहिले उसको बारेमा सोच्ने फुर्सत नै छैन । तर ऊ जस्ताको तस्तै छ । आज पाखुरा बजाएर खाए खायो नत्र आज भोकै । भोलि त उसको शब्दावलीमै छैन । त्यसैले उदाने पिउ“थ्यो र आत्मतुष्टि लिन्थ्यो । उसलाई पिउनमा कसले रोक्ने ? ऊ ठान्थ्यो आनो जिन्दगीको बादशाह ऊ आफैं हो । त्यसैले उसको उत्तर ठाडो थियो । उसको ठाडो उत्तरले प्रश्नकर्तालाई अप्ठेरो पा¥यो । ‘के गरौं कमरेड ? …’ प्रश्नकर्ताले त्यही“ नजिकैको टोलीनेताको मुखमा हेरे । टोली प्रमुख आफ्नो ठाउँमा उठे । मुठी बाँधेर सबैलाई अभिवादन गरे । सबैतिर नजर दौडाए र भने– ‘हामी यो कुहिएको समाज बदल्न चाहन्छौं । हामी नयाँ र सुन्दर समाज सिर्जना गर्न चाहन्छौं । हामी शोषकको सरकारको नाश गर्न हपातमा ज्यान राखेर हिंडेका छौं । हामीलाई हाम्रो शरीरको केही माया छैन । हामी हाँसीहाँसी मृत्यु सकार्छौं । मुठीमा मृत्यु बोकेर, टाउकोमा कात्रो बा“धेर हिंडेको मानिस कहिल्यै हार्र्दैन । हामी हार्दैनौं । हाम्रो जीत सुनिश्चित छ । ….. यसरी रक्सी खाएर, जुवातास खेलेर, रण्डी–बाजी गरेर हिंड्नु भनेको हाम्रो समाजको खराबी हो । हामी यस्तालाई सुधार्न चाहन्छौं । हामी सप्रन सुझाव दिन्छौं । यस फटाहालाई पनि हामीले एक महिनाअघि नै आइन्दा रक्सी नखान, सुध्रन चेताउनी दिएकै हो । अब आज यसलाई सुधारात्मक कार्बाही गरिन्छ । त्यति गर्दा पनि नसुध्रिए यस्ता समाजको का“डोलाई हामी सधै“को लागि सफाचट पार्छौं ।’ ‘… सधैँको लागि सफाचट पार्छौं’ …’ यो भनाइ रक्स्याहाकी श्रीमतीलाई छुरी जस्तै लाग्यो । तर पनि अनुहार मलिन पारेर सुनिरही । टोली प्रमुख बोल्दैरहे– ‘… आज यस उदान सिंहलाई सुधारात्मक कार्बाहीको रूपमा हाम्रो चेताउनीलाई उल्लंघन गरेको अपराधमा, रक्सी खाएर जतासुकै हल्ला गरिरहेको अपराधमा, रक्सी खाएर रात–बिरात आनी श्रीमतीलाई हप्काइ दप्काइ गर्ने गरेको तथा कुटपिट गर्ने गरेको अपराधमा हाम्रा छापामारले भाटा हान्ने सजाय गर्नेछन् । कति भाटा भन्ने कुरा हामीले उसलाई हाम्रा भाटाहरूको बिटोबाट छान्न दिंदा उसले छानेको भाटोमा जतिको संख्या लेखिएको हुन्छ, त्यति नै भाटा हानिनेछ । …’ यस्तैमा रक्स्याहालाई भाटाको बिटो लगेर रोज्न दिइयो । हात पछाडि बा“धिएकाले ऊ यादै नगरी बसिरह्यो । उसका हात खोलिए । उसलाई फेरि भाटाको बिटोबाट एउटा भाटो छान्न लगाइयो तर उसले कसै गर्दा पनि आफैंलाई हिर्काउने भाटो छानेन । उसलाई निकै कोसिस गरियो भाटो छान्न लगाउनका लागि तर उसले भाटो छान्ने काम गरेन । यसपछि टोली नेताले उसको प्रतिनिधित्व गर्दै एउटा भाटो ताने र हेरे त्यसमा तीन सयको संख्या लेखिएको रहेछ । उसलाई सोही मुताविक तीन सय भाटा हान्ने निर्णय गरियो । ती तीनचार युवाहरू र वरिपरिका बीस पच्चीस युवाहरूले एकैसाथ ताली पड्काए । ती युवकहरू पनि अलिक पर हटे । उदान सिंहकी श्रीमती तीन सय भाटाको सजाय सुनेपछि एक्कासी अ“ध्यारी भई । एकजना छापामारले त्यस रक्स्याहाका छेउमा आएर भाटो हातमा समाते । अर्को एकजनाले कागजमा भाटाको गन्तीका धर्का कोर्न तयार भए । भाटो करिब डेढ इन्च घोप्टो र करिब अढाई फीट लामो थियो । छिप्पिएको बा“सको यो भाटो भा“चिने – फुट्ने जस्तो देखिन्नथ्यो । भाटा हान्ने छापामार एकछिन टोलाए । टोलाएका बेलामा उनले चिनिया“ क्रान्तिताका एकजना गाउ“ले युवा लालसेनामा भर्ना हुनका लागि माओ त्सेतुङलाई भेटेर अनुरोध गर्दाको कथा सम्झन पुगे । वरिपरिका रुमालले नाक–मुख छोपेका युवाहरू चार हात जति पर एकदम तयारीमा उभिए । त्यसपछि बन्धनबाट हात खोलिएको रक्स्याहा बीचमा उभियो । उसले चारैतिर हे¥यो । हेर्दा लाग्थ्यो कुनै उम्कने ठाउ“ पाए ऊ भागेर ज्यान जोगाउ“थ्यो । तर मानिसहरूले घेरिएको, नजिकै त्यस्ता जवान छापामारहरू तयारीको तालमा उभिएका ठानेर ऊ एकोहोरोरिएर उभिरह्यो । उसले वरिपरिका गाउ“लेका कसैका अनुहारमा आ“खा जुधाएन । यही बेला भाटा हान्नेले भाटो एक हातमा बोकेर अर्को हातले भाटाको चेप्टोपन छाम्न थाल्यो । टोली नेताले पनि यही बेला उसलाई भाटा हिर्काउन सुरु गर्न आदेश गरे । ‘ड्याम्म ⁄ …’ रक्स्याहाले थाहै नपार्ई दाया“ चाकमा बज्रियो पहिलो भाटो । छुलुल्ल सुरुवाल भिजायो उसले । वरिपरिको गाउ“लेको समूह अ“ध्यारो कालो भयो । ‘ड्याम्म ⁄ …’ अर्को भाटो बज्रियो त्यही ठाउ“मा । रक्स्याहा चिच्यायो– ‘किन हात छाड्छस् ए रा“डीका छोरा ? …. तेरो के खाएको छु ? खाए पनि आनै सम्पत्ति खाए“ ⁄ ….’ ‘ड्याम्म ⁄ …. ड्याम्म ⁄⁄…. ड्याम्म ⁄⁄⁄ ….’ भाटावालले उसका तिघ्रा, कुम, जा“घ इत्यादिमा धमाधम भाटा जोडतोडले बजाए । भाटाको गन्ती कोर्नेका खातामा दर्जनको संख्या पुगेकै थिएन । एकजना गाउँलेले ‘भयो अब भयो ⁄’ भनेको सुनियो । यसैबेला ‘चूप लाग ⁄ यो कार्बाही फैसलाअनुसार तीन सय भाटामा मात्र पुग्छ’ भनेर एकजना छापामार चिच्यायो । लगभग बीस–पच्चीस भाटा हान्दासम्म उदानेले भाटा हान्नेलाई गाली बकिरह्यो– ‘खाए“ भने मेरै पैसा खाए“ ⁄ त“स् रा“डीका छोराको के खाएको छ ? …. किन हात छाड्छस् अर्कालाई ? … बदला लिन भेटें भने मैले जान्या छु …’ भनिरह्यो । भाटाको आवाज सुन्दा यस्तो लाग्थ्यो कि अहिलेसम्ममा त्यो रक्स्याहा मरिसक्नुपर्ने । ‘कालुड्डेकी आमा’, उदानेकी स्वास्नीका मनमा उसका लोग्नेको आकृति फनफनी घुम्यो । हुन त उसले कहिल्यै पनि हा“सेर मायापिरतीका कुरा उस“ग गरेन, ऊ कुनै दिन ऊ बिरामी हु“दा घरका जो भएका कुखुरा भए पनि सु“गुर भए पनि बेचेर थपक्क उसलाई हेल्थपोष्ट दौडाउ“थ्यो । कुनै गाउ“लेले कालुड्डेकी आमा यस्ती–उस्ती भनेर बचन लाए पनि कम्मरको सिरुपाते खुकुरी नचाउ“दै जाइलाग्थ्यो तर जिन्दगीबाट हार खाएझैं गरी अचेल बढी रक्सी पिउन लागेथ्यो । अहिले अब भाटाको प्रहारबाट कालुड्डेको बाबु गाली गर्न पनि नसक्ने भयो, भाटा हान्नेको प्रतिकारमा औंलो उठाउनसम्म नसक्ने भयो । त्यसपछि उसकी श्रीमती “भयो ⁄ भयो …” भन्दै रुन थाली । प्रत्येक भाटा आनै आङमा परेको जस्तो उसलाई हुनथाल्यो । “रक्सी खाए पनि मै खप्छु अब ⁄ भयो ⁄ भयो ⁄⁄ … अब छोडिदेऊ ⁄” ऊ चिच्याई र छुटाउन बीचमा जान कोसिस गरी । एकजना छापामारले उसलाई बाहिरतिरै धकेलिदियो । बीचतिर घेराभित्र पस्न दिएन । रु“दै कराउ“दै गाउ“लेका माझमा गई । पच्चीस तीस भाटा हानिसकेपछि त कालुड्डेको बाबु बोल्न छोड्यो र चालीस पैंतालीस भाटा हानिसक्दा जिउ नथामेर भुइ“मा लड्यो । भाटा हान्ने छापामार एकछिन टोलाए । टोलाएका बेलामा उनले चिनिया“ क्रान्तिताका एकजना गाउँले युवा लालसेनामा भर्ना हुनका लागि माओ त्सेतुङलाई भेटेर अनुरोध गर्दाको कथा सम्झन पुगे । त्यो गाउँले युवालाई माओ त्सेतुङले उत्साहित गर्दै लालसेनाको भान्से काम गर्न प्रेरित गरेथे । तर त्यो युवाले लालसेनामा भर्ना भएर दुश्मनलाई राइफलले उडाउने आकांक्षा भएको कुरामा ढिपी कसेका थिए । यही बेला माओ त्सेतुङले ती युवालाई भनेथे, ‘सबैजनाले राइफल बोक्ता खाना कसले बनाउने नि ⁄ त्यसकारण हाम्रो क्रान्तिका लागि राइफल बोक्ने लालसेनाको जति महŒव छ, ती लालसेनाको लागि मिठो खाना बनाएर खुवाउनेको त्यत्तिकै महŒव छ । त्यसकारण प्रिय युवक ⁄ तिमी खाना बनाऊ ⁄ खाना बनाउन दाउरा चिर ⁄ दाउरा चिरेको बेलामा मुढामा बन्चरो हान्दा प्रत्येकपटक त्यस मुढालाई दुश्मनको टाउको ठान र बन्चरोले यस्तो तोडले हान्ने प्रयत्न गर कि तिम्रो एकै प्रहारले त्यो मुढो दुई याक बनोस् वा दुश्मनको टाउको दुई याक बनोस् ….’ ‘ए किन टोलाएको कामरेड ? …’ टोली नेताले टोलाएको भाटा हान्ने छापामारलाई सजग गराए । छापामार झसड्ड भए । भाटो फेरि बर्साउन थाले त्यस रक्स्याहाका जिउभरि । छापामारले जोडले उदानेको कुममा भाटो बजारे । उदानेले चोट परेको कुम चिप्ले कीराले आनो अड्ड लुकाउन खोज्दा झैं भुइ“पट्टि पा¥यो । अर्को भाटो छापामारले उसका दाया“ फिलामा बजारे । बिचरा रक्स्याहा भुइ“मा घोप्टियो । छापामारले अर्को भाटा पछाडि चाकमा बजारे । बिचरा रक्स्याहा भुइ“मा यस्तो पसारियो कि उसलाई असह्य पीडा भयो । वरिपरिका मानिसहरूले गोमन सा“पलाई लठ्ठीले बजारेको निर्मम दृश्य सम्झे । “म¥यो ⁄ म¥यो ⁄ …” भनेर साथीहरूले भन्दा पनि नछोडिकन लठ्ठीले टाउको र पुच्छरमा बजारेको जस्तै दृश्य थियो त्यो । छापामारले उदानेलाई भाटा हान्दा यस्तो लाग्थ्यो मानौं ऊ प्रतिक्रियावादी शासनको प्रधानमन्त्रीलाई हान्दैछन्, गृहमन्त्रीलाई हान्दैछन् । अहिले भाटा हानिरहेका बेलामा उनी यस्तो ठानिरहेका छन् कि उनी प्रभुत्ववादी शासकलाई भाटा हान्दैछन् या साम्राज्यवादीलाई हान्दैछन् । जे होस्, उनले भाटा हानिरहेका बेलामा बढी क्रूरतापूर्वक भाटा हानिरहेको कुरा प्रस्ट बुझ्न सकिन्थ्यो । आइमाईहरूका आ“खाभरि आ“सु आए । ‘भो ⁄ भो ⁄⁄’ भने । तर जब भाटो उनीहरूतिर सोझिने डर भयो चुपचाप आ“खा बन्द गरे । ‘ढुड्डाको दिल छ मेरो’ भन्नेले समेत रक्स्याहामाथि बर्सिरहेका भाटा निर्निमेष हेरिरहने हिम्मत गरेनन् । ‘घरतिर लैजाऊ“ दाइलाई भनेर आएको । तपाईं हिंड्नुहोस् । काका र म आएका छौं हामी लिएर आउ“छौं । दाइलाई रक्सी खाए भनेर कुटेकै होइनन् । तपाईंले त रक्सी खायो दाइले भनेर कुटेको ठान्नुभयो होला तर यो कुट्नुको कारण हामीलाई थाहा छ । पोहोर भदौमा तल खेतमा पानी लाउन जा“दा त्यो रामबहादुरस“ग दाइको झगडा परेन ? हो, त्यही कारण हो । रक्स्याहा भुइ“मा पूरै पसारियो घोप्टो परेर । सायद पिठ्यू“पट्टिको भागले अलिक भाटाको पीडा खप्न सक्छ भन्ने ठान्यो होला । छापामारले उसका चाकमा ड्याम् हाने । फिलामा अर्को ड्याम् हाने । डढेल्नामा ड्याम् ड्याम् हाने र हानिरहे । बल्लतल्ल दुई सय भाटा भयो । एकसय भाटा अझै बा“की रह्यो । भाटा हान्ने छापामार पनि थाके । अर्को छापामार अर्को अझ चौडा र उत्तिकै लामो भाटा लिएर आए । पसारिएको रक्स्याहाको छेउमा आएर खुम्च्याएका खुट्टालाई भाटाले नै सिधा पारिदिए । ‘ड्याम्म ⁄’ उसका पैतालामा एक भाटा बसाले । रक्स्याहा मानौं मरेको हो कुनै प्रतिक्रिया जनाएन । अर्का पैतालामा फेरि ‘ड्याम्म’ हाने । एवम् रितले मृतप्रायः त्यस रक्स्याहालाई भाटा दोहोरिइरहे । उसकी श्रीमतीलाई कहा“बाट कुन शक्ति प्राप्त भयो, सारा त्यो घेरा तोडेर ‘कालुड्डेको बाबु’माथि घोप्टिन पुगी र चिच्याई चिच्याई रुन लागी– “भाटा मलाई हान ⁄ … मेरा थाप्लामा हान भाटा ⁄⁄ यो निर्दोषलाई नहान भाटा … कुन बुद्धिले मैले छिमेकीस“ग उसले रक्सी खाएर मलाई कुटेको कुरा सुनाए“छु नि ⁄ भयो नकुट उसलाई । निठुरी ज्यानमारा हो मलाई मार बरु । मलाई मार … मेरो स्यु“दोको सिन्दुर नलुट ⁄ …” यस्तै दुई तीन छापामारले उसलाई कड्याप्प समाएर घेरा बाहिर ल्याए । तर पनि हार नखाई उसले विद्रोह गरिरही । भाटा हान्ने कुरामा उनीहरूले रत्तिभर सौलियत गरेनन् । अहिले भाटाको वजन अलिक घट्यो । तर तीन सय भाटा पु¥याउनै पर्ने भएकाले अरू थप बा“की पच्चीस ड्याम् हिर्काएर छापामारहरू ज¥याकजुरुक उठे । टोली नेताले शोकमग्न झैं देखिने जनसमूहलाई भने ‘हामी जा“डरक्सी, तासजुवा, अनैतिकता आदिका शत्रु हौं । हामी शोषण र अन्यायका विरोधी हौं । हामी जनताका सच्चा मित्र हौं । हामीले दिएका निर्देशन र चेताउनीहरू राम्ररी पालन गरिनुपर्छ । पालन भएनन् भने यस्तै हो ।’ उनीहरू बाटो लागे । गाउ“लेहरू उदाने सिंलाई उठाउन र अस्पताल लाने तरखरमा लागे । यही बेलामा छापामार समूहको एकजना कमरेडले फर्केर चर्को स्वरमा भने– “तपाईंहरू जुन बाटो आउनुभएको थियो, त्यो बाटो आ–आनो घर तुरुन्त फर्किहाल्नुहोस् । यहा“ कोही पनि नपर्खनुहोस् । यस रक्स्याहालाई यही“ छोड्नुहोस् । कसैले यसलाई सहयोग गर्छ भने, अस्पताल लान्छ भने त्यसलाई पनि यही कार्बाही हुनेछ । …. तपाईंहरू फर्कनुहोस् । फर्कनुहोस् । …” बिस्तारो बिस्तारो घोसे मुन्टो लाएर धेरैजसो बाटो लागे । तर उदाने सिंहकी स्वास्नी लोसेलोसे हु“दै चौरमा पसारिइरहेको आनो लोग्नेका छेउमा गई । उसको लोग्ने मरेसरह बेहोस पसारिएको थियो । हात समातेर उठाउन प्रयत्न गरी । हात आगो जस्तो तातो थियो । उसले शरीरका अरू भाग छामी । अगुल्टो जस्तो तातेको थियो छामेको भाग । मरेतुल्य बेहोस पसारिएको लोग्नेलाई उसले उठाउन सकिन । उसले छापामारहरूतिर हेरी उनीहरू गैसकेका थिए । गाउ“लेहरूतिर हेरी उनीहरू पनि गैसकेका थिए । पुलिसहरूस“ग भन्दा गाउ“लेहरू ती छापामारहरूस“ग डराए । पुलिसहरूले यस्तो गरेका भए गाउ“लेहरू उसलाई धेरै सहयोग गर्नेथे । यति धेरै डराएर लुसुलुसु घरतिर पुच्छर लुकाएर जाने थिएनन् । घाम डुबे । दिन डुब्यो । आज उदान सिङ्की स्वास्नीको सपनाको घाम पनि डुब्न डुब्न खोजेको छ । उसले सम्झी– ‘बरु अस्ति पल्ला गाउ“को हरेलाई चारपाटा मुढेर, आ“खीभौं खौरेर, परेला काटेर अनि कान समातेर उठबस गर्न लाएका थिए रे ⁄ त्यसो गरेका भए यस्तो साह्रो त हुने थिएन कि ⁄’ कुन ठीक कुन बेठीक ऊ सजायका प्रकारहरू मनमनमा तौलिन थाली । औंसीका रातकै झैं अन्धकार पसिंदै पसिंदै उदानसिं भएतिर आउन लाग्यो । कालुड्डेकी आमाको मनमा अनेकन कुराहरू मडारिए– ‘के उदान सिं चोरडाका थियो ? के ऊ जिम्दार थियो ? के ऊ प्रतिक्रियावादीहरूको सुराकी थियो ? किन आज यसले यत्रो सजाय पायो ?’ अनेकन कुराहरू मनमा खेलाइरही । सुधारात्मक कार्बाहीको यो स्वरूप उसको कफल्लो मनले बुझ्नै सकेन । ऊ पनि त्यही“ घोप्टो परेर घु“क्क घु“क्क गर्न थाली । उसले लोग्नेलाई उठाएर घर लग्न प्रयत्न गरी । ऊ हात समातेर उठाउन बल गर्थी । भाटाको प्रहारले आगोजस्तो तातेको हात मात्र उचालिन्थ्यो जिउ चट्पटाउ“दैनथ्यो । टाउको दुई हातले उठाउ“थी । जिउ नउठ्ता फेरि क्यैनकाम हुन्थ्यो । बल्लतल्ल गरेर घोप्टिएको उसको लोग्नेलाई उसले उत्तानो फर्काई । उसका लोग्नेका दुवै आ“खाबाट बलिन्द्र धारा बगेको उसले प्रस्टै बुझी । उसले उसका आ“खा आनो मजेत्राको फेरले पुछिदिई । उसको भक्कानो फेरि फुट्यो । आ“सु पछ्तै साउतीको स्वरमा छापामारहरूको निठुरताउपर उसले धेरै गाली बकी । ‘कालुड्डेको बाबु ⁄ … हौ कालुड्डेको बाबु ⁄⁄’ उसले उदान सिंलाई होसमा ल्याउन बल गरी । अह“ ‘कालुड्डेको बाबु’ले ऐया आत्थु केही गरेन । आ“खा उघारेन । उसले ‘कालुड्डेकी आमा ⁄’ भनेर बोलाए कस्तो हुन्थ्यो भनेर यता र उता झाड्डल झुङ्गुल पारी । तर अह“ उसका आ“खा खुलेनन् । उसलाई गाउ“का एक दुई उदानेका संगतीहरूस“ग खुब रिस उठ्यो– ‘रक्सी खान पस्दा स“गै पस्ने असत्तीहरू त अहिले आउनु पर्ने ⁄ …’ उसले सम्झी । यस्तैमा रक्सी खाने संगती नआए पनि पल्ला घरे साइ“लो आइपुग्यो । उसले पत्तै पाइन । साइ“लो बोल्यो– भाउज्यू ⁄ …’ ‘भाउज्यू’ पनि झसड्ड भई र यताउति हेरी । आ“सु लत्पतिएका आ“खास“ग ऊ बोली– ‘ए ⁄ साइ“ला पो ⁄ कताबाट आयौ फेरि ? … हेर न ⁄ तिम्रो दाजुलाई …’ ‘घरतिर लैजाऊ“ दाइलाई भनेर आएको । तपाईं हिंड्नुहोस् । काका र म आएका छौं हामी लिएर आउ“छौं । दाइलाई रक्सी खाए भनेर कुटेकै होइनन् । तपाईंले त रक्सी खायो दाइले भनेर कुटेको ठान्नुभयो होला तर यो कुट्नुको कारण हामीलाई थाहा छ । पोहोर भदौमा तल खेतमा पानी लाउन जा“दा त्यो रामबहादुरस“ग दाइको झगडा परेन ? हो, त्यही कारण हो । त्यो रामबहादुर अचेल क्रान्तिकारी भएको छ नि त … ⁄ २०५८/३/१२ वेदना त्रैमासिक २०५९ बाट साभार