सिटिजन्स बैंकले दोस्रो त्रैमासमा खुद नाफा घटेको विवरण सार्वजनिक

सिटिजन्स बैंकले दोस्रो त्रैमासमा खुद नाफा घटेको विवरण सार्वजनिक

वाणिज्य बैंकहरुमध्ये चालु आबको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्नेमा पहिलो बनेको सिटिजन्स बैंक (CZBIL) ले खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याएको बैंकले पहिलो त्रैमासमा पनि खुद नाफा घटेको विवरण सार्वजनिक गरेको थियो ।

बैंकको संचालन मुनाफा, खुद ब्याज आम्दानी, निक्षेप संकलन तथा कर्जा प्रवाहमा सुधार भएपनि खराब कर्जा असुलीको अवस्था कमजोर भएपछि खुद नाफा प्रभावित भएको हो । बैंकको समिक्षा अवधिमा खुद नाफा शुन्य दशमलव ४८ प्रतिशत अर्थात ३० लाख ६८ हजारले घटेको छ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६२ करोड ८६ लाख रुपैंया खुद नाफा गरेको छ । उसले गत आर्थिक वर्षको यसै अवधिमा ६३ करोड १६ लाख खुद नाफा कमाएको थियो ।

खराब कर्जा असुली निरासाजनक रहेपछि बैंकको खराब कर्जाको आकार समेत बढेको छ । गतबर्षको दोस्रो त्रैमासमा १.३२ प्रतिशत रहेको खराब कर्जा बढेर चालु बर्षको दोस्रो त्रैमासमा १.९४ प्रतिशत पुगेको छ । बैंकले गत आर्थिक वर्षको पुष मसान्तमा ६९ करोड ६८ लाख रुपैंया खराब कर्जा उठाएको थियो । यस पटक भने बैंकले जम्मा १४ करोड २६ लाख मात्र खराब कर्जा उठाएको छ । सम्भावित जोखिममा पनि १३ करोड ६५ लाख राखेको छ ।

खराब कर्जा असलुी ५५ करोडले घट्दा पनि खुद नाफा मात्र ३० लाखले घट्नु बैंकका अन्य सूचकहरु सुधारत्मक रहेको दखिन्छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी पाँच अर्ब ५३ करोड ७३ लाख रुपैंयाबाट आठ अर्ब दुई करोड ९१ लख रुपैंया पुगेको छ । जगेडा कोष एक अर्ब ९१ करोडबाट एक अर्ब ९९ करोड पुगेको छ ।

निक्षेप तथा कर्जा परिचालनमा उल्लेख्य सुधार गरेको बैंकको खुद व्याज आम्दानी ८५ करोड ५१ लाख रुपैंयाबाट बढेर ९७ करोड ४९ लाख रुपैंया पुगेको छ । । बैंकले चालु आवको ६ महिनामा ५८ अर्ब ४६ करोड निक्षेप संकलन गरेर ५३ अर्ब ३१ करोड कर्जा लगानी गरेको देखिन्छ ।

बैंकको कोषको लागत ५.२० प्रतिशतबाट बढेर ८.१६ प्रतिशत पुगेको छ । जसका कारण उसले सस्तो व्याजदरमा कर्जा परिचालन गर्न सक्ने अवस्था देखिँदैन ।

बैंकको प्रतिसेयर आम्दानी वार्षिक १५ रुपैंया ६६ पैसा कायम भएको छ । चुक्ता पूँजीको आकार बढ्दा खुद नाफामा आएको गिरावटका कारण बैंकको प्रतिसेयर आम्दानी खस्किएको हो ।

बैंकको मूल्य आम्दानी अनुपात १८.२० प्रतिशत, प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ८७ पैसा छ।

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय