सुदूरपश्चिममा टेष्ट किटको व्यवस्था गर्न माग

सुदूरपश्चिममा टेष्ट किटको व्यवस्था गर्न माग

काठमाडौंः भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणको जाँच गर्न टेष्ट किट उपलब्ध गराउन जनप्रतिनिधिहरुले माग गरेका छन् ।

विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि भारतबाट नेपाल आउने प्रवासी नेपालीहरुको संख्यामा एकाएक बृद्धि भएपछि निम्तिने संकटसँग जुध्नका लागि टेष्ट किट अनिवार्य रहेको उनीहरुको भनाई छ ।

“भारतमा संक्रमण फैलिएपछि र पछिल्लो बेला सबै जसो मुख्य शहर लक डाउन भएपछि अलपत्र पर्ने डरले एक लाख भन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन् ।”

कञ्चनपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सांसद दीपक प्रकाश भट्टले एभरेष्ट दैनिकसँग भने, “उनीहरुमध्ये अधिकांश भारतको उच्च संक्रमण रहेको महाराष्ट्र र दिल्लीबाट फर्केका छन् । त्यसैले उनीहरुलाई भोली केही भएको खण्डमा त्यसको जाँच गरेर उनीहरुबाट अरुलाई संक्रमण हुनबाट जोगाउन सकिन्छ ।”

सुदूरपश्चिमका ९ वटा जिल्लामा दुई वटा जिल्ला सुगम तराईमा भएपनि बाँकी ७ वटा जिल्ला दुर्गम पहाडी भेग भएको स्वास्थ्य सुविधाका दृष्टिले कोरोना लागेको खण्डमा थप समस्या निम्तिने भट्टले बताए ।

“पहाडी क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था दयनीय छ । केही भइहाल्यो भने उनीहरुलाई उपचारका लागि कि त भारतमा लैजानुपर्छ कि नेपालकै धनगढी महेन्द्रनगर, नेपालगञ्ज या काठमाडौं पुर्याउनुपर्छ ।” भट्टको भनाई छ, “त्यसैले प्रारम्भिक चरणमा नै सामान्य लक्षण देखिँदाखेरी नै पहिचान हुन सकेमा मात्रै हामीले संक्रमणलाई भयावह हुनबाट रोक्न सक्छौं ।”

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण भए नभएको यकीन गर्न टेकुस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नमूना पठाउनु पर्ने बाध्यता रहेको छ । तर पछिल्लो समयमा यातायात समेत बन्द भएको अवस्थामा सुदूरपश्चिमका पहाडी जिल्लाबाट संक्रमणको आशंका भएका बिरामीको नमूना पठाउन समेत नसकिने अवस्था देखिएपछि सोही क्षेत्रमा परीक्षण किट उपलब्ध हुनुपर्ने माग स्थानीय जनताले गरेका छन् ।

“गाडी बन्द छ, जहाज बन्द छन्, कुनै व्यक्ति कोरोना संक्रमणको लक्षण देखिएर अस्पताल या स्वास्थ्य संस्थामा आएपनि उक्त व्यक्तिमा कोरोना भए नभएको यकीन कसरी गर्ने?” नेकपा प्रदेश कमिटिका सदस्य गोकर्ण भट्टको प्रश्न छ, “संक्रमणको यकिन नहुँदासम्म अन्य व्यक्तिलाई ट्रेस गर्न पनि सम्भव हुँदैन । त्यसैले जटिल अवस्थालाई मध्यनजर गर्दै सरकारले सोही क्षेत्रमा टेष्ट किट उपलब्ध गराउनुको विकल्प छैन ।”

पछिल्लो रेकर्डेड तथ्यांक अनुसार, सुदुरपश्चिमका भारतसँग जोडिएका गौरीफण्टा, गड्डाचौकी, झुलाघाट, धार्चुला लगायतका नाका र अन्य सहायक नाकाबाट एक लाख भन्दा बढी नेपाली भित्रिएका छन् । यसमध्ये करिब ७० हजार बढी सुदुरपश्चिमका मात्रै रहेका छन् ।

सुदूरपश्चिमका अधिकांश व्यक्तिहरु भारतको मुम्बई, दिल्ली, हरियाणा, पञ्जाब, नयाँ दिल्ली लगायतका शहरमा काम गर्न जाने गरेका हुन्छन् । यी शहरहरु अहिले कोरोनाको उच्च संक्रमणमा रहेका छन् ।

प्रतिनिधि सभा सदस्य दीपक भट्टले यो विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरिएको बताए । कैलाली या कञ्चनपुरका अञ्चल अस्पतालमध्ये कुनै एकमा परीक्षणका सुविधा हुने गरी आवश्यक मेडिकल उपकरण उपलब्ध गराउने विषयमा परराष्ट्रसँग माग गरी छलफल गरिएको र यो विषयमा भोलीसम्म ठोस निष्कर्शमा पुगिने उनले बताए ।

नेपालमा कोरोना टेष्ट किट उत्पादन नहुने भएकोले चीन या अन्य मुलुकबाट यो किट उपलब्ध गराउन परराष्ट्रबाट पहलका लागि अनुरोध गर्न आवश्यक पहल गर्ने उनले बताए । चीन सरकारले भने यसअघि नै नेपालले माग गरे अनुरुपको सहयोग गर्ने बताई सकेको छ ।

चिनियाँ राजदूतावासको श्रोतले दिएको जानकारी अनुसार, नेपालले कहाँ कसरी वितरण या उपयोग गर्ने विषयमा आफैले निर्णय गर्नुपर्ने तर चीनले भने नेपालले माग गरे अनुसार सहयोग गर्न तयार रहेको बताएका छन् ।

सुदूरपश्चिममा नै कोरोनाको परीक्षण गर्न सकिएमा यसबाट सम्भावित महामारीको विष्फोट रोक्न सकिने सम्भावना बलियो रहेको छ ।

आज जुम्लामा जनसभाको तयारी, अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुने

जुम्ला ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनसभालाई सम्बोधन गर्न आज जुम्ला पुग्नुभएको छ । उहाँले सिंजा क्षेत्रको कनकासुन्दरीमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  नेकपा माओवादी केन्द्र जुम्लाका अनुसार खस भाषा र सभ्यताको केन्द्र सिंजाको कनकासुन्दरीमा अवलोकन तथा जनसभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको छ । नेकपा माओवादी केन्द्र जुम्लाका अध्यक्ष नवराज न्यौपानेका अनुसार कनकासुन्दरीको गोरुचौरमा जनसभाको तयारी हुँदैछ । जिल्ला ईन्चाज नरेश भण्डारीका अनुसार अध्यक्ष प्रचण्डले अहिले राराको अवलोकन गरिरहनुभएको छ । 

भ्रष्टाचारको जगमा बनेको ओली सरकार ढाल्नैपर्छः लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको ढोकाबाट प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस भएको आरोप लगाएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ गरी पोखरा पुर्‍याइएका लामिछानेले कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा ओलीले जनतालाई सधैँ दुःखमा राखेर र आफूलाई डेढ वर्ष लगाएर झुटो मुद्दामा फसाएको बताए । उनले सरकार नढलेसम्म ओलीले निर्दोष मान्छे फसाउँदै जाने भएकाले सरकार ढल्नुपर्ने तर्क पनि गरे । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले भने, ‘मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो । म फेरि पनि भन्छु – न्याय अदालतको एकदमै धेरै विश्वास गर्छु ।’ आफू अदालती प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले थपे, ‘यिनीहरूको यो वर्चस्व र राज्यसत्ता कब्जा गर्ने, आफ्ना मान्छे भर्ने र जनतालाई सधैँ दुःखमा राख्ने अन्तिम लडाइँ हो । राम्रो मान्छे फसाउने यिनीहरूको सत्ता अब अन्त्य हुनुपर्छ । पोखरामा भएका र देश विदेशबाट नेपाली नागरिकहरू एक भएर सरकारको विरोध गर्न अनुरोध गर्छु ।’

रास्वपा प्रदर्शनमाथि प्रहरी हस्तक्षेप, पानीका फोहरा र अश्रुग्याँस प्रहार

पोखरा। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रहरीले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का नेता कार्यकर्तालाई हटाउन खोज्दा तनाव सिर्जना भएको छ । पार्टीका सभापति रवि लामिछानेलाई 'राजनीतिक प्रतिशोध' मा समातिएको भन्दै रास्वपाका नेता कार्यकर्ताले सहिद चोकमा प्रदर्शन गरेका छन् । निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहरा हानेको छ । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । सहिद चोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

म न्यायिक प्रक्रियालाई सघाउन आएको छुः लामिछाने

पोखरा।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू न्याय प्रक्रियालाई लाई सघाउन आएको बताएका छन् । आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित हुने क्रममा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘ म न्याय प्रक्रियालाई लाई सघाउन आएको छु ।’  उनले सरकारको राज्य सत्ता कब्जा गर्ने आफ्नो बर्चस्व कायम गर्ने योजना रहेको समेत उनले बताए । ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने । आफू अदालतको विश्वास गरेर न्याय प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पनि पार्टी कार्यकर्तालाई आह्वान गरेका छन् । सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको भन्दै लामिछानेले आक्रोश पोखे । ‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, उनले भने ।

लोकप्रिय