इटहरीमा धार्मिक तीर्थस्थलदेखि शव दाहस्थलसम्म सरसफाइ अभियान

इटहरीमा धार्मिक तीर्थस्थलदेखि शव दाहस्थलसम्म सरसफाइ अभियान

इटहरी, फागुन १० । नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत रहेको बटुक दल गणका प्रमुख सेनानी शुलभ खड्काको नेतृत्वमा रहेको १०० भन्दा बढी सैनिक जनशक्तिले आज बृहत् सरसफाइ अभियान सम्पन्न गरेको छ ।

नेपाली सेनाले इटहरी उपमहानगरपालिकामा रहेको बूढीगङ्गा जमुना धार्मिक तीर्थस्थल क्षेत्रको मन्दिर परिसर, शव दाहस्थल र बूढीगङ्गा जमुना नदी क्षेत्र समेतको सफाइ गरेका छन् ।

प्रमुख सेनानी खड्काले सप्ताहव्यापी सफाइ अभियानको क्रममा बूढी गङ्गा जमुना क्षेत्रलाई सुन्दर सफा र बाहिरबाट आउने मानिसले हेर्नासाथ अति सफाइ क्षेत्रको पहिचान नै इटहरी बनाउने उद्देश्यले यो सफाइ अभियान चलाएको उनले बताए ।

सफाइका क्रममा बूढीगङ्गा जमुना नदीमा भएको फोहर तथा बूढीगङ्गा जमुना शव दाहस्थल र आसपासका क्षेत्रमा फेला परेका फोहर जम्मा पारेर डढाउने तथा त्यसलाई व्यवस्थित तुल्याई राख्ने कार्यमा नेपाली सेनाले सशक्त योगदान पुर्याएको भन्दै श्री कृष्ण राधाकृष्ण प्रणामी मन्दिरका ज्येष्ठ नागरिकले नेपाली सेनाले उत्कृष्ट काम गरेको भन्दै सफाइ अभियानको प्रशंसा गरेको छ ।

नेपाली सेनाको बटुक दल गणले एक हप्ताभरि सञ्चालन गर्ने यो सफाइ अभियानका क्रममा इटहरीको राधाकृष्ण मन्दिर, लक्ष्मीनारायण, शनि मन्दिरलगायतका क्षेत्रमा सरसफाइ अभियान चलाइ इटहरीवासीलाई आफ्नो धार्मिक तीर्थस्थल क्षेत्रलाई सधैं सफा राख्न सन्देश दिने कार्य समेत गरिने योजना रहेको प्रमुख सेनानी खड्काले बताए ।

संसदका तीन वटा समितिको बैठक बस्दै, यस्ता छन् छलफलका विषय

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।

सातवटै प्रदेशमा वर्षाको सम्भावना,  चिसो बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणालीका कारण हिमाली तथा पहाडी भूभागमा हलुकादेखि मध्यम हिमपातसमेत हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणाली मंगलवार रातिसम्म रहने छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली शुरु भएको र यो बिस्तारै पूर्वतिर फैलिँदै गरेको महाशाखाले जनाएको छ । यो प्रणाली आज राति कर्णाली प्रदेश हुँदै गण्डकी र लुम्बिनी प्रदेशसम्म आउनेछ । पूर्वतर्फ फैलिँदै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिनेछ । आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने महाशाखाले जनाएको छ । हाल वर्षा भइसकेको छैन तर आज राति र भोलि बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने तथा अन्य केही क्षेत्रमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ । अहिले देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आगामी २४ घण्टामा बागमती प्रदेश र मधेश प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गत मंसिरको अन्तिम साता चिसो अत्यधिक बढेर विस्तारै घट्दै गएपनि सोमबारदेखि पुनः चिसो बढ्न थालेको हो । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । यसैगरि अन्य क्षेत्रमा पनि न्युनतम तापक्रम घट्दै गएको महाशाखाले जनाएको छ।

राज्य व्यवस्थासहित पाँच समितिको बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न पाँच समितिको बैठक आज बस्दैछ । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमै बस्नेछ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनमा वनक्षेत्र र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित समस्याका विषयमा छलफल हुनेछ । यसैगरी, सिंहदरबारमा मध्याह्न १२ बजे बस्ने महिला तथा सामाजिक मामिला समिति बैठकमा आत्महत्या रोकथाम सम्बन्धमा समितिबाट भएको निर्देशन कार्यान्वयन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । राज्य व्यवस्था समितिको बैठक दिउँसो १ बजे समितिको सभाकक्षमा बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमै बस्नेछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद ९दोस्रो संशोधन० विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने तयारी छ ।

यस्तो रहने छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणाली नेपालतर्फ आउने भएकाले हिमाली तथा पहाडी भूभागमा हलुकादेखि मध्यम हिमपातसमेत हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणाली मंगलवार रातिसम्म रहनसक्ने छ । अहिले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराई लगायत पहाडी भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको महाशाखाले जनाएको छ । आज रातिदेखि भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा बादल लाग्ने तथा पानी पर्नसक्ने महाशाखाले जनाएको छ । साथै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा तथा सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

लोकप्रिय