स्ववियु चुनाव : उपत्यकाका बढी क्याम्पसमा अखिल क्रान्तिकारीको विजयी अग्रता

स्ववियु चुनाव : उपत्यकाका बढी क्याम्पसमा अखिल क्रान्तिकारीको विजयी अग्रता

काठमाडौं, फागुन १९ । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावकको ननिजा आउने क्रम जारी छ ।

उपत्यकामा रहेका तीन जिल्लामा रहेका क्याम्पसमा भएको स्ववियु चनावमा मचाओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले बढी स्थान जितेको छ । क्रान्तिकारीले अहिलेसम्म उपत्यकाका चार ठूला क्याम्पसमा अध्यक्ष सहित प्यानलै जितेको छ । यस्तै नेविसंघले एक वटा र अनेरास्ववियुले दुई वटा क्याम्पस जितेका छन् । नेपाल मजदुर किसान पार्टी निकट नेक्राविसंघले एक क्याम्पस जितेका छन् । विवाद, आगजनी र तालाबन्दीका कारण कतिपय क्याम्पसमा चुनाव स्थगित भएको छ ।

सानोठिमी शिक्षा क्याम्पस
भक्तपुर स्थित सानोठिमी शिक्षा क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यानल विजयी भएको छ । जसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका रमेश खड्का अध्यक्षमा बिजयी भएका छन् । खड्काले कुल खसेको मत मध्ये चार सय ६६ मत प्राप्त गरेका थिए । खड्काका निकटतम प्रतिद्धन्द्धी अनेरास्ववियुका लालबहादुर रोकायाले तीन सय ११ मत प्राप्त गरेका छन् ।

त्यस्तै, सचिवमा नेविसंघका रामबहादुर केसी बिजयी भएका छन् । केसीले चार सय ३३ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रतिद्धन्दी अनेरास्ववियुका गोरख केसीले तीन सय ५३ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी पार्वती शर्मा बिजयी भएकी छिन् । शर्माले कुल खसेको मत मध्ये चार सय २५ मत प्राप्त गरेकी थिइन् । उनको प्रतिद्धन्दी अखिल क्रान्तिकारी विप्लवका मान बहादुर डाँगीले दुइ सय ५५ मत प्राप्त गरेका थिए । सो क्याम्पसमा सात सदस्य संयुक्त प्यानलबाट नै बिजयी भएका छन्।

भक्तपुर बहुमुखी क्याम्पस
भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघ र नेक्राविसंघको संयुक्त प्यानल बिजयी भएको छ । संयुक्त प्यानलबाट बिजयी अध्यक्ष दिनेश खड्गीले पाँच सय २३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी अनेरास्ववियुका दिपकबहादुर विष्टले तीन सय ७ मत ल्याएका छन् ।

त्यस्तै, सचिवमा संयुक्त प्यानलको तर्फबाट बिजयी विवेक लामिछानेले पाँच सय १२ मत प्राप्त गरेका छन् । लामिछानेका प्रतिद्धन्दी अनेरास्ववियुका सन्तोष कार्कीले दुई सय ४५ मत प्राप्त गरेका थिए ।

कोषाध्यक्षमा संयुक्त प्यानलका मिलन गणेजुले चार सय ९९ मत प्राप्त गरि बिजय भएका छन् । उनका प्रतिद्धन्दी अनेरास्ववियुकी सुनिता रोकाले दुइसय ४१ मत प्राप्त गरेकी थिइन् । सो क्याम्पसमा ७ सदस्य निर्वाचित भएका छन् । जसमा सातै सदस्य संयुक्त प्यानलबाटै बिजयी भएको निर्वाचन अधिकृत शेरसिङ रैखोलाले बताए । उक्त क्याम्पसमा कुल नौ सय ८० मत खसेको थियो ।

महाराजगञ्ज मेडिकल क्याम्पस
महाराजगञ्ज मेडिकल क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार मिलन गैरे अध्यक्षमा बिजयी भएका छन् । गैरेले कुल खसेको मत मध्ये पाँचसय १३ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेविसंघका सन्तोष उपाध्यायले चार सय २२ मत प्राप्त गरेका छन् ।

प्रत्यक्ष तर्फको सचिव पदमा युथ ईक्वालिटिकी स्वेता महतो बिजयी भएकी छिन् । उनले चार सय ८३ मत प्राप्त गरेकी छन् । महतोका प्रतिद्धन्दी नेविसंघका नरेश प्रसाद जोशीले चार सय २३ मत ल्याएका थिए ।

त्यस्तै कोषाध्यक्षमा नेविसंघका केशव आचार्य बिजयी भएका छन् । उनले चार सय ७३ मत प्राप्त गरी विजय भएका हुन् । आचार्यका प्रतिद्धन्दी युथ फर इक्वालिटिका सञ्जिव शाहले चार सय ५८ मत प्राप्त गरेका छन् ।

त्यस्तै सो क्याम्पसमा आठ सदस्य निर्वाचित भएका छन् । सो क्याम्पसमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र युथ फर इक्वालिटीले संयुक्त उम्मेदवारी दर्ता गरेका थिए । सो क्याम्पसमा कुल नौ सय ६६ मत खसेको थियो ।

महाराजगञ्ज नर्सिङ क्याम्पस
महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी भएको छ । जसमा बिमला धमलाले कुल खुसेको मत मध्ये दुई सय २० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएकी हुन् । साथै उनको प्रतिद्धन्दी नेविसंघकी उम्मेदवार समिक्षा सुवेदीले एक सय १४ मत ल्याएकी छिन् ।

सचिवमा पनि अनेरास्ववियुकि उम्मेदवार आचल रेग्मी बिजयी भएकी छिन् । उनले दुई सय पाँच मत ल्याएकी थिईन् भने प्रतिद्धन्दी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी शुशिला पोखरेलले एक सय २७ मत ल्याएकी थिइन् ।

कोषाध्यक्षमा अनेरास्ववियुकी ऋचा घिमिरे विजयी भएकी छिन् । उनले कुल खसेको मतमध्ये दुईसय ११ मत ल्याएकी छिन् भने उनको प्रतिद्धन्दी नेविसंघकी पुजा पाण्डेले एकसय २० मत प्राप्त गरेकी छिन् । यसैगरी ६ सदस्य पनि अनेरास्ववियुकै उम्मेदवार बिजयी भएका छन् । सो क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यानलमा उम्मेदवारी दर्ता गरेका थिए ।

पुल्चोक इन्जिनियरिङ क्याम्पस
त्रिभुवन विश्वविद्यालयको पुल्चोक इन्जिनिययिरङ क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड)का उम्मेदवार रोशन थापामगर विजयी भएका छन् । थापामगरले चार सय ९७ मत प्राप्त गरी बिजयी भएका हुन् । थापामगरका प्रतिद्धन्द्धि अनेरास्ववियुका सुदीप चालीसेले चार सय ३५ मत प्राप्त गरेका छन् ।

प्रत्यक्ष तर्फको सचिव पदमा अनेरास्ववियुका ओमप्रकास अधिकारी बिजयी भएका छन् । सचिवमा अनेरास्ववियुका ओम अधिकारी र कोषाध्यक्षमा प्रतिक न्यौपाने निवाचित भए । सो क्याम्पसमा ७ सदस्य निर्वाचित भएका छन् । जसमा अदिती गजुरेल, नविन न्यौपाने, अस्मिता महरा (अखिल क्रान्तिकारी), सिर्जना भुसाल, अर्जुन खतिवडा, रमेश जोशी (अनेरास्ववियु), दिपक सापकोटा (नेविसंघ) निर्वाचित भएका छन् ।

जनप्रशासन क्याम्पस
जनप्रशासन क्याम्पसमा नेविसंघका उम्मेदवार पंकज सुबेदी क्षेत्रि अध्यक्षमा बिजयी भएका छन् । श्रेत्रीले कुल खसेको मत मध्ये एकसय ८७ मत प्राप्त गरेका थिए । क्षेत्रीका प्रतिद्धन्दी अनेरास्ववियुका टिकाराम बस्नेतले एक सय ७७ मत प्राप्त गरेका छन् । त्यसैगरी सचिवमा नेविसंघकै सन्देश आचार्य बिजयी भएका छन् । उनले दुई सय ५८ पत प्राप्त गरेका छन् । आचार्यका प्रतिद्धन्दी अनेरास्ववियुका सन्तबहादुर तामाङले एकसय १३ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा अखिल क्रान्तिकारी (प्रचण्ड)का जगदीस जोशी बिजयी भएका छन् । उनले एक सय ९७ मत प्राप्त गरेका छन् । जोशीका निकटतम प्रतिद्धन्दी अनेरास्ववियुकी शारदा जोशीले एकसय ६० मत प्राप्त गरेकी छिन् । जसमा पाँच जना सदस्य पनि संयुक्त प्यानलबाट नै बिजयी भएका छन् । सो क्याम्पसमा नेविसंघ र क्रान्तिकारीको संयुक्त उम्मेदवारी दर्ता गरेका थिए । उपत्यकाभित्र त्रिविका सातओटा आंगिक क्याम्पसमा स्ववियु चुनाव भएका थिए । जसमध्ये थापाथली इन्जिनियरिङ क्याम्पसमा मतगणना जारी छ ।

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ। ९२ वर्षको उमेरमा शुक्रबार साँझ सिंहको निधन भएको हो। डा.सिंहको स्वास्थ्य बिग्रिएपछि शुक्रबार साँझ नयाँदिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो। उहाँको स्थानीय समय अनुसार राति ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ। मनमोहन सिंह दुईपटक भारतको प्रधानमन्त्री हुनुभएको थियो। उहाँ सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँ सन् १९९१ देखि ९६ सम्म देशको अर्थमन्त्री पनि बन्नुभएको थियो। उहाँ भारतको अर्थ सुधारक वित्तमन्त्रीका रूपमा परिचित हुनुहुन्थ्यो।

प्रधानमन्त्री ओलीलाई विप्लवको चेतावनीः 'जनयुद्धले लगाइदिएको ताज फुकालेर हस्तान्तरण गर'

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीहरु बन्दुकको मोर्चाबाट कलमको मोर्चामा आएपछि रक्षात्मक भएको टिप्पणी गनुभएको छ।  आज (बिहीबार)माओ दिवसको अवसरमा काठमाडोंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादी वर्गप्रति इमानदार हुन नसकेको हो कि जस्तो देखिएको बताउनुभयो। अहिले माओवादीविरुद्ध भयाङ्कर गोलावारीहरु चलिरहेको उहाँले बताउनुभयो। ‘जनयुद्ध के थियो भन्नेबारेमा त्यसलाई विषयान्तर गर्ने, तोडमोड गर्ने, जनयुद्धलाई लागेपुगेसम्म जनताको हातबाट खोस्ने र जनयुद्धमाथि हमला बोल्ने लडाइँ चलिरहेको छ,’– विप्लले भन्नुभयो, ‘जसलाई जनयुद्धको ज पनि थाहा छैन । ती मान्छेहरुले जनयुद्धको बारेमा भयाङ्कर ठूलो हमला बोलिरहेको बेलामा हाम्रो कलमको मोर्चालाई अझ सशक्त बनाउनुपर्ने अवस्था छ ।’ सो क्रममा उहाँले जनयुद्धलाई विषयान्तर गर्न खोज्नेहरुलाई ढेडुको संज्ञा दिनुभयो । उहाँले अहिले नेपाल दलाल पुँजिपतिहरुको हैकमभित्र छट्पटाइरहेको बताउनुभयो । माओवादीले सामन्तवादलाई पछारेपनि दलाल पुँजिपति र साम्राज्वादीहरुलाई पछार्न बाँकी नै रहेको विप्लवको भनाइ छ । माओवादीले युद्ध जित्नै बाँकी रहेको उहाँको भनाइ छ । साथै,उहाँले माओवादी जनयुद्ध सुन्नै नचाहनेहरुले अहिले संसद्देखि न्यायलयसम्म खिसिट्यूरी गरिरहेको बताउनुभयो। ‘माओवादी जनयुद्धलाई सुन्नै नचाहने वा त्यसलाई खिसीट्यूरी गर्ने काम संसद्मा पनि चलिरहेको छ । त्यो कुरा अन्यत्र पनि चलिरहेको छ र विभिन्न क्षेत्रबाट न्यायलयमा पनि पुगेको छ । अस्तीमात्रै जनयुद्ध नभन्नु भनेर प्रतिबन्ध लगाएको कुरा पनि हामीले सुन्यौं । जनयुद्ध नभएर के हो त यो ?अरु त ठीक छ, तर सपना मल्ल प्रधानलाई एउटा कुरा सोध्न मन लागेको छ । सपना मल्लको हात काक्यो कि कामेन ? जनयुद्ध होईन भनेर भन्दा त्यहाँ कसले पुर्यायो ? नेपालमा महिलाहरुलाई, श्रमिकहरुलाई सत्ताको मालिक बन्ने ठाउँमा, फैसला गर्ने ठाउँमा कसले पुर्यायो । महिलाहरु योग्य छन् भन्ने कुरा कसले स्थापित गरायो ?’ प्रश्न गर्दैै उहाँले भन्नुभयो । सम्बोधनका क्रममा विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनयुद्धले लगाइदिएको ताज फुकालेर हस्तान्तरण गर्न चेतावनी दिनुभयो। प्रकाश सपुतको गीत स्मरण गराउँदै उहाँले भन्नुभयो  ‘प्रकाश सपुतले लेखेको गीतको याद आउँछ– रातो स्कुटर कसले किन्दियो ? केपीजीलाई सोध्नुपर्ने भएको छ– 'केपीजी तपाईँलाई ताज कसले पहिराइदियो, तपाईलाई कुर्सी कसले पहिराइदियो ? तपाईँलाई राज कसले ल्याइदियो ?’ तपाईँले लाएको ताज, तपाईँले चलाएको राज, तपाईँको कुर्सी, तपाईँको झुर्की सबै कसले खडा गर्दियो ? उसो हो भने सबै ताज फुकालेर हामीलाई हस्तान्तरण गर । जनयुद्धले ल्याइदिएको ताज तिमी लाउने पाउँदैनौं भन्नुपर्छ कि पर्दैन । हामीले पाउनुपर्यो नि । तिमीले अहिले भनेको गणतन्त्र के कारणले आएको ? गणतन्त्रको संस्थापक को हो ? यो कुरा सत्य बोल्नुपर्छ कि पर्दैन ?'

सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित

काठमाडौं। सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित भएको छ।बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकले उक्त विधेयकलाई सर्वसहमितले पारित गरेको हो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको अर्थ समितिमा आएको सुरक्षित कारोबार ऐनलाई केही संशोधनसहित पारित गरेको छ। विज्ञ, अर्थ मन्त्रालय र कानून मन्त्रालय, संशोधनकर्ता सांसदहरु र सांसदहरुबीच विधेयकका विषयमा दफाबार समेत गरी लामो छलफल पश्चात समितिले विधेयकलाई पास गरेको अर्थसमिति सभापति सन्तोष चालिसेले बताउनुभयो। सुरक्षित कारोबार ऐनले साना–साना घरायसी भैँसी,बाख्रा किनबेचदेखि अन्य प्रकारका कारोबारलाई समेत सुरक्षित बनाउने उहाँले बताउनुभयो। सभापति चालिसेले ऐन संसदबाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीहरुलाई सहज र फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अब बस्ने संसदमा समितिले पास गरेको विधेयक पेस गर्ने तयारी गरिने बताउनुभयो। उहाँले अर्थ समितिमा रहेका ६ विधेयकमध्ये दुईवटा विधेयक समितिबाट पास गरेको बताउनुभयो। समितिले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा चल सम्पती धितो राखि गरिने कारोबारलाई सुरक्षित बनाउने सम्बन्धमा एकीकृत कानूनी व्यवस्था गरी चल सम्पती भन्ने शब्द राखेको छ । विधेयकको दफा ८ को उपदफा १ मा सामान्य कुनै त्रुटी भएपनि भन्ने शब्दहरुको सट्टा धितो सम्बन्धी सम्झौतामा फरक नपर्ने सामान्य त्रुटी भएपनि भन्ने शब्द राखेर विधेयक पारित भएको छ।

माओत्सेतुङबाट प्रेरणा लिंदै नेपाली विशेषताको समाजवाद निर्माणमा जुट्न आवश्यकः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक माओत्सेतुङबाट वैचारिक प्रेरणा लिंदै नेपाली विशेषतासहितको समाजवाद निर्माणमा जुट्नुपर्ने बेला आएको बताउनुभएको छ । माओत्सेतुङको जन्म दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । प्रस्तुत छ वक्तव्यको पूर्ण पाठः  आज २६ डिसेम्बर, अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान नेता एवं विचारक क. माओत्सेतुङको जन्म दिन । यस अवसरमा हाम्रो पार्टी कमरेड माओत्सेतुङप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ । उहाँको जन्म दिनलाई उत्सवका रुपमा मनाइरहेका संसारभरका श्रमजीवी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।  चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात १८९३ डिसेम्बर २६ मा कमरेड माओत्सेतुङको जन्म भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक कमरेड माओत्सेतुङ संसारभरिका वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजश्रस्रोत हुनुहुन्छ ।  कमरेड माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढाउनुभयो । कमरेड माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार विश्व सन्दर्भमा र नेपाली क्रान्तिको लागि पनि मार्गदर्शकको रुपमा रहँदै आएको छ । हामी यतिबेला नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूतरुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत छौं । विगतमा हामीले सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनैतिक कदम थियो र हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको छ । कमरेड माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ ।

लोकप्रिय