स्ववियु निर्वाचन परिणाम आउनेक्रम जारी

स्ववियु निर्वाचन परिणाम आउनेक्रम जारी

काठमाडौं, फागुन १९ । आज देशैभर भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिणाम आउने क्रम जारी छ। बाजुरा– स्वतन्त्र विद्यार्थी युनियनको बडिमालिका क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका दीलबहादुर थापा विजयी भएका छन्। नेपाल विद्यार्थी सङ्घले प्रत्यक्षतर्फका सबै स्थानमा जित हासिल गरेको निर्वाचन समितिले जनाएको छ।

बनेपा : काभ्रेपलाञ्चोकका नौवटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मिश्रित परिणाम आएको छ। जिल्लाका दुई क्याम्पसमा विवादका कारण स्ववियु निर्वाचन स्थगन भएको छ भने दुई क्याम्पस प्रकाश क्याम्पस भुम्लुटार र कानपुर क्याम्पस कानपुरमा सर्वसम्मत स्ववियु चयन भएको छ।

त्यस्तै डेडीथुम्का क्याम्पसमा अनेरास्ववियुका शालिकराम पराजुलीको प्यानल, प्रभा बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका विनोद चौलागाइको संयुक्त प्यानल, दाप्चाकृष्ण बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका अमृत अधिकारीको संयुक्त प्यालन, चैतन्य बहुमुखी क्याम्पस बनेपामा नेपाल विद्यार्थी सङ्घका माधव शर्माको संयुक्त प्यानल विजयी भएको छ।

त्यस्तै पार्वती बहुमुखी क्याम्पस, ढुङखर्कमा नेविसङ्घका पुरुषोत्तम तिमल्सीनाको प्यानल, मङ्गलजन विजय क्याम्पस, मङ्गलटारमा नेविसङ्घका भीमकुमार श्रेष्ठको प्यानल, सञ्जीवनी कलेज धुलिखेलमा अनेरास्ववियुका रमेश सिंह ठकुरी, जनक क्याम्पस भकुण्डेमा अनेरास्ववियुकी सरला दाहालको प्यालन, कुशादेवी क्याम्पस, कुशादेवीमा अनेरास्वियुकी मन्दिरा घिमिरेको प्यानल विजयी भएका छन्।

सिन्धुली : सिन्धुलीका पाँचवटा क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ। निर्वाचनबाट भिमेश्वर बहुमुखी क्याम्पस खुर्कोटमा अनेरास्ववियु, सरस्वती बहुमुखी क्याम्पस डकाहामा अनेरास्ववियु, गौमती बहुमुखी क्याम्पस माडीबजारमा अनेरास्ववियु, सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटारमा अनेरास्ववियु र राप्रपा विद्यार्थी सघङ्, लाम्पान्टार बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसङ्घको संयुक्त प्यानले जित हाँसिल गरेको छ।

सिन्धुलीमा १६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुनुपर्नेमा विद्यार्थी सङ्गठनका विवादका कारण ११ वटा क्याम्पसमा निर्वाचन हुन सकेन। डडेल्धुरा – डडेल्धुराको जोगबुढास्थित त्रिवेणी बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी सङका कृष्ण धामीको प्यानल विजयी भएको छ।

तेह्रथुम : तेह्रथुमको जिरिखिम्ती र छथर बहुमुखी क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्ले जितेको छ। एक त्रिवि आङ्गिक क्याम्पससहित छवटा क्याम्पस रहेको जिल्लाका तेह्रथुम बहुमुखी, म्याङलुङ बहुमुखी, बसन्त बहुमुखी र ह्यात्रुङ झरना क्याम्पसमा भने विद्यार्थी सङ्गठनको विवादका कारण निर्वाचन हुन सकेन।

मुगु : मुगु जिल्लास्थित रारा बहुमुखी क्याम्पसमा आज भएको स्वतन्त्र विद्याथी युनियनको निर्वाचनमा एमाले सर्मथक विद्यार्थी सङ्गठन अनेरास्ववियुका चन्दप्रकाश मल्लको प्यानल विजयी भएको छ ।

बिर्तामोड : झापाका नौवटा क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतदात सम्पन्न भएको छ ।

हालसम्मको प्राप्त मत परिणामअनुसार गौरीगञ्ज उमाविमा नेविसङ्घका देवकुमार ताजपुरिया, गरामनी क्याम्पसका नेविसङ्घका विनोद उप्रेती, गौरादह क्याम्पसमा अनेरास्ववियुका कमल पौडेल, त्रिदेव क्याम्पस चारआलीमा अनेरास्ववियुकै लक्ष्मी न्यौपाने र काँकरभिट्टा क्याम्पसमा नेविसङ्घका सुरज सुवेदी अध्यक्षमा विजयी भएका छन् ।

त्यस्तै मेची बहुमुखी क्याम्पस भद्रपुर, देवी उमावि र कनकाई क्याम्पस बिर्तामोड, कनकाई क्याम्पस सुरुङ र दमक बहुमुखी क्याम्पसमा मत गणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

पोखरा : पृथ्वीनारायण क्याम्पसबाहेक पोखराका अन्य पाँचवटा क्याम्पसमा भएको आजको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

पोखराका पश्चिमाञ्चल ईन्जिनियरिङ क्याम्पस, नर्सिङ क्याम्पस, वनविज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस, जनप्रिय क्याम्पस र विन्दुवासिनी संस्कृत विद्यापीठमा आज स्ववियु निर्वाचन भएको थियो । विन्दुवासिनी संस्कृत विद्यापीठमा नेपाल विद्यार्थी सङ्घ विजयी भएको छ भने अन्यमा मतपरिणाम आएको छैन ।

सोलुखुम्बु : आज सोलुखुम्बुका विभिन्न क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल बिद्यार्थी सङ्घले बर्चस्व कायम गरेको छ । जिल्लामा रहेका पाँच क्याम्पसमध्ये तीनवटामा नेविसङ्घ, एउटामा अनेरास्ववियुको प्यानल विजयी भएको छ भने एउटामा निर्वाचन स्थगित भएको छ ।

निर्वाचन परिणामअनुसार सोलुुखुम्बु बहुमुखी क्याम्पस सल्लेरीमा नेपाल विद्यार्थी सङ्घ, हिमालदर्शन क्याम्पस नेचाबतासेमा उद्योग राईको सभापतित्वमा नेविसङ्घकै प्यानल दुधकोसी बहुमुखी क्याम्पस सल्यानमा मिलन केसीको सभापतित्वमा नेविसङ्घको प्यानल निर्विरोध चयन भएको छ । रासस

प्रचण्ड सचिवालयको भन्यो- 'गगनको अभिव्यक्तिमा ओरालो बाटोको मनोदशा राम्रैसँग छचल्कियो'

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ।  कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्ति गगन थापाको ओरालो बाटोको मनोदशाबाट ग्रसित भएर आएको टिप्पणी गरेका हुन् ।   आज (बिहीबार) काठमाडौँको कीर्तिपुरमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले ‘प्रचण्ड’ले प्रधानमन्त्री भइदिनुपर्‍यो भनेर हप्तामा एकपटक खबर पठाउने गरेको दाबी गरेका थिए।  यसैको खण्डन गर्दै प्रचण्डको सचिवालयले वक्तव्य जारी गरेको हो।  प्रचण्डका स्वकीय सचिव रमेश मल्लले लेखेका छन्, ‘महामन्त्रीजी ! कीर्तिपुरको निर्वाचनमा नेका (नेपाली कांग्रेस) को ओरालो बाटो तपाईंको मनोदशाबाट  राम्रैसँग छचल्किएछ। यति कुरा हेक्का राख्नुस्, माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैन, माओवादी नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछ।’

उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षको जनमत सङ्ग्रहजस्तै होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १६ गते हुने उपनिर्वाचन २०८४ को निर्वाचनका लागि आँखिझ्याल हुने बताउनुभएको छ । माओवादी केन्द्र कीर्तिपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावको नतिजा इंगित गर्ने बताउनुभएको हो । ‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपनचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ’– उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले कोही कसैको पनि डर, धाक, प्रलोभन र लोभमा नफसि विकास निर्माणको अभियानमा अघि बढ्न आग्रह पनि गर्नुभयो । अध्यक्ष प्रचण्डले उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको बताउनुभयो । उहाँले सरकार पक्षलाई भ्रष्टाचारीको संज्ञा दिँदै भ्रष्टाचारको विपक्षमा उभिएका दलका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । ‘जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत हो, यो निर्वाचन’– उहाँले भन्नुभयो– ‘मलाई विश्वास छ, नेपाली जनता भ्रष्टाचारका पक्षमा हुन सक्दैनन्, भ्रष्टाचारका विरुद्ध छन् ।’ उहाँले नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका पक्षमा रहेको भन्दै हेर्दा उपचुनाव भए पनि यथार्थमा भ्रष्टाचारका पक्ष र विपक्षको जनतमसंग्रहजस्तै भएको बताउनुभयो ।  उहाँले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको बताउनुभयो । अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको स्पष्ट गर्दै उहाँले भन्नुभयो– ‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो । त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो। सिधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन । बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।’ ‘राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनका लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलन आवश्यक रहेको औल्याउँदै उहाँले थप्नुभयो– ‘म थाकेको छैन । फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन मैले रातदिन देशभरी खटिरहेको छु ।’ मंसिर १६ को निर्वाचनमा माओवादी केन्द्रलाई विजयी बनाउन आह्वान गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म ऐतिहासिक अपिल गर्न चाहन्छु । यो सामान्य कुरा छैन । यो सामान्य चुनाव जित र हारको कुरा मात्रै छैन । यो नेपाली जनताले जित्ने या नेपालका दलाल विचौलियाहरू, अहिले राज्य केही विचौलियाहरूले चलाउने गरेका छन्,’ उनले भने, ‘मैले त्यही विचौलियाहरूको सेटिङ भत्काउने कोशिस गरेँ । मैले गरेको गल्ती भन्नुहुन्छ भने त्यही हो । पहिला दुई दुई पटक संसद् विघटन संविधान मिचेर गर्दा सेटिङमा भत्काइएको थियो । र यो सेटिङ भत्काउनैपर्छ भनेर हामीले ठूलो ठूलो आन्दोलन गरेका थियौँ । त्यतिबेला साँच्चै त्यो सेटिङ भत्किएको थियो ।’   

उपनिर्वाचन : कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड

काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगरपालिकाले चुनावीसभा आयोजना गर्ने भएको छ ।  माओवादी केन्द्र कीर्तिपुर नगरपालिकाले एक पोस्टर सार्वजनिक गर्दै मंसिर १३ गते २ः३० बजे कीर्तिपुर नःगाउँ दोबाटोमा चुनावी सभा गर्ने जनाएको छ ।  सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मेयर पदका उम्मेदवार प्रा.डा.शिवशरण महर्जन लगायतले सम्बोधन गर्ने बताइएको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको माओवादी केन्द्रले जनाएको छ। माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै महर्जनलाई मतदान गर्न अपिल गरेका छन् । सरल स्वभावका मर्हजनलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् ।   करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण निर्वाचन जित्नेमा पार्टी ढुक्क रहेको माओवादी केन्द्र कीर्तिपुरले जनाएको छ ।  

बक्यौता नतिर्ने उद्योगको बैंक र सेयर खाता रोक्का गर्न प्राधिकरणको पत्राचार(पत्रसहित)

काठमाडौं । डेडिकेटेड तथा ट्रंक फिडरमा लाइन नकाट्न निर्देशन पाएपछि नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउने उद्योगहरूको बैंक खाता, सेयर रोक्का गर्न पत्राचार गरेको छ । नियमन आयोगले लाइन नकाटी अन्य विकल्पबाट बक्यौता उठाउन पत्रचार गरेपछि प्राधिकरण बैंक खाता रोक्का, सेयर कारोबार गर्न नपाउनेलगायत विकल्पमा गएको हो । प्राधिकरणले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी राजिस्ट्रार कार्यालयमा खाता तथा सेयर खरिदबिक्री रोक्काका लागि पत्राचार गरेको छ । पत्रमा प्राधिकरणले खाताबाट रकम झिक्न नपाउने, सेयर निष्कासन गर्न नपाउने माग गरेको छ यस्तै, प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ विद्युत् खरिद सम्झौताबमोजिम भुक्तानी हुने रकमबाट असुल गर्न पियोर इनर्जीलाई पत्राचार गरेको छ । प्राधिकरणले ३४ वटा उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता बाँकी रहेका उद्योगहरूको विवरणसहित पत्राचार गरेको हो । प्राधिकरणका अनुसार, उक्त अवधिको जम्मा ६ अर्ब ४० करोड ९२ लाख ४० हजार ७०१ रुपैयाँ बाँकी छ । ३४ बाहेकका अन्य उद्योग भने किस्ताबन्दीमा आइसकेको प्राधिकरणले जनाएको छ । 

लोकप्रिय