हैटी संसारकै दुखी राष्ट्र, कुन होला खुसी राष्ट्र?

हैटी संसारकै दुखी राष्ट्र, कुन होला खुसी राष्ट्र?

काठमाडौं, चैत ८ ।  नेपाल दक्षिण एसियाकै तेस्रो खुसी राष्ट्रमा परेको छ । संयुक्त राष्ट्रसंघसँग आबद्ध ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले सार्वजनिक गरेको ‘सन् २०१७ को वल्र्ड ह्याप्पिनेस’ प्रतिवेदनमा नेपालले ४ दशमलव ९६ अंक प्राप्त गरेको छ ।

विश्वको खुसी राष्ट्रका सूचीमा नेपाल ९९औँ सूचीमा छ । गत वर्ष भने नेपाल विश्वको १०७औँ खुसी राष्ट्रमा थियो । यस वर्ष नेपालले आठ स्थान सुधार गरेको छ ।

नर्वे संसारकै खुसी राष्ट्र : वल्र्ड ह्याप्पिनेस संस्थाको प्रतिवेदनमा युरोपेली राष्ट्र नर्वे संसारको सबैभन्दा खुसी राष्ट्रको सूचीमा परेको छ । गत वर्ष डेनमार्क पहिलो स्थानमा रहँदा नर्वे चौथो स्थानमा थियो । डेनमार्क यस वर्ष दोस्रो स्थानमा झरेको छ । संसारको सबैभन्दा खुसी हुने राष्ट्रको पहिलो ६ स्थानसम्म युरोपेली देश नै छन् । तेस्रो स्थानमा आइसल्यान्ड, चौथोमा स्विट्जरल्यान्ड, पाँचौँमा फिनल्यान्ड तथा छैटौँमा नेदरल्यान्ड छन् ।

दक्षिण एसियामा पाकिस्तान पहिलो : आतंकवादको चपेटामा रहेको पाकिस्तान दक्षिण एसियाकै सबैभन्दा खुसी राष्ट्रमा परेको छ । समग्र विश्वमा भने पाकिस्तान ८०औँ स्थानमा छ । पाकिस्तानले ५.२६ अंक पाएको छ । दक्षिण एसियाको दोस्रो खुसी राष्ट्रमा भुटान रहेको छ । भुटानले ५.०१ अंक पाएको छ । बंगलादेश ४.४६ अंकसहित चौथो र ४.४४ अंकसहित श्रीलंका पाँचौँ खुसी राष्ट्रमा परेका छन् ।

दक्षिण एसियाकै ठूलो तथा विकसित भारत भने छैटौँ खुसी राष्ट्रमा रहेको छ । भारतले ४.३१ अंक पाएको छ । अफगानिस्तान ३.७९ अंकसहित सातौँ खुसी राष्ट्रमा रहेको ग्लोबल साइन्टिफिक स्टडिज संस्थानको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिका १४औँ राष्ट्र : विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिका खुसी राष्ट्रको शीर्ष दश स्थानमा समावेश छैन । अमेरिका चौधौँ स्थानमा छ । अमेरिका गत वर्षभन्दा एक स्थान तल झरेको प्रतिवेदनमा उल्लेख छ । अमेरिकाले यसपटक ६.९९ अंक पाएको छ । चीन भने ६.६५ सहित २०औँ खुसी राष्ट्रको सूचीमा छ ।

दुःखीमध्येको पहिलो खुसी राष्ट्रमा हैटी : ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले १४५औँदेखि १५४औँ स्थानसम्मकालाई विश्वकै दुःखी राष्ट्र मानेको छ । सबैभन्दा दुःखी राष्ट्रमध्येको पहिलो खुसी राष्ट्रमा ३.६३ अंकसहित हैटी छ । दुःखी राष्ट्रको पनि सबैभन्दा दुःखी राष्ट्रमा २.९० अंकसहित बुरुन्डी रहेको छ ।

यसरी हुन्छ अनुसन्धान : अमेरिकाको लस एन्जलसमा रहेको ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले ‘वल्र्ड ह्याप्पिनेस’ शीर्षकमा अनुसन्धान गरेको जनाएको छ । एक सय ५० भन्दा बढी देशमा अनुसन्धान गरिएको र प्रत्येक देशका कम्तीमा एक हजार नागरिकसँग सर्भे गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

व्यक्तिको औसत आय, औसत आयु, सामाजिक सहयोगको भावना, व्यक्तिगत स्वतन्त्रता, देशको आर्थिक अवस्था, व्यक्तिगत दया तथा क्षमताशीलता एवं भ्रष्टाचारको अवस्थालगायत विषयमा अनुसन्धान गरेर खुसी र दुःखी देशको सूची तयार पारिएको सो संस्थाले जनाएको छ । अनुसन्धानका क्रममा प्रत्येक राष्ट्रलाई एक देखि १० अंक प्रदान गरिएको पनि प्रतिवेदनमा छ । आजको नयाँ पत्रिकामा खबर छ ।

सबैभन्दा खुसी राष्ट्र स्थान राष्ट्र अंक
१. नर्वे ७.५३
२. डेनमार्क ७.५२
३. आइसल्यान्ड ७.५०
४. स्विट्जरल्यान्ड ७.४९
५. फिनल्यान्ड ७.४६
६. नेदरल्यान्ड ७.३७
७. क्यानडा ७.३१
८. न्युजिल्यान्ड ७.३७
९. अस्ट्रेलिया ७.३१
१०. स्विडेन ७.२८

दुःखी १० राष्ट्र
स्थान विश्वमा स्थान राष्ट्र अंक
१. १४५ हैटी ३.६३
२. १४६ यमन ३.५९
३. १४७ दक्षिण सुडान ३.५९
४ .१४८ लिबेरिया ३.५३
५. १४९ गुएना ३.५०
६. १५० टोगो ३.४९
७. १५१ रुवान्डा ३.४७
८. १५२ सिरिया ३.४६
९. १५३ तान्जानिया ३.३४
१०. १५४ बरुन्डी २.९०

आतिशी बन्ने भइन् दिल्लीमा मुख्यमन्त्री

काठमाडौं । भारतको दिल्लीमा नयाँ मुख्यमन्त्रीको नाम घोषणा भएको छ । अब आतिशी मार्लेना दिल्लीकी नयाँ मुख्यमन्त्री बन्ने भएकी हुन् । दिल्ली सरकारका मन्त्री गोपाल रायले आतिशी नयाँ मुख्यमन्त्री बन्न लागेको जानकारी दिएका हुन् । उनले भनेका छन्- आतिशी कठिन परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेकी हुन् । रायले भनेका छन्- भारतीय जनता पार्टीले आम आदमी पार्टी फुटाउने तथा सरकार ढाल्ने प्रयास गरेको छ । तर, हामीले उसका हरेक प्रयासलाई विफल पारेका छौँ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकले आतिशी दिल्लीको मुख्यमन्त्री बन्ने निर्णय गरेको हो । उनलाई सर्वसम्मत रूपमा मुख्यमन्त्रीको रूपमा अघि सारिएको रायले बताएका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल जेलमा हुँदा आतिशीले महत्त्वपूर्ण भूमिका निभाएकी थिइन् । केजरीlलले मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा गरेसँगै आम आदमी पार्टीले उनैलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको हो ।

इजरायलको आक्रमणमा राष्ट्रसंघका कर्मचारीसहित १८ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाले केन्द्रीय गाजामा रहेको संयुक्त राष्ट्र संघले सञ्चालन गरिरहको एक विद्यालयमा आक्रमण गर्दा कम्तीमा १८ जनाको ज्यान गएको छ। प्रत्यक्षदर्शीका अनुसार ‘महिला र बच्चाहरू’ टुक्राटुक्रा भएका छन्। यसरी मारिने मध्य ६ जना युनाइटेड नेसन रिलिफ एन्ड वर्क एजेन्सी (यूएनआरडब्लुए)मा आबद्ध थिए। युद्ध सुरु भएयता त्यहाँका कर्मचारीको ज्यान नै जाने गरी भएको यो सबै भन्दा ठुलो हमला हो। सो आक्रमणमा सेल्टरका मेनेजरको समेत मृत्यु भएको छ। पछिल्लो अवस्था हेर्दा त्यहाँ भुइँमा फोहोर छरिएका छन्। रगत सुक्दै गएपछि वातावरण नै दुर्गन्धित भएको छ। प्रत्यक्षदर्शीका अनुसार मानिस खाना पर्खिरहेको समयमा सो आक्रमण भएको थियो। इजरायल गाजा युद्धमा अहिलेसम्म ४१ हजार भन्दा बढीको ज्यान गएको छ भने ९५ हजार भन्दा बढी विस्थापित भएका छन्। पछिल्लो घटना अनुसार एक ४६ वर्षीया महिलाको छातीमा गोली हानेर हत्या गरिएको छ। इजरायल अधीनस्थ वेस्ट बैंकको दक्षिणी सहर तुबासको शिविरमा रहेका उनलाई यसरी गोली हानिएको हो। यसअघि बुधबार तुबासमा हवाई आक्रमणमा इजरायली सेनाले प्रहार गरेको गोलीबाट ५ जनाको ज्यान गएको थियो। गत वर्षको ७ अक्टोबरदेखि सुरु भएको यस युद्धले हरेक दिन यस्ता बिभत्स घटना भएका छन्। यसैबिच, हमासले वार्ताको मध्यस्थता गरिरहको पक्षसँग युद्ध विरामका लागि आफूहरू तयार रहेको कुरा जानकारी गराएको छ। यस युद्धमा इजिप्ट र कतारले मध्यस्थता गरिरहेका छन्। इजरायलले लगातार आक्रमण गरेको छ भने हमासले बन्दीकोसमेत हत्या गरिसकेको छ। युद्ध विरामको प्रयासमा हमासका नेता सकारात्मक भएको मध्यस्थता गरिरहेका दुई पार्टी इजिप्ट र कतारको तर्फबाट बाहिर आइसकेको छ। यत्ति मात्र होइन इजरायलको थप आशयको बारे पनि चर्चा हुन थालेको छ। कतारस्थित हमाम विब खालिफा रङ्गशालाका एक प्राध्यापकका अनुसार इजरायलको ध्यान दक्षिण र उत्तर जोड्ने गाजाको कोरिडोरमा केन्द्रित छ।

दक्षिणपन्थी बार्नियरलाई प्रधानमन्त्री नियुक्त गरिएपछि फ्रान्समा देशव्यापी प्रदर्शन

पेरिस । हालै सम्पन्न निर्वाचनमा सबैभन्दा बढी मत ल्याएको वामपन्थी गठबन्धन नयाँ लोकप्रिय मोर्चा (NPF) लाई उपेक्षा गर्दै दक्षिणपन्थी राजनीतिज्ञ मिशेल बार्नियरलाई नयाँ प्रधानमन्त्री नियुक्त गरिएपछि फ्रान्समा बिरोध चर्किएको छ।  राष्ट्रपति इम्यानुएल म्याक्रोनले ट्रेड यूनियन र NPF को आव्हानमा प्रदर्शन सुरु भएको हो । प्रदर्शनकारीहरुले  जनमतको उपेक्षा गर्दै दक्षिणपन्थी व्यक्तिलाई प्रधानमन्त्रीका उम्मेदवार बनाएको बिरोध गरेका छन् । गृह मन्त्रालयले शनिबार देशभर १,१०,००० जना प्रदर्शनकारी भेला भएको जनाएको छ तर प्रदर्शनकारीले भने तीन लाख बढी जनता प्रदर्शनमा सहभागी भएको दावी गरेका छन् । र्याडिकल फ्रान्स अनबाउड पार्टीका अनुभवी नेता जीन-लुक मेलेन्कोनले राष्ट्रिय प्रदर्शनमा "जति सक्दो बलियो एक्यवद्धता" का लागि आह्वान गरेका छन्। आन्दोलनकारीहरुले देशैभरी करिब १३० वटा विरोध कार्यक्रमहरूको तालिका बनाइएको थियो, जसमा सबैभन्दा ठूलो प्रदर्शन शनिबार दिउँसो पेरिसको केन्द्रीय भागबाट सुरु भयो। वामपन्थी नेता मेलेन्कोन पेरिसको प्रदर्शनमा सामेल भए, र "लोकतन्त्रका लागि  म्याक्रोनको कू रोको" लेखिएको नारासहितको गाडीको पछाडि उभिएर भाषण दिए। वामपन्थीहरू आफ्नै प्रधानमन्त्रीका उम्मेदवार लुसी कास्टेट्सलाई म्याक्रोनले अस्वीकार गरेकोमा क्रोधित छन्।

नयाँ युग निर्माणका लागि साझा भविष्यसहितको साझेदारी आवश्यक: राष्ट्रपति शी

बेइजिङ— चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ युग निर्माणका लागि उत्पीडित देशहरुबीच साझेदारी आवश्यक भएकोमा जोड दिएका छन् । बिहीबार बेइजिङमा आयोजित चीन-अफ्रिका सहयोग मञ्च (FOCAC) को २०२४ शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शी ले चीनसँग कूटनीतिक सम्बन्ध भएका सबै अफ्रिकी देशहरूसँगको द्विपक्षीय सम्बन्धलाई रणनीतिक सम्बन्धको स्तरमा रुपान्तरण गर्न समेत प्रस्ताव गरे। सीले भने, "झण्डै ७० वर्षको अथक प्रयासहरूको लागि धन्यवाद, चीन-आफ्रिका सम्बन्ध अहिले इतिहासको उत्कृष्ट अवस्थामा छ।" बीजिङ, सेप्टेम्बर ५ (सिन्ह्वा) — चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार चीन अफ्रिकासँग मिलेर आधुनिकीकरणलाई संयुक्त रूपमा अगाडि बढाउन १० साझेदारी कार्य योजनाहरू कार्यान्वयन गर्न तयार रहेको बताए। समान हितमा आधारित साझा मानव भविष्य निर्माणमा जोड दिँदै शीले भने, “विश्वको एक तिहाइ जनसंख्या चीन र अफ्रिकामा बस्छ, र चीन र अफ्रिकाको आधुनिकीकरणबिना विश्वव्यापी आधुनिकीकरण सम्भव छैन।” सम्बोधनका क्रममा शीले चीन र अफ्रिकाबीच आगामी तीन वर्षमा कार्यान्वयन गरिने १० साझेदारी कार्ययोजनाहरू समेत प्रस्तुत गरे। सभ्यताहरूमाझ आपसी सिकाइ, व्यापार समृद्धि, औद्योगिक श्रृंखला सहकार्य, सम्पर्कता, विकास सहकार्य, स्वास्थ्य, कृषि र जनजीवन, जनस्तरको र सांस्कृतिक आदानप्रदान, हरित विकास र साझा सुरक्षाका क्षेत्रहरूलाई नयाँ साझेदारीले समेट्ने उनले बताए। यसअघि राष्ट्रपति सी जिनपिङले बुधबार आयोजित भोजमा अफ्रिकी नेताहरूलाई स्वागत गरेका थिए। उक्त अवसरमा उनले चीन र अफ्रिकाका जनताहरू साझा लक्ष्यहरूद्वारा एकताबद्ध भएर आधुनिकीकरणतर्फको यात्रामा नयाँ र अझ ठूलो उपलब्धिहरू हासिल गर्न सक्छन् भन्ने विश्वास पुनः पुष्टि गरेको चाइनाडेलीले जनाएको छ। चिनियाँ राष्ट्रपतिले चीन र अफ्रिकाबीचको स्थायी सम्बन्धलाई "परम्परागत मित्रतामा आधारित" र साम्राज्यवाद, उपनिवेशवाद, र प्रभुत्ववादविरुद्धको संघर्षले बलियो बनाएको सम्बन्धको रूपमा वर्णन गरे। आवरण तस्वीर: wang zhuangfei/chinadaily

लोकप्रिय