‘कर्णालीमा लगानीको लगन कहिले आउँछ?’

कर्णालीले संघीयतापछि जल, जंगल, जमिन उपभोगको यात्रामा छ: मन्त्री वेदराज सिंह, आर्थिक मामिला तथा योजना, कर्णाली प्रदेश

‘कर्णालीमा लगानीको लगन कहिले आउँछ?’

सुर्खेत, ६ फागुन । कर्णालीमा लगानीको लगन कहिले आउँछ ? कर्णाली बासीले कर्णालीमा लगानीको लगन आउन अझै कति कुर्नुपर्ने हो ? आइतबार कर्णाली उत्सव कुडा कर्णालीका अन्तर्गत लगानीको लगन सत्रमा पत्रकार गोविन्द खत्रीले वक्ताहरुलाई यहि प्रश्न गरे।

यो सत्रका वक्ताहरू थिए, कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल।

मन्त्री सिंहले कर्णालीमा पूर्णरूपमा लगानी मैत्री वातावरण बन्न बाकि रहेको स्वीकारे। कर्णालीमा लगानीको लागि लगन पर्खिराख्न पर्ने अवस्था भने नरहेको उनले पनि कर्णालीमा पूर्ण रुपमा लगानीमैत्री वातावरण बन्न नसकेको भने उनले बताए। ‘कर्णालीले संघीयतापछि जल, जंगल, जमिन उपभोगको यात्रामा छ। उनले भने, ‘ठूलो भूगोल र सिमित स्रोत साधनले गर्दा अहिलेनै नागरिकले देखिने र महसुस गर्ने गरि लगानी मैत्रि वातावरण बन्न नसकेको अवस्था होला। तर पनि साविकको मध्यपश्चिम र आजको ६ वर्ष पछिको कर्णाली नागरिकले महसुस गर्न सक्छन्।’

अहिले प्राप्त भएको पहुँचलाई संस्थागत विकास गर्दै अब कर्णालीमा आवश्यकताका आधारमा कर्णालीका साधन र स्रोतको सहि ढंगले प्रयोग गर्न अझै आवश्यक रहेको उनले बताए। यसका लागि सरकारका तर्फबाट गर्ने प्रयासहरू अघि बढाएको उनको भनाई थियो।

नीतिगत कुराको कमिका कारणले लगानी गर्ने दाताहरुले लगानी गर्न नसकेको होकि भन्ने कुरा सरकारको पनि बुझाइ रहेको मन्त्रि सिंहले बताए। ‘यो वर्ष वैशाख १९ र २० गते कर्णाली लगानी विकास सम्मेलनको आयोजना गरिएको छ। उनले भने, ‘यसले निजी क्षेत्रले आफ्नो लगानीको सुरक्षा, लगानी मैत्री वातावरण, लगानी योग्य क्षेत्र पहिचान गर्ने गरि प्रस्तावहरु तयार गरेर त्यो सम्मेलनमा सहभागी बन्दैछौं। दाताहरुले पनि लगानीको प्रतिफल र सुरक्षाको कुरा ग्यारेन्टी गर्ने गरि सम्मेलनको तय हुदैछ।’ व्यवस्था परिवर्तनपछि कर्णालीले विकासको जग बसालेको उनको भनाई छ । 
कर्णाली र भेरि करीडोर सम्पन्न भयो भने विकासको पूर्वाधारको जग पूर्ण हुने विश्वास उनको थियो। त्यसपछि लगानी मैत्रि वातावरण सहज बन्न सक्ने उनले बताए। सुन्दरता र आकर्षणको हिसाबले सबैभन्दा महत्व राख्ने भूमि कर्णाली रहेको छ। उनले भने, ‘कर्णालीमा लगानी गर्न चाहाने निजी क्षेत्रको लागि सम्भावना धेरै छन्।’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष क्षेष्ठले पनि लगानीको लागि लगन कुरिराख्न पर्ने अवस्था चाहि नभएको बताए। तर कर्णालीको चुनौति भौतिक पूर्वाधार रहेको छ। उनले भने, ‘कर्णालीमा भौतिक चुनौति प्रमुख कारण हो भन्ने मलाई लाग्छ। यहाँ लगानी गर्न खोज्ने उद्योगीले भौतिक चुनौति भोग्नु परेको मैले बुझेको छु।’ व्यवसायको लागि पूर्वाधार ठूलो आधार भएकोले २०७४ पछि राजनितीक परिवर्तन भए पनि उद्योग क्षेत्रले आश गरेको कुरा आर्थिक परिवर्तन हुन नसकेको बताए। 
व्यवसायिक वातावरण बनाउन नसकेको र आर्थिक पाटोलाई प्रसय दिन नसकेकोले लगानीको वातावरण बन्न नसकेको उनको भनाई थियो।

निजी क्षेत्रलाई विश्वास गरेर साथ लिने हो भने लगानी गर्न तयार रहेको उनले बताए। व्यवसायिले नितीगत कुरामा स्पष्टता खोजेका हौं। सरकारका निती नियमहरु स्पष्ट हुन पर्‍यो। लगानीको लागि एउटै निति केहि वर्ष काम गर्न पर्‍यो।’

बैंकले पनि कर्णालीमा गरेको लगानी सबैभन्दा कमजोर देखिएको भन्दै नविल बैंकका अध्यक्ष पौडेललाई सहजकर्ताले प्रश्न गरे।

पौडेलले भने, ‘बैंक भनेको पानी हो। जतातिर ओरालो र सम्भावना छ त्यतैतिर बग्छ । यसलाई कुलो बनाएर कर्णालीले ल्याउन सक्नपर्छ। त्यसको लागि व्यवसाय गर्ने वातावरण हुन जरुरी देखिन्छ। व्यवसाय भएपछि बैंकहरु आउँछन्।’ वातावरण बनाउन बैंकहरू पनि लाग्न पर्ने उनको भनाई थियो। दिएको पैसा फिर्ता आउँछ भन्ने लागेपछि जहाँ गएर पनि लगानी गर्न सक्ने उनले बताए। ‘दुरदराजमा पनि बैंकहरु पुगेका छन्,’ उनले भने, ‘बैंकले सहयोग गर्नको लागि लिने मान्छे आउन जरुरी छ।’

कर्णाली उत्सवको दोस्रो दिन समाज, साहित्य र विकासका विषयमा छलफल केन्द्रित हुनेछ ।

पूर्वराष्ट्रपति भण्डारी  भन्छिन् -'म अझै पनि राजनीतिमा सक्रिय छु'

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू हाल पनि सक्रिय राजनीतिमा रहेको बताएकी छन्। शुक्रबार विराटनगरमा आयोजित उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलामा सहभागी भएपछि पत्रकारसँग कुराकानी गर्दै उनले 'म अहिले पनि सक्रिय राजनीतिमा छु' भन्दै आफ्नो भूमिकाबारे संकेत गरेकी हुन्। एमाले नेतृत्वबारेको चर्चामा उनले समय आएपछि प्रतिक्रिया दिने जनाइन्।कार्यक्रममा उनले गठबन्धनका कारण महिलाको सहभागिता घटेको र स्थानीय तहमा महिला नेतृत्व प्रभावकारी देखिएको उल्लेख गरिन्। भेलामा उपप्रमुख र उपाध्यक्षहरूको भूमिका र स्थानीय तहका समस्यामाथि छलफल हुने आयोजकले जनाएका छन्।

६४ यताका सबैलाई छानबिन गरौं भनेका छौँ, तर माधव नेपालप्रति पूर्वाग्रह देखियो : अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा विश्वासिलो छानबिनको वातावरण बने संसद् अवरोध हट्न सक्ने बताएका छन्। विपक्षी दलहरूको बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले गृहमन्त्रीको राजीनामा संसद् सञ्चालनको प्रमुख सर्त नभएको संकेत दिए। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेर समस्या समाधानतर्फ जानुपर्ने धारणा राख्दै एक–दुई दिनमै सकारात्मक वातावरण बन्ने विश्वास व्यक्त गरे। बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनले सरकारको नियतमाथि प्रश्न उठाए। प्रचण्डले २०६४ सालपछि सत्ता सम्हालेका सबै प्रधानमन्त्री र मन्त्रीहरू छानबिनको दायरामा पर्नुपर्ने माग आफ्‍नै पार्टीले उठाउँदै आएको स्मरण गराउँदै  भने, “तर, माधव नेपालप्रति छानबिनमा पूर्वाग्रह देखिएको छ।” उनले यसअघि ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईको नाम चर्चामा आए पनि अख्तियारले ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नीतिगत निर्णय’ भन्दै मुद्दा नचलाउने निर्णय गरेर पत्र पठाएको उल्लेख गरे। “त्यही अख्तियार अहिले प्रधानमन्त्रीमाथि नै मुद्दा दर्ता गर्न पुगेको छ। यो गम्भीर प्रश्न हो,” उनले भने, “माधव नेपाललाई जसरी पनि फसाउने नियत देखिन्छ। यो प्रतिशोध हो, जुन गलत छ।” प्रचण्डले प्रधानमन्त्रीका निर्णयहरू प्रायः नीतिगत हुने भन्दै माधव नेपालले आफैं पनि सो प्रकरणबारे आफूलाई थाहा नभएको धारणा राख्दै आएको उल्लेख गरे। “कहीँ न कहीँ प्रतिशोधको गन्ध आउँछ। अदालतमा मुद्दा पुगेको छ, न्यायको अपेक्षा गरौं,” उनले भने। उनका अनुसार माधव नेपालमाथि लागेको मुद्दाले अन्य थुप्रै विवादास्पद विषयहरू—जस्तै गिरीबन्धु, ओम्नी—समेत छानबिनको दायरामा ल्याउने सम्भावना बढाएको छ। “अब त सबै प्रधानमन्त्रीहरू खुला हुने भए। माधवलाई मात्रै हुने कुरा भएन,” प्रचण्डले हल्का शैलीमा हाँस्दै भने। तर उनले सरकारको व्यवहार नियोजित देखिएको भन्दै केहीलाई जोगाउने र केहीलाई फसाउने काम भएको आरोप लगाए। “एकथरिलाई दोष नदेखिए पनि कारबाही गरिएको छ भने, बढी दोष भएकाहरूलाई जोगाइएको छ। यो पूर्वाग्रहयुक्त कार्यशैली हो,” उनले निष्कर्ष टङ्ग्याए।

अध्यक्ष प्रचण्डद्वारा विश्व वातावरण दिवसको शुभकामना व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रधानमन्त्री कार्यकालको स्मरण गर्दै वातावरणीय एजेन्डालाई नीति निर्माणको केन्द्रमा राखेको बताएका छन्। विश्व वातावरण दिवस–२०८२ को अवसरमा जारी शुभकामना सन्देशमा उनले जलवायु परिवर्तनका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावकारी ढंगले उठाएको उल्लेख गरेका छन्। “मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा वातावरणीय विषयवस्तुहरूलाई नीति निर्माणको मूल एजेन्डा बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिको क्षतिपूर्तिको सवाल दृढतापूर्वक उठाएको छु,” उनले भने। पूर्वप्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमणलाई जलवायु न्याय र वातावरणीय मुद्दाको सन्दर्भमा ऐतिहासिक मानिएको बताए। गुटेरसको भ्रमणको क्रममा उठाइएका जलवायु सम्बन्धी सवालहरू विशेष महत्वका रहेको उनको भनाइ थियो। उनले जलवायु अनुकूलन रणनीति, हरित ऊर्जा, र वातावरणमैत्री नीतिहरूलाई प्राथमिकतामा राख्दै नेपाललाई हरित विकासतर्फ डोर्याउने प्रयास गरिएको पनि स्मरण गरे।  

भिजिट भिसा प्रकरण : गृहमन्त्रीको राजीनामामा सहमति नजुट्दा संसद बैठक स्थगित

काठमाडौं । गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिन र राजीनामाको माग भइरहँदा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुखको पहलमा सत्ता र विपक्षी दलबीच छलफल भए पनि दुवै पक्ष आ–आफ्नै अडानमा अडिग रहे। सत्तापक्ष गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्नेमा अडिएको छ भने विपक्षीले छानबिन आयोगको टीओआरसहित सरकार आउनुपर्ने माग राखेको छ।

लोकप्रिय