दमिश्क, सिरिया (बिबिसी) । सिरियाका राहत शिविरहरूमा महिलाहरूको यौन शोषण भइरहेको समाचारहरू आइरहेका छन् । बिबिसीले संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनहरूका माध्यमले मानवीय सहायता प्रदान गर्न खटाइएका पुरुष राहतकर्मीहरूले यस्तो गर्ने गरेको थाहा हुन आएको जनाएको छ ।

रिपोर्टहरूमा पुरुष राहतकर्मीहरूले यौनका सट्टामा भोजन बेच्ने गरेको कुरा छ । यसबारे तीन वर्ष पहिले नै चेतावनी दिइसकिएको भए पनि देशको दक्षिणी भूभागमा यो सिलसिला जारी रहेको जनाइएको छ ।

संयुक्त राष्ट्र र अन्य संगठनहरूले भने यस क्षेत्रमा काम गरिराखेका उनीहरूका सहयोगी संगठनहरू विरुद्ध यस्तो गुनासो नआएको जनाएका छन् ।

राहतकर्मीहरूले बिबिसीलाई बताए अनुसार त्यहाँ ठुलो परिणाममा महिलाहरूको शोषण भइरहेको छ जसकारण महिलाहरू राहत वितरण केंद्रसम्म जान रुचाइरहेका छैनन् ।

एक जना राहतकर्मीका अनुसार केही मानवीय सहायता पुऱ्याइरहेका एजेंसीहरूले यस्ता घटनाहरूलाई नजरअंदाज गर्ने गर्दछन् किनभने बढी जोखिमपूर्ण क्षेत्रमा उनीहरूका लागि स्थानीय अधिकारी हरू र सहयोगी संगठन काम गरिरहेका हुन्छन् ।

संयुक्त राष्ट्र जनसंख्या कोषले सिरियाका विभिन्न प्रशासनिक क्षेत्रहरूमा गरेको एउटा मूल्यांकनमा पनि केही व्यक्तिहरूले सहायता सामग्रीको साटो महिलाहरूको यौन शोषण गर्ने गरेको पाएको थियो ।

‘भोइस फ्रम सिरिया २०१८’ नामक एक रिपोर्टमा लैंगिक हिंसाको विश्लेषण गरिएको थियो । यसमा भनिएको छ,”महिला र किशोरीहरू खाद्य सामग्री पाउने आसमा छोटो समयका लागि विवाह गर्दै थिए । यसको सट्टामा उनीहरूले ती व्यक्तिहरूसँग यौन संपर्क राख्नु पर्थ्यो ।”

रिपोर्टमा राहतकर्मीहरूले महिला तथा किशोरीहरूसँग फोन नंबर माग्ने गरेको र उनीहरुलाई आफ्नो बासस्थानसम्म लाने गरेको उल्लेख छ । यस्टोमा बढी जसो विधवा र श्रीमानसँग अलग भएका महिला पर्ने गरेको रिपोर्टमा छ ।

यस किसिमको घटना तीन वर्ष पहिले सार्वजनिक भएको थियो । एउटा सहायता संस्थामा सल्लाहकारका रूपमा काम गरिराखेकी ड्यानिएल स्पेंसरसँग सन २०१५ मा मेही सिरियाली महिला संगठनहरूले गुनासो गरेका थिए ।

स्पेंसरका अनुसार त्यस्ता मान्छेहरूले यौनका लागि महिला राजी नहोउन्जेल सहायता सामग्री रोकेर राख्ने गरेका हुन्थे ।

ड्यानिएल भन्छिन्, “मलाई राम्ररी सम्झना छ एउटी महिला आफ्नो कोठा एक्लै रोइरहेकी थिइन् । उनी आफूसँग घटेको घटनाले गर्दा साह्रै दुःखी थिइन् ।”

सन २०१५ को जुन महिनामा ‘द इंटरनेशनल रेस्क्यू कमिटी’ भन्ने संस्थाले एक सय ९० महिला र किशोरीहरूलाई सम्मिलित गराएर एउटा सर्वेक्षण गरेको थियो । जसको रिपोर्ट अनुसार ४० प्रतिशत महिलाहरूले आफूहरू सहायताको सट्टामा यौन हिंसाको शिकार भएको स्विकारेको थिए ।

कमिटीका प्रवक्ताले भने, “सर्वेक्षणको निष्कर्ष के हो भने सिरियामा यौन हिंसा व्यापक चिन्ताको विषय हो, यसमा राहत सामग्रीको सट्टामा यस्तो गरिनु पनि रहेको छ ।

‘द इंटरनेशनल रेस्क्यू कमिटी’का प्रवक्ताले दक्षिण सिरियामा महिला र किशोरीहरूको सुरक्षाका निम्ति प्रभावशाली कार्यक्रम थालिएको बताए ।

‘केयर संस्थान’ले सिरियामा निगरानी टोलीहरूको विस्तार गरिने जनाउँदै राहत सामग्री स्थानीय एजेंसीहरूलाई दिन रोकिएको जनाएको छ ।

स्पेंसरका अनुसार सहायता एजेंसीहरूले हालसम्म यस्ता गुनासाहरू प्रति आँखा चिम्लिने गरेका थिए ताकि राहत सामग्री दक्षिण सिरियासम्म पुग्न सकोस ।

उनले महिला विरुद्धको हिंसालाई कैयौं वर्ष देखि ‘नजरअंदाज’ गरिँदै आएको छ।

२०१५ मा ‘संयुक्त राष्ट्र जनसंख्या कोष’को बैठकमा सरिक एक जनाले बिबिसीलाई बताए अनुसार यस सम्बन्धी विश्वासिला रिपोर्टहरू पेस गरिएका भए पनि संयुक्त राष्ट्र संघले गम्भीरतके लिएको थिएन ।

जनसंख्या कोषका एक जना प्रवक्ताले यौन शोषण से जुड़े मामिलाका बारेमा सुनिएको भए पनि आफ्ना सहयोगी संस्थाहरू विरुद्ध कुनै सिकायत नआएको जनाएको छ।

उता युनिसेफ प्रवक्ताले पनि २०१५ को बैठकमा भाग लिएको स्वीकार गरेको छ । संस्थाले आफ्ना सहयोगी संस्थाहरूको समीक्षा गरेको बताएको छ । साथै उसले आफ्ना सहयोगी संस्थाहरू विरुद्ध कुनै उजुरी नआएको भनेको छ ।

इजरायली आक्रमणमा मारिएका हिजबुल्लाहका प्रमुखको शव फेला

काठमाडौं । यही सेप्टेम्बर २७ मा इजरायलको हवाई आक्रमणमा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको शव फेला परेको छ। इजरायलले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयमा आक्रमण गर्दा उनी मारिएका थिए।  यसैबीच इजरायलले लेबनानसँगको सीमामा ट्यांकहरू तैनाथ गरेको छ। लेबनानका प्रधानमन्त्री नजिब मिकातीका अनुसार इजरायली आक्रमणका कारण झन्डै १० लाख मानिस घरबारविहीन भएका छन्।  न्युयोर्क टाइम्सका अनुसार इजरायललाई नसरल्लाह लुकेको ठाउँ केही महिना पहिले नै थाहा थियो। उनी केही दिनमा अर्को ठाउँमा सर्ने डर इजरायललाई थियो। त्यसकारण यही सेप्टेम्बर २७ मा इजरायलले ८ लडाकु विमान लेबनानको राजधानी बेरुत पठायो र हिजबुल्लाहको मुख्यालयमा २ हजार पाउन्ड वजनका १५ वटा बम खसाल्यो। जहाँ नसरल्लाह थिए र मारिए। यो अपरेसनलाई ‘न्यु अर्डर’ नाम दिइएको छ। 

श्रीलङ्कामा आम निर्वाचनका लागि संसद विघटन

काठमाडौं । श्रीलङ्काको नयाँ राष्ट्रपतिले आकस्मिक आमनिर्वाचनको मार्ग प्रशस्त गर्न संसद विघटन गर्नुभएको छ ।  अनुरा कुमारा दिसानायकेले आफ्नो वामपन्थी राष्ट्रिय जनशक्तिगठबन्धनको संसदमा तीन सीट मात्रै रहेको २२५ सदस्यीय संसद विघटन गर्नुभएको हो ।  सरकारी गजेटमा प्रकाशित सूचनाका अनुसार निर्वाचन १४ नोभेम्बरमा हुने छ, जुन तालिकाअघि नै लगभग एक वर्षअघि हुनेछ। राष्ट्रपतिले आफ्नो सहयोगी हरिणी अमारासुरियालाई प्रधानमन्त्री चयन नियुक्त गर्नुभएको छ, जसले देशको इतिहासमा तेस्रो पटक एक महिलालाई प्रधानमन्त्री बनाइएको छ।  निर्वाचित भएलगत्तै संसद् विघटन गर्ने संकेत दिएका दिसानायके आफ्नो नीति कार्यान्वयनका लागि नयाँ जनादेशमा जान थाल्नुभएको हो ।  श्रीलङ्कामा सांसदहरू पाँच वर्षका लागि निर्वाचित हुने अन्तिम आम निर्वाचन अगस्ट २०२० मा भएको थियो। 

चीनमा कथावाचन साझेदारी यात्राको आकर्षण

चीनको ग्वाङ्डोङ प्रान्तले चीन कथावाचन साझेदारी यात्रा कार्यक्रम आयोजना गरेको छ। बिभिन्न दशवटाच देशका मिडिया संवाददाताहरू र इन्टरनेट प्रभावशाली व्यक्तिहरूको उपस्थितमा यही सेप्टेम्बर २२ देखि झांझियाङमा सहरमा कार्यक्रम सुरु भएको हो । चाइना डेली वेबसाइट र झांझियाङ नगरपालिका सरकारको सूचना कार्यालयद्वारा "म्याङ्ग्रोभहरूको सहर" भनेर चिनिने सुन्दर झांझियाङ सहरमा संयुक्तरूपमा आयोजित कार्यक्रम सेप्टेम्बर २६ मा समापन हुनेछ । चाइनाडेलीले जनाए अनुसार कार्यक्रममा संयुक्त राज्य अमेरिका, क्यानडा, डेनमार्क, स्विडेन, रूस र टर्कीबाट १० जना सहभागी रहेका छन् । चीन कथाकार साझेदारीका सदस्यहरूका रूपमा उनीहरुले झांझियाङको समुद्री सौन्दर्य र सांस्कृतिक धरोहरको अन्वेषण यात्रा सुरु गरेको डेलिले जनाएको छ।  वैश्विक दर्शकहरूलाई झांझियाङको विशिष्ट आकर्षण प्रस्तुत गर्ने मञ्चको रूपमा  यस कार्यक्रममा विदेशी मिडिया सहभागीहरूले आफ्नो शब्द र लेन्स मार्फत सहरको सारलाई समात्ने अवसर पाएका छन्। आधुनिक कथावाचनलाई व्यक्तिगत, अन्तर्राष्ट्रिय स्पर्शसँग सम्मिश्रण गर्दै यो कार्यक्रमले झांझियाङको उच्च गुणस्तरीय विकास र चीनको समग्र आधुनिकीकरण प्रयासहरूमा यसको भूमिकालाई उजागर गर्ने लक्ष्य राखेको थियो।  चिनियाँ मुख्य भूमिको सबैभन्दा दक्षिणी भागमा अवस्थित झांझियाङ, ग्वाङ्डोङ-हङकङ-मकाओ ग्रेटर बे एरिया, हेनान स्वतन्त्र व्यापार बन्दरगाह र ग्वाङ्शी बेइबु खाडी आर्थिक क्षेत्रलाई जोड्ने रणनीतिक केन्द्रको रूपमा चिनिन्छ। www.chinadaily..cn  बाट साभार

इजरायली आक्रमणका कारण हजारौंले लेबनान छाडे

काठमाडौं । बेइरूततर्फको सडकमा ठूलो जाम छ । सहरको नजिकै बम्परदेखि बम्परसम्मको ट्राफिक, मोटरवेमा लामो दूरीसम्म फैलिएको छ। धेरै मानिसहरू अझै दक्षिणबाट भागिरहेका छन्, जहाँ इस्रायली बमबारी रातभरि जारी छ।  सामान्य एक घण्टामा पुगिने सडकमा हजारौं गाडी सत्र घण्टादेखि जाममा छन् । एउटै मोटरसाइकलमा चार जनासम्म चढेर भागिरहेका छन् । इजरायले मुख्य सडकका ठाउँहरूमा बमबारी गरेका कारण यात्रा पनि असुरक्षित बन्दै गएको छ । केही व्यवसाय खुलेका छन्, तर अरू बन्द छन्, भने विद्यालयहरू बमबारीबाट भाग्ने मानिसहरूलाई आश्रय दिने केन्द्रको रूपमा प्रयोग गरिएको छ। केही बासिन्दाहरूले इजरायली सेनाबाट आफूहरूलाई इरानद्वारा समर्थित समूहको स्थानहरू नजिक रहेका क्षेत्रहरू छोड्न एसएमएस र भ्वाइस मेसेजहरू पठाइरहेका छन् ।  टायरको दक्षिणी सहरमा मानिसहरू समुद्रकिनारमा हिँडिरहेका छन् भने आन्तरिक गाउँहरूमा हवाई आक्रमणबाट धुवाँ उठिरहेको छ । 

लोकप्रिय