कोरियाली शिखर वार्ताः ट्रम्पले उच्च प्रंशसा गर्दै भने मेरो असल साथी राष्ट्रपति सीलाई कसैले नविर्सौं

कोरियाली शिखर वार्ताः ट्रम्पले उच्च प्रंशसा गर्दै भने मेरो असल साथी राष्ट्रपति सीलाई कसैले नविर्सौं

काठमाडौं, वैशाख १५ । कोरियाली प्रायदीपमा सन् १९५० को जुन २५ देखि सन् १९५३ जुलाई २७ सम्म चलेको युद्धले लामो समयसम्म कोरियाली जनतालाई दुःख, त्रास र अन्यौलमा बाँच्न बाध्य पा¥यो । कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच अझै पुनर्मिलन हुनसकेको छैन ।

शुक्रबार भएको दुई कोरियाली उच्च नेताहरूको भेटले कोरियाली जनतालाई त राहतको अनुभव भएको छ । त्यसबाहेक जवानीको जोससँगै उत्तर कोरियाको नेतृत्व सम्हाल्ने मौका पाएका नेता किम जोङ–उनको हतियारप्रतिको मोहले त्रस्त बनाएको दक्षिण कोरिया, जापान, अमेरिकालगायत विश्व समुदायलाई पनि राहत हुने सङ्केत देखिएको छ ।

गत वर्षको भदौ असौजतिर अमेरिका र उत्तर कोरियाली उच्च नेतृत्वबीच चलेको वाकयुद्धले यति छिट्टै उत्तर कोरिया यो हदमा नरम बन्नेछ भन्ने विश्वले कल्पना पनि गरेको थिएन । नत अमेरिकाले उत्तर कोरियासँग वार्ताका लागि तयार हुन्छ जस्तो नै लाग्थ्यो ।

उत्तर कोरियाली नेता किमका बारेमा बोल्दै ट्रम्पले राष्ट्रसंघमा केही महिना पहिले भन्नुभएको थियो, “‘रकेट म्यान’ अहिले आफ्नो र आफ्नो शासन दुवैका लागि आत्मघाती अभियानमा हुनुहुन्छ ।”

यसको अर्थ थियो अमेरिकाले उत्तर कोरियाविरूद्ध कुनै पनि वेला आक्रमण गर्नसक्छ । संयुक्त राष्ट्रसंघको महासभालाई सन् २०१७ मा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका र उसका सहयोगीलाई धम्की दिइरहे उत्तर कोरियालाई ‘पूर्णरुपमा ध्वस्त पार्ने’ चेतावनी दिनुभएको थियो ।

उत्तर कोरियाली विदेशमन्त्री रिले न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालय बाहिर संवाददातासँग यसको प्रतिक्रियामा भन्नुभएको थियो, “एउटा भनाइ छ नि कुकुर भुक्दै गर्दा पनि ‘परेड’ चलिरहन्छ । यदि ट्रम्पले हामीलाई कुकुरको भुकाइमार्फत अचम्मित पार्न खोजेका भए सपना देख्दैहुनुहुन्छ ।”

विज्ञहरुले उत्तर कोरियाले अचम्म लाग्दो तरिकाले लामो दुरीको मिसाइल र आणविक कार्यक्रममा प्रगति गरेको भन्दै समस्याको समाधान शान्तिपूर्ण गर्नुपर्ने बताएका थिए । उत्तर कोरियाले गत वर्षको सेप्टेम्बर ३ मा छैटौँं ठूलो आणविक परीक्षण गरेको थियो ।

विश्वलाई तरङ्गित पारेको कोरियाली विवादले दक्षिण कोरियामा आयोजना गरेको शीतकालीन ओलम्पिकमा उत्तर कोरियाले आफ्नो टोली पठाउने घोषणासँगै घटनाक्रमलाई नयाँ मोड दिन सफल देखियो ।

हुनत अमेरिकी पहलमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध नयाँ तथा थप कडा आर्थिक नाकावन्दी लगाउने घोषणाले पनि उत्तरलाई यो अवस्थामा ल्याएको हो भन्न सकिने आधार प्रशस्तै छन् ।

राष्ट्रसंघले उत्तर कोरियालाई हतियार मोह त्याग्न निरन्तर गरेको पहलका बाबजुद पनि एक पछि अर्को गर्दै उत्तर कोरियाले शक्तिशाली हतियार परीक्षण गर्नथाले पछि यसले चीन तथा रूसलाई पनि त्रसित बनाएको थियो ।

लामो समयदेखि प्योङयाङको प्रमुख सहयोगी रहँदै आएको चीन र अर्को सहयोगी मुलुक रूस राष्ट्रसंघद्वारा घोषणा गरेको नाकावन्दीप्रति ऐक्यवद्धता देखाउनुले पनि कोरियाली नेता किमलाई गलाएको विश्वास पनि गरिन्छ । उत्तर कोरिया, दक्षिण कोरिया, चीन र अमेरिकाको प्रयासमा कोरियाली प्रायदीपमा देखिएको शान्तिको सम्भावनाले विश्वलाई हर्षित तुल्याएको छ ।

शुक्रबार दुई कोरियाली नेताबीचको वार्ताले कोरियाली प्रायदीपलाई आणविक निशस्त्रीकरणका लागि भावनात्मक एकता दर्शाएको छ ।

वार्ताले यो वर्षको अन्त्यसम्ममा कोरियाली युद्धको अन्त्यको घोषणा गर्ने उद्देश्यले अमेरिका र चीनसमेत समावेश चार पक्षीय बैठक गर्ने, एक अर्कालाई चिड्याउने खालका सबै कार्यहरु बन्द गर्ने र गैरसैनिक क्षेत्रलाई ‘शान्ति क्षेत्र’को रुपमा विकास गर्ने, कोरियाली युद्धले विभाजित गरेका परिवारको पुनर्मिलन कार्यक्रम यो वर्षको अगष्ट १५ बाट शुरु गर्ने पनि सहमति गरेको छ ।

त्यसैगरी, कोरियाको सिमाना नजिक रहेको किसोङ्ग साझा आर्थिक क्षेत्रमा संयुक्त सम्पर्क कार्यालय खोल्न, दुई देशको सबै सरकारी तहबीच नजिकको कुटनैतिक सम्बन्ध कायम गन र अन्तर्राष्ट्रिय समारोहहरुमा सयुक्त टिम पठाउने र यसको शुरुवात सन् २०१८ को एसियाली गेमबाट गर्ने लगायतका विषयमा ऐक्यवद्धता जाहेर गर्न सफल भएको छ ।

वार्तापश्चात् बोल्दै नेता किमले दुई कोरियाले झगडा गर्नुपर्ने कुनै कारण नरहेको भन्दै शान्तिप्रतिको चाहना दर्शाउनुभएको छ । उहाँले कुनै दिन दुई कोरियाको एकीकरणसमेत हुनसक्ने भन्ने भावनात्मक निकटतालाई दर्शाउनुभएको थियो ।

सन् १९५३ मा कोरियाली युद्ध सकिएपछि पहिलो पटक उत्तर कोरियाका नेता दक्षिण कोरिया जानु भएको हो । स्थानीय समयानुसार शुक्रबार विहान ९ः३० बजेतिर दक्षिण कोरियाली भूमिमा उत्तर कोरियाली नेता किम पुग्नु भएको थियो ।

बैठकस्थलमा प्रवेश गरेपछि आगन्तुक पुस्तिकामा उहाँले “शान्तिपूर्ण युगको प्रारम्भको विन्दुमा एउटा नयाँ इतिहास शुरू भएको छ” भनेर लेख्नु भएको थियो ।

समाचारमा आएअनुसार उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच पनि आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने सम्भावना छ । यद्यपि बैठक कहाँ र कुन मितिमा गर्ने निश्चित भने भएको छैन । अमेरिकी राष्ट्रपतिले दुई दिन पहिले गरेको ट्वीटमा वार्ता निकट समयमा हुनसक्ने कुरालाई सङ्केत गर्नुभएको थियो ।

यसैबीच उत्तर कोरियाले गत वर्ष एक पछि अर्को गर्दै आणविक हतियार, तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षणका कारण विश्व समुदायलाई त्रास फैलिएका समय स्थितिलाई नियन्त्रणबाहिर जान नदिन चीनले गरेको कूटनीतिक प्रयासको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रसंशा गर्नुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको कोरियाली प्रायदीपमा शान्ति स्थापनार्थ खेलेको पहलको खुलेर प्रसंशा गर्दै आफ्नो ट्वीटर पेजमा लेख्नुभएको छ, “मेरो असल साथी तथा चीनका राष्ट्रपति सीले खासगरी कोरियाली सीमा विवाद समाधानका लागि गरेको प्रयासलाई हामी कसैले नविर्सौं । उहाँविना वार्ता प्रयास लामो र कठीन हुने थियो ।”

चीन उत्तर कोरियाको एकमात्र प्रमुख सहयोगी हो तर प्योङ्याङको आणविक हतियार परीक्षणका सन्दर्भमा संयुक्त राष्ट्रसंघले लगाएको नाकावन्दीमा चीनले समर्थन जनाएको थियो । यस बिषयमा चीनले उत्तर कोरियामा नाकावन्दीको घोषणा नगरेको भए कोरियाली प्रायदीपको समस्या समाधान उन्मुख हुने सम्भावना थिएन ।

पान्मुन्जोममा रहेको पिस हाउसमा शुक्रबार बिहानै झण्डै डेढ घण्टा भएको प्रत्यक्ष तथा औपचारिक वार्ताले विश्वलाई शान्तिका लागि सकारात्मक सन्देश दिएको छ ।

औपचारिक वार्ता अगाडि किमलाई मुनले सैन्य प्रदर्शनी अगाडि अभिवादनसहित भव्य स्वागत गर्नु भएको थियो । उहाँहरुको ऐतिहासिक शिखर बैठक सकारात्मक भएका दुवै देशका अधिकारीले जनाएका छन् ।

यद्यपी कतिपय विश्लेषकले भने वार्तामा नेता किमले व्यक्त गरेका धारणाप्रति धेरै नै आशावादी भइहाल्ने स्थिति नभएको भनेका छन् । कूटनीतिज्ञ भन्छन्, यस पहिले पनि प्योङयाङ र सोलबीचको समाधानका लागि पहल नभएका थिएनन् तर पछि प्योङयाङको कारण ती वार्ताले मुहुर्तरूप लिन सकेका थिएनन् ।

वार्ता सकेर नेता किम स्वदेश फर्किनुभएको छ । वार्तालाई विश्वका विभिन्न मुलुकका नेताहरूले सकारात्मक भनेका छन् ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ताको पूर्व तयारीमा कोरियाली नेताबीचको वार्ता सफल तथा प्रगतिउन्मुख होस् भन्ने कामना गर्नुभएको छ । उहाँले उक्त वार्ताको सफलताको कामनागर्दै वार्ता शान्त र सौहार्द रुपमा सम्पन्न गर्न पनि अमेरिका र उत्तर कोरियालाई आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मक मात्र नभएर महत्वपूर्ण पनि हुनसक्छ भनी सार्वजनिक अभिव्यक्ति दिएको दुई दिनपछि चिनियाँ राष्ट्रपतिको यो भनाइ आएको हो ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जङ उनले आगामी दिनमा अणुअस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएका कारण आफूले वार्तामा बस्न सहमति जनाएको बताइसक्नु भएको छ ।

दुई कोरियाका शीर्ष नेताबीच शिखर बैठक भएकोमा विभिन्न देशले स्वागत गरेका छन् । अमेरिकाले शिखर बैठकले दुई कोरियाली जनताको हितमा निर्णय गर्ने अपेक्षा गरिएको जनाएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको शुक्रबारको भेटवार्तालाई “ऐतिहासिक र सुखद्” भनेको छ । दुई देशको शिखर बैठकले जनताको शान्ति र संवृद्धिका लागि भविष्यमा उपलब्धि हासिल हुने अपेक्षा अमेरिकाले गरेको छ । ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा किम–मुन शिखर बैठकपछि किमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भेट्नेगरी तयारी भइरहेको उल्लेख गरिएको छ ।

त्यसैगरी अष्ट्रेलियाले पनि दुई कोरियाको भेटावार्तालाई निकै सकारात्मक सन्देशका रुपमा लिइएको बताएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोलम टर्नबुलले पनि दुई देशले आपसी समझदारीका साथ अगाडि बढ्ने वातावरण बन्ने प्रयास हुने विश्वास व्यक्त गर्नुभएको छ ।

आउने हप्ताहरूमा उत्तर कोरियाली नेता किमसँगको आफ्नो भेटवार्तामा सम्भव भए एउटा सहमति गर्नुपर्ने आफ्नो जिम्मेवारी भएको ट्रम्पले बताए ।

स्थिति अहिलेकै अवस्थामा अघि बढेमा कोरियाली प्रायदीपको विवादका कारण विश्वभर फैलिएको सन्त्रास छिट्टै स्थायीरूपमा समाधान हुनेछ । विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

इजरायली आक्रमणमा मारिएका हिजबुल्लाहका प्रमुखको शव फेला

काठमाडौं । यही सेप्टेम्बर २७ मा इजरायलको हवाई आक्रमणमा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको शव फेला परेको छ। इजरायलले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयमा आक्रमण गर्दा उनी मारिएका थिए।  यसैबीच इजरायलले लेबनानसँगको सीमामा ट्यांकहरू तैनाथ गरेको छ। लेबनानका प्रधानमन्त्री नजिब मिकातीका अनुसार इजरायली आक्रमणका कारण झन्डै १० लाख मानिस घरबारविहीन भएका छन्।  न्युयोर्क टाइम्सका अनुसार इजरायललाई नसरल्लाह लुकेको ठाउँ केही महिना पहिले नै थाहा थियो। उनी केही दिनमा अर्को ठाउँमा सर्ने डर इजरायललाई थियो। त्यसकारण यही सेप्टेम्बर २७ मा इजरायलले ८ लडाकु विमान लेबनानको राजधानी बेरुत पठायो र हिजबुल्लाहको मुख्यालयमा २ हजार पाउन्ड वजनका १५ वटा बम खसाल्यो। जहाँ नसरल्लाह थिए र मारिए। यो अपरेसनलाई ‘न्यु अर्डर’ नाम दिइएको छ। 

श्रीलङ्कामा आम निर्वाचनका लागि संसद विघटन

काठमाडौं । श्रीलङ्काको नयाँ राष्ट्रपतिले आकस्मिक आमनिर्वाचनको मार्ग प्रशस्त गर्न संसद विघटन गर्नुभएको छ ।  अनुरा कुमारा दिसानायकेले आफ्नो वामपन्थी राष्ट्रिय जनशक्तिगठबन्धनको संसदमा तीन सीट मात्रै रहेको २२५ सदस्यीय संसद विघटन गर्नुभएको हो ।  सरकारी गजेटमा प्रकाशित सूचनाका अनुसार निर्वाचन १४ नोभेम्बरमा हुने छ, जुन तालिकाअघि नै लगभग एक वर्षअघि हुनेछ। राष्ट्रपतिले आफ्नो सहयोगी हरिणी अमारासुरियालाई प्रधानमन्त्री चयन नियुक्त गर्नुभएको छ, जसले देशको इतिहासमा तेस्रो पटक एक महिलालाई प्रधानमन्त्री बनाइएको छ।  निर्वाचित भएलगत्तै संसद् विघटन गर्ने संकेत दिएका दिसानायके आफ्नो नीति कार्यान्वयनका लागि नयाँ जनादेशमा जान थाल्नुभएको हो ।  श्रीलङ्कामा सांसदहरू पाँच वर्षका लागि निर्वाचित हुने अन्तिम आम निर्वाचन अगस्ट २०२० मा भएको थियो। 

चीनमा कथावाचन साझेदारी यात्राको आकर्षण

चीनको ग्वाङ्डोङ प्रान्तले चीन कथावाचन साझेदारी यात्रा कार्यक्रम आयोजना गरेको छ। बिभिन्न दशवटाच देशका मिडिया संवाददाताहरू र इन्टरनेट प्रभावशाली व्यक्तिहरूको उपस्थितमा यही सेप्टेम्बर २२ देखि झांझियाङमा सहरमा कार्यक्रम सुरु भएको हो । चाइना डेली वेबसाइट र झांझियाङ नगरपालिका सरकारको सूचना कार्यालयद्वारा "म्याङ्ग्रोभहरूको सहर" भनेर चिनिने सुन्दर झांझियाङ सहरमा संयुक्तरूपमा आयोजित कार्यक्रम सेप्टेम्बर २६ मा समापन हुनेछ । चाइनाडेलीले जनाए अनुसार कार्यक्रममा संयुक्त राज्य अमेरिका, क्यानडा, डेनमार्क, स्विडेन, रूस र टर्कीबाट १० जना सहभागी रहेका छन् । चीन कथाकार साझेदारीका सदस्यहरूका रूपमा उनीहरुले झांझियाङको समुद्री सौन्दर्य र सांस्कृतिक धरोहरको अन्वेषण यात्रा सुरु गरेको डेलिले जनाएको छ।  वैश्विक दर्शकहरूलाई झांझियाङको विशिष्ट आकर्षण प्रस्तुत गर्ने मञ्चको रूपमा  यस कार्यक्रममा विदेशी मिडिया सहभागीहरूले आफ्नो शब्द र लेन्स मार्फत सहरको सारलाई समात्ने अवसर पाएका छन्। आधुनिक कथावाचनलाई व्यक्तिगत, अन्तर्राष्ट्रिय स्पर्शसँग सम्मिश्रण गर्दै यो कार्यक्रमले झांझियाङको उच्च गुणस्तरीय विकास र चीनको समग्र आधुनिकीकरण प्रयासहरूमा यसको भूमिकालाई उजागर गर्ने लक्ष्य राखेको थियो।  चिनियाँ मुख्य भूमिको सबैभन्दा दक्षिणी भागमा अवस्थित झांझियाङ, ग्वाङ्डोङ-हङकङ-मकाओ ग्रेटर बे एरिया, हेनान स्वतन्त्र व्यापार बन्दरगाह र ग्वाङ्शी बेइबु खाडी आर्थिक क्षेत्रलाई जोड्ने रणनीतिक केन्द्रको रूपमा चिनिन्छ। www.chinadaily..cn  बाट साभार

इजरायली आक्रमणका कारण हजारौंले लेबनान छाडे

काठमाडौं । बेइरूततर्फको सडकमा ठूलो जाम छ । सहरको नजिकै बम्परदेखि बम्परसम्मको ट्राफिक, मोटरवेमा लामो दूरीसम्म फैलिएको छ। धेरै मानिसहरू अझै दक्षिणबाट भागिरहेका छन्, जहाँ इस्रायली बमबारी रातभरि जारी छ।  सामान्य एक घण्टामा पुगिने सडकमा हजारौं गाडी सत्र घण्टादेखि जाममा छन् । एउटै मोटरसाइकलमा चार जनासम्म चढेर भागिरहेका छन् । इजरायले मुख्य सडकका ठाउँहरूमा बमबारी गरेका कारण यात्रा पनि असुरक्षित बन्दै गएको छ । केही व्यवसाय खुलेका छन्, तर अरू बन्द छन्, भने विद्यालयहरू बमबारीबाट भाग्ने मानिसहरूलाई आश्रय दिने केन्द्रको रूपमा प्रयोग गरिएको छ। केही बासिन्दाहरूले इजरायली सेनाबाट आफूहरूलाई इरानद्वारा समर्थित समूहको स्थानहरू नजिक रहेका क्षेत्रहरू छोड्न एसएमएस र भ्वाइस मेसेजहरू पठाइरहेका छन् ।  टायरको दक्षिणी सहरमा मानिसहरू समुद्रकिनारमा हिँडिरहेका छन् भने आन्तरिक गाउँहरूमा हवाई आक्रमणबाट धुवाँ उठिरहेको छ । 

लोकप्रिय