यी हुन २ सय बढी सर्पबाट आफुलाई टाेकाउने व्यक्ति, कारण अचम्मकाे छ

यी हुन २ सय बढी सर्पबाट आफुलाई टाेकाउने व्यक्ति, कारण अचम्मकाे छ

प्रत्येक पाँच मिनेटमा कतै न कतै कोही न कोहीको सर्पदंशका कारण ज्यान जान्छ भने अन्य चार जना स्थायी रुपमा अपाङ्ग हुन्छन्।

तर विश्वमा केही मानिसहरू छन् जसले ठूलो जोखिम मोल्दै यो घस्रने जन्तुसँग जोडिएका विभिन्न किसिमका अनुसन्धान गर्छन्।

अमेरिकी राज्य विसकनसिनमा बस्ने टिम फ्रिडा त्यस्तै मध्ये एक हुन्।

उनी जानाजान विषालु सर्पलाई डस्न लगाउँछन्, त्यसको भिडिओ खिच्छन् र युट्यूबमा अपलोड गर्छन्।

तत्कालको दुखाइ

कतिपय बेला आफूलाई विषालु जीवले डसेपछि कस्तो महसुस हुन्छ भन्ने कुरा टिम आफ्नो भिडिओमा व्याख्या गर्छन्

एउटा त्यस्तै भिडिओमा, टिमले विषालु अफ्रिकी सर्प माम्बाले दुईपटक आफूलाई डसेपछि हातबाट बगिरहेको रगतको बेवास्ता गर्दै क्यामरा अगाडि बोलेका छन्।

“ब्ल्याक् माम्बाले डसेपछि तत्काल दुख्छ। यो हजारौं माहुरीले एकैपटक टोकेजस्तै हो। माहुरीको टोकाइमा एक वा दुई मिलिग्राम विष हुनसक्छ तर माम्बाको टोकाइमा भने तीन सयदेखि पाँच सय मिलिग्रामसम्म विष हुनसक्छ।”

त्यसपछि के भयो भन्ने पनि उनले बीबीसीलाई बताएका छन्।

“त्यसपछि सुन्निन थाल्यो। त्यसपछिका केही दिन म थला परेँ। जति सुन्निएको थियो त्यो हेरेर सर्पले मेरो शरीरमा कति विष छोडेको रहेछ भनेर म अनुमान गर्न सक्छु। यो एकदमै पीडादायी छ।”

खतरापूर्ण र अनैतिक

तर उनका युट्युबका प्रशंसकजस्तै सबैजना अवाक हुँदैनन्।

टिम फ्रिडाले आफ्नो शरीर सर्पको आक्रमण सहन सक्ने बनेको बताए

लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिनका डाक्टर स्टुवार्ट एन्सवर्थ भन्छन्,”यी मानिसहरू के गर्छन् भन्ने हामीलाई थाहा छैन। यो खतरापूर्ण र अनैतिक हो। हामी उनीहरूसँग काम गर्दैनौं।”

सर्पदंशको नयाँ र विश्वव्यापी उपचार खोज्ने प्रयास गरिरहेका संस्थाहरू मध्ये एउटा उनको पनि हो।

सामान्यत: नयाँ खोपहरू मुसा वा अन्य जनावरमाथि प्रयोग गरिन्छ र सुरक्षित पाइएपछि मात्रै एउटा नियन्त्रित वातावरणमा मानिसमाथि परीक्षण गरिन्छ।

“धेरै नियमन नगरिने भएकोले मानिसहरू आफैँ खोप लगाउँछन्। तर यो अभ्यासले ज्यानै पनि जानसक्छ। मानिसले यसो गर्न हुँदैन,” डाक्टर एन्सवर्थले भने।

तर विश्वभरको फर्मस्यूटिकल उद्योगमा, एन्टी भेनम भनिने सर्पदंश लगायत विषालु जीवको टोकाइमा प्रयोग गरिने औषधीको अनुसन्धानका लागि ठोस मार्ग निर्देशन उपलब्ध छैन्।

नयाँ खोप पत्ता लगाउने वैज्ञानिक अभियानको नेतृत्व गरिरहेको एउटा संस्था ब्रिटेनस्थित वेलकम ट्रस्टका अनुसार “उत्पादन, सुरक्षा वा अपेक्षित परिणामसम्बन्धी साझा मापदण्डहरू छैनन्।”

घातक जोखिम

सामाजिक सञ्जालमा फलोअर्स बढाउनका लागि आफ्नो ज्यान खतरामा पारेको भन्ने धारणालाई फ्रिडा अस्वीकार गर्छन्।

“म युट्युब भिडिओ बनाउनका लागि यो गरिरहेको छैन – म मानिसहरूको ज्यान बचाउन चाहन्छु र परिवर्तन ल्याउन चाहन्छु। मैले अहिले काम गरिरहेका डाक्टर खोज्नका लागि मात्रै युट्युब प्रयोग गरेको हुँ। त्यो जुवा खेले जस्तै थियो। त्यसले काम गर्‍यो,” उनले भने।

टिम फ्रिडाले आफूले करिब दर्जन पटक जति मृत्यु छलेको बताएका छन्

सर्पका तीन हजार प्रजाति मध्ये करिब दुई सयमा मात्रै कडा विष हुन्छ जसले मानिसलाई अपाङ्ग बनाउन वा ज्यानै लिनसक्छ। फ्रिडा त्यस्ता धेरै सर्पसँग परिचित छन्।

चाहे त्यो गोमन होस् वा भाइपर होस् वा माम्बा। उनले विगत दुई दशकमा दुई सय भन्दा बढी सर्पको डसाइ सहेका छन्। त्यो भन्दा बाहेक उनले ७ सय भन्दा बढी पटक आफ्नो शरिरमा विष प्रवेश गराएका छन्।

सर्पले टोक्दा शरीरमा प्रवेश गर्ने विषको मात्रा उल्लेख्य रूपमा फरक पर्ने गरेको छ। कुनै बेला सर्पले डस्दा शरीरमा विष नै जाँदैन त्यही भएर सुइको माध्यमबाट विष दिने मात्रालाई नियमन गर्ने तरिका पनि हो।

फ्रिडा भन्छन्, “ब्ल्याक् माम्बा जस्तो सर्पको विष तपाईँ पूर्ण रूपमा प्रतिरोध गर्न सक्नुहुन्न भने त्यसले स्नायु प्रणालीमा असर गर्छ। जसले गर्दा डायफ्रायाम भनिने छातिलाई शरीरको तल्लो अङ्गबाट अलग गर्ने मांसपेशी कक्रक्क पर्छ र तपाईँले सास फेर्न सक्नुहुन्न, तपाईँको आँखा बन्द हुन्छ र तपाईँ बोल्न सक्नु हुन्न र तपाईँ विस्तारै हलचल गर्न सक्नुहुन्न अनि पक्षघात हुन्छ। यसले हाम्रो केन्द्रीय स्नायु प्रणालीलाई असर गर्दैन त्यही भएर मृत्यु नहुनजेलसम्म तपाईँले सोच्न भन्ने सक्नुहुन्छ।”

गोमनको डसाइ भयानक हुन्छ

फ्रिडाले आफ्नो घरको पछाडिको भागमा थुप्रै विषालु सर्पहरू राखेका छन् र तिनीहरूको डसाइ आफैँमाथि परीक्षण गराइरहेका छन्।

ब्ल्याक् माम्बा विश्वकै एउटा घातक सर्प हो – यो सर्पको डसाइले मानिसको ३० मिनेटमै ज्यान जानसक्छ

“म सँग अफ्रिकाको पानी गोमन छ। यसको टोकाइ निकै भयानक हुन्छ। त्यो एकदमै कठिन र एकदमै डरलाग्दो अनुभव थियो।”

पानी गोमनको विषमा न्यूरोटोक्सिन हुन्छ जसले स्नायु कोषलाई असर गर्छ।

“अरू गोमन सर्पहरूमा साइटोटोक्सिन हुन्छ जसले र्‍याटल स्नेक प्रजातिको सर्प जस्तै कोषहरू मारिदिन्छ। गोमनले औंला वा हात नै सम्म पनि निकाल्न सक्छ।”

फ्रिडा विषको कम मात्रा लिदैँ शरिरमा प्रतिरोधी प्रणाली विकास गर्ने सिद्धान्त अनुसार काम गर्छन् तर उनको यो काम गर्ने तरिकाको धेरै आलोचना भएको छ।

प्रतिरोधी क्षमताको विकास

अहिले हामीसँग भएको उपचार विधिमा पनि यस्तै उपाय अवलम्वन गरिएको छ तर जनावरहरूको प्रयोग गरिन्छ।

सर्पसँग मानिसहरू डराउने भए पनि कतिपय संस्कृतिमा यसलाई पूजा गरिन्छ

एन्टी भेनमको उत्पादन गर्ने पद्धतिमा १९ औं शताब्दी यता नै परिवर्तन भएको छैन।

सुइमार्फत थोरै मात्रामा भेडा र घोडालाई विष दिइन्छ। र त्यसपछि एन्टीबडिज भनिने रोगहरूसँग लड्ने रगतमा उत्पादन हुने एक किसिमको प्रोटिनलाई ती दुवै जनावरबाट संकलन गरिन्छ।

“हामीसँग मलाई मार्न चाहने जीवहरू छन् तर म मर्न चाहन्नँ। त्यसैले म स्वयम् घोडा बनेको हुँ। हामी किन आफैँ आफ्नै रोगसँग लड्ने क्षमता बन्न सक्दौनौं?” फ्रिडा प्रश्न गर्छन्।

पहिला ट्रक चालक रहेका ५१ वर्षीय फ्रिडा कहिल्यै विश्वविद्यालय गएनन्।

कुनै पनि विषालु जीवका कारण मर्न सकिन्छ भन्ने डरले उनलाई लगभग २० वर्षदेखि यस्तो अस्वभाविक काम गर्न प्रेरित गरिरहेको छ।

उनले सुरुमा माकुरा र बिच्छीलाई टोकाएर यस्तो प्रयोग सुरु गरे। त्यसपछि गोमन र कोपरहेड नामका विषालु सर्पलाई प्रयोग गरे।

“मैले यो ग्रहमा भएका सबै किसिमका विषालु सर्पबाट आफूलाई टोकाएको छैन। जुनले छिट्टै ज्यान लिनसक्छ त्यसलाई मात्रै छानेको छु।”

सर्पले टोकेको घाउको थुप्रै चोट उनको जिउमा छ र उनी त्यसरी टोकाउँदा मृत्युको नजिकसम्म पुगेका छन्।

तैपनि कुनै चिकित्सकको सुपरिवेक्षण बिना सर्पलाई टोकाएकामा उनी खुसी छन्।

“करिब १२ पटक मलाई निको हुन निकै गाह्रो भयो। पहिलो वर्ष मैले अनुसन्धानका लागि दुईवटा गोमनलाई टोकाएपछि अस्पतालमै भर्ना हुनुपरेको थियो। तपाईँले सिकाइको त्यो चरण पार गर्नैपर्छ। विश्वमा यसबारे सिकाउने कुनै चिकित्सक वा विश्वविद्यालय छैन।”

रोग प्रतिरोधी क्षमता दोबर

चिकित्सा परीक्षणले उनले अपनाएको विधिले काम गरिरहेको देखाएपछि उनको आत्मविश्वास वृद्धि भएको छ।

सर्पदंशको उपचारमा प्रयोग गरिने एन्टी भेनम एकदमै महङ्गो हुन्छ र त्यसले एलर्जी पनि हुन्छ

“अरूको तुलनामा मेरो जिउमा विषसँग लड्न सक्ने दोबर संख्यामा एन्टीबडिज छन्। प्रयोगशालामा गरिएको परीक्षणले यो पुष्टि गरेको हो,” उनले दाबी गरे।

करिब दुई वर्षअघि, टिम फ्रिडाको युट्युब भिडिओहरूले इम्युनोलोजिष्ट भनिने रोग प्रतिरोधि क्षमता विकासमा काम गर्ने विशेषज्ञ ज्याकोब ग्लानभिलको ध्यान तान्यो। ग्लानभिलले विषको औषधी उत्पादन गर्ने आफ्नै कम्पनी खोल्नका लागि फाइजर नामक एउटा ठूलो औषधी निर्माता कम्पनीको प्रमुख वैज्ञानिकको पद छोडेका थिए।

“टिमले जे गरे त्यो असाधारण छ तर यो एकदम खतरनाक छ र त्यस्तो गर्न म कसैलाई पनि सुझाउँदिन,” ग्लानभिलले भने।

नयाँ किसिमको एन्टी भेनम बनाउनका लागि कम्पनीले फ्रिडाको रगतको नमुना लिएको छ।

बेवास्ता गरिएको रोग

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष ५४ लाख मानिसहरूलाई सर्पले डस्छ। मृत्यु हुनेको सङ्ख्या ८१ हजारदेखि एक लाख ३८ हजार सम्म भएको आकलन गरिएको छ। अन्य चार लाख भन्दा बढी स्थायी रुपमा अपाङ्ग बन्छन् जसले उनीहरूको जीवनलाई कष्टकर बनाउँछ।

विश्व स्वास्थ्य सङ्गठनले सर्पदंशलाई बेवास्ता गरिएको ट्रपिकल रोगको रूपमा राखेको छ

तर सन् २०१७ अघिसम्म विश्व स्वास्थ्य सङ्गठनले सर्पदंशलाई बेवास्ता गरिएको ट्रपिकल रोगको रूपमा राखेकै थिएन्।

प्रत्येक वर्ष, सेप्टेम्बर १९ तारिखमा सर्पदंशको जनचेतना जगाउने दिवसको रुपमा मनाइन्छ।

एशिया, अफ्रिका र दक्षिण अमेरिकाका ग्रामीण समुदायमा रहेको सर्पदंशको समस्यालाई सार्वजनिक सम्बोधन गर्न यो दिवस मनाइन्छ। यी समुदायले अझै पनि आधुनिक स्वास्थ्य सेवाबाट पूर्ण रुपमा फाइदा लिन सकेका छैनन्।

धेरै देशमा भण्डारण गर्ने समस्या सहितका विभिन्न कारणले एन्टी भेनम प्रभावकारी देखिदैँन। कतिपय एण्टी भेनमले कुनै एक खास प्रजातिको सर्पमा मात्रै काम गर्ने र अरू प्रजातिको सर्पले टोक्दा परिणाम नदिने गरेको पाइन्छ।

मुसा

यो वर्ष मे महिनामा, वेलकम ट्रस्टले नयाँ उपचार प्रणाली विकास गर्न र एन्टी भेनमलाई प्रभावकारी बनाउनका लागि १० करोड डलरको कोष स्थापना गर्ने घोषणा गरेको छ।

एण्टी भेनम बनाउनका लागि जनावरको प्रयोग गरिन्छ

अन्य थुप्रै सङ्गठनले पनि सुरक्षित र किन्न सकिने खालको औषधी विकास गर्न खोजी रहेका छन्।

ग्लानभिलसँग गरिएको सम्झौताबाट उनीहरूले नयाँ औषधीको खोजी गर्न सके त्यसबाट फ्रिडाले उल्लेख्य मात्रामा पैसा कमाउन सक्छन्।

“तपाईँले पैसाका लागि सर्पलाई डसाउनु हुन्न। तर यदि हामीले त्यस्तो खोप बनाउन सक्यौं भने त्यसले थुप्रै पैसा ल्याउँछ। मसँग वकिल छन् र म सँग हस्ताक्षर गरिएको सम्झौता छ,” फ्रिडाले भने।

ग्लानभिल आउँदा परीक्षणबारे उत्साहित छन्।

“यो अनुसन्धान एकदमै टाढा छ – हामी मुसामा परीक्षण सुरु गर्न लागेका छौं।”

आफूले एउटा प्रयोजनको लागि अति खतरा मोलेको फ्रिडा बताउँछन्उद्देश्यसहितको अतिवाद

आफ्नो अपरम्परागत प्रयासका लागि ग्लानभिल र फ्रिडाले वैज्ञानिक वृत्तबाट ठूलो आलोचना झेलिरहेका छन्। तर पनि उनीहरूले आफ्नो अनुसन्धानको सशक्त बचाउ गरिरहेका छन्।

ग्लानभिल भन्छन्, “हामीले स्वस्थ्य अनुसन्धानको आचारसंहितालाई ध्यानपूर्वक सम्बोधन गरेका छौ। हामीले अरू चीजका कारण रहेका जोखिम, कार्यस्थलमा हुने चोटपटक, एसआइभी यस्तै ढाँचाबाटै अध्ययन गरेका हौँ।

फ्रिडा आफूले रोजेको बाटो अरूका लागि सजिलो नभएको बताउँछन् तर उनी परिणाम आउनेमा आशावादी छन्।

“मेरो अतिवाद पछाडि एउटा प्रयोजन छ। मैले एउटा सर्वसुलभ र एउटै उपचारको खोजीमा आफैँलाई प्रयोग गरेको छु।”
बिबिसी नेपालीबाट

गाउँ नै दाइजो दिने मरिक समुदायको कथा

इनरुवा (सुनसरी) । तराई मधेश क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेश क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायका व्यक्तिले छोरी/चेलीको विवाह गर्दा दाईजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्तिअनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो । हुन त हिन्दू नेपाली समाजमा देशभरि नै यस्तो प्रचलन छ । आज हामी तपाईँहरूले योभन्दा फरक प्रचलन सुनाउँदै छौँ, जो सुन्दा धेरैलाई आश्चर्य लाग्नसक्छ । यस्तो आश्चर्य लाग्ने प्रथा हो यहाँका मरिक समुदायको, जहाँ आजपर्यन्त  छोरी/चेलीको विवाह गर्दा दाईजोमा गाउँनै दिने गरिएको छ । सुनसरीका विभिन्न क्षेत्रमा बसोबास गर्ने मरिक समुदायका व्यक्तिले अहिले पनि छोरीको बिहेमा गच्छेअनुसार गाउँ नै दाईजोको रूपमा दिने प्रचलन रहेको सुनसरी हरिनगर–२ का अगुवा भट्टाई मरिकले जानकारी दिनुभयो । शनिबार मरिक समुदायले छठका लागि बाँसका सामग्री बनाइरहेका बारे रिपोर्टिङ्ग गर्न गएका हामीलाई उहाँले त्यो कुरा सुनाउँदा हामीलाई पनि त्यस्तै आश्चर्य लागेको थियो । मरिक समुदायका व्यक्तिले छोरीको बिहे गर्दा ज्याइँ गाउँमा नै बसोबासका लागि राजी भएमा एउटा गाउँ नै दाईजो स्वरुप दिने गरेको भट्टाईले सुनाउनुभयो । उहाँको कुरा सुनेपछि हामीले हरिनगर–३ का चन्दन मरिकलाई यसबारे जिज्ञासा राख्यौँ । जवाफमा उहाँले भन्नुभयो,“हो नि हजुर ज्वाइँ राजी भएमा गाउँ नै दाइजोमा दिने चलन छ । यसको उद्देश्य भनेको छोरीचेली र भोलि जन्मिने सन्ततीलाई सहज होस् भन्ने हो ।” मरिक समुदायको मुख्य पेसा सरसफाइ गर्ने, बिहेबारीमा आफ्नो गाउँका यजमानलाई बाँसको सामग्री पुर्‍याउने, चाडबाडका बेलामा बाँसका सामग्री बनाएर बिक्रीवितरण गर्नु हो । चाडपर्व, व्रतबन्धलगायत अवसरमा बाँसको सामग्री प्रयोग अनिर्वाय भएकाले एक जनाको गाउँमा अर्को मरिक समुदायका व्यक्तिले बिक्रिवितरण गर्न नपाइने आन्तरिक सहमति हुने गरेको छ । विशेष गरेर ग्रामीण भेगमा बसोबास गर्ने नागरिकले तोकिएका व्यक्तिबाटै विभिन्न सामग्री लिने गरिन्छ । यजमानले लिएको सामग्रीवापत मरिक समुदायका व्यक्तिले चामल, धान, गहुँ, नगद र बाँस लिने गरेका छन् । विभिन्न किसिमका सामग्री बिक्रीका लागि बजारमा जानुपर्ने वा गाउँघरमै पसल गरेर बिक्री गर्नुपर्ने बाध्यता भए पनि मरिक समुदायका व्यक्तिले आफूले बनाएको सामग्री बिक्री गर्नका लागि गाउँ नै बाँडफाँट गरेको हुन्छ । कुन गाउँ वा टोलमा कुन परिवारले कारोबारको जिम्मा लिने भनेर आपसी समझदारी हुन्छ । एकले अर्काको गाउँमा सामग्री बिक्री गरेमा समाजले जरिवानासमेत गर्ने गरिएको छ । आफ्नो क्षेत्र बेच्न चाहनेले कारोबार अनुसारको रकम लिई बेच्नसमेत सक्ने चलन रहेको छ । एक गाउँ बेच्दा रु तीन लाखदेखि चार लाख वा सामाजिक मूल्याङ्कनअनुसार रकम लिने दिने गरिन्छ । सोही गाउँ मरिक समुदायका व्यक्तिले छोरी–ज्वाइँलाई गाउँमै बस्ने सर्तमा दाइजो स्वरुप दिने गरिउको हरिनगर–२ का वीरेन्द्र मरिकले बताउनुभयो । दाईजोमा दिएको गाउँमा उनीहरूले कारोबार गर्ने अनुमतिसमेत पाउने र मरिक समाजले त्यसलाई स्वीकार गर्ने चलन रहेको उहाँले सुनाउनुभयो । 

पृथ्वीले पाउँदैछ केही समयलाई दोस्रो चन्द्रमा

यस शरद ऋतुमा एक खगोलीय आश्चर्यको लागि तयार हुनुहोस् - वैज्ञानिकहरूका अनुसार पृथ्वीलाई दोस्रो चन्द्रमा प्राप्त हुन लागेको छ। सानो क्षुद्रग्रह पृथ्वीको गुरुत्वाकर्षण तानामा समातिनेछ र अस्थायी रूपमा "मिनी-चन्द्रमा" बन्नेछ। यो अन्तरिक्ष आगन्तुक २९ सेप्टेम्बरदेखि केही महिनासम्म पृथ्वीको गुरुत्वाकर्षणको प्रभावमा रहनेछ र फेरि छुट्टिनेछ। दुर्भाग्यवश, दोस्रो चन्द्रमा धेरै सानो र धमिलो हुने भएकाले यो देख्न सकिने छैन, जबसम्म तपाईंले व्यावसायिक दूरबीन प्रयोग गर्नुहुन्न। यो क्षुद्रग्रहलाई पहिलो पटक नासाको एस्ट्रोइड टेरिस्ट्रियल-इम्प्याक्ट लास्ट अलर्ट सिस्टम (ATLAS) ले ७ अगस्टमा देखेको थियो। वैज्ञानिकहरूले यस क्षुद्रग्रहको कक्षालाई अमेरिकी खगोल विज्ञान समाजको अनुसन्धान नोट्समा प्रकाशित एक अध्ययनमा पत्ता लगाए। वैज्ञानिकहरूले २०२४ PT5 भनेर चिनिएको यो क्षुद्रग्रह अर्जुना क्षुद्रग्रह बेल्टबाट आएको हो, जसमा पृथ्वीको कक्षासँग मिल्दोजुल्दो कक्षामा रहेको चट्टानहरू पाइन्छन्। कहिलेकाहीं, यी क्षुद्रग्रहहरू पृथ्वीबाट लगभग २.८ मिलियन माइल (४.५ मिलियन किलोमिटर) टाढासम्म पुग्छन्। अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरूका अनुसार, यदि यस्तो क्षुद्रग्रह लगभग २२०० माइल प्रति घण्टा (३५४० किलोमिटर प्रति घण्टा) को तुलनात्मक रूपमा कम गतिमा चलिरहेको छ भने, पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रले यसलाई अस्थायी रूपमा समात्न सक्छ। र यो ठीक यही हुन लागेको छ - यसै सप्ताहन्तबाट सुरु भएर, यो सानो क्षुद्रग्रहले लगभग दुई महिना पृथ्वीको कक्षामा बिताउनेछ। "असम एस्ट्रोनोमी" पोडकास्टकी खगोलशास्त्री डा. जेनिफर मिलार्डले बीबीसीको टुडे कार्यक्रमलाई बताइन् कि यो क्षुद्रग्रह २९ सेप्टेम्बरमा पृथ्वीको कक्षामा प्रवेश गर्नेछ र २५ नोभेम्बरमा बाहिर निस्कने भविष्यवाणी गरिएको छ। "यसले हाम्रो ग्रहको पूर्ण परिक्रमा गर्ने छैन, यो केवल यसको कक्षालाई हल्का घुमाएर पृथ्वीबाट अगाडि बढ्नेछ," उनले भनिन्। यो क्षुद्रग्रह लगभग ३२ फिट (१० मिटर) लामो छ, जुन पृथ्वीको चन्द्रमाको तुलनामा सानो हो, जसको व्यास लगभग ३४७४ किलोमिटर छ। यो सानो र धमिलो चट्टानबाट बनेको भएकाले, यसलाई पृथ्वीबाट मानिसहरूले बाइनाकुलर वा घरको दूरबीनबाट पनि देख्न सक्ने छैनन्। "व्यावसायिक दूरबीनहरूले यसलाई टिप्न सक्षम हुनेछन्। त्यसैले तपाईले इन्टरनेटमा यस सानो बिन्दुले ताराहरूको छेउबाट ठूलो गतिमा हिँडिरहेको धेरै अद्भुत तस्बिरहरू हेर्न पाउनुहुनेछ," डा. मिलार्डले भनिन्। यसअघि पनि मिनी-चन्द्रमाहरू देखिएका छन्, र धेरै अरूहरू पनि देख्न नसकिएको हुनसक्छ। कतिपय फेरि फर्केर आउँछन्, २०२२ NX1 क्षुद्रग्रह सन् १९८१ मा मिनी-चन्द्रमा बनेको थियो र फेरि २०२२ मा फर्कियो। त्यसैले यदि तपाईंले यो क्षण छुटाउनु भयो भने चिन्ता नगर्नुहोस् - वैज्ञानिकहरूले भविष्यवाणी गरेका छन् कि २०२४ PT5 पनि २०५५ मा फेरि पृथ्वीको कक्षामा फर्कनेछ। "यस घटनाले हाम्रो सौर मण्डल कति व्यस्त छ भनेर देखाउँछ र त्यहाँ कति धेरै कुरा बाँकी छ जुन हामीले पत्ता लगाएका छैनौं, किनकि यो क्षुद्रग्रह यस वर्ष मात्र पत्ता लगाइएको थियो।" "त्यहाँ दसौं हजार, यदि लाखौं होइन भने, वस्तुहरू छन् जुन हामीले अझै पत्ता लगाएका छैनौं, त्यसैले यसले हामीलाई रातको आकाशलाई निरन्तर निगरानी गर्न र यी सबै वस्तुहरू फेला पार्न सक्षम हुनको महत्त्वलाई जोड दिन्छ," डा. मिलार्डले भनिन्। स्रोतः बिबिसी

किन हुन्छ यौन सम्पर्क गर्दा अचानक मृत्यु ? यस्ता छन् विश्वका चर्चित घटनाहरु

यौन सम्बन्धलाई शारीरिक र मानसिक आनन्दको क्रियाका रुपमा बुझिन्छ तर एक अर्काको आपसी सहमतिमा यौन सम्बन्ध भइरहेको अवस्थामा अकस्मात मृत्यु भएका कैयन घटनाहरु रहेका छन् । त्यसो भए किन हुन्छन् त यस्ता घटनाहरु? यौन सम्बन्धका क्रममा मृत्यु भएकोलाई विभिन्न शब्दावलीमा उल्लेख गरिएको छ, जस्तै "सेडलमा मर्नु" वा फ्रेन्च भाषामा "ला मोर्त द'अमोर"। नेपालीमा भने त्यस्तो कुनै शब्द रहेको छैन । शरीर विज्ञानका अनुसार यौन सम्बन्धका बेला विशेष गरी चरमोत्कर्षका क्रममा अक्सिटोसिन हर्मोनको स्तर बढने गर्दछ। जसलाई "माया हर्मोन" पनि भनिन्छ। यो हर्मोनले मानिसलाई सामीप्यतामा बाँधिन र परस्पर विश्वास निर्माण गर्न मद्दत गर्छ। यौन क्रियाकलापलाई विभिन्न मुड सुधार गर्ने रणनीतिहरूमध्ये एक मानिन्छ, अर्थात् यसले निरासा, उदासी वा डिप्रेसनको भावना कम गर्न मद्दत गर्न सक्छ। २०११ मा जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित भएको एक मेटा-विश्लेषणमा, हरेक हप्ता यौन क्रियाकलापमा एक घण्टा थप हुँदा प्रति १०,००० वर्षमा २–३ मायोकार्डियल इन्फार्कसन र एक आकस्मिक हृदय मृत्युको जोखिम बढेको देखाएको छ। यौन सम्बन्धले भल्साल्भा म्यानुभरमार्फत सबराक्नोइड हेमरेजलाई समेत बढावा दिनसक्छ। २०११ मा जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित अर्को मेटा-विश्लेषणमा, आफ्नो जोडीप्रति प्रतिवद्ध पुरुषको तुलनामा अवैध या अरु महिलासँग सम्बन्धमा रहने पुरुषहरूमा यौन सम्पर्कका बेला गम्भीर वा प्राणघातक हृदयघातका घटनाहरू हुने सम्भावना धेरै बढी हुने पाइएको छ। सहमतिमा भएको यौन सम्बन्धका क्रममा हुने मृत्युहरू लगभग ०.६% सबै आकस्मिक मृत्यु हुन्छन्। बेलायतमा, ५० वर्ष मुनिका मानिसहरूको ०.२% आकस्मिक हृदयघातको एक घण्टाभित्र यौन सम्बन्धका क्रममा मृत्यु भएको पाइएको छ। सामान्यतया सुरक्षित मानिने साइडेनाफिल औषधिलाई पनि वृद्ध वा कमजोर पुरुषहरूमा यौन क्रियाकलापका क्रममा आकस्मिक हृदयघात भइ हुने मृत्युसँग जोडिएको छ। सहमतिमा भएको यौन सम्बन्धका क्रममा मृत्युहरूको संख्या अन्य औषधि, जस्तै कोकिनको प्रयोगसँग पनि जोडिएको छ। हृदयजन्य कारणहरूले गर्दा यौन क्रियाकलापका क्रममा हुने अधिकांश मृत्युहरू पुरुषको रहेको छ। विश्व प्रशिद्ध घटनाहरु यो सूचीमा केवल सहमतिमा भएका यौन क्रियाकलापका क्रममा वा सिधै तिनीहरूको कारणले भएका मृत्युहरू मात्रै समावेश गरिएको छ। यसमा इच्छाविपरितका यौन क्रियाकलापहरू, जस्तै बलात्कारलाई समेटिएको छैन। Pope John XII (d. 964) लाई सहमतिमा भएको यौन सम्बन्धका क्रममा मृत भएको मानिन्छ। Pope John XII १४ मे ९६४ मा मरेका थिए। कथानक अनुसार उनी Stefanetta नामकी महिलासँग यौन सम्बन्ध राख्दै गर्दा पक्षघातबाट मरेका थिए। बेलायतका प्रधानमन्त्री Lord Palmerstonको सन् १८६५ मा छोटो बिरामीपछि देहान्त भयो।  भनिन्छ नौकरानीसँग बिलियर्ड टेबलमा यौन सम्बन्ध गर्दा उनको मृत्यु भएको थियो, तर यो विवादास्पद छ, केही श्रोतले भने कि उनी निमोनियाबाट मरेको बताएका छन्। फ्रान्सका राष्ट्रपति Félix Faure सम्म सहमतिमा भएको यौन क्रियाकलापका क्रममा मृत अवस्थामा फेला परेका थिए। सन् १८९९ मा उनको मृत्युको कारण मस्तिष्क रक्तस्रावको रूपमा सूचीबद्ध गरिएको थियो। प्रत्यक्षदर्शीहरूरुका अनुसार मृत भएका बखत उनी अर्धनग्न अवस्थामा थिए। एक प्रसिद्ध Jesuit धर्मशास्त्री Cardinal Jean Daniélou सन् १९७४ मा पेरिसको एक वेश्यालयमा ६९ वर्षको उमेरमा मरे। उनी भेट्न गएको स्थानकी यौनकर्मीले कार्डिनल दान दिन गएको बताएपनि उनको मृत्यु शारीरिक सम्पर्ककै क्रममा भएको थियो । संयुक्त राज्यका पूर्व उपराष्ट्रपति र Rockefeller परिवारको सम्पत्ति उत्तराधिकारी Nelson Rockefeller सन् १९७९ मा ७० वर्षको उमेरमा हृदयघातबाट मरेका थिए। तर  उनको मृत्यु यौन सम्बन्ध गर्दा भएको विश्वास गरिएको छ। उनका मृत्युका असामान्य परिस्थितिहरूका कारण न्यूयोर्क म्यागजिनले भनेको थियो, "Nelson thought he was coming, but he was going"। उनको मृत्युको समयका विवरणहरू धेरै फरक थिए र उनको शीघ्र दाहसंस्कारले मृत्युको सटीक कारण अनिश्चित बनायो। (यहाँ उल्लेख गरिएको जानकारी इन्टरनेटमा उपलब्ध बिभिन्न श्रोतबाट लिइएको हो)

२२ वर्षकी युवतीले अस्पतालबाट चोरिन २६ दिनको शिशु

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल परिसरबाट बच्चा चोरी भएको छ। काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ३ घर भई काठमाडौंको कपन बस्ने २२ वर्षकी सबिना श्रेष्ठले बोकिराखेको २६ दिनको बच्चालाई एक अपरिचित महिलाले चोरेर फरार भएकी हुन्। ती अपरिचित महिलाले एक छिन बच्चा समातिदिन्छु भन्दै छलेर बच्चा लगेर फरार भएको प्रहरी जनाएको छ। उनको खोजि कार्यजारी राखेको प्रहरीले जनाएको छ। 

आजको मौसम

लोकप्रिय