सभापति यादवले बोल्न नदिएको भन्दै पूर्वमन्त्री किरातीले गरे छलफल बहिष्कार
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति सभापति राजकिशोर यादव र नेकपा (माओवादी केन्द्र)का सांसद भनाभन भएको छ ।
बिहीबारको समितिको बैठकमा सभापति यादवले सांसद किराँतीलाई बोल्न समय दिएका थिए । बैठकमा सांसद किराँतीले १२ मिनेट भन्दा बढी समय बोलिसकेपछि एमसीसीबारे धारणा राख्न थाले । सो विषयलाई रोकेर सभापति यादवले प्राविधिक कुराहरुमा जान आग्रह गरे । सभापतिको आग्रहपछि किराँतीले एजेण्डा धेरै राख्ने अनि बोल्न नदिने भन्दै आपत्ति जनाए ।
सभापति यादव र सांसद किराँतीबीच भएको सवालजवाफ जस्ताको त्यस्तैः
सुदन किराँतीः …हुनतः सार्वभौम सत्ताको कुरा गर्दा हिजो एमसीसी पनि त्यसैअन्तर्गत गयो त हाम्रो देश । सडकमा रक्तपात भयो, राँके जुलुस भयो । देश आन्दोलित भयो । सार्वभौम सत्ता त्यति कमजोर छैन होला तर अहिले कसले हात हाल्ने कसले काम गर्ने परिस्थिति पनि त्यस्तै छ । …
सभापतिः मान्य ज्यु एक पटक समयको …
सुदन किराँतीः के गर्नु एजेण्डा राखिरहाल्नु भयो, एजेण्डामा त बोलिसकौँ न ।
सभापतिः टेक्निकल कुरा राखौँ
सुदन किराँतीः टेक्निकल त म कसरी राखौँ, राजनीतिक मान्छे ।
सुदन किराँतीः राजनीतिक व्यक्ति म, टेक्निकल कुरा त, कुन चाहीँ जहाँज कति घण्टा उडाएर त्यसको रिसाइक्लिङ कहिले हुन्छ रु म सक्दिन नि त । विषयमा नीति केन्द्रित भन्नु न सभापति ज्यु । कसरी टेक्निकल्ली, टेक्निकल्ली भन्नुहुन्छ । म त जान्दिन टेक्निकल्ली । म त पाइलट पनि परिनँ ।
सभापतिः यहाँ टेक्निकल विषयमा वहस हुने हो ।
सुदन किराँतीः राजनीतिक मान्छेले के गर्छ त ?
सभापतिः ठिक छ, यहाँ विषयमा केन्द्रित हौँ न ।
सुदन किराँतीः केमा गर्दैछु त म ।
सभापतिः तपाईं राजनीति …
सुदन किराँतीः सभापतिज्यु तपाईंले कसरी राख्नुभयो, राखेकै कुरामा म छलफल गरिरहेको छु ।
सभापतिः त्यही गरौँ न त । समय यहाँ कम छ ।
सुदन किराँतीः एजेण्डा किन राख्नुभएको त ?
सभापतिः कुरा राख्नु त भयो नि । विषयमा अलिकति केन्द्रित होउँ न ।
सुदन किराँतीः म विषय भन्दा कसरी बाहिर गएँ । तपाईंले पो बुझ्ने समस्या भयो त यो ।
सभापतिः मान्यज्यु तपाईं अलिकित हद पार गर्दै हुनुहुन्छ । तपाईंले यहाँ…
सुदन किराँतीः तपाईं यहाँ दोहोर संपाद गरेर नष्ट गर्ने, धेरै एजेण्डा राख्ने ।
सभापतिः तपाईं यहाँ …
सुदन किराँतीः एजेण्डामा हामी बोल्न नपाउने रु के हो यो ?
सभापतिः तपाईंलाई …
सुदन किराँतीः तपाईं हठी की म हठी ?
सभापतिः म कुरै ।
सुदन किराँतीः फेरेर कुरा गर्नुहुन्छ ।
सभापतिः तपाईं समयलाई ध्यान दिनु ।
सुदन किराँतीः सभापतिज्यु कोर्डिनेशन गर्नुस् ।
सभापतिः होइन, समयलाई त ध्यान दिनु …
सुदन किराँतीः तपाईंले नयाँ मन्त्री छ त किन यति ४/४ वटा गर्नुभयो त ।
सभापतिः किन गरिँदैन ।
सुदन किराँतीः मलाई बोल्न दिँदा किन तपाईं रोक्नुहुन्छ ।
सभापतिः विषयमा राख्नुस् न ।
सुदन किराँतीः यत्रो पढ्नै थियो, अझै मैले छोट्याउन खोजेको ।
सभापतिः विषयमा राख्नुस् न ।
सुदन किराँतीः म त छोट्याउँदैछु, विषय केन्द्रित नभए के हो यो । अरु माननीयजतिले त मैले बोलेकै छैन त । ठिक छ मन्त्रीज्यु म बोलिनँ ।
सुदन किराँतीः तपाईंको पनि…टेप लाएर…
सभापतिः मान्य हरि उप्रेतीलाई …
हरि उप्रेतीः कारण कसले पहिल्याउने ? थोत्रा प्लेनको, पाइटको, को पाइलटको कारण की, गुगलको कारण । यो विषय पहिला छुट्याउन जरुरी छ जस्तो लाग्छ मलाई ।
सुदन किराँतीः सभापतिज्यु म लागेँ । तपाईंले आज धम्क्याउन बोलाउनुभएको रहेछ, धन्यवाद ।
हरि उप्रेतीः कसैले पनि धम्क्याएको छैन, बसौँ मान्यज्यु ।
सुदन किराँतीः म बस्दिन ।
हरि उप्रेतीः यति गम्भीर विषय छ, देशको स्थिति ।
सुदन किराँती झर्किंदैः गम्भीर विषयमा त कुरा राख्न पाउनुप¥यो नि ।
हरि उप्रेतीः राख्नुभयो त । त त्यत्रो…
सुदन किराँतीः तपाईंले मलाई रुलिङ गर्ने की उहाँले गर्ने रु तपाईं फेरि रुलिङ गर्न थाल्ने रु
सांसदहरुः बसौँ न मान्य ज्यु ।
हरि उप्रेतीः राम्रो विषय राख्नुभएको छ भन्दै छु त ।
सुदन किराँतीः एजेण्डामा कुरा गर्न नदिने भए किन एजेण्डा राख्नुभयो ।
सुदन किराँतीः म त छोट्याउँदै थिएँ ।
सभापतिः यसलाई कन्टिन्यु गरौँ ।
सुदन किराँतीः अरुलाई बोल्न भारी दिने, मलाई टेक्निकल कुरा गर् भन्ने ।
सभापतिः बसौँ बसौँ ।
सुदन किराँतीः म थोडी इन्जिनियर पढेको हो । म राजनीति गरेर आएको हो ।
सुदन किराँतीः तपाईं गर्नुस् टेक्निकल कुरा, छानबिन पनि तपाईं गर्नुस् ।
सुदन किराँतीः तपाईं दाइने झर्याे की देब्रे झर्याे हेर्नुस् । कस्तो बोल्नु दिनुहुन्न ।
सभापतिः हरि उप्रेतीज्यु बोल्नुस् ।
थप बोल्न नदिएपछि किरातीले समितिको बैठक नै बहिष्कार गरेर हिँडेका छन् । सभापतिले चार चार वटा मुद्दा छलफलका राखे पनि सम्बन्धित मुद्दामा बोल्न नदिएर अत्याचार गरेको किरातीको आरोप छ ।
जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो । महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो । जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।
दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।
एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।
कीर्तिपुर नगर चुनावमा माओवादीले सार्वजनिक गर्याे प्रतिवद्वता पत्र (पूर्णपाठ सहित)
काठमाडौँ ।मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा (माओवादी केन्द्र)ले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागिता रहेको छ । ‘कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व वहन गर्ने शपथ लिनु भएका प्रा।डा।शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं’, प्रतिबद्धतापत्रसहितको अपिलमा उल्लेख गरिएको छ । विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र छविका उम्मेदवारलाई जिताए मात्र सम्भव हुने अपिलमा उल्लेख छ । के छ त प्रतिवद्वतापत्रमा ?