मधेसमा सरकार गठन गर्ने समयसीमा आज सकिँदै

जनकपुर । मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै छ । बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् ।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएको थियो ।
“संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मिति २०८१/०२/२५ गते शुक्रबार बिहान १० बजेभित्र मधेस प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न अनुरोध छ,” विज्ञप्तिमा भनिएको थियो ।
स्वदेश फर्किइन पूर्वराष्ट्रपति भण्डारी भनिन् -'चीन भ्रमण राम्रो भयो'
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् । उनी जेठ १० गते नेकपा (एमाले)का नेताहरूलाई लिएर चीन भ्रमणमा गएकी थिइन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भ्रमण राम्रो भएको बताइन् ।
माओवादीको पदाधिकारी बैठकका यस्ता छन् निर्णय
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने अघिल्लो अडान यथावत राख्ने निर्णय गरेको छ। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले भिजिट भिसा प्रकरणमा लेखकरूपी जवाफ अस्वीकार्य भएको ठहर गर्दै राजीनामा माग निरन्तरता दिने बताइएको छ। पार्टी प्रवक्ता अग्नी सापकोटाका अनुसार, “ संविधान मै उल्लेख भए अनुसार संसदमा बजेट प्रस्तुतिका लागि सहयोग गरिएको हो, तर गृहमन्त्रीको राजीनामा माग्ने अघिल्लो निर्णय यथावत छ।” साथै बैठकले माओवादी केन्द्रको मध्यपहाडी राजमार्ग केन्द्रित अभियान पुनः जेठ २१ गते बिहीबारदेखि लमजुङबाट सुरु गर्ने निर्णय पनि गरेको छ। अभियान यसअघि पोखरासम्म पुगेर स्थगित भएको थियो। बैठकमा माओवादीसँग एकीकृत भएका नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितका नेताहरू र नेपाः राष्ट्रिय पार्टीका नेताहरूको जिम्मेवारीबारे छलफल गरिएको थियो। पार्टीका विभिन्न मोर्चा र जनवर्गीय संगठनहरूलाई सक्रिय बनाउने विषयमा समेत विस्तृत छलफल भएको सापकोटाले जानकारी दिए।
गणतन्त्रको रक्षा र समृद्धिको मार्गमा सशक्त ढंगले अघि बढ्न अध्यक्ष प्रचण्डको आह्वान
काठमाडौं । गणतन्त्र दिवस २०८२ को अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना दिँदै, नेपाली जनताको बलिदानी संघर्षबाट स्थापित गणतन्त्रको रक्षा र समृद्धिको मार्गमा अझ सशक्त ढंगले अघि बढ्न आह्वान गरेका छन्। उनले महान् जनयुद्ध र जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा घाइते योद्धाहरूको योगदानलाई उच्च सम्मान व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले गणतन्त्रले पितृसत्तात्मक र जहानियाँ राजतन्त्रको अन्त्य गरी समानुपातिक प्रतिनिधित्वसहित समावेशी लोकतन्त्रको आधार तयार पारेको उल्लेख गर्दै अझै आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको कार्यभार पूरा हुन बाँकी रहेको बताएका छन्। उनले सरकारमा देखिएका बेथिति र प्रतिगामी शक्तिहरूका गतिविधिहरूप्रति चेतावनी दिँदै, सबै गणतान्त्रिक शक्तिहरूबीच बलियो एकता र सहकार्य आवश्यक रहेको बताएका छन्। गणतन्त्र दिवसले सबै नेपालीमा गणतान्त्रिक सोच, शैली र आचरणको विकास गरी अग्रगामी परिवर्तनको अभियानमा केन्द्रित हुन प्रेरणा देओस् भन्ने शुभकामना पनि उनले व्यक्त गरेका छन्।
अध्यागमन सेटिङ छानबिन सहज बनाउन राजीनामा दिन गृहमन्त्रीलाई माओवादीको सुझाब
काठमाडौं । अध्यागमन सेटिङ विवादमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन नेकपा (माओवादी केन्द्रंले सुझाव दिएको छ। सोमबार बसेको पार्टी पदाधिकारी बैठकले नैतिकताको आधारमा राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।