बीबीसीको प्रश्न -'प्रधानमन्त्रीका रूपमा प्रचण्डका कामको जनताबाट प्रशंसा'

काठमाडौं । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले पछिल्लो समय आफ्नो फेस्बुक पेजमा जनताको प्रतिक्रियालाई प्राथमिकताका साथ प्रस्तुत गर्दै आइरहेको छ ।बीबीसीले विगत डेढ वर्षमा प्रधानमन्त्रीको रुपमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका काममा जनताको धारणा सामाजिक सञ्जाल मार्फत मागेको छ।
शुक्रबार संविधानको धारा १०० बमोजिम विश्वासको मत लिन बोलाइएको संसद्को बैठकमा भएको मतदानमा प्रचण्डको विपक्षमा १९४ सांसद र पक्षमा ६३ सांसद उभिएसँगै प्रचण्ड सरकार कामकाजी बनेको छ । भने नयाँ समिकरण बनाएका दलहरुले नेकपा(एमाले)का अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष निवेदन पेस गरेका छन् ।
आफ्नो नेतृत्वमा सरकारले राम्रो काम गरिरहँदा सत्ताको खेल भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सुशासनको पक्षमा चालिएको कदम सरकार ढाल्ने विडम्बनापूर्ण आधार बनेको प्रतिक्रिया दिएका छन्।
बीबीसीले प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त भैनसकेपछि संसद्मा विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन्। तपाईंलाई उनले विगत डेढ वर्षमा गरेको काम कस्तो लाग्यो ? भन्दै सामाजिक संञ्जालमा मागेको प्रतिक्रियामा सामाजिक संञ्जाल प्रयोगकर्ताले सरकार ढल्नुमा प्रचण्डकै जस्तो कारण देखाएका छन्। बीबीसीले मागेको प्रतिक्रिया जनताले भ्रष्टाचारविरुद्धको लडाई आत्मघाति भएको भन्दै विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संसद्मा सम्बोधन गर्दै बताएका विषयलाई नै सरकार ढल्नुको प्रमुख कारण भएको उल्लेख गरेका छन्।
यो सरकार सुशासनका क्षेत्रमा नेपालको इतिहासमा सबैभन्दा सफल सरकार बनेको प्रतिक्रिया सामाजिक सञ्जालमा आएका छन् ।देशको प्रमुख शत्रु भ्रष्टाचारविरुद्ध निर्मम र सशक्त रुपमा आत्मघाती लडाइँ लड्ने, यो देशको पहिलो सरकार भएको सञ्जाल प्रयोग कर्ताले बताएका छन्।
यस्ता छन् प्रतिनिधिमूलक प्रतिक्रिया जस्ताको तस्तै
शेर बहादुर के.सी. लेख्छन् -'सुशासनका क्षेत्रमा नेपालको इतिहासमा सबैभन्दा सफल सरकार ।देशको प्रमुख शत्रु भ्रष्टाचारूकाबिरुद्ध निर्मम र सशक्त रुपमा आत्मघाती लडाइँ लड्ने यो देशको पहिलो सरकार।'
प्रधानमन्त्रीका रुपमा राम्रो काम गरेको भन्दै वेद व्यास सुवेदी लेख्छन् -'प्रचण्ड सरकार जति समय चल्यो, यो (त्यो)कालखण्ड ,सुशासन र सामाजिक न्यायको सवालमा कोशेढुङ्गा सावित भएको छ । यो (त्यो)सरकारको पालामा कुनै काण्ड र प्रकरण भएनन् बरु विगतका काण्डहरुको अनुसन्धानका पक्षमा सरकार गम्भीरतापूर्वक उभिएकाले जस्तोसुकै उच्च पदस्थहरु पनि कानुनको दायरामा आउन बाध्य भए । प्रचण्ड सरकारको नेतृत्व गरेर सुशासन, सामाजिक न्याय र समृद्धिको जग बसाल्न ऐतिहासिक रुपान्तरणको नेतृत्व गर्ने क। प्रचण्डलाई हार्दिक बधाई ।'
सामाजिक सञ्जालमा आएका सकारात्मक कमेन्टप्रति लक्षित गर्दै सरकारका राम्रा कामको सपोर्ट भएको बताउँदै रबिन पन्तले प्रश्न गरेका छन् -'हामी काहाँ मरिसकेपछी प्रसंशा गर्ने प्रचलन नै छ । येहि कुरा प्रधानमन्त्री हुँदै गर्दा भन्या भे के हुन्थ्यो होला र ? तर कोसैले भन्ने जागर नै चलायेनन ।'
विष्णु लिम्बुले राम्रो काम गर्न खोजेको तर काम गर्न सानो दल भएका कारण नदिइएको बताउँदै लेखेका छन् -'अन्य भन्दा प्रचण्डले यो कार्यकालमा राम्रो गर्नु त खोजेको हो नि, तर गर्नै दिएनन् (बन्दु र शरणार्थी मिलेर) के गर्नु सानो पार्टी हुनुको पिडा।'
चिराग पुरीले यत्तिको काम अन्य प्रधानमन्त्रीले नगर्ने भन्दै धन्यवाद प्रचण्ड भन्दै बताउँदै लेखेका छन् -'सायद अब एतिको काम कसैले गर्दैनन् होला। जे भयो राम्रो काम गरे प्रचण्डले। केपि शेरबहादुर भन्दा कयौं गुणा राम्रो काम गरेछन। धन्यवाद प्रचण्ड ।'
कमल सन्यासी लेख्छन् -'लोकतान्त्रिक पद्धति मान्दा बहुमत को कदर गर्नै पर्छ तर नेपाल को समग्र परिवेश र अन्तरास्ट्रिय शक्ति सन्तुलनमा प्रचण्डले खेलेको भुमिका श्राहानिय छ!'
बीबीसीको उक्त पोष्टमा गरिएका १४ सय बढि कमेन्टहरु छन्। त्यसमा अधिकांश कमेन्टमा जनताको प्रधानमन्त्रीको रुपमा प्रचण्डले राम्रो काम गरेका प्रतिक्रिया आएका छन् ।
पूर्वराष्ट्रपति भण्डारी भन्छिन् -'म अझै पनि राजनीतिमा सक्रिय छु'
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू हाल पनि सक्रिय राजनीतिमा रहेको बताएकी छन्। शुक्रबार विराटनगरमा आयोजित उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलामा सहभागी भएपछि पत्रकारसँग कुराकानी गर्दै उनले 'म अहिले पनि सक्रिय राजनीतिमा छु' भन्दै आफ्नो भूमिकाबारे संकेत गरेकी हुन्। एमाले नेतृत्वबारेको चर्चामा उनले समय आएपछि प्रतिक्रिया दिने जनाइन्।कार्यक्रममा उनले गठबन्धनका कारण महिलाको सहभागिता घटेको र स्थानीय तहमा महिला नेतृत्व प्रभावकारी देखिएको उल्लेख गरिन्। भेलामा उपप्रमुख र उपाध्यक्षहरूको भूमिका र स्थानीय तहका समस्यामाथि छलफल हुने आयोजकले जनाएका छन्।
६४ यताका सबैलाई छानबिन गरौं भनेका छौँ, तर माधव नेपालप्रति पूर्वाग्रह देखियो : अध्यक्ष प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा विश्वासिलो छानबिनको वातावरण बने संसद् अवरोध हट्न सक्ने बताएका छन्। विपक्षी दलहरूको बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले गृहमन्त्रीको राजीनामा संसद् सञ्चालनको प्रमुख सर्त नभएको संकेत दिए। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेर समस्या समाधानतर्फ जानुपर्ने धारणा राख्दै एक–दुई दिनमै सकारात्मक वातावरण बन्ने विश्वास व्यक्त गरे। बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनले सरकारको नियतमाथि प्रश्न उठाए। प्रचण्डले २०६४ सालपछि सत्ता सम्हालेका सबै प्रधानमन्त्री र मन्त्रीहरू छानबिनको दायरामा पर्नुपर्ने माग आफ्नै पार्टीले उठाउँदै आएको स्मरण गराउँदै भने, “तर, माधव नेपालप्रति छानबिनमा पूर्वाग्रह देखिएको छ।” उनले यसअघि ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईको नाम चर्चामा आए पनि अख्तियारले ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नीतिगत निर्णय’ भन्दै मुद्दा नचलाउने निर्णय गरेर पत्र पठाएको उल्लेख गरे। “त्यही अख्तियार अहिले प्रधानमन्त्रीमाथि नै मुद्दा दर्ता गर्न पुगेको छ। यो गम्भीर प्रश्न हो,” उनले भने, “माधव नेपाललाई जसरी पनि फसाउने नियत देखिन्छ। यो प्रतिशोध हो, जुन गलत छ।” प्रचण्डले प्रधानमन्त्रीका निर्णयहरू प्रायः नीतिगत हुने भन्दै माधव नेपालले आफैं पनि सो प्रकरणबारे आफूलाई थाहा नभएको धारणा राख्दै आएको उल्लेख गरे। “कहीँ न कहीँ प्रतिशोधको गन्ध आउँछ। अदालतमा मुद्दा पुगेको छ, न्यायको अपेक्षा गरौं,” उनले भने। उनका अनुसार माधव नेपालमाथि लागेको मुद्दाले अन्य थुप्रै विवादास्पद विषयहरू—जस्तै गिरीबन्धु, ओम्नी—समेत छानबिनको दायरामा ल्याउने सम्भावना बढाएको छ। “अब त सबै प्रधानमन्त्रीहरू खुला हुने भए। माधवलाई मात्रै हुने कुरा भएन,” प्रचण्डले हल्का शैलीमा हाँस्दै भने। तर उनले सरकारको व्यवहार नियोजित देखिएको भन्दै केहीलाई जोगाउने र केहीलाई फसाउने काम भएको आरोप लगाए। “एकथरिलाई दोष नदेखिए पनि कारबाही गरिएको छ भने, बढी दोष भएकाहरूलाई जोगाइएको छ। यो पूर्वाग्रहयुक्त कार्यशैली हो,” उनले निष्कर्ष टङ्ग्याए।
अध्यक्ष प्रचण्डद्वारा विश्व वातावरण दिवसको शुभकामना व्यक्त
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रधानमन्त्री कार्यकालको स्मरण गर्दै वातावरणीय एजेन्डालाई नीति निर्माणको केन्द्रमा राखेको बताएका छन्। विश्व वातावरण दिवस–२०८२ को अवसरमा जारी शुभकामना सन्देशमा उनले जलवायु परिवर्तनका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावकारी ढंगले उठाएको उल्लेख गरेका छन्। “मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा वातावरणीय विषयवस्तुहरूलाई नीति निर्माणको मूल एजेन्डा बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिको क्षतिपूर्तिको सवाल दृढतापूर्वक उठाएको छु,” उनले भने। पूर्वप्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमणलाई जलवायु न्याय र वातावरणीय मुद्दाको सन्दर्भमा ऐतिहासिक मानिएको बताए। गुटेरसको भ्रमणको क्रममा उठाइएका जलवायु सम्बन्धी सवालहरू विशेष महत्वका रहेको उनको भनाइ थियो। उनले जलवायु अनुकूलन रणनीति, हरित ऊर्जा, र वातावरणमैत्री नीतिहरूलाई प्राथमिकतामा राख्दै नेपाललाई हरित विकासतर्फ डोर्याउने प्रयास गरिएको पनि स्मरण गरे।
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको राजीनामामा सहमति नजुट्दा संसद बैठक स्थगित
काठमाडौं । गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिन र राजीनामाको माग भइरहँदा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुखको पहलमा सत्ता र विपक्षी दलबीच छलफल भए पनि दुवै पक्ष आ–आफ्नै अडानमा अडिग रहे। सत्तापक्ष गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्नेमा अडिएको छ भने विपक्षीले छानबिन आयोगको टीओआरसहित सरकार आउनुपर्ने माग राखेको छ।