रिटर्नी नेपालको अध्यक्षमा सम्वाहाङ्फे, महासचिवमा भट्टराई

काठमाडौं । माओवादी केन्द्रको भातृ संगठन रिटर्नी सेन्टर नेपालको प्रथम महाधिवेशनबाट अध्यक्षमा देवेन्द्र सम्वाहाङ्फे र महासचिवमा घनश्याम भट्टराई निर्वाचित भएका छन् ।
अध्यक्षका अर्का प्रत्यासी मेजरकुमार राईलाई १८ मतले पछि पार्दै सम्वाहाङ्फे अध्यक्ष चुनिएका हुन् । पाँचथरका सम्वाहाङ्फेले ४७ र उदयपुरका राईले २९ भोट पाए।
चितवनमा आयोजित प्रथम महाधिवेशन माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले गत चैत ८ गते उद्घाटन गरेका थिए।महाधिवेशनबाट ९० सदस्यीय केन्द्रीय समिति निर्वाचित गरिएको थियो।तर पदाधिकारीमा सहमति नजुटेपछि वैशाख ८ गते (शनिबार)काठमाडौंको कोटेश्वर पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान भएको थियो।
७८ जना उपस्थित निर्वाचनबाट अध्यक्षमा सम्वाहाङ्फेसहित १७ सदस्यीय पदाधिकारी चयन भएको छ।
वरिष्ठ उपाध्यक्षमा डोरबहादुर कार्की तथा ४ जना उपाध्यक्षहरुमा भिम रोकाय (मुस्कान), कृष्णकुमार सिंह (अस्मित), चेतना श्रेंग र नविराज खान चुनिएका छन्।
यसैगरी, महासचिवमा घनश्याम भट्टराई तथा दुई जना उपमहासचिवमा विशाल भण्डारी र निमेषकुमार ओली चयन भएका छन् । एकमात्र कोषाध्यक्ष पदमा धनध्वज मल्ल ठकुरी चयन भएका छन् ।
यसैगरी सातै प्रदेशबाट एक–एक जना गरी ७ सचिवहरुमध्ये चार सचिव चुनिएका छन् । बाँकी ३ सचिवको भने टुंगो लागेको छैन ।
कोशी प्रदेश सचिवमा राम सन्जेल, मधेश प्रदेश सचिवमा बुद्ध स्याङ्गबो लामा, लुम्बिनी प्रदेश सचिवमा दिनेश भुषाल र कर्णाली प्रदेश सचिवमा जनक परियार चुनिएका छन् । बागमती, गण्डकी र सुदूरपश्चिम सचिवमा भने निर्णय हुन बाँकी छ ।
अध्यक्ष सम्वाहाङ्फले बागमती, गण्डकी र सुदूरपश्चिम सचिवबारे पछि प्रदेश कमिटीले निर्णय गर्ने बताए । ‘प्रदेश कमिटीले सिफारिस गर्ने र चुनाव गर्ने भन्ने हो तर बागमती, गण्डकी र सुदूरपश्चिममा सचिवका आकांक्षीहरु धेरै भएपछि प्रदेश कमिटीले सिफारिस नै गरेन,’ अध्यक्ष सम्वाहाङ्फेले भने, ‘अब प्रदेशले आवश्यक निर्णय गर्छ ।’
वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई संगठित गर्ने उद्देश्यले माओवादी केन्द्रले रिटर्नी सेन्टर नेपाल संगठन बनाएको हो । यसको पहिलो राष्ट्रिय भेला २०८० साल जेठ २६ गते काठमाडौंमा भएको थियो। आफूहरुले ६० भन्दा बढी जिल्लामा संगठन विस्तार गरेको र १० महिनाको बीचमा पहिलो महाधिवेशन गरिएको अध्यक्ष सम्वाहाङ्फेले बताए।
स्वदेश फर्किइन पूर्वराष्ट्रपति भण्डारी भनिन् -'चीन भ्रमण राम्रो भयो'
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् । उनी जेठ १० गते नेकपा (एमाले)का नेताहरूलाई लिएर चीन भ्रमणमा गएकी थिइन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भ्रमण राम्रो भएको बताइन् ।
माओवादीको पदाधिकारी बैठकका यस्ता छन् निर्णय
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने अघिल्लो अडान यथावत राख्ने निर्णय गरेको छ। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले भिजिट भिसा प्रकरणमा लेखकरूपी जवाफ अस्वीकार्य भएको ठहर गर्दै राजीनामा माग निरन्तरता दिने बताइएको छ। पार्टी प्रवक्ता अग्नी सापकोटाका अनुसार, “ संविधान मै उल्लेख भए अनुसार संसदमा बजेट प्रस्तुतिका लागि सहयोग गरिएको हो, तर गृहमन्त्रीको राजीनामा माग्ने अघिल्लो निर्णय यथावत छ।” साथै बैठकले माओवादी केन्द्रको मध्यपहाडी राजमार्ग केन्द्रित अभियान पुनः जेठ २१ गते बिहीबारदेखि लमजुङबाट सुरु गर्ने निर्णय पनि गरेको छ। अभियान यसअघि पोखरासम्म पुगेर स्थगित भएको थियो। बैठकमा माओवादीसँग एकीकृत भएका नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितका नेताहरू र नेपाः राष्ट्रिय पार्टीका नेताहरूको जिम्मेवारीबारे छलफल गरिएको थियो। पार्टीका विभिन्न मोर्चा र जनवर्गीय संगठनहरूलाई सक्रिय बनाउने विषयमा समेत विस्तृत छलफल भएको सापकोटाले जानकारी दिए।
गणतन्त्रको रक्षा र समृद्धिको मार्गमा सशक्त ढंगले अघि बढ्न अध्यक्ष प्रचण्डको आह्वान
काठमाडौं । गणतन्त्र दिवस २०८२ को अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना दिँदै, नेपाली जनताको बलिदानी संघर्षबाट स्थापित गणतन्त्रको रक्षा र समृद्धिको मार्गमा अझ सशक्त ढंगले अघि बढ्न आह्वान गरेका छन्। उनले महान् जनयुद्ध र जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा घाइते योद्धाहरूको योगदानलाई उच्च सम्मान व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले गणतन्त्रले पितृसत्तात्मक र जहानियाँ राजतन्त्रको अन्त्य गरी समानुपातिक प्रतिनिधित्वसहित समावेशी लोकतन्त्रको आधार तयार पारेको उल्लेख गर्दै अझै आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको कार्यभार पूरा हुन बाँकी रहेको बताएका छन्। उनले सरकारमा देखिएका बेथिति र प्रतिगामी शक्तिहरूका गतिविधिहरूप्रति चेतावनी दिँदै, सबै गणतान्त्रिक शक्तिहरूबीच बलियो एकता र सहकार्य आवश्यक रहेको बताएका छन्। गणतन्त्र दिवसले सबै नेपालीमा गणतान्त्रिक सोच, शैली र आचरणको विकास गरी अग्रगामी परिवर्तनको अभियानमा केन्द्रित हुन प्रेरणा देओस् भन्ने शुभकामना पनि उनले व्यक्त गरेका छन्।
अध्यागमन सेटिङ छानबिन सहज बनाउन राजीनामा दिन गृहमन्त्रीलाई माओवादीको सुझाब
काठमाडौं । अध्यागमन सेटिङ विवादमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन नेकपा (माओवादी केन्द्रंले सुझाव दिएको छ। सोमबार बसेको पार्टी पदाधिकारी बैठकले नैतिकताको आधारमा राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।