बागमती प्रदेशका मुख्यमन्त्री लामालाई विश्वासको मत प्राप्त

बागमती प्रदेशका मुख्यमन्त्री लामालाई विश्वासको मत प्राप्त

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।प्रदेशसभामा मंगलबार भएको मतदानमा मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो ।

११० सदस्यीय प्रदेशसभामा विश्वासकोम तका लागि न्युनतम् ५६ सांसदको समर्थन आवश्यक पर्दछ । लामालाई नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदले मत दिएका थिए ।

लामाको विपक्षमा ३५ मत परेको थियो भने ३ मत तटस्थमा परेको थियो । २०७९ मंसीरको चुनावपछि गठन भएको प्रदेशसभाबाट मुख्यमन्त्री बन्ने तेस्रो व्यक्ति हुन् ।

अखिल क्रान्तिकारी बागमतिको अध्यक्षमा पौडेल निर्वाचित

काठमाडौं । अखिल क्रान्तिकारी बागमती प्रदेशको दोश्रो सम्मेलनबाट अध्यक्षमा अर्जुन पौडेल निर्वाचित हुनुभएको छ । उहाँले २३२ मत प्राप्त गर्नुभएको छ भने प्रतिष्पर्धीहरु अशोक देवकोटाले १४५ र सरोज भण्डारीले ६२ मत प्राप्त गर्नुभएको छ । खुला उपाध्यक्षमा अस्मिता ठकुरी (३१४)। सन्तोष चौहान (२२०) र हरिबहादुर खड्का (१७९) विजयी हुनुभएको छ । प्रतिष्पर्धीहरु श्रवणकुमार बर्तौलाले १२३ र रामकृष्ण शिवाकोटीले ११६ मत प्राप्त गर्नुभएको थियो । छात्रा उपाध्यक्षमा ममता पाण्डे र समावेशी उपाध्यक्षमा क्षेत्रकुमार लामा तामाङ निर्विरोध हुनुभएको छ । त्यस्तै प्रमुख सचिवमा विजय लामा २३६ मतसहित विजयी हुनुभएको छ भने प्रतिष्पर्धी सुवास गौतमले १७९ मत प्राप्त गर्नुभएको छ । खुल्ला सचिवमा विजय घिमिरे (२०९), ऋतिकराज गिरी (१९०) र विवेक कार्की (१७९) विजयी हुनुभएको छ प्रतिष्पर्धीहरु विनोदकुमार कार्कीले ११६, मणिराज पाण्डेले ७८, प्रशासन सापकोटाले ७७ र सागर ढकालले ७४ मत प्राप्त गर्नुभएको छ । छात्रा सचिवमा उर्मिला तामाङ लामा निर्विरोध हुनुभएको छ । समावेशी सचिवमा विज्ञान दोर्जे बल (१७७) विजयी हुनुभएको छ भने प्रतिष्पर्धी गजेन्द्र गुरुङले १४३ र ऋषिकेश यादवले ६५ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा अनिताकुमार श्रेष्ठ २२० मतसहित विजयी हुनुभएको छ भने प्रतिष्पर्धी पवन रिजालले १७४ मत प्राप्त गर्नुभएको छ ।  

क्रान्तिकारीको कर्णाली प्रदेश अध्यक्षमा मनसिंह शाही

काठमाडौं। नेकपा (माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको कर्णाली प्रदेश समितिको दोस्रो सम्मेलनले सर्वसम्मत नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ । भाद्र ३० गते सुर्खेतमा उद्घाटन भई ३१ गते सम्पन्न बन्दसत्रले सर्वसम्मत रुपमा १३ पदाधिकारी सहित ७५ सदस्यीय प्रदेश समिति निर्माण गरेको हो । जसको अध्यक्षमा मनसिंह शाही चयन  हुनुभएको छ । उपाध्यक्षहरुमा हिक्मत बहादुर शाही, हिक्मत शाही,धुर्व आचार्य शर्मा,अजय बिस्ट, टिकाराम बि.क, प्रकाश बि.क र मनिसा चन्द चयन  हुनुभएको छ ।  त्यसैगरी कर्णाली प्रदेश क्रान्तिकारीको प्रमुख सचिवमा नारायण के.सी. चयन हुनुभएको छ । सचिवहरुमा बिष्णु भण्डारी, पदम शाही र शुक्राज रावल चयन  हुनुभएको छ । साथै, सम्मेलनले कोषाध्यक्षमा भुवन गौतमलाई निर्वाचित गरेको छ भने जयकृष्ण जैसी र गणेश अधिकारी कार्यलय सदस्यको जिम्मेवारी दिएको छ ।  

अखिल क्रान्तिकारी लुम्बिनीको अध्यक्षमा शर्मा, सर्वसम्मत कार्य समिति चयन

घोराही । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको लुम्बिनी प्रदेश समिति चयन भएको छ । जसको अध्यक्षमा पुष्कर शर्मा रहनुभएको छ । त्यस्तै उपाध्यक्षहरुमा गिरबहादुर महरा, प्रतिक अधिकारी, कपिल चापागाँइ, मिना डाँगी, सपन पौडेल, रमेश पाण्डे र मदन घर्ती रहनुभएको छ । प्रमुख सचिवमा महेश बस्नेत चयन हुनुभएको छ भने सचिवहरुमा ललितबहादुर विष्ट, जयकुमार श्रेष्ठ, सन्ध्या पाण्डे र कोषाध्यक्षमा मदन रावल रहनुभएको छ । दाङको घोराहीमा दुई दिनसम्म चलेको सम्मेलन उद्घाटन नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले गर्नुभएको थियो ।

अनेरास्ववियू (क्रान्तिकारी) मुगुको अध्यक्षमा कबिदत्त बुमि निर्विरोध निर्वाचित

मुगु ।अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिती मुगुको अध्यक्षमा कबिदत्त बुमि निर्विरोध निर्वाचित भएका छन् । यहीँ भाद्र २५ र २६ गते भएको अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिती मुगुको सातौं जिल्ला सम्मेलन बाट जिल्ला अध्यक्षमा कबिदत्त बुमि, उपाध्यक्षमा महेन्द्र बिक, सचिबमा समीर कुमार शाही, सहसचिवमा गणेश परियार र काेषाध्यक्षमा बिमाला शाही सहित ३१ सदस्य निर्बिरोध निर्वाचित भएको नव निर्वाचित अध्यक्ष कबिदत्त बुमिले बताए ।  जिल्ला भित्रका चार वटा स्थानिय तह, क्याम्पस र माबी स्कुल बाट छनोट भएर आएका प्रतिनिधिहरुको बीचबाट ५ पदाधिकारी सहित ३१ सदस्यीय जिल्ला समिती निर्वाचित भएको अध्यक्ष बुमिले बताए । सम्मेलनले नेतृत्व निर्माण संगसंगै मुगु जिल्लाका तमाम शैक्षिक समस्या, भ्रष्टाचार, विकृति र विसंगतिका विरुद्ध आन्दोलन र अभियान संचालन गर्ने, बिद्यार्थीको अतिरिक्त क्षमता बिकासको लागी विभिन्न शैक्षिक तथा खेलकुद कार्यक्रम गर्ने, सबै माबि भन्दा माथीका शैक्षिक संस्थामा संगठन बिस्तार, गठन, पुनर्गठन गर्ने लगायतका निर्णय गरि सम्मेलन सम्पन्न भएको अध्यक्ष बुमिले बताए । "समाजवादी शिक्षा प्राप्तिका निम्ती हाम्रो आन्दोलन ! सशक्त र जुझारू संगठन निर्माणका लागि ७ औं जिल्ला सम्मेलन ! " भन्ने मुल नाराका साथ यहीँ भाद्र २५ गते उद्घाटन २६ गते समापन भएको अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिती मुगुको सातौं जिल्ला सम्मेलनमा अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सचीव नवराज कार्की प्रमुख अतिथि थिए भने माओवादी केन्द्रका नेता तथा खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको बिशिस्ट अतिथि थिए र माओवादी केन्द्रका नेता भारत बहादुर शाही लगायत बिद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

लोकप्रिय