औषधि उद्योग तथा फार्मेसीको अनुगमन गर्न समिति गठन

औषधि उद्योग तथा फार्मेसीको अनुगमन गर्न समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि उद्योग, फार्मेसी तथा औषधिसँग सम्बन्धित निकायहरूको स्थलगत अनुगमनका लागि समिति गठन गरेको छ।

अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा गठित समितिले जिल्लास्तरमा स्थलगत अनुगमन गर्नेछ।

समितिले ती निकायहरूको सञ्चालनको अवस्था, सेवा प्रवाह, क्षमता, सञ्चालन प्रक्रिया तथा मापदण्ड, औषधिको गुणस्तर, समस्या र चुनौतीबारे स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पार्नेछ ।

समितिलाई प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ ।

Swasthya-Mantra-1719402430.jpg

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ। बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको तथा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन,पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागकाे अनुरोध छ।

ज्यापु दिवसको अवसरमा र्‍याली

काठमाडौं । ज्यापु दिवसको अवसरमा ज्यापु समुदायले आज काठमाडौंमा र्‍याली निकालेका छन्। इन्द्रचोकबाट बिहान १० बजेदेखि शुरु भएको र्‍याली वटु, न्यूरोड हुँदै बसन्तपुर सभामा परिणत हुनेछ।  ज्यापु समुदायले आफ्नै भेषभूषा र बाजागाजासहित र्‍यालीमा सहभागी भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

२२ सयले घट्यो सुनको मूल्य

काठमाडौं । बजारमा आज सुन चाँदीको भाउ २ हजार २ सयले घटेको छ । शुक्रबार एक लाख ५३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ५ दिन यताकै कम मुल्यमा झरेको हो । यस्तै बजारमा आज चाँदीको मुल्य पनि घटेको छ । शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

सत्ता गठबन्धनलाई पराजित गर्दै पत्रकार महासंघ ललितपुरको अध्यक्षमा प्रेस सेन्टरको प्यानल नै विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखामा प्रेस सेन्टरको प्यानल नै विजयी भएको छ। अध्यक्षमा रामहरि कार्की निर्वाचित हुँदा उनको प्यानल नै विजयी भएको हो।   कार्कीले दुई सय ४३ मत प्राप्त गरी सबैभन्दा बढि मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी समाजवादी प्रेस संगठनका रमेशप्रसाद  तिमिल्सिनाले ६३ मत मात्रै प्राप्त गरेका छन्।  ललितपुर महासंघमा सत्ता पक्षिय गठबन्धनका प्रेस चौतारी, प्रेस युनियन, समाजवादी प्रेस संगठन सहितले प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए।  उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान र कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन्।  त्यसैगरी सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा विजयी भएका निर्वाचन समितिका संयोजक सुरेन्द्र चालिसेले जानकारी दिए।  राष्ट्रिय परिषद् सदस्यमा अञ्जली तामाङ, देवीदत्त पौडेल, वासुदेव श्रेष्ठ, सागर देवकोटा, पदम बिक, राजकुमार सिग्देल र राजुकुमार नेपाल निर्वाचित भएका छन्। 

लोकप्रिय