सी चिनफिङद्वारा शान तोङ प्रान्तीय रचाउ शहरको निरीक्षण

सी चिनफिङद्वारा शान तोङ प्रान्तीय रचाउ शहरको निरीक्षण

बेइजिङ । मे २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शान तोङ प्रान्तीय रचाउ शहरको निरीक्षण गरेका छन्। 

उनले रचाउ बन्दरगाह र समुद्री तटको हरित सडकको निरीक्षण गर्दै रचाउ शहरले बन्दरगाहको स्मार्ट तथा हरित निर्माणलाई अगाडि बढाएको, बाह्य खुलापनलाई विस्तार गरेको र समुद्र तटको पर्यावरणीय सँरक्षण बढाएको, र जनताको जीवनयापन गुणस्तरलाई उकासेको अवस्थाबारे जानकारी लिए।

पाल्पामा जीप दुर्घटना, नौजना घाइते

काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा नौजना घाइते भएका छन्। निस्दी गाउँपालिका-४, स्थित झ्याङ्लिङ् सडक खण्डमा आइतबार बिहान सवा ४ बजेतिर दुर्घटना भएको हो। होराइजन डेन्टल रामपुर अस्पताल सञ्चालित भीरपानी डेन्टल शिविरमा गई फर्किने क्रममा बा १५ च ५९४ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए।  घाइतेमध्ये जीप चालकसहित चारजनाको अवस्था मध्यम छ। उनीहरूलाई रामपुर अस्पतालबाट थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको छ अन्य पाँचजनाको अवस्था सामान्य छ।  घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

मनकामना केबुलकार ५० दिन बन्द हुने

काठमाडौं । गोरखाको मनकामना केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रा।लि।ले एक सूचना जारी गर्दै यही असार ३१ गतेदेखि असोज १० गतेसम्मका लागि सेवा बन्द हुने जनाएको हो । प्रा.लिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले केबुलकार मर्मत संभार र स्तरोन्नतीका लागि सेवा बन्द गर्नुपरेको जानकारी दिए । सो अवधिमा केबुलकारको डिजिटल प्रणालीको स्तरोन्नति र केबुल तार फेर्ने कार्य हुनेछ ।

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन् । उनी आफ्ना समकक्षी डा फ्यांक–वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपराह्न बर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का तथा उनकी धर्मपत्नी, जर्मनीका राष्ट्रपतिको संघीय परराष्ट्रमामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गरेको बर्लिनस्थित नेपालको राजदूतावासले आज जनाएको छ । राष्ट्रपति पौडेलका साथ परराष्ट्र मामिलाविज्ञ डा. सुरेशचन्द्र चालिसे, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रपतिको कार्यालयका सचिव डिल्लीराम शर्मा तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू छन् । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि सोमबार औपचारिक भेटवार्ताको कार्यक्रम रहेको उक्त दूतावासले जनाएको छ । विसं २०४३ पछि राष्ट्रप्रमुखको तहमा नेपालबाट भएको यो पहिलो भ्रमण हो । नेपाल र जर्मनीबीच २०१४ साल चैत २२ गते कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीचको सम्बन्ध  आपसी समझदारी र सहयोगका आधारमा प्रगाढ बन्दै गएको छ । राष्ट्रपति पौडेल यही असार ५ गते स्वदेश फर्कन कार्यक्रम छ ।

काठमाडौँका यी ठाउँमा सात दिनसम्म विद्युत् अवरुद्ध हुने(सूचनासहित)

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आइतबार (आज)देखि सात दिनसम्म बिजुली अवरुद्ध हुने भएको छ। विद्युत् प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले  सार्वजनिक गरेको सूचना अनुसार काठमाडौँका विभिन्न वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानहरूमा दैनिक ४ घण्टा बिजुली अवरुद्ध हुने भएको हो। हेर्नुहोस् यस्तो छ सूचना 

लोकप्रिय