प्रधानमन्त्री प्रचण्ड र एनआरएनए अभियन्ताबीच भेट, कतारका अमिरको भ्रमणको विषयमा छलफल

प्रधानमन्त्री प्रचण्ड र एनआरएनए अभियन्ताबीच भेट, कतारका अमिरको भ्रमणको विषयमा छलफल

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक उपाध्यक्ष देवकाजी डंगोलसहितका अभियन्ताहरु राजेन्द्रकुमार शर्मा (आरके) र खगेन्द्र न्यौपानेसँग भेट गरेका छन्।

प्रधानमन्त्री निवासमा भएको भेटमा प्रचण्डसँग एनआरएनएका संस्थापक उपाध्यक्ष डा.डंगोलले प्रधानमन्त्रीको आसन्न भ्रमणमा उठाउनुपर्ने विषयको बारेमा छलफल गरेका थिए।डा.डंगोल कतारमा व्यवसाय गर्ने पहिलो नेपाली हुन्।यस्तै,कतारमा दुई दशकदेखि व्यवसायमा सक्रिय रहेका तथा गैरआवासीय नेपाली अभियन्ता आरके शर्माले अमिरसँग लगानीका विषयमा नेपालले उठाउनुपर्ने विषयमा छलफल गरेका थिए। 

नेपाल र कतारबिच कुटनीतिक सम्बन्ध गासिएपछि पहिलो पटक कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका छन्। 

“कतारका अमिरको भ्रमणमा नेपालले लगानीका क्षेत्रहरुमा विशेष पहल गर्नुपर्ने विषयमा सम्माननीय प्रधानमन्त्रीसँग छलफल भयो,”प्रधानमन्त्रीसँगको भेटपछि शर्माले भने,“प्रधानमन्त्रीज्यूले कतारले हासिल गरेको आर्थिक विकासको अनुभव नेपालको लागि सहयोगी हुने गरी अमिरको भ्रमणमा फलदायी हुने सम्झौता हुने जानकारी दिनुभयो।”

यस्तै,प्रधानमन्त्रीले आसन्न लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई नेपाल आउने र लगानी सम्मेलन सफल बनाउन संस्थापक उपाध्यक्ष डंगोल तथा अभियन्ता शर्मा र न्यौपानेलाई अनुरोध गरेका थिए। 

प्रधानमन्त्रीले लगानी सम्मेलन सफल बनाउन र नेपालमा लगानी भित्राउने भूमिकामा गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने हुँदा त्यो काम गर्न भनेका थिए। 

भेटमा सहभागी एनआरएनए संस्थापक डंगोल,शर्मा र न्यौपानेले गैरआवासीय नेपालीहरु नेपालको आर्थिक विकासमा सहयात्री बन्न तयार सधै रहेको र सम्मेलन लगानी बढाउने विषयमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

सुन र चाँदी दुवैको मूल्य घट्यो

काठमाडौँ । सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँमा झरेको हो । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँ थियो ।  चाँदी पनि आज २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँ कायम भएको छ । शुक्रबार यसको मूल्य १ हजार ८९० रुपैयाँ रहेको थियो । 

पत्रकार महासंघमा यस्तो बन्यो साझा प्यानल, यी हुन् प्रतिबद्धता

काठमाडौं । नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनका लागि साझा प्यानल घोषणा गरिएको छ । पत्रकार महासंघका निवर्तमान बरिष्ठ उपाध्यक्ष रमेश बिष्टको नेतृत्वमा साझा प्यानल अघि सारिएको छ । यस्तो छ प्यानलः  अध्यक्षः रमेश विष्ट बरिष्ठ उपाध्यक्षः रोशन पुरी उपाध्यक्ष महिलाः गंगा पौडेल (बराल) समावेशी उपाध्यक्षःसुभाष प्रसाद साह महासचिवः लेखनाथ न्यौपाने खुला सचिवः उत्तरसिंह विष्ट मधेसी सचिवः श्रीजन झा महिला सचिवःसरिता बराइली  दलित सचिवः वसन्त विक आदिवासी जनजातीः भिषण राई एशोसियट सचिव : विकास काकी कोषाध्यक्षः रामकृष्ण अधिकारी केन्द्रीय सदस्यहरु कोशी प्रदेश केन्द्रीय सदस्य :  १. तीर्थ सिग्देल    २. दिपेन्द्र कुमार राई मधेस प्रदेश केन्द्रीय सदस्य :  १. राजु विश्वकर्मा  २. संजय कुमार राउत बागमती प्रदेश केन्द्रीय सदस्य (उपत्यका बाहेक) १ . मणिराज गौतम   २. मिनकुमार दाहाल गण्डकी प्रदेश केन्द्रीय सदस्यः १. दिपक भट्टराई  २. लुम्बिनी प्रदेश केन्द्रीय सदस्यः १. यानेन्द्र जिसि  २. सुमन अधिकारी कर्णाली प्रदेश केन्द्रीय सदस्यः  १. देविराम देवकोटा   २. यज्ञराज थापा सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यः  १. डिलबहादुर सिंह  २. रामसिंह ठगुन्ना उपत्यका प्रदेश केन्द्रीय सदस्यः १. अर्जुन पन्त   २. सूर्य सुवेदी प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्यः १. वीरेन्द्र ओली २. साहास भट्ट खुल्ला केन्द्रीय सदस्य १. केशव बहादुर भुल २. दामोदर खनाल ३. लेखनाथ खतिवडा ४ बुद्द लोप्चन ५ रामकुमार श्रेष्ठ महिला २. (आदीवासी, जनजाती) सरु राना ३. (मधेसी) मिनाकुमारी यादव ४. (खस आर्य) दिया चन्द दलित केन्द्रीय सदस्य १.  लक्ष्मण दर्नाल (पुरुष) २. (महिला) निर्विरोध आदीबासी जनजातिः १.  अर्जुन बहादुर तामाङ (पुरुष) २. (महिला) निर्विरोध मधेसी १. चन्द्रदेव कामती (पुरुष) २. ललिताकुमारी साह (महिला) अपाङ्गता तर्फ केन्द्रीय सदस्य १. अर्जुन काफ्ले अल्पसंख्यक तर्फ केन्द्रीय सदस्य  बख्तियार अलि लेखा समिति संयोजकः ध्रुव रावल लेखा समिति सदस्य १. गणेश प्रसाद बन्जाडे (पुरुष) २. लक्ष्मी चौधरी (महिला) यी हुन् साझा प्यानलका प्रतिबद्धता नेपाल पत्रकार महासंघलाई पत्रकारहरुको मात्रै साझा संस्था बनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको अधिकार, स्वरोजगारमूलक संचार माध्यमको हित, सूचनाको हक संरक्षण र पत्रकारिताको व्यावसायिक विकासका लागि हाम्रो साझा प्यानलका प्रतिवद्धताहरु: १) सर्वप्रथम हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतन्त्रको पक्षमा नेपाल पत्रकार महासंघले गर्दै आएको सम्झौताहिन संघर्षप्रति गौरव गर्दै यसक्रममा आफ्नो जीवन बलिदान गर्नुहुने योद्धाहरुप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछौं । साथै यसका लागि कष्टसाध्य संघर्ष गर्नुहुने हाम्रा सम्पूर्ण अग्रजसहित प्रेस स्वतन्त्रता सेनानीहरुप्रति अभिनन्दन प्रकट गर्दछौं । हामी उहाँहरुले निर्माण गरेको गौरवपूर्ण इतिहासलाई कायम राख्दै सोही बाटोमा अनबरत हिडिरहने प्रण गर्दछौं ।   २) नेपाली पत्रकारितालाई स्वच्छ, मर्यादित र उत्तरदायी बनाउनका लागि महासंघभित्र र पत्रकारिता क्षेत्रमै शुद्धीकरणको आवश्यकता छ । यसका लागि नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरुको मात्रै साझा संगठन बनाई आम श्रमजीवी पत्रकारको साझा नेतृत्वदायी पेशागत संगठनका रुपमा अघि बढाउनेछौं । साथै, लोकतान्त्रिक समूदायको भरोषायोग्य नागरिक संस्थाकोे रुपमा स्थापित महासंघको गरिमा, गौरव र सामाजिक स्वीकारोक्तिलाई वृद्धि गर्न प्रतिवद्ध छौं । ३) हाम्रो प्यानल श्रमजीवी पत्रकारहरुको हकहित र अधिकारप्रति पूर्ण प्रतिवद्ध छ । हामी श्रमजीवी पत्रकार सम्बन्धी ऐनको पूर्ण कार्यान्वयनका निम्ति ठोस पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । श्रमजीवी पत्रकारका लागि औषधोपचार, तालिम, पुरस्कार, फेलोसिपको व्यवस्था गर्नूको साथै सञ्चार सामग्रीको बिमा गर्ने प्रबन्धका लागि पहल गरिनेछ । श्रमजीवी पत्रकार कल्याण कोषलाई थप प्रभावकारी बनाउने प्रण गर्दछौं । (४) संघ, प्रदेश र स्थानीय तहमा सञ्चारमैत्री नीति, कानून र संरचना निर्माणका लागि ठोस पहल गर्नेछौं ।   (५) पत्रकार आफैले चलाएका स्वरोजगारमूलक सञ्चार माध्यमको संरक्षण, समानुपातिक विज्ञापन वितरणको व्यवस्था र स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई दिलाउन ठोस पहल गर्ने छौं । साथै, सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन शतप्रतिशत वृद्धिको लागि पहल गर्नेछौं । ६) पत्रकारिता क्षेत्रमा लामो समय योगदान दिनुभएका पत्रकारहरुका लागि वरिष्ठ पत्रकार सम्मान तथा जीवनवृत्ति र अपांगता भएका पत्रकारका लागि मासिक भत्ताको व्यवस्था, महिलाले चलाएका र मातृभाषाका सञ्चार माध्यमका लागि विशेष व्यवस्था गर्न पहल गर्ने छौं । ७) महिला, दलित, आदिवासी, जनजाती, अपांगता, मधेशी, सीमान्तकृत र पछाडि परेका क्षेत्र, वर्ग र समुदायको आमसञ्चारमा प्रतिनिधित्व बढाउन थप पहल गर्नेछौं । ८) पत्रकार महासंघको सदस्यता लिएका सम्पूर्ण पत्रकारको निःशुल्क दुर्घटना तथा स्वास्थ्य बिमाको प्रक्रियालाई अघि बढाउने छौं । ९) महासंघका संघ, प्रदेश र शाखा कार्यालय भवनलाई पूर्णता दिंदै इ–लाईब्रेरी र सञ्चार संग्रहालय निर्माण गर्नेछौं । लामो समयदेखि पत्रकारितामा क्रियाशील अग्रजको ज्ञान, अनुभव र योगदानलाई ज्ञान–स्रोतका रूपमा दस्तावेजीकरण गर्नेछौं ।

नेपाल र भारतको प्रस्तावमा डिसेम्बर २१ मा अब विश्व ध्यान दिन दिवस

न्यूयोर्क । डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा घोषणा गर्न अनुरोध गरिएको प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले पारित गरेको छ । यो प्रस्तावलाई नेपाल र भारतसहितका राष्ट्रहरूद्वारा सहप्रायोजित गरिएको थियो । योसँगै अब डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाइने भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार १९३ सदस्यीय संयुक्त राष्ट्र संघको महासभामा ‘विश्व ध्यान दिवस’ शीर्षकको प्रस्ताव शुक्रबार सर्वसम्मतिले पारित गराउन महत्त्वपूर्ण भूमिका खेल्नेमा भारत, श्रीलंका, नेपाल, मेक्सिको, लिकटेन्स्टाइन र एन्डोरा कोर समूहका प्रमुख सदस्य थिए। संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि पार्वतानेनी हरीशले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखे, ‘भारतले कोर समूहका अन्य देशहरूसँग मिलेर संयुक्त राष्ट्र महासभामा २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा घोषित गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गर्ने प्रक्रियालाई मार्गदर्शन गरेकोमा खुसी छु ।’

आइतवारदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आइतबारदेखि सोमबारसम्म वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ । विभागले शुक्रबार विशेष बुलेटिन जारी गर्दै पश्चिम नेपालमा यसको प्रभाव बढी पर्ने जानकारी दिएको हो ।  बुलेटिनअनुसार पश्चिम नेपालबाट पश्चिमी वायुसँगै पश्चिमी न्यून प्रणाली प्रवेश गर्दैछ । यसले देशभर जाडो बढाउने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागको आग्रह छ । यो प्रणालीको प्रभावले आइतबार साँझदेखि सोमबार रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हिमपात हुने विभागले जनाएको छ । विभागका अनुसार  गण्डकी, बागमती र कोशी प्रदेशका उच्चपहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपात हुनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागको प्रक्षेपण छ । विभागले गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने जनाएको  छ । आज भने देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू-भागलगायत तराईका बाँकी भू-भाग तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।  आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।  राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

लोकप्रिय