उपनिर्वाचनका लागि निर्वाचन अधिकृत सिफारिस

उपनिर्वाचनका लागि निर्वाचन अधिकृत सिफारिस

काठमाडौं । न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस गरेको छ। ​परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो। 

परिषद्ले नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौंको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस गरेको छ। 

जिल्ला अदालतका न्यायाधीशहरू मुख्य निर्वाचन अधिकृत तोकिएका हुन्। त्यसैगरी ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ।  

बलात्कारको आरोपमा पक्राउ परेका शसस्त्र प्रहरी जवानले गरे आत्महत्या

दाङ । दाङमा जबर्जस्तिकरणिको मुद्दामा पक्राउ परेका शसस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा सोमबार आत्महत्या गरेका छ्न । प्युठान बडडाडा घर भएका प्रहरी जवान मगरलाइ भालुबाङ्गमा केही दिन पहिले नाबालिका करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो । आफुले लगाएको गन्जी र टिसर्टको पासो लगाएर सौचालयमा झुन्डिएको अबस्थामा आज बिहान ५ बजे शब फेला परेको जिल्ला प्रहरी प्रमुख अर्जुन प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर पश्चिमी वायुका साथै पहाडी भू–भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

भारतमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा

काठमाडौं । हाल देशभर स्थानीय र पश्चिमी वायुसँगै भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रकोसमेत आंशिक प्रभाव रहेको छ। आइतबार बिहान कोसी र मधेस प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। देशका बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि कोसी र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।  देशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको पनि सम्भावना छ। आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।  कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।   कस्तो होला सोमबार र मंगलबारको मौसम? २०८१ कात्तिक १२ गते सोमबार दिउँसोː कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। रातिː कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका पहाडी भूभागका  एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाकोसमेत सम्भावना रहेको छ। २०८१ कात्तिक १३ गते मंगलबार दिउँसोː कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। रातिː कोसी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका  एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।  आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  देशका पहाडी भूभागका  एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित  हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

तुलसीपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

तुलसीपुर ।  तुलसीपुरमा शनिबार बिहान जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते छन् । मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेका  छन् ।  रोल्पाबाट सल्यान हुँदै तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका–३ साततले नजिकै सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश थापाले बताए । दुर्घटनामा परी कपुरकोट–६ की ३१ वर्षीया देवा वली, उनका १३ वर्षीय छोरा महेश वली र १० वर्षीय छोरा जीवन वली गम्भीर घाइते छन्। उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ ।

लोकप्रिय