फिफा विश्वकप–२०२६ छनोट : नेपाल र बहराइनबीच प्रतिस्प्रर्धा हुँदै

फिफा विश्वकप–२०२६ छनोट : नेपाल र बहराइनबीच प्रतिस्प्रर्धा हुँदै

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणको खेलमा आज नेपाली राष्ट्रिय टिम र बहराइनबीच प्रतिस्प्रर्धा हुँदैछ।

पहिलो चरणको खेलमा लाओसलाई १–० ले हराएर नेपालले दोस्रो चरणमा स्थान बनाएको हो। दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा छ। दोस्रो चरणमा दुई खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ। यसैकारण बहराइनसँग पहिलो लेग खेल्दा भिन्चेन्सो अल्बर्टो एनेसको प्रशिक्षणमा रहेको नेपाली टिम आज पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ।

बहराइनलसँगको पहिलो लेग घरेलु मैदानमा हुने तालिका थियो । तर, अन्तर्राष्ट्रिय स्तरको एकमात्र दथरथ रंगशालाको स्तर खेल्नलायक नभएपछि पहिलो र दोस्रो दुवै लेग बहराइनमा हुने भएको हो। बहराइनको बहराइन राष्ट्रिय रंगशालामा हुने पहिलो लेग राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

तालिकाको पुछारमा रहेको नेपाल अंकविहीन छ। यो समूहमा नेपालसँगै बहराइन, यमन र युनाइटेड अरब इमिरेट्स (यूएई) छन्। नेपालले यसअघि पहिलो खेलमा यूएईसँग ४–० को र दोस्रो खेलमा यमनसँग २–० को हार व्यहोरेको थियो।

यता, बहराइनले पनि यसअघि दुई खेल खेल्दा एकमा जित र अर्कोमा हार बेहोरेको छ। तीन अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको बहराइनले यसअघि यूएईसँग २–० को हार व्यहोर्दा दोस्रो खेलमा यमनलाई २–० ले हराएको थियो। 
 

धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

काभ्रे । गत असोज दोस्रो साताको बाढीपहिराेले विभिन्न क्षेत्रमा एक अर्ब बराबरको क्षति पुर्‍याएपछि धुलिखेल नगरपालिकाले सरकारसँग ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेको छ । नगरप्रमुखसहित जनप्रतिनिधिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँग भेट गरी ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेका हुन् । नगरप्रमुख अशोक ब्याञ्जूसहितको टोलीले करिब एक अर्बको बराबरको क्षति भएपछि नगरलाई क्षतिग्रस्त पालिका घोषणा गर्न ध्यानाकर्षण गराउन उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई आइतबार ज्ञापनपत्र बुझाइएको हो । सरकारले असोज अन्तिमसाता काभ्रेका १३ मध्ये धुलिखेल र बनेपा नगरबाहेक ११ स्थानीय तहलाई सङ्कटग्रस्त स्थानीय तह घोषणा गरेको थियो । नगरप्रमुख ब्याञ्जूले धुलिखेलको अवस्था र विपदपछि पुनर्निर्माण एवं पुनर्वासका लागि सरकारले खेल्नुपर्ने भूमिकाकाबारे उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई जानकारी गराएको बताए । उनका अनुसार ध्यानाकर्षणपत्रमा धुलिखेलको ठकुरीगाउँ, भ्याण्डोल तथा इटोलको फोहोर पानी प्रशोधन केन्द्रसमेतको पुनर्निर्माणका लागि ध्यानाकर्षण गराइएको छ । नगर प्रमुख ब्याञ्जूले धुलिखेल खानेपानी, काभ्रे एकीकृत खानेपानी, सडक, विद्यालय तथा अन्य संरचनाको क्षतिमासमेत सरकारको सहजीकरणका लागि ध्यानाकर्षण गराइएको बताए । उनले गृहमन्त्री लेखकलाई विभिन्न क्षेत्रको पूर्वाधारसहित निजी आवाससमेत गरी करिब एक अर्ब बराबरको भएको प्रारम्भिक तथ्याङ्क विवरण बुझाइएको नगर प्रमुख ब्याञ्जूले बताए । नगर कार्यालयका अनुसार बाढीपहिराले धुलिखेल नगरको वडा नम्बर १, २, ३, ४, ८, ९, १०, ११ र १२ मा बर्सातका कारण धेरै क्षति भएको छ भने ८ र ११ नम्बर वडामा दुई नागरिकले ज्यानसमेत गुमाएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले भने कात्तिक पहिलो साताको बैठकले सिङ्गो काभ्रेपलाञ्चोकलाई नै सङ्कटग्रस्त घोषणा गर्ने निर्णय गरेको छ । नगर कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार ६४ घर पूर्णरुपमा र पाँच सय ७२ घर आंशिक क्षति भएका छन् । धिताल खोला हुँदै बहने सिँचाइमा ५० लाख बराबरको क्षति पुगेको छ भने साढे आठ किलोमिटर पक्की सडक, ८० किलोमिटर ग्राभेल सडक तथा एक सय १० किमी कच्ची सडक पूर्ण क्षति पुगेको कार्यालयले जनाएको छ । यस्तै पशुधनमा १८ लाख बराबरको पशुधन क्षति भएको, ११ वटा विद्यालयमा रु पाँच करोड २५ लाख, बराबरको क्षति भएको जनाइएको छ । यसैगरी नगरको आफ्नै फाइबर केबुल पाँच हजार मिटर, टिफिन बक्स, क्यामेरालगायतका विभिन्न उपकरणमा क्षति पुगेको छ । यस्तै एक हजार दुई सय रोपनीको मकै, दुई हजार पाँच सय रोपनीको धान, दुई हजार रोपनीमा लगाएको तरकारी र १५ वटा तरकारी टनेलमा क्षति पुगेको जनाइएको छ । नगरले निजी आवासबाहेक रु ६५ करोड बराबरको क्षति भएको विवरण तयार गरेको छ । जिल्ला सदरमुकाम धुलिखेलमा रहेका नेपाली सेनाको काली जङ्ग गण, बाल मन्दिर विद्यालय, खेल मैदान, प्रादेशिक ल्याब, जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, सञ्जीवनी स्कुल, होटल तथा अन्य संरचनामा समेत क्षति पुगेको बताएको छ । यसैबीच बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानीको पुनर्निर्माणको लागि धुलिखेल नगरपालिकाले जर्मन सरकारसँग माग गरेको छ । नगरले नेपालका लागि जर्मनी राजदूत शनिबार डा. थोमस प्रिन्जसँग भेट गरी उक्त प्रस्ताव गरेको हो । करिब तीन दशकअघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनर्निर्माण गर्न तीन करोड ५१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको नगरले जनाएको छ । भेटका क्रममा राजदूत प्रिन्जले खानेपानी पुनर्निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको नगरप्रमुख ब्यान्जूले बताए ।

बलात्कारको आरोपमा पक्राउ परेका शसस्त्र प्रहरी जवानले गरे आत्महत्या

दाङ । दाङमा जबर्जस्तिकरणिको मुद्दामा पक्राउ परेका शसस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा सोमबार आत्महत्या गरेका छ्न । प्युठान बडडाडा घर भएका प्रहरी जवान मगरलाइ भालुबाङ्गमा केही दिन पहिले नाबालिका करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो । आफुले लगाएको गन्जी र टिसर्टको पासो लगाएर सौचालयमा झुन्डिएको अबस्थामा आज बिहान ५ बजे शब फेला परेको जिल्ला प्रहरी प्रमुख अर्जुन प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

उपनिर्वाचनका लागि निर्वाचन अधिकृत सिफारिस

काठमाडौं । न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस गरेको छ। ​परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो।  परिषद्ले नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौंको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस गरेको छ।  जिल्ला अदालतका न्यायाधीशहरू मुख्य निर्वाचन अधिकृत तोकिएका हुन्। त्यसैगरी ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ।  

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर पश्चिमी वायुका साथै पहाडी भू–भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

लोकप्रिय